Friday, June 5, 2026

सिद्धार्थनगर नगरपालिकाद्वारा बजार अनुगमन,म्याद सकिएका खाद्यवस्तु बरामद

0

भैरहवा । नगर क्षेत्रभित्र रहेका किराना, खाद्यान्न, होटल तथा मिठाई पसलहरुमा सिद्धार्थनगर पालिकाले अनुगमन गरेको छ । नगरपालिकाको अनुगमन समिति वडा नम्बर ५ र ६ मा रहेका खाद्य पसल तथा होटलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद सकिएका खाद्यवस्तु भेटिएपछि बरामद गरिएको अनुगमन समिति संयोजक एवं सामाजिक विकास शाखा अधिकृत यादवप्रसाद सापकोटाले जानकारी दिए ।

‘हामीले बढी ग्राहकको भीड लाग्ने खाद्यान्न र मिठाई पसलहरुलाई लक्षित गरेर अनुगमन गरेका थियौं । त्यसक्रममा अधिकांश पसलहरुमा केही न केही त्रुटी पाइयो । केहीमा म्याद सकिएका वस्तु समेत भेटिए । त्यस्त वस्तु जफत गरेका छौं । सम्बन्धित व्यक्तिलाई सचेत समेत गराएका छौं’, सापकोटाले भने ।

अनुगमन समितिले खाद्यान्न पसल तथा होटलहरु गरेर १० वटामा अनुगमन गरेको थियो । त्यसमध्ये एउटामा बाहेक अरु सबैमा त्रुटी भेटिएको थियो । वडा नम्बर पाँचमा रहेको शुभलाम किराना स्टोर्समा सबैभन्दा बढी म्या सकिएका खाद्यवस्तु पाइएको थियो ।

शुभलाभमा घ्यू, गुल्कोज, चक्रतेल, विस्कुट, कल्फेक्स, बालबिटा, कन्प्लेक, फेन्टा, हर्बल, भोला लगायतका सामाग्री बरामद गरिएको छ । उक्त स्टोर्समा मात्रै २० हजार बढीको आखाद्यवस्तु बरामद गरिएको अनुगमन समितिले जनाएको छ । यस्तै, वडानम्बर ६ मा रहेको कृति किराना पसलबाट पनि हजारौं रुपैयाँ बराबरको खाद्यवस्तु बरामद गरिएको छ । उक्त पसलबाट नमकिन, मस्र्यौरा, भुजी बरामद गरिएको हो । सोही वडामा रहेको विरेन जनरल स्टोरबाट फेसवास, बोडी लोसन लगायतका सामाग्री बरामद गरिएको छ ।

यस्तै, वडानम्बर पाँचमा रहेको अमन किराना पसल, आनन्द किराना स्टोर्सलाई मूल्य सूची राख्न सचेत गराइएको छ । यस्तै, अशोक जनरल स्टोर्सलाई खरिदविक्री विल लिनेदिने गर्न सचेत गराइएको छ । सुरज एण्ड कृष्ण किराना पसललाई नवीकरण गरी मूल्य सूचि राख्न निर्देशन गरिएको अनुगमन समिति सदस्य एवं उपभोक्ता मंच नेपालककी कार्यबाहक अध्यक्ष भगवती भण्डारीले जानकारी दिइन् ।

वडा नम्बर ६ मा रहेको चिया पसललाई सरसफाईमा ध्यान दिन, किचन सफासुग्गर राख्न सचेत गराइएको छ । उक्त पसलका संचालकलाई १५ दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन समेत गरिएको छ । यस्तै, बिशाल मिष्ठान भण्डारलाई किचनको सरसफाईम ध्यान दिन निर्देश्न दिइएको भण्डारीले बताइन् । नगरपालिकाले अब अनुगमनलाई प्रभावकारी बनाउने भएकाले म्या सकिएका सामाग्री विक्रीवितरण नगर्न, मूल्य सूची प्रष्ट ग्राहकले देख्ने गरी राख्न, पसल नवीकरण गर्न, सरसफाई गर्न अनुरोध गरेको छ ।

अनुगमनमा नगरपालिकाका बरिष्ठ अधिकृत विवके खनाल, जिल्ला प्रशासनबाट पुरुषोत्तम नेपाल, बाणिज्य कार्यालयबाट नारायण पन्थी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट शिखर आचार्य, उद्योग ब्यापार संगठनका बरिष्ठ उपाध्यक्ष गिरिषचन्द्र त्रिपाठी, सिद्धार्थ उद्योेग बाणिज्य संघका सदस्य मंगल भण्डारी, नेपाल प्रहरी लगायतको सहभागिता थियो ।

हाम्रो मष्तिस्कलाई क्षति पुर्याउने गलत आनी-बानीहरु, सबैको जानकारीको लागि शेयर गरौं।

0

हाम्रो मस्तिष्कलाई आघात पुर्याउने १० आनी-बानीहरु:

१. बिहानको नास्ता नखाने बानी: बिहान समयमै नास्ता नलीदा लामो समय सम्म रगतमा ग्लूकोज को मात्र कमहुन पुग्छ। यसो हुँदा मस्तिष्कमा पर्याप्त पोषक तत्वहरु नपुग्दा मस्तिष्कका कोषहरु मर्न पुग्छन्।
२. औधि प्रतिक्रियात्मक हुनु : साना-साना कुराहरुमा पनि ज्यादा प्रतिक्रियात्मक हुँदा मस्तिष्क लाई अत्याधिक तनाव पुग्दछ र यसले आफ्नो क्रिया राम्ररी गर्दैन।
३. धूम्रपान, मद्यपान र लागू पदार्थ को सेवन: यस्ता पदार्थले मस्तिष्कको रक्त सञ्चार लगायत अन्य क्रिया हरुमा बाधा पुर्याउँछ। यस्ता पदार्थले मस्तिष्कको क्रियामा पनि असर पुर्याउँछ र मस्तिष्क संकुचित हुनका साथै मस्तिष्क कोष हरु को क्षय हुन्छ।
४. प्रशस्त पानी नपिउने बानी: पानी कम पिउँदा निर्जलतका कारण मस्तिष्क का कोष हरु मर्दछन।
५. गुलियोको अत्याधिक सेवन : धेरै गुलियोको सेवनले अन्य पौष्टिक तत्वहरुको अबशोषण मा दखल दिन्छ फलतः मस्तिष्क का लागि चाहिने पदार्थ हरुको कमी हुँदा मस्तिष्क को विकाश हुन सक्दैन र यशले राम्ररी काम गर्दैन।
६. वायु प्रदुषण: प्रदूषित वायुमा ऑक्सीजन को मात्रा काम हुने हुँदा कम ऑक्सीजन को कारण ले ब्रेन ह्यपोक्सिया हुन्छ र मस्तिष्क लाई आघात पुग्छ।
७. अनिंद्रा: निंद्रा ले मस्तिष्क लाई आराम दिन्छ। लामो समय सम्म नसुत्दा अनिन्द्राकै कारण ले ब्रेन सेल हरु मर्दछन्।
८. वैचारिक विश्लेषण नगर्ने बानी : वैचारिक विश्लेषण नगर्दा मस्तिष्क को सम्पूर्ण क्षमता विकाश हुन सक्दैन।
९. भावनात्मक अशांति : काम, क्रोध, लोभ, मोह, अहंकार, राग, द्धेष, मृत्युको भय, मपाईत्व जस्ता कुराले मश्तिष्का लाई जहिले पनी आघात पुर्याउँछ।
१०. बिरामी हुदा पनि मष्तिष्क लाई आराम नदिनु : बिरामी हुँदा मस्तिष्क लाई आराम नदीदा मस्तिष्क को क्रिया गडबडाउछ र मस्तिष्क लाइ आघात पुग्दैछ।

तीन दिन देशभर मौसम नखुल्ने, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

0

काठमाडौं। आगामी तीन दिनसम्म देशभर मौसम सफा नहुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान जारी गरेको बुलेटिनअनुसार शुक्रबारसम्म देशभर आंशिकदेखि सामान्यसम्म बदली हुने भएको हो।

यसबीचमा घाम लागेर मौसम छ्याङ्ग उघ्रिने सम्भावना नरहेको मौसमविद्को अनुमान छ।

मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले मध्य र पूर्वी क्षेत्रमा सामान्य(आकाशमा आधाभन्दा बढी बादल) र पश्चिमी भेगमा आंशिक (आकाशमा आधाभन्दा कम बादल) बदली भएको छ।

अपराह्नपछि पोखरा, कपिलवस्तुदेखि पूर्वी क्षेत्रका पहाड तथा तराईका केही ठाउँमा फाटफुट वर्षा हुने सम्भावना देखिएको मौसमविद् नगरकोटीले जानकारी दिइन्।

बेलुकीपख काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको उनले बताइन्।

यसैगरी आज राति मध्य र पूर्वी पहाडी भेगका थोरै तथा पश्चिमी पहाडका एक वा दुई स्थानमा हल्का वर्षाका साथै उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

यस्तै बिहीबार पनि देशभरको मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने मध्य र पूर्वी भेगका थोरै तथा पश्चिम पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ।

सो दिन राति पनि मौसमी अवस्था यस्तै रहने मौसम महाशाखाले जानकारी दिएको छ।

यस्तै शुक्रबार पनि देशको मौसम खुल्ने छैन।

मौसमविद्का अनुसार यस दिन मध्य तथा पूर्वी भेगमा सामान्य तथा देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ।

सो दिन दिउँसो मध्य र पूर्वी भेगका थोरै स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

सो दिन राति देशका मध्य तथा पूर्वी सामान्य तथा बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ भने मध्य र पूर्वी भेगका एक/दुई स्थानमा हल्का वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ।

महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।

मौसमविद्का अनुसार गंगा नगरकोटीका अनुसार अरब सागरको पूर्वी मध्य भागमा विकसित न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण नेपालमा मौसम बदली भइरहेकाे हाे।

मौसमविद्का अनुसार मनसुनी वायु (मनसुन) बाहिरिएपछि नेपालमा पश्चिमी वायुको प्रभाव बढेको हाे। अहिले ‘पोस्ट मनसुन’ चलिरहेको उनीहरूको भनाइ छ।

दिनप्रतिदिन तापक्रम घट्दै गएकाले देशभर क्रमशः चिसो पनि बढ्दै गएको मौसमविद्ले बताएका छन्।

तिलोत्तमा प्रिमियर लिग : ज्ञानोदय फाइनलमा प्रवेश

0

बुटवल । रेन्बो ज्ञानोदय गोल्डस् रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारि सबोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको उपाधी माथि दावेदारी पेश गरेको छ ।
समुह बिजेता बन्दै सेमिफाइनल पुगेको ज्ञानोदयले बुधबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा पाल्पालीलि जेन्टस्लाई ९ रनले पराजीत गर्दै ज्ञानोदयले उपाधी माथि दावेदारी पेश गरेको हो ।


टस जितेर ब्याटिङ्ग गरेको ज्ञानोदयले ७ विकेटको क्ष्यतिमा १ सय ४५ रनको योगफल तयार पारेको थियो । जवाफि ब्याटिङ्ग गरेको पाल्पाली लिजेन्टस् १९ दशमलव ४ ओभरमा १सय ३६ रनमा समेटिए पछि ज्ञानोदयले फाईनलको यात्रा तय गरेको हो । ज्ञानोदयको जितका लगि शंकर रानाले ६२ रनको योगदान गरे भने शिद्धार्थ राजशाहीले ३६ रनको योगदान गरे ।
पाल्पाली लिजेन्टस्लाई लक्ष्यपुग्न रोक्न ज्ञानोदयक ादिवानपुनले ४ ओभरमा १३ खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै जितेन्द्र शहानीले २३ रन खर्चेर २विकेट लिएभने सिद्धान्त राज शाहीले २ साथै प्रतिश जिसी र कमल ओलीले समान १÷१ विकेट लिएका थिए ।
प्रतियोगितामा ज्ञानोदय गोल्डस्का सिद्धान्त राजशाही मष्टभ्यालुएवल प्लेयर बने भने शंकर रानाले म्यानअफ द म्याचको उपाधी पाएका छन ।
ज्ञानोदयले उपाधी कब्जाका लागि आज हुने दोस्रो सेमिफाइनलको बिजेता संग भोली प्रतिष्पर्धा गर्नेछ ।
आजको दास्रो सेमिफाइनल खेलमा समुह ए को उपबिजेता बुटवल युनाइटेडले समुह बि को विजेता मणिग्राम किंगस्को सामना गर्दैछ ।

गुल्मी तम्घासमा मादल बनाउनेहरु भन्छन् : खाना खानेसमेत फुर्सद छैन

0

६ कात्तिक, गुल्मी । तिहार पर्व नजिकिएसँगै मादल बनाउनेहरुको लागि भ्याइनभ्याई छ । तिहारमा देउसी भैलो खेल्नेहरुले नयाँ मादल किन्न र पुरानो मादल बनाउन आउनेहरुले गर्दा गुल्मी सदरमुकाम तम्घासमा मादल बनाउनेलाई कामको चाप बढेको हो ।

बाग्लुङ गल्कोट घर भएका डिलबहादुर नेपालीले गुल्मीको तम्घासमै ७ वर्षयता मादल बनाउने व्यवसाय गर्दै आएका छन् । उनलाई तिहार नजिकिएपछि खाना खाने फुर्सदसमेत हुँदैन ।

५ सय देखि २ हजार रुपैयाँसम्म पर्ने मादल बनाउन २ देखि ३ दिनसम्म लाग्छ । नेपालीले दमाहा, ट्याम्को, ढोलकलगायतका नौमती बाजासमेत बनाउने गर्छन् । तर सबैभन्दाधेरै माग मादलकै हुन्छ ।

मादल बनाउन काठ, बाख्रा, भैंसी र गाई र गोरुको छाला, अंगार, खरीलगायतका सामग्री आवश्यक पर्छ । मादलको ढुंग्रो बनाउने काठ राम्रो हुनुपर्ने भएकाले गाउँमा काठ खोज्न समय लाग्ने मादवल बनाउनेहरु बताउँछन् ।

‘ढुंग्रोको दुवैतर्फ एकै आकारको भयो भने आवाज राम्रो आउँदैन’ नेपालीले भने ‘सुर राम्रो आउन आकार ठूलो र सानो हुनुपर्छ ।’ खिर्रो, मौवा, मलेतो, घ्वारी लगायतका काठको ढुंग्रो बनाउन सकिने भए पनि मौवा र घ्वारीको काठमा स्वर राम्रो सुनिने मादल बनाउनेहरुको अनुभव छ ।

तम्घासमा तयार भएको मादल गुल्मी सहित छिमेकी जिल्ला अर्घाखाँची, बाग्लुङ, पाल्पा, प्युठानमा समेत पुग्ने गरेको नेपालीको भनाइ छ ।

तीज र दसैं तिहारमा धेरै मादल खपत हुने गर्छ । मादलबाट कमाइ राम्रै हुने भए पनि छाला काढ्न र सुकाउन झन्झट हुने भएकाले पछिल्लो पुस्ताले यस पेसाप्रति ध्यान दिने गरेका छैनन् ।

गुल्मीमा सिडियो भए हाईहाई,२ दर्जन संस्थाले गरे बाईबाई

0

अनिल खत्री, गुल्मी । गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई २ दर्जन संघ संस्थाले सामुहिक बिदाई गरेका छन् । गुल्मी जिल्लामा रहदा कुशलता पूर्वक जिम्मेवारी निभाएर जनमैत्री काम गरेको भन्दै पौडेललाई बुधवार जिल्ला प्रशासन कार्यालय गुल्मीमा सामुहिक बिदाई गरेका थिए । यतिधेरै संघ संस्था मिलेर गरेको बिदाई संम्भवत यो पहिलो हो । गैरसरकारी संस्था महासंघ गुल्मी र नागरिक समाज सहितका संस्थाहरुको नेतृत्वमा जिल्ला स्थित क्रियाशिल २३ वटा संस्थाले सामुहिक बिदाई गरेका हुन् ।

०७५ साल असार १८ गते प्रमुख जिल्ला अधिकारीको रुपमा गुल्मीमा आएका पौडेलले जिल्लामा रहदा गरेका नागरिकमैत्री कामहरुको मुल्याङकन गर्दै एकसाथ सम्मान सहित बिदाई गरेका हुन् । क्रियाशिल संस्थाहरुले गरेको बिदाई कार्यक्रममा नागरिक समाजले सम्मानपत्रले सम्मान गरेर बिदाई गरेका थिए ।बिदाई कार्यक्रममा क्रियाशिल संस्थाका अध्यक्षहरु रेसुङ्गा संरक्षणसमिति अध्यक्ष शुरेसभन्द्र भुसाल, नेपाल बार एशोसोयशन अध्यक्ष गोपाल खनाल, नेत्रज्योती संघ सभावपति शेरबहादुर थापा, शुसान अभियान गुल्मीक अध्यक्ष श्यामकुमार पाण्डे, नागरिक निगरानी संस्थाका सचिव, रामचन्द्र पन्थी, गैर सरकारी संथा महासंघ गुल्मीका अध्यक्ष बिष्णुप्रसाद भण्डारी, नागरिक समाजका पदमप्रसाद पाण्डेय लगायतकाले जनमैत्री कार्यको स्मरण गराएका थिए । उनिहरुले प्रमुख जिल्ला अधिकारी पौडेलको १६ महिनाको बसाई र यहाँ रहदा गरेका लोेकप्रिय जनमैत्री कार्यको प्रशंसा गरेका थिए ।नागरिक स्तरमा जनमैत्री कार्य गरेकाले यहाँको कामको उच्च सम्मानका निम्ति यतिधेरै संस्था मिलेर बिधाई गरेको बताएका थिए ।

प्रमुख जिल्ला अधिकारी पौडेलले नागरिक स्तरमा लोकप्रिय जनमैत्री कार्य जिल्ला वासीको निम्ति पुर्याको योगदानको उच्च मुल्याङकन गर्दै यहाँका आगामी यात्राको शुभकामना समेत दिएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्ला बसाईमा राम्रो सहयोग सत्कार पाएको बताए । उनले जिल्ला बसाईमा केहि कामको थालनी गर्ने कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा सहभागिहरुले सरकारी कर्मचारी तलव भत्ता मात्रै पचाउन र समय कटाउन मात्रै केन्द्रित हुन्छन् भन्ने मान्यतालाई चिर्ने काम गुल्मीका प्रमुख जिल्ला अधिकारी (सिडीयो) यदुनाथ पौडेले सुरुवात गरेको स्तमरण गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्ला बसाईमा १ दर्जन वढि नागरिक मैत्री कार्य गरेका थिए । जसमध्ये नागरिक सहायता कक्षा स्थापना, बिचौलीयाको अत्य, २४० प्रतिशत भाडा घटाउने काम कार्यालयमा डिजीटल वडापत्र, कार्यालयमा निशुल्क इन्टरनेट, निशुल्क अभिलेख पाउने, पठाउने व्यवस्था जस्ता लोकप्रिय कार्य हुन् । त्यस्तै कार्यालयमै सिसीटिभी, राहदानी फारममा एउटै मुल्य कायम, कार्यालयमै हुलाक टिकट, बिचल्ली वालवालिकाको उद्धार, सडक बालवालिकाको उद्धार, १५ मिनेटमै सेवा, गाउँमै सेवा, तम्घास बजारमै सिसीटिभी, मदिरा जन्य बस्ुत नियन्त्रणमा कढाई, शुसान कायम गर्न मुख्य जोड जस्ता लोकप्रिय कार्य थाले। जिल्लामा कतिपय लेनदेनका हिसाबहरुमा प्रजिअ पौडेलले खेलेको महत्वपूर्ण भूमिकाले धेरै व्यक्तिहरुको उद्धार भएको थियो । जुन कार्य समाजमा रहेका ठगी गर्नेहरु र त्यसबाट मारमा परेका आम नागरिकको उद्धार भएको थियो । प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा प्रशासन गुल्मी मात्रै होइन् समग्र जिल्ला वासीको निम्ति महत्वपूर्ण परिर्वतन ल्याएको स्थानीयको भनाई छ । गुल्मी जिल्लामा १६ महिना बसाई पछि प्रमुख जिल्ला अधिकारी ०७६ कात्तिक १ गते जिल्लाबाट दाचुर्ला प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवाका प्रमुख भएका हुन् ।

कालीगण्डकीमा जीप दुर्घटना ः एकको मृत्यु

0

तिलाचन पाण्डे
कात्तिक ६, २०७६ गुल्मी ः
मंगलबार राती गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं ३ को मुल्क देखि जयखानी जाने क्रममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
लु १ च ४५८६ नं को जीप उकालोमा जार्दै गर्दा अचानक ब्रेक फेल भई गाडी ब्याक हुँदा जीपमा सवार कालीगण्डकी गाउँपालिका वडा नं ३ जयखानी बस्ने ४८ बर्षिय झुम बहादुर बिकको टाउकोमा चोट लागी गम्भिर घाइते भएका बिकको उपचारको क्रममा पाल्पाको मिसन अस्पतालमा मंगलबार राती मृत्यु भएको प्रहरी चौकी पुर्तिघाटका प्रहरी साहायक निरीक्षक खिमानन्द खनालले जानकारी दिए । खनालका अनुसार जीप र जीप चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिए ।

गायक दुर्गेश थापा प्रहरी नियन्त्रणमा

0

 

काठमाडौँ । चर्चित गायक दुर्गेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाके गायक थापालाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।

गायक थापाले हालै रिलिज गरेको पछिल्लो ‘ह्यापी तिहार’ नामक गीतले लागुऔषध प्रयोगलाई प्रवर्धन गरेको उजुरीपछि पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यलयमा उजुरी परेपछि सोहि आधारमा गायक थापालाई पक्राउ गरिएको बताइएको छ ।

हाल यो गीत यूट्यूबबाट भने हटाइसकिएको छ ।

नेपाल र भारतका राष्ट्रपतिबीच जापानमा भेटवार्ता

0

काठमाडौं। जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच मंगलबार बिहान भेटवार्ता भएको छ ।

भेटवार्ता उनीहरु बसेको होटलमा भएको हो । राष्ट्रपति भएपछि दुबैको यो पहिलो भेटघाट हो । भेटमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भ्रमणको निमन्त्रणा स्वीकारी कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने जानकारी दिए । सन् २००६ मा सांसद हुँदा भने कोविन्दले नेपाल भ्रमण गरिसकेका थिए ।

भेटमा दुबै पक्षबाट नेपाल भारत सम्बन्धमा सन्तोष व्यक्त गर्दै यसलाई अझ व्यापक, फराकिलो, गहन र बहुआयामिक बनाइने दृढता व्यक्त गरियो ।

भारतबाट सहयोग प्राप्त आयोजनाहरुले नेपालमा तीव्रता पाएकाबारे छलफल हुनाका साथै पेट्रोलियम पाइपलाइन निर्धारित समयभन्दा छिटो बन्नु नमूनायोग्य काम भएको भेटवार्तामा उल्लेख गरिएको परराष्ट्र सचिव शङ्करदास वैरागीले जानकारी दिए ।

दुवै पक्षले अन्य आयोजना पनि छिट्टै बन्ने विश्वास व्यक्त गरे । दुवै देशका प्रधानमन्त्रीहरुको गत वर्ष अप्रिल र जुनमा भएको भेटघाटपछि अरुण तेस्रो, पञ्चेश्वर, तराई सडक, एकीकृत भन्सार जाँचचौकी, रेल्वे आदि परियोजनाले तीव्रताका साथ गति लिएको जनाइएको छ ।

नेपालले गुरुनानकको जन्मजयन्तीमा तीन थरि सिक्का निष्काशन गरेकामा र गान्धी जयन्तीमा प्रकाशित कृतिमा प्रधानमन्त्री केपी ओली शर्माको लेख समेटिएकामा पनि भारतले नेपाललाई धन्यवाद दिएको छ ।

सो अवसरमा नेपालका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं भारतीय पक्षबाट विदेश सचिव विजय गोख्ले, जापानका लागि भारतीय राजदूत सञ्जय वर्मालगायत सहभागी थिए ।

गुल्मीमा नेपालकै नमूना पुस्ताकालय भवन बन्दै

0

अनिल खत्री, गुल्मी कार्तिक ५ ।
गुल्मीको सदरमुकाम तम्घासमा किरण पुस्ताकालयको अत्याधुनिक भबन निर्माण सुरु भएको छ। जिल्लाको सदरमुकाम तम्घासमा रहेको निकै पुरानो पुस्ताकालय किरण पुस्ताकालयको स्वर्ण जयन्तीको अबसरमा सुबिधा सम्पन्न पुस्ताकालय भवन बन्न सुरु भएको हो ।
२०२५ सालमा तम्घास गाउँ विकास समिति (तत्कालीन लक्ष्मीपुर गाउँ पञ्चायत ) वार्ड नम्बर १ हालको रेसुङ्गा नगरपालिका १ मा रहेको किरण पुस्तकालयको स्थापनाको लामो अबधीमा अत्याधुनिक भवन बन्न सुरु भएको छ। सामान्य स्थानीय एक व्यक्तिको घरमा श्रुती, स्मृति ,पुराण , कर्मकाण्डका केही पुस्तक पाठ्यपुस्तकहरु संकलन गरी पुस्तकालयको शुभारम्भ गरिएको थियो ।
स्थानीय स्तरमा आबश्यकता अनुसारका पुस्तकहरु स्वयसेवकहरुले नै किनेर पुस्ताकालय सञ्चालन हुँदै आएको छ। तत्कालिन समयमा तम्घासमा बिद्यालय पनि कम र कहि कतै पुस्ताकालय नभएकाले स्थानीहरु मिलेर स्थापना गरिएको किरण पुस्ताकालयका संस्थापक एवं रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शशि पन्थीले बताए ।

सामान्य रुपमा स्थापना गर्न लागि परेकाहरुले नै स्वयमसेवकको रुपमा समय दिएर पुस्ताकालय सञ्चालन हुँदै आएको छ । निकै पुरा र जीर्ण अबस्थामा सञ्चालन हुँदै आएको पुस्ताकालयलाई अत्याधुनिक सुविधासम्पन्न कम्प्युटरहरु राखेर ईलाइब्रेरीको व्यवश्था गर्न नयाँ भवन निर्माण कार्य सुरु भएको संस्थापक पन्थीले बताए । पुस्ताकालयलाई बिस्तृत रुपमा सञ्चालन गर्ने उदेश्यले अत्याधुनिक उपकरणहरु सहित सञ्चालन गर्ने उदेश्यले भवन माग गरेर बनाउन थालिएको पन्थीको भनाई छ । बिभिन्न चरणमा बिभिन्न ठाउँमा जीर्ण भवन र अबव्यवस्थित रुपमा पुस्ताकालय सञ्चालन हुँदै आएको थियो ।

भवनलाई जिल्लाको र नेपालकै लागि अत्याधुनिक बनाउने गरि डिजाइन तयार गरिएको छ । नेपाल सरकार पुनरनिर्माण प्राधिकरणको आर्थिक सहयोग रु ३ करोड ४२ लाखको लागतमा ४ तले भवनको सुनिल समिर बाँसुरी जेभीले निर्माणले निर्माणको काम गरिरहेको छ । भवनलाई निर्माण कम्पनीले २१ म्हिनाको अबधीमा सम्पन्न गर्ने सम्झौता गरेको छ । भनव निर्माण कार्य तिब्र गतिमा अगाडी बढिरहको छ ।

जिल्लाको सदरमुकाम तम्घासमा रहेको किरण पुस्तकलय सबै भन्दा पुरानो किरण पुस्ताकलय हो । साहित्यिक क्षेत्र र पुस्ताकलय क्षेत्रमा काम गर्दै आएको पुस्ताकलयले स्थापना कालदेखि हाम्रो पुरुषार्थ नामक साहित्यिक पत्रिकाको प्रकाशन गर्दै आईरहेको छ । पुस्ताकालय स्थापना हुँदा तम्घासमा कुनै प्रकारका आधुनिक पाठशालाहरू, पुस्तकालय पनि थिएनन् । गाउँघरका पण्डितहरुका घर आँगन पेटीपाठशालाहरु कर्मकाण्ड, ज्योतिष, व्याकरण र पुराणका केही पुस्तकहरु गाउँघरका पण्डितहरूले संग्रह गर्दथे ।

पुस्तकालयका प्रारम्भिक स्वरूप र स्रोत तिनै हुन् । आधुनिक सुविधासम्पन्न ४ तले पक्की भवन निर्माण गर्न श्रम रोजगार मन्त्री गोकर्ण बिस्टले २०७५ कार्तिक १८ गते भवनको सिलान्यास गरेका थिए। भवनको निर्माण कार्य पूरा भएपछि पुस्तकालय अझै बढी वेवस्थित रुपमा सन्चालन हुनेछ । पुस्तकालयमा ५ दशक अघिदेखि नै मेचीदेखि महाकालीसम्मका विभिन्न पत्र(पत्रिकाहरु पढ्न पाईने व्यवश्था मिलाइएको थियो ।

यस पुस्तकालयमा हाल करीब १० हजार पुस्तकहरु, नेपाली भाषा, संस्कृत भाषा, हिन्दी, अंग्रेजी भाषका समाज उपयोगी संग्रह रहेका छन् । शुरू शुरुमा दर्ता भएका पुस्तकहरु धेरै जीर्ण भएका छन् भने कति च्यातिएर कामै नलाग्ने भएका छन् ।