Thursday, June 4, 2026

अर्थतन्त्र सुधारतर्फ सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड

0

बैशाख २२,२०८० नवलपरासी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा आर्थिकरूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्था समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नवलपरासीमा रामग्राम नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा आज रामग्राम स्तूपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने “आर्थिकरूपमा देशमा अहिले जे जस्तो परिस्थिति देखिएको छ, त्यसको समाधान गर्ने हिसाबले सुशासन र सामाजिक न्याय स्थापित गर्ने कुरामा हामी अघि बढिरहेका छौँ ।”

प्रधानमन्त्री प्रचण्डले बृहत्तर लुम्बिनी विकासको गुरुयोजनाअन्तर्गत रामग्राम स्तूप एक महत्त्वपूर्ण धार्मिक एवम् पर्यटकिय स्थल रहेको बताए। बुद्ध दर्शनले लाखौँ मानिसलाई सामाजिक ऐक्यबद्धता र सद्भावको मार्गमा डोर्याउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

 

बुद्ध सर्किटको अवधारणाअन्तर्गत चार वर्षअघि तयार भएको गुरुयोजनाको बारेमा चर्चा गर्दै प्रधानमन्त्री दाहालले रामग्राम स्तूप र बुद्धसँग जोडिएका हरेक धार्मिक स्थलको विकास गर्न सरकार तत्कालै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा श्रीलङ्काबाट उपहारस्वरूप प्राप्त भएको भगवान् गौतम बुद्धको अस्तुधातुको अवशेष प्रधानमन्त्रीलाई देखाइएको थियो ।

भगवान् गौतम बुद्धको एक मात्र अस्तुधातु रहेको ऐतिहासिक धार्मिक स्थलको रामग्राम नगरपालिकाले संरक्षण गर्दै आइरहेको छ । कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले स्तूपको विकासका लागि प्रधानमन्त्रीलाई आग्रह गरे।

रास्वपा सरकारमा नजाने‚ समर्थन फिर्ता लिने

0

बैशाख २२,२०८०काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० गठबन्धन सरकारमा सहभागी नहुने भएको छ। साथै उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ।

 

संसदको चौथो ठूलो दल रास्वपाको शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने र समर्थन फिर्ता लिने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षमा बस्ने जानकारी दिए।

उनले संयुक्त बैठकबाट यो निर्णय गरेको बताए। उनले जनभावनाको कदर गर्दै आफूहरुले यस्तो निर्णय गरेको पनि बताए। उनले अब पार्टीले संसदमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

उनले अब पार्टीले संगठन विस्तारको प्रक्रिया द्रुतगतिमा अघि बढाउने बताए। अब संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।

सभापति लामिछानेले भुटानी शरणार्थीबारे सरकारले चालेको कदम स्वागतयोग्य रहेको र यसलाई निरन्तरता दिन्छ वा दिँदैन भनेर रास्वपाले नियालीरहेको बताए।

रास्वपाभित्र सरकारमा जाने र नजाने दुई धार देखिएको थियो। गत सोमबार बसेको बैठकमा नै सरकारमा सहभागी हुने नहुनेबारे निर्णय गर्ने भनिए पनि दुई धार देखिएपछि बैठक ४ दिनका लागि पछि धकेलिएको थियो।

रास्वपा सभापति रवि लामिछाने गृह मन्त्रालय लिएर सरकारमा जाने तयारीमा रहँदा पार्टीभित्र सरकारमा सामेल नभएर प्रतिपक्षमा बस्नुपर्ने मत पनि ठूलो देखिएको थियो। आजको बैठकले गरेको निर्णयले प्रतिपक्षमा बस्नुपर्ने पक्षमा रहेकाहरुको बहुमत पार्टीमा शक्तिशाली देखिएको छ।

यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा रास्वपाले उपप्रधानसहित गृह, शिक्षा‚ विज्ञान तथा प्रविधि र श्रम‚ रोजगार तथा सामाजिक विकास मन्त्रालय पाएको थियो।

रास्वपाले भनेबमोजिम जुनसुकै कालखण्डका भ्रष्टाचारको फाइल खोल्ने सरकारको नीति तथा कार्यक्रम रहेकोमा अहिले सरकारले सो बुँदालगायत सुशासनका बुँदा हटाएको भन्दै सरकारबाट समर्थन फिर्ता लिएको हो।

राष्ट्रपति निर्वाचनमा पनि उसले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरेको थियो।

ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

0

बैशाख २२,२०८०इलाम : इलामको सूर्योदय नगरपालिका(१० फिक्कल बजारनजिकै घर बनाउने क्रममा पुरिएर ४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

 

अपराह्न ४स्४५ बजेतिर घरको जग खन्दै गर्दा खसेको ढिस्कोले पुरिएका चारै जनाको मृत्यु भएको हो। मृत्यु हुने सबै भारतीय रहेका छन्।

 

इलाका प्रहरी पशुपतिनगरका प्रहरी निरिक्षक सन्तोष राईका अनुसार मृत्यु हुनेमा बिहार राज्य किसनगञ्ज जिल्ला डिगलबैंक निवासी वर्ष १८ का अलिम महिम अली, तोसिब आलम, मोहम्मद अब्दुल आलम र वर्ष १९ का मैजफर आलम रहेका छन्।

 

स्थानीय विनोद श्रेष्ठको घरको जग खन्ने क्रममा पहिरो खसैझैँ ढिस्को खस्दा उनीहरू पुरिएका थिए। जग खन्ने क्रममा अन्य ३ जनाले भागेर ज्यान जोगाएका थिए। मृतकहरूको शव फिक्कल अस्पतालमा राखिएको छ।

इस्मामा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगीता सुरु ,दुई सय बढि खेलाडी सहभागी

0

टोपलाल अर्याल
बैशाख २२,२०८० गुल्मी ःगुल्मीको इस्मा गाउँपालिका–३ दर्लामचौर ठाढुङ्गामा खुल्ला लुम्बिनी प्रदेश स्तरीय डब्लु. टि.एफ. तेक्वान्दो प्रतियोगीता सुरु भएको छ । प्रतियोगीताको लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य डिल्लीराज भुसालले उद्घाटन गरे ।

 

साढे दुई बर्ष पहिले स्थापना भएको इस्मा दोजाङ्गले अहिले प्रथम खुल्ला प्रदेश स्तरीय डब्लु टि.एफ तेक्वान्दो आमन्त्रण प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगीतामा गुल्मीसहित अर्घाखाँची, रुपन्देही, नवलपरासी, बाँके र रोल्पाका दुई सय बढि खेलाडी र प्रशिक्षक सहभागी भएका छन् । पहिलो दिन केहि खेल फाइनल भएपनि धेरै सेमि र क्वाटर फाइनल भएको इस्मा डोजाङ्गका अध्यक्ष बसन्त घिमिरेले जानकारी दिए ।

 

प्रतियोगितामा २४ देखि ६१ केजी तौल भएका खेलाडीबिच प्रतिस्प्रर्धा हुनेछ । दुई दिनसम्म एकल स्पाईरिङ, सामुहिक स्पाईरिङ लगायतका प्रतियोगिताहरु संचालन गरिने आयोजकले जनाएको छ । प्रतियोगीतामा बिजेताले २५ हजार, उपबिजेताले १५ र तृतिय हुनेले १० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 


प्रतियोगीता संचालन गर्न प्रशिक्षक र खेलाडीले घर–घरमा चन्दा संकलन गर्नुपर्ने बाध्यतामा छन् गरिरहेका छन् । खेल व्यावस्थापनको लागि आयोजकले सात लाख बजेको अनुमान गरेको छ । तर, अहिलेसम्म डेढ लाख रुपैयाँ संकलन भएको प्रशिक्षक दिपक घर्तिले बताए ।

उनले गाउँमा दुई सय बढि खेलाडी व्यावस्थापन, प्रशिक्षक, खर्च र पुरस्कारको जोहा गर्न डोजाङ्गलाई निकै चुनौति रहेको बताए । मातृभूमिको माया र पहिचानको लागि अनुमान गरिएको कुल सात मध्ये साढे पाँच लाख घाटा बजेट हुँदा पनि सहयोगको अपेक्षासहित प्रतियोगीता आयोजना गरिएको घर्तिले प्रतिक्रिया दिए ।

 

गुल्मी अस्पतालको सेवा गुणस्तरीय हुनुपर्ने भन्दै ध्यानाकर्षण पत्र

0

सूर्य सुनार
बैशाख २१, २०८० गुल्मी :उपभोक्ता हित संरक्षण मंच, जिल्ला कार्य समिति गुल्मीले गुल्मी अस्पताललाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार उपभोक्ता हित संरक्षण मञ्च गुल्मीका अध्यक्ष केशरबहादुर थापाले एक कार्यक्रमका बीच ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

उपभोक्ताको हित, बस्तु र सेवाको स्वच्छता, गुणस्तरीयता सहजताको हुनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो । उपभोक्ता र सेवाग्राहीले सहज र शुलभ तरीकाले सेवा पाउँन भन्ने उदेश्यले अस्पतालमा विभिन्न विषयमा ध्यानाकर्षण गरिएको संस्थाका अध्यक्ष केशर बहादुर थापाले जानकारी दिए ।

उपचारका लागि भर्ना भएका विरामीले पाउदै आएको खाना–खाजा गुणस्तरीय, स्वस्थ्य र सफा हुनु पर्ने, कम्पाउण्ड, विरामी कक्षहरु र शौचालय र पानीका धाराहरु स्वस्थ्य र मैलाको अविलम्व व्यवस्थापन गर्नु पर्ने, ओपिडी, इमेजेन्सी र ल्याब सेवा सहज, शुलभ र छिटो छरिता बनाउनु पर्ने, स्टार भवनलाई पार्टेशन गरी प्रयोगमा ल्याउन ल्याउन पर्ने , खोला साइडमा तारजाली वा पर्खालले परिसर घेर्ने , सर्भर र इकोरुमको एरिया फराकिलो बनाउने माग राखिएको छ ।

त्यस्तै चौविसै घण्टा गुणस्तरीय पानी र विद्युत आपूर्तिको लागि भरपर्दो व्यवस्था मिलाउन पर्ने, प्रसुती कक्ष सफा र उछारिलो बनाउने ,जेष्ठ नागरिक, अपाङगता, गर्भवती महिलालाई दिने सेवा अझ धेरै सहज बनाउने, १० ब्रेस्ट फिडिङ कक्षलाई व्यवस्थित गर्ने, डायलासिस सेवाको व्यवस्था यथा शिघ्र शुरु गर्नु पर्ने, उपभोक्ता र स्टाफका लागि चिसो तातो र सफा पानीका लागि फिल्टरको व्यवस्था मिलाउन पर्ने जस्ता माग राखिएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ , अस्पतालले दिदै आएको सेवा विगतको तुलनामा धेरै सुधार भएको छ । अझै पनि त्यस अस्पतालले थप सुधार लागि प्रयास गर्नु पर्ने तमाम उपभोक्तहरुको माग रहेका छ । त्यसको लागि अस्पताल व्यवस्थापनले अविलम्ब सुधार गर्नको लागि यो ध्यानाकर्षण पत्रमा बुझाएको हो ।

ढुङ्गा लागेर एक महिलाको मृत्यु

0

बैशाख २१,२०८० अर्घाखाँची : ढुङ्गाले लागेर अर्घाखाँचीमा एक महिलाको मृत्यु भएको छ ।

सन्धिखर्क नगरपालिका – ७ बागमारा बस्ने कल्पना थापाको मृत्यु भएको हो ।

 

सन्धिखर्क नगरपालिका वडा –६, सुपा मन्दिर नजिकै पसलमा बसिरहेको महिलालाई माथिबाट झरेको ढुङ्गा लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

थापाले सुपादेउराली मन्दिर क्षेत्रमा पसल गर्दै आएका थिए । पसलमा बसिरहेका बेला एक्कासि माथिबाट ढुङ्गा खसेपछि थापाको मृत्यु भएको प्रहरी प्रमुख मुकुन्द रिजालले जानकारी दिए ।

गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो

0
फाइल तस्विर

बैशाख २०,२०८० गुल्मीः गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ। गत वर्षको चैत र यो वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ।

डढेलोबाट साना बिरुवा, पातपतिङ्गर, चराचुरुङ्गी एवं विभिन्न जडीबुटी पूर्णरूपमा नष्ट भएका छन्। ठूला रुखमा पनि आंशिक क्षति पुगेको डिभिजन वन कार्यालयका सूचना अधिकारी मुना शर्माले जानकारी दिइन्। डढेलोबाट कतिपय जङ्गली जनावरको मृत्यु भएको छ भने कतिपयले बासस्थान परिवर्तन गरेका छन्।

सबैभन्दा धेरै रेसुङ्गा र मुसिकोट नगरपालिकामा ७०९ हेक्टर सामुदायिक वनमा आगलागी भएको शर्माले बताइन्। डढेलोमा परी जिल्लामा दुई जनाको ज्यान गएको छ।

धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखिया र ५३ वर्षीय धनबहादुर जोगी कुँवरको आगो निभाउने क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ । वनमा आगो लगाउने एक जनालाई कारबाहीको दायरामा ल्याइएको छ । रासस

गुल्मीमा होटल संचालक महिलाको हत्यामा संलग्न तीन जना कारागार चलान

0

अनिल खत्री
बैशाख २०, २०८० गुल्मी :गुल्मीको मुसिकोट नगरपालिका–७ वामीमा एक महिलाको हत्या गर्ने ३ जना अभियुक्त पुर्पपक्षको लागि कारागार चलान भएका छन् । वामीमा होटल सञ्चालन गर्दै आएकी ५८ वर्षीया गंगा शेरचनको गत माघ १५ गते निर्मम हत्या भएको थियो ।

शेरचनको शव आफ्नै होटल भित्र प्लाष्टिकको टेपले हातखुट्टा र मुख बाँधेर मृत अवस्थामा फेला परेकी थिइन् । उनको हत्यमा बाग्लुङ्गको वडिगाड गाउँपालिका–७ का थम्मनबहादुर घर्ती, मकवानपुरको बितिनी गाउँपालिका–७ घर भई हाल काठमाडौंको चन्द्रगिरी नगरपालिका–१० बस्ने लोकबहादुर दर्लामी र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ भर भई हाल काभे्रपलाञ्चोकको धुलिखेल नगरपालिका–७ बस्ने शिव बहादुर तामाङलाई पक्राउ परि गुल्मी जिल्ला अदालतबाट पुर्पक्षका लागि जिल्ला कारागार गुल्मीमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले लुम्बिनी प्रदेश प्रहरी दाङसँगको समन्वय तथा केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंको सहयोगमा हत्यामा संलग्न थम्मनबहादुर घर्तीलाई गत फागुनमा पक्राउ गरिएको थियो । निजको बयानको आधारमा तिन जना मिलेर सामुहिक हत्या गरेको खुलेपछि प्रहरीले थप अनुसन्धानलाई तिव्रता दिएको थियो ।

त्यसपछि हत्यामा संलग्न रहेका लोकबहादुर दर्लामी र शिवबहादुर तामाङलाई गत चैत २८ मा धुलिखेलबाट पक्राउ गरिएको थियो । त्यसपछि उनीहरुको बयानका आधारमा हत्यामा संलग्न पुष्टि भएपछि उनीहरुलाई बुधबार पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

हत्यामा संलग्न यी तिन जनाको बयानका आधारमा अझै एक जना फरार रहेका छन् । उनको खोजी कार्यलाई तिव्रता पारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतक गंगा शेरचनको शव मृत अवस्थामा भेटिएपछि संकास्पद लागेर जिल्ला प्रहरी कार्यालय गुल्मीले विज्ञ कुकुरको सहयोगमा अनुसन्धानलाई अगाडि बढाएको थियो ।

तीन दिनसम्म वर्षाको अनुमान

0
फाइल फोटो

बैशाख १९,२०८० काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म वर्षा हुने जनाएको छ। यो अवधिमा मेघगर्जन र चट्याङसहितको वर्षाका कारण विभिन्न क्षेत्र प्रभावित हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णालीका थोरै स्थान र अन्य पहाडी पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी,कर्णाली​ र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहने र बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केहीस्थानमा र देशका बाँकी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

बिहीवार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

वास्तविक मजदुरलाई थाहै छैन मजदुर दिवश

0

दिवाकर पोख्रेल
वैशाख १८,२०८० : दाङको राप्ती गाउँपालिका वडा नं ७ सिसहनियाँका फुलमान चौधरी सोमबार पनि नियमित काममा जानुभयो ।

 

हरेक दिन विहान ८ बजेबाट मजदुर काम गर्ने उहाँलाई सोमबार आफ्नैमजदु दिवश हो भन्ने थाहा छैन । उहाँ भन्नुहुन्छ,‘काम नगरे ज्याला पाइदैन ज्याला नपाए घरखर्च चल्दैन केकोे दिवस भन्ने ? हामीजस्ता गरिखानेलाई मजदुर दिवशले कहिल्यै छुदैन ।’

 

यस्तै लमही नगपालिका वडा नम्बर ६ का शारदा चौधरी पनि नाला निर्माण काममा व्यवस्थ हुनुहुन्छ । दैनिक ज्उालादारी काममा प्रतिदिन छसय रुपियाँ पाउने गरेको बताउने उहाँले मजदुर दिवशबारे जिज्ञासा राख्दा वेवास्था गर्नुभयो । उहाँले भन्नुभयो, के भनेको हो ? विदामा बसेर मनाउनको लागि चाडपर्व होर ? खानको लागि त काम गर्नुपरो नी ।

 

यि दुईजना वास्तवीक मजदुरको कथा सुन्दा साँच्चै मजदुरहरुले मजदुर दिवशको वोमा जानकारी नै राख्दैनन । मजदुहरुकै हकहितकै लागि मजदुर दिवश मनाइने भएपनि मजदुर नै यसबारे बेखबर हुँदा मजदुर दिवस मै सिमीत भएको पाइन्छ ।

 

सोमबार विहान दाङको लमहीमा मजदुर दिवशको अवसरमा मजदुरको ¥यालीको आयोजना गरियो । ¥यालीमा मजदुर भन्दा बढी व्यापारी थिए ।