रेसुङ्गाको वडानम्बर ७ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

0
63
  सूर्य सुनार
   ९ जेठ,गुल्मी । स्थानीय तहले कार्यसम्पादन गरेका कामहरुको बारेमा बिभिन्न समयमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने गरेका छन् । सार्वजनिक सुनुवाईबाट नागरिका सुझाव गुनासाहरु ल्याइ सम्बोधन गर्ने उदेश्यले रेसुङ्गा नगरपालिकाले वडामै पुगेर सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ गुल्मीको समन्वयमा वडानम्बर–७ को बेतुखर्कमा सार्वजनिक सुनुवाई कार्यक्रमसम्पन्न भएको हो ।
नगरपालिकाले आर्थिक वर्ष ०७९÷०८० अन्तर्गत सम्पादन गरेका कार्यहरुको बारेमा जानकारी दिने र नागरिकबाट सुझाव सल्लाह लिने उदेश्यले सार्वजनिक सुनुवाई गरिएको थियो । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाबाट यस आर्थिक वर्षमा भए गरेका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
  कार्यक्रममा सहभागि सेवाग्रहीले खानेपानी, सडक बत्ती नभएको, गुनासो राख्नु भएको थियो । त्यस्तै नगरपालिकाको वडानम्बर ७ को बस्ती एकातिर स्वास्थ्य चौकी अर्को तिर भएको प्रति गुनासो गरेका थिए ।
वर्षातले गर्दा कैयौं भित्रि सडकहरु अझै पनि मर्मत नभएको, बाढि पहिरोले जोखि रहेका घरहरुमा नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा गुनासाहरुको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जवाफ दिनुभएको थियो ।
  कार्यक्रममा रेसुङ्गा नरगपालिकाका १४ वटा वडाका वडाअध्यक्ष, कर्मचारी, पत्रकार, स्थानीय नागरिक लगायतको सहभागिता रहेको थियो ।
रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवि कुँवरको स्वागत र नेपाल पत्रकार महासंघका सदस्य महेश बोहराको सहजीकरणमा कार्यक्रममा सम्पन्न भएको थियो
SHARE