Friday, June 5, 2026

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पेश

0

दिवाकर पोख्रेल
देउखुरी, जेठ १५गते । लुम्बिनी प्रदेशसभामा प्रदेश सकारको आगामी आर्थिक बर्ष २०८०÷०८१ को विनियोजन विधेयक २०८० को सिद्धान्त प्राथमिकताको क्षेत्र सम्बन्धी प्रस्ताव पेश गरिएको छ ।

आइतबार बसेको प्रदेशसभा बैठकमा सकारका तर्फबाट आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आगामी आर्थिक वर्ष २०८०÷०८१ को विनियोजन विधेयकको सिद्धान्त प्राथमिकताको क्षेत्र सम्बन्धी प्रस्ताव पेश गर्नुभएको हो ।

उहाँले पेश गर्नुभएको उक्त प्रस्ताव माथि प्रदेश सभाको आगामी बैठकमा छलफल हुनेछ । प्रदेश सकारले संविधानले परिकल्पना गरे अनुसार समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा आगामी बजेट तर्जुमा गरिने बताउनुभयो ।

यस्तै मन्त्री मास्कीले सार्वजनिक सेवाप्रवाहमा प्रदेश सरकारले गर्ने लगानी अभिवृद्धि गर्ने, प्रदेशमा आर्थिक असमानता न्यूनगर्ने, सामुदायिक वनलाई उपभोत्ताको आम्दानी श्रोतको रुपमा विकास गर्ने,पर्यटनलाई प्रदेशको विशेष आर्थिक क्षेत्रको रुपमा विकास गरिने, पर्यटन क्षेत्रमा रोजगारीका अवसर निर्माणमा बजेट केन्द्रित हुने, पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा निजी क्षेत्रसँग थप सहकार्य गर्ने, विपद् जोखिम न्यूनीकरण र उद्यमशीलता विकासमा बजेट विनियोजन गर्ने, भौतिक विकासमा विपद् व्यवस्थापनलाई आन्तरिकरणमा बजेट केन्द्रित रहने बताउनुभयो । प्रस्ताव पेश गर्दै मन्त्री मास्कीले लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको सीमीत बजेटबाट धेरै योजना पूरा गर्नपर्ने बाध्यता हेको क्षेत्र र प्रथामिकता निर्धारण गर्न चुनौती रहेको स्विकार गर्नुभयो ।

विनियोजन विधेयक प्रस्तुतपूर्व सभामुखले दिएको विशेष समयमाबोल्दै प्रदेशसभा सदस्यले आफ्ना निर्वाचन क्षेत्रमा लामो समय सम्म पूरा हुन नसकेका योजनाका वारेमा सभामुख मार्फत प्रदेश सरकारको ध्यानकर्षण गराउनुभएको थियो ।

 

प्रदेशसभा सदस्य दिनेश पन्थीले गुल्मीमा सामुदायिक विधुतीकरण मार्फत वितरण गर्दा काठको पोल राख्दा खतरा बढेको भन्दै अविलम्ब यसलाई परिवर्तन गर्न आग्रह गर्नुभयो । यस्तै तनवहादुर खत्रीले पश्चिम क्षेत्रमा निर्माणधिन सडक कामगर्दा गर्दै रोकिएकोले बर्षात्को समयमा नागरिकले दुःखनिर्माण अविलम्म पुरा गर्न आग्रहगर्नुभयो । अर्का प्रदेश सभासद सरुले गाँजा खेतीलाई बैधानिकता दिनआग्रह गर्दै यसबाट पहाडी मुलुकका जनताको जीवन उकास्न सहज हुने बताउनुभयो ।

 

प्रदेशसभा सदस्य नीमा गिरीले लुङ्गी माडी परियोजन शुरु भएको दशक विते पनि निर्माण कार्य पूरा हुन नसकेको चिन्ता व्यक्त गर्नुभयो । उक्त योजनामा हालसम्म १३ करोड १२ लाख रुपियाँखर्च भइसकेको स्मरण गराउँदै आगामी योजनामा राखेर पूरा गर्न सुझाव दिनुभयो । योजना व्यक्तिको गोजीबाट भन्दा प्रक्रियाबाट हुनुपर्ने भन्दा योजना बंैंक बनाएर क्रमश पूरा गर्दै जानुपर्ने सुझाव थियो ।
प्रदेशसभाको बैठक जेठ १५ गते सोमबार पनि बसेको छ ।

 

प्युठानमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

0

जेठ ११,२०८० : जिल्लाको गौमुखी गाउँपालिका –५ खुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार राति दुर्घटनामा परि घाइते भएका ट्याक्टर चालक २२ वर्षीय सुमन हमालको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

सालीबिसौनाबाट ठूलाबेसीतर्फ जाँदैगरेको लु ४ त १२२५ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना परेको थियो । ट्याक्टर सडकदेखि २० मिटर तल खसेको छ । दुर्घटनामा गौमुखी गाउँपालिका –५ ठूलाबेसीका सहचालक सुरज मल्ल घाइते भएका छन् ।

मल्लको जिल्ला अस्पतालमा उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

रुकुम पश्चिममा जीप दुर्घटना, चार जनाको मृत्यु

0

जेठ ११,२०८० रुकुम : रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा सुत्केरी आमा र बच्चासहित ४ जनाको मृत्यु भएको छ।

बिहीबार बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ। सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा मृतकको सानोभेरीका ७० वर्षीय कर्णबहादुर बाठा मगर, सुत्केरी महिला २२ वर्षीय रेखा खनाल केसी र उनको बच्चा रोशन केसी छन्। यस्तै वर्ष ५० को देउचन खत्रीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते ११ जनामध्ये ५ जनालाई थप उपचारका लागि खलंगा अस्पताल पठाइएको र ६ जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज पठाइने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले बताए।

घटना स्थलमा पानी परिरहेकोले उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

गुल्मीदरबारमा एक बर्षको प्रगति सार्बजनिक

0

जेठ १०,२०८० गुल्मी :गुल्मीको गुल्मीदरबार गाउँपालिकाले जनप्रतिनिधिकाे एक वर्षे कार्य प्रगति पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । बुधबार गाउँपालिकाले सभाहलमा पत्रकार सम्मेलन गरेर एक वर्षका सम्पूर्ण गतिविधिहरु सार्वजनिक गरेको हो ।

गाउँपालिका अध्यक्ष सराेज कुमार थापाले आफूहरू निर्वाचित भइसकेपछि एक वर्षसम्म गरेका गतिविधि प्रस्तुतीकरण मार्फत जानकारी गराउनुभयाे ।

उहाँका अनुसार चौमासिक कर्मचारी मूल्यांकन, मासिक ई–बुलेटिन प्रकाशन, पहिचानसहितको लोगो निर्माण, सूचनाको हकका लागि स्वतः प्रकाशन, गुल्मीदरबार दर्पण नामक पुस्तक र भिडियो डकुमेन्ट्री निर्माण, गुल्मीदरबार नामक गित, भूमि बैंकको स्थापना, सहायता कक्षको स्थापना, १० सूचकमा कर्मचारीको मूल्यांकन, आन्तारिक आम्दानीको वृद्धि, गाउँपालिकाअन्तर्गतका सबै सरकारी कार्यालयमा ई–हाजिरीको व्यवस्था, बिजुली नहुँदा सोलारको व्यवस्था, अनलाइन राजस्व प्रणालीको सुरुवात, कस्तो छ आमा कार्यक्रम, कृषकसँग गाउँपालिका कार्यक्रम, वडाबाट योजना सम्झौता, योजनासम्बन्धी विस्तृत विवरण लेखिएको पुस्तिकाको व्यवस्था, अपांग परिचयपत्र वितरण, अनलाइन माध्यमबाट घटना दर्ता, सामाजिक सञ्जाल र वेभसाइटमार्फत सूचना प्रवाह गरिरहेको छ ।

 

गाउँपालिकाका महत्वपूर्ण सूचना र कार्यक्रम प्रत्येकको मोबाइलमा म्यासेज जाने व्यवस्था, सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण र हाम्रो गुल्मीदरबार नामक पुस्तक कक्षा १ मा लागू गरिएको छ ।

 

त्यसैगरी विपद् व्यवस्थापन गर्न आवश्यक औजार खरिद, जनतासँग रेडियो कार्यक्रम संचालन, शुद्ध पिउने पानीको व्यवस्था, रणनैतिक योजनाहरू संचालन, वडामा अनलाइन अनुगमन, कृषिसम्बन्धी तालिम, कृषि गणना, विद्यार्थीसँग गाउँपालिका कार्यक्रम संचालन, खेलाडीसँग गाउँपालिका कार्यक्रम संचालन, सबै वडामा मेलमिलाप केन्द्र स्थापना, नियमित बजार अनुगमन, चौमासिक र वार्षिक समीक्षा, सार्वजनिक सुनुवाइ कार्यक्रम र कर्मचारी आचारणको मूल्यांकन लगायतका काम गाउँपालिकाबाट भएका छन् ।

 

नेपाल सरकारले सुरु गरेको ‘एक पालिका : एक अस्पताल’ कार्यक्रम अन्तर्गत गुल्मीदरबार गाउँपालिकामा १५ शैयाकाे अस्पताल निर्माणको अन्तिम चरणमा रहेको छ । जसकाे ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

स्वास्थ्य तर्फ गाउँपालिकामा सेवा प्रवाह अन्तर्गत न्यूनतम सेवा मापदण्ड अन्तर्गत सबै स्वास्थ्य चाैकीकाे सुशासन, व्यवस्थापन, क्लिनिक व्यवस्थापन, पाेषण कार्यक्रम, भिटामिन कार्यक्रम, मातृ तथा नवजात शिशु कार्यक्रम लगायतका कार्यक्रम संचालन गरिएको छ ।

प्रधानमन्त्री राेजगार कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भएको, विगतका भन्दा धेरै उपलब्धिमुलक काम भएको पत्रकार सम्मेलनमा बताइएको छ ।

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय

0

जेठ ९,२०८०काठमाडौँ : मन्त्रिपरिषद्को बैठकले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ।​ मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जापान सरकारबाट प्राप्त हुने मानव संसाधन विकास छात्रवृत्तिका ४१ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि बताइन्।

उनले विद्यालय क्षेत्र आयोजनाका लागि शिक्षाका लागि विश्वव्यापी साझेदारी संस्थाबाट १९।७० मिलियन अमेरिकी डलर सहायता स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन्। उनले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिइन्।

उनले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन आदेश २०८० स्वीकृत गर्ने निर्णय गरेको पनि बताइन्।

त्यसैगरी बैठकले भन्सार महसुलसम्बन्धी नयाँ विधेयकका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। भन्सार महसुल सम्बन्धी नयाँ विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको र उक्त निर्णयले भन्सार महसुल सम्बन्धी नयाँ विधेयक तर्जुमा गर्ने बाटो खुलेको मन्त्री शर्माले बताइन्।

 

रूखबाट खसेर डिलबहादुरको मृत्यु

0

जेठ ९,२०८०पाल्पा : रैनादेवी छहरा गाउँपालिका(२ सर्देवाका ४७ वर्षीय डिलबहादुर बुढाथोकीको रूखबाट खसेर मृत्यु भएको छ।

घर नजिकै शमीको रूखमा चढेर घाँस काट्ने क्रममा आइतबार लडेर घाइते भएका थिए।​

 

तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो करिब ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

युग सुहाउँदो शिक्षण विधिको विकासबारे ३ दिने कार्यशाला सुरु

0

जेठ ९,२०८०काठमाडौं : युग सुहाउँदो शिक्षण विधिको विकासका शिक्षक र प्राध्यापकको कार्यशाला सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा राजधानीको सिनामंगल स्थित सेन्ट्रल कलेजले तीनदिने कार्यशाला आयोजना गरेको हो ।

सोमबारदेखि सुरु भएको ’२१ औंशताब्दीको शिक्षाः योजना, आवश्यकता र कार्यान्वयन’विषयक कार्यशालाको खुलाविश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. गोविन्दसिंह विष्टले उद्घाटन गरेका हुन् । कार्यशाला उद्घाटन गर्दै रजिष्ट्रार विष्टले शिक्षक प्राध्यापकहरु शिक्षण विधिबारे अपडेट हुनुपर्ने आवश्यकता औंल्याए ।

समयानुकूल शिक्षण विधि अवलम्बन गर्नुपर्ने प्रष्ट पार्दै उनले आफूले जानेका कुरा जुन विधिबाट विद्यार्थीले बुझ्छन्, सोही विधिअनुसार अध्यापन गर्नुपर्नेमा जोड दिए । यसका लागि जड हुनुभन्दा नयाँ तरीकाहरुको विकास गर्नुपर्ने उनको भनाइ छ ।
रजिष्ट्रार प्राडा विष्टले विद्यार्थी र विश्वविद्यालय दुवै प्रमाणपत्र केन्द्रित हुँदा सिकाइ प्रभावकारी हुन नसकेको प्रति चिन्ताव्यक्त गरे । शिक्षण सिकाइ प्रमाणपत्रका लागि मात्र नभई सिक्न र क्षमता विकासका लागि हुनुपर्ने उनले बताए । गरेर सिक्ने सिकाइका लागि सबैले हातेमालो गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

उनले विद्यार्थीहरु विदेशिँदा विश्वविद्यालयका कक्षाहरु विस्तारै रित्ताहुँदै गएका खुलासा गर्दै विद्यार्थीलाई सिकाउने र टिकाउने एवं देशमै बस्न प्रेरित गर्ने शिक्षण सिकाइले मात्र देश निर्माणमा सहयोग पुग्ने प्रष्ट पार्दै त्यसका लागि सबैले आफ्नो तर्फबाट योगदान गर्नुपर्ने बताए ।

उक्त अवसरमा सेन्ट्रल कलेजका प्रिन्सिपल पारस श्रेष्ठले कार्शालाको औचित्व र महत्वमाथि प्रकाश पारेका थिए ।
राजधानीका विभिन्न कलेजमा शिक्षण कार्यमा संलग्न ३ दर्जन बढी शिक्षक र प्राध्यापकको सहभागिता रहेको कार्यशालामा प्राध्यापकहरु पूर्ण लामिछाने, विश्वराज जोशी र गोविन्दन् यौपानेले २१औं शताब्दीमा शिक्षण विधिको योजना, अनुगमन र कार्यान्वयनबारे सहभागीलाई प्रशिक्षण दिएका थिए । कार्यशाला बुधवारसम्म चल्ने बताइएको छ ।

वैदेशिक रोजगार अभिमुकीकरण कार्यक्रम पाल्पाको रामपुरमा

0

सुशीला रेग्मी
जेठ ९,२०८० पाल्पाः वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि वैदेशिक रोजगार अभिमुकीकरण कार्यक्रम पाल्पाको रामपुरमा भएको छ ।

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान बुटवलको आयोजनामा कार्यक्रम भएको हो । प्रतिष्ठानका सुमन पन्तको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा रहनु भएको हो । नगर प्रमुख थापाले कामका लागि मात्रै नभई अध्ययन तथा विभिन्न काममा लागि विदेश जाने क्रममा धेरै कुरा सिक्नुपर्ने बताउनु भएको छ ।

विदेशमा जादा कतिपय सामान्य कुरामा जानकारी नहुदा धेरै अप्ठ्यारा स्थिति भोग्नु परेको बताउनुहुदै विदेशमा रोजगारको क्षेत्रमा मात्र नभई अध्ययन पूरा गरेर स्वेदशमा काम गर्ने वातावरण राज्यले तयार गर्नुपर्ने बताउनुहुदै नगर प्रमुख थापाले त्यसको लागि स्थानीय सरकारले सहयोग गर्ने बताउनुभएको छ ।

उहाँले सीप सिकेर सानो कामबाट पनि आफ्नो जिविकोपार्जन गर्न सकिन्छ, कामलाई सानो ठुलोमा दाज्न हुदैन, गाउँमै बसेर विभिन्न पेशा, व्यावसाय गर्न चाहने युवालाई नगर सरकारले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत दुईवर्ष सम्मका लागि ३० लाखसम्म व्याज अनुदान दिइरहेको जानकारी दिनु भएको छ ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष दिवाकर देवकोटाले कमाउनकै लागि वैदेशिक रोजगारमा जानुपर्दैन, हातमा सीप छ भने स्वदेशमा बसेर विभिन्न पेशा, व्यावसाय गरेर जिविकोपार्जन गर्न सकिने बताउनु भएको छ । कार्यक्रमको संचालन रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान बुटवलका प्रशिक्षक भोजराज न्यौपानेले गर्नुभएको हो ।


रामपुर नगरपालिका वडा नं ६ को समन्वयमा भएको अभिमुखीकरण कार्यक्रममा वैदेशिक रोजगारमा जान ईच्छुक तथा गएर फर्केका युवा, विद्यार्थी लगायत करिव १५० जनाको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान बुटवलका भोजराज न्यौपाने, राजु पन्थी, दिपक नेपाल, सुमन पन्तले गर्नुभएको छ ।

सहभागीलाई श्रम स्वीकृती लिने, म्यानपावर कम्पनी संगको सहकार्य, पैसा कसरी तिर्ने, प्लेनमा कसरी बस्ने, विदेशमा पुगिसकेपछि राजदुतावाससंग सम्पर्क गर्ने तरिका लगायतका बारेमा जानकारी दिइएको छ । कार्यक्रम होटल नमस्ते पाल्पामा आयोजना भएको हो । बुधवार रामपुर नगरपालिका ५ को समन्वयमा र विहिवार वडा नं ७ को समन्वयमा कार्यक्रम हुदैछ ।

रेसुङ्गा नगरपालिका द्रारा गुल्मी अस्पताललाई २८ लाखको सी-आर्म मेसिन हस्तान्तरण ।

0
जेठ ९,२०८०गुल्मी : गुल्मीको रेसुङ्गा नगरपालिकाले जिल्लाकाे गुल्मी अस्पताललाई २८ लाखकाे सी-आर्म  मेसिन हस्तान्तरण गरेको छ ।
मंगलबार रेसुङगा नगरपालिकाले गुल्मी अस्पताल बिकास समिति अध्यक्ष ,मेसु र हाडजोर्नी बिशेषज्ञलाई उक्त मेसिन हस्तान्तरण गरेका हुन । हाडजोर्नी सेवालाई सहज बनाउँनका लागि उक्त मेसिन हस्तान्तरण गरिएको रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्तिले बताएकि छन् । गुल्मी अस्पतालमा बिशेष डाक्टरको अभावका कारण हाडजोर्नी लगाएतका समस्याका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता जिल्लाबासिलाइ थियो ।
 गुल्मी अस्पतालमा हाडजोर्नी बिशेषज्ञ आइसकेपछि उनलाइ टिकाइ राख्न नगरपालिकाले तलब बराबरको सेवा सुविधा दिएर राखेको छ । दिनमा ७०,८० जना बिरामीकाे एकजना मात्रै डाक्टर प्रदिप शिवाकोटीले चेकजाँच गर्थे साथै हप्तामा दुई दिने अपरेसन गरिएको उनै डाक्टर शिवाकोटी बताउँछन् । हाडजोर्नीकाे सेवा दिइराख्दा जनशक्ति र केही मेसिनरी सामान नहुदा समस्या रहेकोमा अहिले नगरपालिकाले सी-आर्म मेसिन उपलब्ध गराएपछि थप सेवा उपलब्ध गराउँन सहज हुने उनको भनाइ छ ।
 हाडजोर्नी सेवालाई थप सहज र सुलभ बनाउन नगरपालिकाले गुल्मी अस्पताललाई सी-आर्म मेसिन हस्तान्तरण गरिएको नगरप्रमुख खिलध्वज पन्थीले बताए । उनले गुल्मी अस्पताल मेरो अस्पताल ठानेर सेवा लिने र दिने गर्नुपर्ने बताएका छन् ।

रेसुङ्गाको वडानम्बर ७ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

0
  सूर्य सुनार
   ९ जेठ,गुल्मी । स्थानीय तहले कार्यसम्पादन गरेका कामहरुको बारेमा बिभिन्न समयमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने गरेका छन् । सार्वजनिक सुनुवाईबाट नागरिका सुझाव गुनासाहरु ल्याइ सम्बोधन गर्ने उदेश्यले रेसुङ्गा नगरपालिकाले वडामै पुगेर सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ गुल्मीको समन्वयमा वडानम्बर–७ को बेतुखर्कमा सार्वजनिक सुनुवाई कार्यक्रमसम्पन्न भएको हो ।
नगरपालिकाले आर्थिक वर्ष ०७९÷०८० अन्तर्गत सम्पादन गरेका कार्यहरुको बारेमा जानकारी दिने र नागरिकबाट सुझाव सल्लाह लिने उदेश्यले सार्वजनिक सुनुवाई गरिएको थियो । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाबाट यस आर्थिक वर्षमा भए गरेका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
  कार्यक्रममा सहभागि सेवाग्रहीले खानेपानी, सडक बत्ती नभएको, गुनासो राख्नु भएको थियो । त्यस्तै नगरपालिकाको वडानम्बर ७ को बस्ती एकातिर स्वास्थ्य चौकी अर्को तिर भएको प्रति गुनासो गरेका थिए ।
वर्षातले गर्दा कैयौं भित्रि सडकहरु अझै पनि मर्मत नभएको, बाढि पहिरोले जोखि रहेका घरहरुमा नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा गुनासाहरुको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जवाफ दिनुभएको थियो ।
  कार्यक्रममा रेसुङ्गा नरगपालिकाका १४ वटा वडाका वडाअध्यक्ष, कर्मचारी, पत्रकार, स्थानीय नागरिक लगायतको सहभागिता रहेको थियो ।
रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवि कुँवरको स्वागत र नेपाल पत्रकार महासंघका सदस्य महेश बोहराको सहजीकरणमा कार्यक्रममा सम्पन्न भएको थियो