Friday, June 5, 2026

आगलागीमा ६ जनाको मृत्यु

0
सांकेतिक तस्बिर

जेठ २,२०८० : न्यजिल्याण्डमा एक होस्टेलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ। वेलिंग्टनको चार तले भवनमा मध्यराति १२ः३० बजे भएको आगलागिमा परेका केही मानिसको उद्धार गरिएको छ भने कैयौँ बेपत्ता भएका छन्।

आगो २० वटा आपतकालीन दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो। प्रहरी अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने बताएका छन्।

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले घटनाप्रति दुख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। प्रहरीले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।

रायमाझीलाई तीन दिन हिरासत राख्‍न अनुमति

0

जेठ २,२०८० काठमाडौं : नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार राति पक्राउ परेका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

 

प्रहरीले उनलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि आइतबार राति काठमाडौंको बूढानिलकण्ठबाट पक्राउ गरेको थियो।

आमाको दूध सर्केर दुई महिने नाबालिकाको मृत्यु

0

बैशाख ३१ ,२०८० : ताप्लेजुङमा आमाको दूधले सर्केर एक नाबालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सिरिजङ्घा गाउँपालिका –२ आम्बेगुदिनका कष्णबहादुर बिष्ट र हिमादेवी कटुवाल बिष्टकी दुई महिने नाबालिका छोरीको दूधले सर्किंदा मृत्यु भएको हो ।

बिष्टकी श्रीमती हिमादेवी नाबालिका छोरीसहित आफ्नो माइत गाउँ सिदिङ्वा गाउँपालिका –२ सादेवा गएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार हिमादेवी माइत गाउँ सादेवामै रहेका बेला अचानक दूधले सर्केर नाबालिकाको शनिबार मृत्यु भएको हो ।

माछा मार्न खोज्दा आफै डुवेर बेपत्ता भए भूपाल

0

वैशाख ३१ ,२०८० पाल्पा : पाल्पामा माछा मार्ने क्रममा खोलामा डुबेर एक जना युवक वेपत्ता भएका छन् । तिनाउ गाउँपालिकास्थित आरखोदीको दोभान खोलामा माछा मार्ने क्रममा नदीमा डुबेर तिनाउ–१ कचलका ३२ वर्षीय भुपाल सुनारी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो ।

 

वेपत्ता भएका सुनारीसँगै माछा मार्न गएका २२ वर्षीय रुद्र खत्री र २४ वर्षीय राजन पुनले दिएको सूचना अनुसार बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सुनारीले लगाएको कपडा र चप्पल खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । शनिबार बेलुकी ४ बजेतिर सुनारी वेपत्ता भएका हुन् ।

अकालमै गर्भवती–सुत्केरीको ज्यान गयो

0

वैशाख ३१ ,२०८० : कैलालीमा एक साताको अवधीमा दुई जना गर्भवती–सुत्केरीको ज्यान गएको छ । गौरीगंगा नगरपालिका वडा ८ कि २० वर्षीया हिरा चौधरीको गत बुधबार र सोही नगरपालिकाको वडा २ कि ३५ वर्षीया सरला तुलाधरको आज मृत्यु भएको हो ।

चौधरी र तुलाधरलाई पहिले आमा सुरक्षा कार्यक्रम लागु नभएको धनगढीको नीजि क्षेत्रको अस्पताल निसर्ग लगिएको थियो । चौधरी सेती प्रादेशिक अस्पतालमा थप उपचारका लागि गएको भए पनि तुलाधरलाई भने निसर्गबाटै घर लगिएको थियो ।

चौधरीको बच्चा पनि सामान्य अवस्थामा रहेको छ । तर तुलाधरको भने गर्भ रहेको छ महिना मात्र भएको थियो ।

सेती प्रादेशिक अस्पतालका डा। जगदीशचन्द्र विष्टले चौधरीलाई प्रेसरको समस्या भए पनि सामान्यढङ्गले बच्चा जन्मेको बताए । आमा र बच्चाको अवस्था सामान्य रहेपछि २६ गते घर पठाइएको थियो । “त्यही राति पिसाव अड्किएपछि फेरि हामी कहाँ ल्याइयो, ठिक भइरहेको थियो, २७ गते एक्कासी उल्टी भएपछि ज्यान गयो” उनले बताए ।

चौधरीलाई सेती प्रादेशिक अस्पताल जानुअघि वैशाख २० गते निसर्ग अस्ताल लगिएको थियो । यस्तै, तुलाधरलाई मुटुको समस्या भएकाले काठमाडौ गंगालाल अस्पतालमा समेत उपचार गरिएको थियो । मुटुकै समस्याले उनको ज्यान गएको निसर्ग अस्पतालका डाक्टर मिराज अन्सारीले बताए।

 

खाण अझै ४ दिन हिरासतमा रहने

0
फाइल फोटो

वैशाख ३१,२०८० काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई ४ दिनको म्याद थप गरिएको छ।

प्रकरणमा मुछिएका खाण गत वैशाख २७ गते पक्राउ परेका थिए। अदालतले उनीसहित यस प्रकरणमा पक्राउ परेका १२ जनालाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनलाई म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको हो।

अदालत लाने क्रममा उनलाई बाक्लो मात्रामा सुरक्षाकर्मी खटाइएको थियो यद्यपि उनको हातमा हतकडी भने लगाइएको थिएन।

उनलाई बुधबार प्रहरीले राजधानीको मैजुबहालस्थित उनकै निवासबाटै पक्राउ गरेको थियो। यो प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन्।

यसै प्रकारणमा पक्राउ परेका अन्य व्‍यक्तिहरूको बयानका आधारमा खाण पक्राउ परेका थिए। प्रहरीले यसै प्रकरणका एमाले नेता टोपबहादुर रायमाझीलाई भने पक्राउ गर्न सकेको छैन। उनी प्रहरीको फरार सूचीमा छन्।

ट्र्याक्टरबाट खसेर १४ वर्षीय चौधरीको मृत्यु

0

वैशाख ३१,२०८०दाङ :दाङमा ट्र्याक्टरबाट खसेर एक जना बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका १४ का १४ वर्षीय विनोद चौधरीको मृत्यु भएको हो।

 

ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक एवं प्रवक्ता पर्वत केसीले जानकारी दिए।

 

तुलसीपुर– १४ गोठ्वाबाट ग्वारखोलातर्फ आउँदै गरेको रा १ त ४८९८ नम्बरको ट्र्याक्टरबाट उनी उनी खसेका थिए। घटनापछि ट्र्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ ।

उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तफेजुलको शब फेला

0

वैशाख ३१,२०८० सप्तरी :रुपनी गाउँपालिका बडा नं १ रुपनी राजविराज खण्डको रुपनीमा हत्या गरी फ्यालिएको अवस्थामा एक युवाको शव भेटिएको छ ।

शम्भुनाथ नपा २ बस्ने लुकमान को छोरा वर्ष अन्दाजी वर्ष २४ को मो तफेजुलको शव रुपनी बजार क्षेत्रदेखि २५ मिटर पर खेतमा आइतबार बिहानै प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।

शनिवार बिहान घटनास्थलमा प्रहरी टोली पुगेर उक्त घटनाबारे थप अनुसन्धान गरिरहेका छन् भने घटनाको विरोध जनाउँदै स्थानीयवासी तथा महिलाहरूद्वारा रुपनी राजविराज सडक खण्ड बिहानदेखि अवरुद्ध पारिएको छ । महिलाहरूको ठुलो सङ्ख्याले अवरुद्ध पारिएको सडक खण्डलाई प्रहरी सुरक्षा खुलाउन लागि परेको छ ।

अत्यावश्यक सवारी साधनहरू प्रहरीको सुरक्षा दिँदै अत्यावश्यक सवारी साधनहरूको लागि अवरोध हटाउँदै आएको प्रमुख कार्कीले बताए । रुपनी बजार क्षेत्रमै वर्ष दिन भित्र यो सहित यस प्रकारको तीन वटा हत्या भइसकेको हो ।

वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन

0
फाइल फोटो

वैशाख ३१,२०८०म्याग्दी : स्वदेशमा रोजगारी नभएको भन्दै विदेशिनेको संख्या दिनानुदिन बढ्दो छ। अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल वैदेशिक रोजगारीको मोह छाडेर बाख्रापालनमा लागेका छन्।

विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको बरुवाल परिवार अहिले भने नविनतम शैली र प्रविधिलाई पछ्याउँदै आधुनिक बाख्रापालनमा लागेको हो।

३० वर्षीय बरुवाललाई श्रीमती सोमित्रा र छोरा नारायणले नियमित सहयोग गर्दै आएकी छन् भने एक जनाले नियमितरूपमा प्रत्यक्ष रोजगारी पाएका छन्।​ उनका खोरमा हाल सानो र ठूलो गरी एक सय २० बाख्रा छन् । वरपर जंगल भएका कारण चितुवाबाट बाख्रा जोगाउन एक सय ५० मिटर तारबारले खोरलाई घेरेर सुरक्षित बनाइएको छ । घाँसको दिगो व्यवस्थापनका लागि २५ रोपनी क्षेत्रफलको जग्गामा विभिन्न जातका घाँस लगाइएको छ।

बाख्राखोरमा २९ लाख खर्च भइसकेको र करिब १८।१९ लाख बाख्रा खरिद एवं सोलार जडान आदिमा खर्च भएको उनले जानकारी दिए।

सुरुमा पाँचवटा बाख्राबाट परम्परागत शैलीले बाख्रापालन सुरु गरिएको बरुवालको फार्ममा हाल बोयर क्रस, शुद्ध बोयर, सिनाल, जमुनापारी आदि जातका बाख्रा छन् । विदेशबाट फर्किएर बाख्रापालनमा लाग्दा नारायणका अघि विभिन्न प्रश्न पनि तेर्सिने गरेका छन्। दैनिक न्यूनतम एकजनाले किन विदेशको राम्रो जागिर छाडेर यस्तोमा लागेको भनेर प्रश्न गर्ने गरेको उनले जानकारी दिए।

स्वदेशमा नै केही गर्न सकिन्छ कि भनेर विदेशको जागिर छाडेर फर्किएको अनुभव सुनाउँदै उनले जागिरको खोजीमा विदेशिएका युवाका लागि यहाँ नै केही गर्न सकिन्छ भन्ने उदाहरण बन्न चाहेको बताए।

नारायणका बुवा धनबहादुरका पनि जीवनका विभिन्न भोगाइ र अनुभव छन् । हाल ५२ वर्ष उमेर पुगेका धनबहादुर २०४६ सालदेखि व्यापार व्यवसायमा लाग्नुभयो । किराना पसलसँगै होटल व्यवसायसमेत सञ्चालन गरेका उहाँले झण्डै १५।१६ वर्ष सामान ढुवानीका लागि खच्चडसमेत पाल्नुभयो । बाह्र–तेह्र वर्षअघिसम्म खच्चड पालेको र छ वर्षसम्म इराकमा वैदेशिक रोजगारका लागि पनि गएको उनको अनुभव छ ।

समता स्कुलका विद्यार्थीको बिचल्ली

0

वैशाख ३०,२०८०मुगु : मुगु जिल्लास्थित समता स्कुलमा अध्ययनरत विद्यार्थीको बिचल्ली भएको छ। २०७५ सालदेखि अध्ययन अध्यापन गराउँदै आएको समता स्कुल बन्द भएपछि विद्यार्थी यति वेला बिचल्लीमा परेका हुन्।

मदन बहादुर हरि बहादुर फाउण्डेशनद्वारा सञ्चालित २०७५ सालमा गरिब, दलित, पिछडिएका बालबालिकाले सहज गुणस्तरीय शिक्षा पाउने भन्दै विद्यालयका प्रमुख फाउण्डर उत्तम सञ्जेल र सुदर्शन पौडेलले मुगुमा विद्यालय स्थापना गराएका थिए। ५ वर्षको नबित्दै संस्थापन पक्षले हात झिक्न थालेपछि समतामा अध्ययनरत १३० जना विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ।

विद्यालय सञ्चालनका लागि छायाँनाथ रारा नगरपालिकाले २ कक्षासम्मको अनुमति दिइए पनि विद्यालयले ५ कक्षासम्म सञ्चालन गरेको छ।

अन्य विद्यालय भर्ना हुनका लागि स्थानान्तरण प्रमाणपत्र आवश्यक पर्छ, त्यो विद्यालयले दिने अवस्था छैन। विद्यालय स्तर एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली विद्यालयले अद्यावधिक गराएको छैन।

यो नहुँदा अरू विद्यालयमा भर्ना हुन पनि समस्या भएको समता स्कुलका सहायक प्रधानाध्यापक समुद्रकुमार मल्लले बताए। छायानाथ रारा नगरपालिकाले कक्षा २ सम्मको मात्रै अनुमति लिई कक्षा ४ सम्म कक्षा सञ्चालन गर्नु राम्रो नभएको बताए।

विद्यालय नियमविपरीत चलेको आफूले थाहा नपाएको र गएको अन्तिम वार्षिक परीक्षाबाट मात्रै थाहा पाएको बताए।
यहाँका ५ जना शिक्षकले पनि करिब ९ महिनादेखि तलब पाएका छैनन्। विद्यालय प्रशासन र संस्थापकको झूटो आश्वासनले ९ महिनादेखि आफूहरूले तबल नपाएको गुनासो गरे।

यो विषय बुझ्न समता स्कुलका संस्थापक कर्णाली प्रदेशको जिम्मेवारी पाएका सुदर्शन पौडेललाई फोन गर्दा पत्रकारको परिचय पाएपछि फोन काटेका थिए। विद्यार्थीको नाममा लुट्न कसैलाई छुट छैन र यस्तै गर्ने हो भन्ने अन्य विद्यालयलाई पनि सजग रहनुपर्ने अवस्था आएको नागरिक समाजका अध्यक्ष रूपबहादुर मल्लले बताए।