Thursday, June 4, 2026

गुल्मीका ३० वर्षीय जीवनको मोटरसाइकल दुर्घटनामा ज्यान गयो

0

बैशाख २६,२०८० पाल्पा : पाल्पाको तिनाउ गाउँपालिकास्थित झुम्सामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

 

सोमवार बेलुका बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ख २६१४ नम्बरको टिपरले विपरित दिशातर्फ जाँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक गुल्मीको छत्रकोट गाउँपालिका वडा नं।९३ हर्दिनेटाका ३० वर्षीय जीवन पन्तको उपचारका क्रममा मृत्यु भएको हो।

सिद्धार्थ राजमार्ग अन्तरगत पर्ने उक्त स्थानमा गम्भीर गाई भएका पन्तको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता, प्रहरी नायक उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

गोरखापत्र १२३औँ वर्षमा प्रवेश

0

बैशाख २४,२०८०काठमाडौं :गोरखापत्र १२३ औँ वर्षमा प्रवेश गरेको छ।

 

विसं १९५८ वैशाख २४ मा गोरखापत्र प्रकाशन सुरु भएको थियो। नेपालमा पत्रकारिताको शिलान्यास मात्र नभएर सञ्चारको विकासमा पनि एउटा फड्को मार्दै गोरखापत्रले सुरु गरेको प्रकाशनले शताब्दी पार गरेको हो।

नागरिकलाई निरन्तर सूचना र शिक्षा प्रदान गर्दै आएको भन्दै गोरखापत्रको १२३ औँ र गोरखापत्र संस्थानको ६१ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्डं), प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले शुभकामना दिएका छन्।

डुबेर जुम्ल्याहा बालकको मृत्यु

0

बैशाख २४,२०८०जनकपुरधाम : पोखरीमा डुबेर धनुषामा जुम्ल्याहा बालकको मृत्यु भएको छ।

 

जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको गएराति पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

शनिबार साँझ वडा नं। २४ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा दुवै बालकको डुबेर मृत्यु भएको हो ।

 

उनीहरुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

आज राष्ट्रिय पत्रकारिता दिवस

0

बैशाख २४,२०८०काठमाडौं : आज विभिन्न कार्यक्रम गरी आठौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले‘पत्रकारितामा खोज र नवीनता लोकतान्त्रिक गणतन्त्रको सफलता’ नाराका साथ पत्रकारिता दिवस मनाउन लागिएको जनाएको छ।

पत्रकारिता दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिनेछ। सञ्चार तथा सूचना प्रविधि मन्त्रलायको आयोजनामा दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा विशेष समारोह आयोजना हुनेछ। समारोहमा नेपालको पत्रकारिताका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने दुई जनालाई वरिष्ठ पत्रकार सम्मान र छ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ।

पत्रकारिता दिवसका अवसरमा सरकारले निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताका माध्यमबाट राष्ट्रिय हितको प्रवर्धन र जनतालाई सुसूचित गराउन योगदान पुर्‍याएका पत्रकार र आमसञ्चारसम्बन्धी संस्थालाई सम्मान गरिने भएको हो। समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्बोधन गर्नेछन्।

गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो। सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरूपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो।

वि।सं। १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो।

बिहानको मौसम सामान्यतया सफा

0

बैशाख २४,२०८० काठमाडौं : आइतबार बिहान देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा छ।

 

दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 

देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। राति सुदूरपश्चि, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

थानपती निमाविको अध्यक्षमा डिबी खड्का मनोनीत

0

बैशाख २३,२०८० गुल्मी :गुल्मीको मालिका गाउँपालिका ८ स्थित थानपती निम्न माद्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा डिबी खड्का मनोनीत भएका छन ।

 

शिक्षाको नियम बमोजिम वडा शिक्षा समितिको सिफारिस र वडा समितिको निर्णय अनुसार खड्कालाई अध्यक्षमा मनोनीत गरिएको वडा अध्यक्ष सुर्य बहादुर जिसीले बताए ।

 

२०१५ सालमा स्थापन भएको सो विद्यालय गुल्मी पश्चिम क्षेत्रकै पुरानो विद्यालय मानिन्छ ।
हाल यस विद्यालयमा एक सय ४२ जना विद्यार्थी अध्ययनरत रहेको शिक्षक राजु पौडेलले बताए ।

 

यता अध्यक्ष डिबी खड्काले आफ्नो कार्यकालमा केही नयाँ र रचनात्मक काम गर्ने बताए ।

 

पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किरहेको र सबैको चाहाना अङ्ग्रेजी माध्यम रहेको कुरा आफुले राम्रो संग बुझेको बताउदै त्यस तर्फ आफ्नो ध्यान केन्द्रित रहेको उल्लेख गरे ।

बजेटबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

0

बैशाख २३,२०८०काठमाडौं :सत्ता गठबन्धनको बैठक आज बस्दै छ। बैठक साँझ ५ बजे बालुवाटारमा बस्न लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

 

बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटबारे छलफल हुने माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए। गठबन्धन दलहरु जेठ १५ गते बजेट आउनुअघि सरकारको नीति तथा कार्यक्रम र आगामी वर्षको प्राथमिकताबारे छलफलमा केन्द्रीत भएका हुन्।

केही दिनअघि गठबन्धनको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा प्रारम्भिक छलफल गरेको थियो। संघीय संसदको बजेट अधिवेशन भोलि सुरु हुँदै छ।

चन्द्रकोटमा प्रथम अध्यक्षकप भलिबल प्रतियोगिता हुने

0
चन्द्रकोट गाउँकार्यपालिकाको कार्यालय तस्विर : खवरमार्केट

महेश बोहरा

बैशाख २३ गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले प्रथम अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

 

यही बैशाख २९ र ३० गते गाउँपालिका अन्तर वडा स्तरिय खुल्ला पुरुष भलिवल प्रतियोगिता हुन लागेको हो । गाउँपालिकासंगै रहेको चन्द्रकोट क्याम्पसको खुल्ला मैदानमा प्रतियोगिता सञ्चालन हुने छ । बैशाख २७ गते साँझ ५ बजेसम्म समुह दर्ता गर्न सकिने छ । दर्ता गर्दा कुनै पनि शुल्क लाग्ने छैन । साथै खेलमा सहभागी हुनका लागी वडा कार्यालयबाट फारम भरी पेश गर्नुपर्ने छ ।

 

गाउँपालिकाले खेलकुदको माध्यमबाट सामाजिक सद्भाव,सहिष्णुता तथा आपसी हार्दिकता कायम राख्नका लागी खेलको आयोजना गरेको गाउँपालिकाले जनाएको छ । गाउँका युवाहरुमा रहेको खेल प्रतिभालाई उजागर गर्ने र भविष्यमा स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा विशेष टेवा पुयाउने उद्देश्यले प्रथम अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता आयोजना गरिएको हो ।

 

जसको प्रथम पुरस्कार नगद रु ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र,. द्वितिय पुरस्कार नगद रु ३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, तृतिय पुरस्कार– नगद रु २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र साथै सान्त्वना पुरस्कार नगद रु १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र दिने छ । यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट खेलाडीलाई जनही नगद रु १ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । खेल FIVB को नियमानुसार नकआउटको आधारमा टि.टि. सिस्टमबाट हुने छ ।

अमेरिका जाने रिजल्ट आज आउँदै

0

बैशाख २३,२०८० काठमाडौं : अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको रिजल्ट आज आउँदै छ।

 

अमेरिकी प्रशासनका अनुसार ६ मे अर्थात् आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो। यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍यो कि परेन भन्ने थाहा हुने अमेरिकन डीभी शाखाले जानकारी दिएको छ।

 

डीभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सम्बन्धित वेबसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्दछ। त्यसबाट डीभी परे नपरेको थाहा हुन्छ।

पाल्पामा करेन्ट लागेर उमाको मृत्यु

0

बैशाख २३,२०८०पाल्पा : पाल्पामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको निस्दी गाउँपालिका ३, खाँदर बस्ने ५४ वर्षीया उमावती गाहाको शुक्रवार करेन्ट लागेर मृत्यु भएको हो।

 

शुक्रबार अपरान्हको साढे ४ बजेको समयमा मोबाइल चार्ज गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो।

 

करेन्ट लागेर गम्भीर घाइते भएकी गाहाको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।