Friday, June 5, 2026

उखु किसान र सरकारबीच सहमति, सबै आन्दोलन फिर्ता

0

 

जेठ १८,२०८० कपिलवस्तु : उखु किसान र सरकारबीच सहमति भएको छ।

१७ दिनदेखि काठमाडौंमा आन्दोलनमा रहेका किसानहरूको माग सम्बोधन गर्ने निर्णय गरेसँगै आन्दोलन फिर्ता गरिएको संघर्ष समितिका अध्यक्ष अनुपकुमार चौधरीले बताए।

मन्त्रिपरिषद्को निर्णयअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा को संयोजकत्वमा गठन भएको वार्ता टोलीले साउन मसान्तसम्ममा उनीहरुको माग सम्बोधन गर्ने निर्णय गरेको छ।

आर्थिक वर्ष ०७१र७२ सालमा सरकारले उखु किसानलाई प्रतिक्विन्टल २५ रुपैयाँ अनुदान दिएको थियो। उक्त अनुदान बापतको अढाइ करोड रकम सरकारसँग माग गर्दै किसानहरू काठमाडौं गएका थिए।

वार्ता टोलीसँग भएको छलफलपछि साउन मसान्तसम्म रकम भुक्तानी गर्ने निर्णय भएको अध्यक्ष चौधरीले बताए।

‘हामी १७ दिनदेखि माइतीघर मण्डलमा धर्नामा बसेका थियौं।

अत्यधिक गर्मीले विद्यालय बन्द

0

जेठ १८,२०८०ः गर्मी अत्यधिक बढेपछि सुनसरीका सम्पूर्ण पालिकाका विद्यालय बन्द गरिएको छ।

आजदेखि लागु हनेगरी २२ गते आइतबारसम्मका लागि सम्पूर्ण पालिकामा बिदा दिएको इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण मल्लले जानकारी दिए। गर्मीका कारण बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेकाले र पठनपाठनलगायतका गतिविधि सञ्चालन गर्न कठिनाइ भएपछि बर्खे बिदाबाट कट्टा हुनेगरी बिदा मिलाइएको उनले बताए।

यस्तै मोरङको विराटनगर महानगरपालिकाका विद्यालयमा पनि दुई दिन बिदा दिइएको छ। महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरेको हो । केही दिनयता तराईका जिल्लासहित देशभर अत्यधिक गर्मी बढेको छ।

यस्तै झापामा पनि केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। मेचीनगर नगरपालिकाले दुई दिन तथा कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। कचनकवलले आजदेखि जेठ २२ गतेसम्म पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको हो।

गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले जानकारी दिइन्। यसैगरी मेचीनगर नगरपालिकाले पनि दुई दिनका लागि सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले बताए।

पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त

0

जेठ १७,२०८०काठमाडौं, :राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ।

 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम उहाँहरूलाई ती पाँच देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो।

राष्ट्रपति पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेललाई फिजी, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई अर्जेन्टिना, रुसी महासङ्घका राजदूत मिलनराज तुलाधरलाई बेलारुस, डेनमार्कका प्रा डा। रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका राजदूत तापस अधिकारीलाई टर्कीका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

लुम्बिनी सरकारले पत्रकारको दुर्घटना बीमा गरिदिने

0

जेठ १७,२०८०दाङ : लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेयले पत्रकारको दुर्घटना बीमा प्रदेश सरकारले गर्ने बताएका छन्।

लुम्बिनी प्रेस क्लबले बुधबार भैरहवामा गरेको छलफलमा लुम्बिनी सरकारका प्रवक्तासमेत रहेका मन्त्री पाण्डेयले पत्रकारसँग सहकार्य गरी समयानुकूल ऐन, नियम बनाउँदै सञ्चारमाध्यमलाई व्यवस्थित बनाउने बताए।

उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पत्रकारको दुर्घटना बीमा नवीकरण गर्ने प्रक्रिया अघि बढाएको दावी गरे। ‘नवीकरण नहुँदा दुर्घटना बीमाको काम रोकिएको थियो, मैले सचिवलाई निर्देशन दिएर प्रक्रिया अघि बढाएको छु, छिट्टै टुङ्गिन्छ,’ उनले भने।

पत्रकारको दुर्घटना बीमा प्रदेश सरकारले गर्ने भन्दै मन्त्री पाण्डेयले लुम्बिनी प्रेस क्लबमा आबद्ध पत्रकारको क्षमता विकासका लागि सरकारले सहयोग गर्ने पनि बताए।

उनले सञ्चार क्षेत्रसँग सम्बन्धित कतिपय ऐन, नियम र कानुन नबनेको भन्दै आवश्यक ऐन, नियम बनाउने कार्यलाई छिटो पूर्णता दिने बताए।

“ऐन, नियम बनेमा सञ्चार क्षेत्र व्यवस्थित हुन्छ, यसका लागि सबै पत्रकारसँग सहकार्य गरी सल्लाह सुझाव लिएर मैले काम गर्नेछु, प्रदेश सरकारले काम गर्नेछ,’ मन्त्री पाण्डेयले भने।

उनले पत्रकारितासँग सरोकार राख्ने सबै क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउँदै समग्र सञ्चार जगत्लाई विकास गर्न सरकार कटिबद्ध रहेको बताए।

मन्त्री पाण्डेयले लुम्बिनी सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी योजना बनाएर अघि बढ्न लागेको बताए। स्थानीय उत्पादनलाई ‘ब्राण्डिङ’ गरेमा बजार चलायमान हुने उद्दको भनाइ छ । मन्त्री पाण्डेले लुम्बिनीका माध्यमबाट प्रदेशलाई समृद्ध गराउनेतर्फ सरकार लागिपरेको बताए।

सर्पले डसेर दाजु भाइको मृत्यु

0

जेठ १६,२०८०सिन्धुली : जिल्लामा सर्पले डस्दा दुई बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दूधौली नगरपालिका– १ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको मृत्यु भएको हो।

 

ओछ्यानमा सुतिरहेका बालकलाई आज बिहान ३ बजे सर्पले डसेको थियो। उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको र थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।

सर्पले ग्रिसलाई बाँया हातको औँलामा र ग्रिस्मको बाँया खुट्टामा डसेको थियो।

२८ जनामा कोरोना संक्रमण पुष्टि

0

जेठ १६,२०८० काठमाडौं :नेपालमा जम्मा २८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार देशभर हाल जम्मा २८ जना कोरोनाका सक्रिय संक्रमित रहेका हुन्।

पछिल्लो समय दैनिक संक्रमितको संख्या पनि घटेको छ। मंगलबार ६१७ जनाको नमूना परीक्षण गर्दा जम्मा ७ जनामा संक्रमण पुष्टि भएको छ। यही समयमा ६ जना संक्रमणमुक्त भएका छन्।

अवैध उत्खनन् गरेको भन्दै पालिका घेराउ

0

दिवाकर पोख्रेल
देउखुरी, जेठ १६ गते । दाङको राजपुर गाउँपालिकामा नदीजन्य पदार्थको अबैध उत्खनन् गरेको भन्दै गाउँपालिकाको कार्यालय घेराउ गरिएको छ । उत्खनन् अनुमतिको वाहना मात्रै गरेर दोहन गरिरहेको भन्दै आन्दोलनरत पक्षले निष्पक्ष छानवीनको माग समेत गेका छन् । दुइलाख घनमीटर भन्दा बढी गिट्टी बालुवा उत्खनन् गरेर क्रसर मार्फत बिक्री गरिएको आन्दोलन पक्षको आरोप छ ।

राजपुर गाउँपालिका बहुमुत कार्यपालिका सदस्यले आन्दोलनरत पक्षलाई समर्थन गरेको पाइएकाके छ । राजपु गाउँपालिका वडा नम्ब ६ का वडाअध्यक्ष श्यामवहादुर रोकाले अनुमति लिएको भन्दा ज्यादै धेरै मात्रामा उत्खनन् गर्ने र त्यसको राजश्व पनि नतिरेका कारण आफुहरुले विरोध जनाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका अध्यक्षकै मिलोमतोमा उत्खनन् गरेकाले अनुगमन गर्ने निकाय सम्म मौन छन्, पटक पटक जिल्ला प्रशासन समेत आग्रह गर्दा दोहन रोकिएको छैन ।”

राजपुर गाउँपालिका स्तरीय सयूक्त संघर्ष समीति गठन गरेर निरन्तर आन्दोलन गरिहेका छन् । संघर्ष समीतिका अध्यक्ष चक्र बहादुर खड्काले अनमुति दिएको बराबरको नदीजन्य पदार्थको मौज्दात(स्टक) समेत नभेटिएकाले रातरात प्रयोग स्थल सम्म पु¥याइने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो माथिल्लो तह सम्म मलोमतो देखियो,यसमा छानवीनको दायरा नल्याउँदा सम्म निरन्तर खवदारी गर्छौ ।”

 

यस विषयमा राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले अबैध उत्खनन्को नाममा गरिएको आन्दोलनको अर्थ नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो उहाँहरुको विना आधारको आरोप हो, हामीले उत्खनन्को अनुमती पाएको क्षेत्रबाट मात्रै उत्खनन् गरेको हौ ।” पालिकाकै निगरानीमा उत्खनन् भएको र उक्त उत्खनन् बैधानिक भएको उहाँले बताउनुभयो । बढी उत्खनन् गरिएको भए क्रसर वा जम्मा गरेको ठाउँमा पुगेर मौज्दात मापन गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

 

यस विषयमा जिल्ला समन्य समीतिका प्रमुख नित्यानन्द शर्माले आफुलाइृकुनै जानकारी नै नभएको बताउनुभयो । लामो समय सम्म अनुगमन गर्न नपाएकोले उत्खनन् कती भयो भन्ने विषयमा एकिन भन्न नसकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“एक महिना भदा बढी भयो अनुगमन गर्न पाएका छैनौ, अब गुनासो आएपछि अनुगमनमा जान्छौ,“बढी उत्खनन् भएको पाएमा राजश्व वुझाउन र कावाही प्रक्रिया अघि बढाउन पालिकालाई निर्देशन दिन्छौ ।” जिल्ला समन्वय समीतिका प्रमुख शर्माले आफुहरुलाई नीतिगत धेरै अधिकार नभएको भन्दै अधिकार पालिकालाई भएकाले यस विषयमा पालिकाले नै सजगकता अपनाउनुपर्ने बताउनुभयो । जिल्ला प्रशासन कार्यालय उत्खनन्को विषयमा अगुगमन गर्ने बताएको छ । दाङका प्रमुख जिल्ला अधिकारी शुसिल बैधले एक महिना पहिले निवेदनउत्खनन् अबैध भयो भन्ने आसयको निवेदन आएको बताउनुभयो । उहाँले भन्नुभयो,“पहिले निवेदन पनि आयो जनगुनासो पनि आयो अब अनुगमन गर्ने प्रक्रिया अघि बढाउँछौ ।”

नदीजन्य पदार्थको उत्खनन्को विषयमा सरोकारवाला निकाय बेखबर जस्तो पाइन्छ । अनुगमन देखि राजश्व असुलीको जिम्मा पाएको गाउँपालिका कार्यालय माथि नै स्थानीयले आरोप लगाएपछि यस्को सत्यतथ्य छानवीनको बिकल्प छैन ।

मंगलबार दिनभर पालिकामा पुगेर स्थानियले नाराजुलस गरेका छन् । बाक्लो सुरक्षा व्यवस्था मिलाएका कारण अप्रिय घटना नभएपनि पालिकामा निनभर काम गर्ने बाताबरण थिएन । नदीजन्य पदार्थको उत्खनन्मा गाउँपालिका अध्यक्षकै मिलोमतो रहेको आन्दोलन पक्षको आरोप छ ।

 

गुल्मीको तोरीपाटामा बुबाले काटिदिए छोराको नाक

0

जेठ १६,२०८० गुल्मीः गुल्मीको इस्मामा बुबाले आफ्नै छोराको नाक काटिदिएका छन् । इस्मा गाउँपालिका( ३ तोरीपाटाका ५६ वर्षीय दिलबहादुर सार्कीले आफ्नै छोरा वर्ष ३२ को बाबुराम सार्कीको नाक काटिदिएका हुन् ।

 

घरायसी विवादको कारण झै(झगडा हुँदा हँसिया प्रहार गरेर उनले छोराको नाक काटिदिएका छन् । छोरा बाबुरामको नाकमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।

 

हँसिया प्रहारबाट गम्भीर घाइते भएका उनको गुल्मी अस्पताल तम्घासमा सामान्य उपचारपश्चात् लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रधानले बताए ।

घटनामा संलग्न दिलबहादुर हँसियासहित प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

गुल्मी काँग्रेसले दियो जनप्रतिनिधीलाई प्रशिक्षण 

0
जेठ १६,२०८० गुल्मीः नेपाली काँगे्रस गुल्मीले संघीय सरकारको वजेट आए संगै जिल्लाका आफ्ना पार्टीको तर्फबाट निर्वाचित स्थानीय जनप्रतिनिधीलाई निर्माण निर्माण र त्यसको कार्यान्वयनका सम्वन्धमा आईतवार एक दिने प्रशिक्षण दिएको छ ।
गणतन्त्र दिवस २०८० र गुल्मीका सहिद शम्शेरवहादुर खत्रीको पुण्य स्मृति  पारेर नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीको सभापतित्वमा भएको प्रशिक्षणमा जिल्लाका स्थानीयतहमा निर्वाचित जनप्रतिनिधीबीच जनमुखि वजेट निर्माण तथाकार्यान्वयन र नागरिकलाई आवश्यकबिकास पुरागर्ने काममा प्रत्यक्ष सहयोग कसरी गर्न सकिन्छ भन्ने भन्ने वारे स्थानीयतहका पालिका  अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष लगायत क्षेत्र र प्रदेशका पार्टीकासभापति  समेत गरी ५० जनाको सहभागिता रहेको पार्टी प्रवक्ता उदयवहादुर थापाले जानकारी दिए ।
नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वजपन्थीले, स्थानीय जनप्रतिनिधीहरुले हाम्रा सहिदहरुका योगदानलाई साक्षीराखेर, जनउपयोगी र जनताका आवश्यकतालाई कार्यन्वयनगर्न सकिने खालको वजेट निर्माण गनुूपर्ने धारणा व्यक्त गरे । रेसुगां नगरपालिकाका प्रमुख समेत रहेका पन्थीले, वजेटले समाजमा हुने बिकास र निर्माणका कार्यमा समावेशिताको अवस्थालाई मुल्याकन गर्ने जिम्मेवारी वहनगर्नुपर्ने, नागरिकका हरेक समस्याको पहिचान र समाधानमा ध्यान दिनुपर्ने बताए ।
जिल्ला समन्वय समिति गुल्मीका समन्वय प्रमुख द्रोणवहादुर खत्रीले, नयाँ बजेट निर्माण गर्दाको अवस्था, भूगोलको अवस्था र आवश्यकतालाई पहिचान गरेर, आफ्नो कार्यकालमा भएका बिकासका कामहरु के कति प्रगति भए भन्ने बिषयमा जवाफदेहीता हुने गरी बजेट निर्माण कार्यलाई प्रभावकारी वनाउँनु पर्ने कुरामा जोड दिए।
नेपाली काँग्रेस गुल्मीका उपसभापति शिववहादुर खत्रीले, स्थानीय सरकारमा निर्वाचित भएका जनप्रतिनिधीले स्थानीय, प्रदेश र संघको निर्वाचनका वेला जनतामाझ गरेका प्रतिवद्धताहरु पुरागर्ने तर्फ लाग्नु पर्ने धारणा व्यक्त गरे ।
कार्यक्रमका सहजकर्ता नेपालीकाँग्रेस गुल्मीका सचिव तथा ईस्मागाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले, स्थानीयतहको वजेट निर्माण गर्दा उत्पादनलाई जोड दिनुपर्ने धारणा व्यक्त गरे,प्रशिक्षणले तल्लोतहदेखि माथि सम्मका जनप्रतिनिधी र पार्टीबीचको समन्वय गरेर जनताका कामगर्ने र सुशासनलाई कार्यान्वयनगर्ने कार्यमा यस्ता प्रशिक्षण सहयोगी हुने धारणा व्यक्त गरे ।
सहजकर्ता काँग्रेस गुल्मीका अर्का सचिव जगदीश भट्टराईले, जनताले जनप्रतिनिधीका काम कार्यवाही र वजेटका हरेक कोणलाई नजिकबाट नियाली रहेका अवस्थाप्रति गम्भीर भएर लाग्नुपर्ने धारणा व्यक्त गरे ।
महासमिति सदस्य तथा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदवहादुर थापाले, स्थानीय सरकारबाट जनताले धेरै कुराको आशा गरेका धारणा व्यक्त गर्दै आफ्नो दुई कार्यकालको अनुभव र भोगाईका व्यवहारिक र शैद्धान्तिक पक्षका बिषयमा महत्वपूर्ण धारणा व्यक्त गरे ।

गुल्मीमा पहिलो पटक महिन्द्रा गाडीको शोरुम स्थापना

0

प्रेम सुनार
जेठ १५ ,२०८० गुल्मी :हाल सम्म दुई पाङ्गे गाडीका रुपमा चिनिने मोटरसाईकल जिल्ला भित्रै खरिद बिक्रिको सुविधा भईरहेकोमा सोमबार गणतन्त्र दिवसको अवसर देखि चारपाङ्गे्र गाडीको बिक्रि वितरणको सुविधा पनि सुरु भएको छ ।

अग्नि ग्रुपद्धारा गणतन्त्र दिवसको अवसरमा महिन्द्रा गाडीको थ्रिएस सुविधा सहितको शोरुम स्थापना भए संगै गुल्मीमा पहिलो पटक जिल्ला भित्रै चारपाग्रे गाडी खरिद बिक्रिको शुभारम्भ भएको हो ।

शोरुमको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले एक समारोहका बिच समुदघाटन गरेका हुन । महिन्द्राको थ्रिएस सुविधा अर्थात सेल्स, सर्भिस र स्पेयर पार्टस यी तिनवटै सुविधा सहितको शोरुम तम्घासको पुरानो बैंकरोडस्थित एन्जिला अटो मोबाईल्स प्रालिले स्थापना गरेको हो ।

त्यस प्रालिका प्रबन्ध निर्देशक ईश्वरी कँडेलले गत १३ बर्ष अघि देखि महिन्द्रा अटो मोवाईल्स कम्पनीका स्पेयर पार्टस मात्र बिक्रि वितरण गर्दै आएकोमा अब देखि उनले थ्रिएस सुविधा सहितको शोरुम आधिकारिक रुपमा बिक्रि विरण गर्ने अवसर पाएका हुन । कँडेलका अनुसार महिन्द्रा गाडी किन्ने ग्राहकहरुले थ्रिएस सेटअप अन्तरर्गत महिन्द्रा अटोमोवाईल्सका सबै श्रृंखलाकन उत्पादनहरु उबलब्ध गराउने छ ।

 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अग्नि कर्पोरेट गु्रप, लुम्बिनी प्रदेश म्यानेजर गोकुल खरेलले गत ३२ बर्षदेखि अग्नि ग्रुपले महिन्द्रा अटोमोवाईल्स सञ्चाल गर्दै आएको र लुम्बिनी प्रदेशको बुटवलमा २८ बर्ष देखि र गुल्मीमा गत १३ बर्ष देखि इश्वरी कँडेल अटोपार्टहरु बिक्रि वितरण गर्दै आएकोमा अब आधिकारिक शोरुपम समेत उहाँले नै सञ्चालन गर्ने जिम्मेवारीको धोषणा गर्न पाउँदा गर्व लागेको बताए ।

 

कार्यक्रममा गुल्मी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रामप्रसाद पन्थीले महिन्द्रा अटोमोबाईल्सका चारपाङ्गे गाडी खरिद गर्न बुटवल र काठमाण्डौ धाउनु पर्ने , महिनौं र बर्षऔं कुर्नु पर्ने बाध्यताको अन्त्य भएको भन्दै खुशी ब्यक्त गरे ।

 

कार्यक्रमका बिशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले गणतन्त्र दिवसको दिन शोरुम स्थापना भएकोमा खुशी ब्यक्त गर्दै कानुनी कुरामा अफ्ठ्यारो परे ब्यवसायीहरुलाई सहयोग गर्ने प्रतिबद्धत्ता जनाए ।

रेसुङ्गा नगरपालिका मेयर खिलध्वज पन्थीले जिल्लामा कमाउने र बुटवल लगायतका ठुला शहरमा लगेर थन्काउनेहरुलाई इश्वरी कँडेल लगायतका युवा ब्यवसायीहरुले जिल्लामै लगानी गरेर देखाउनु उत्प्रेराणाको बिषय भएकोले निजी क्षेत्रलाई प्रोत्साहित गर्दै नगरपालिका अगाडी बढने उद्घोष गरे ।

 

पहिलो ग्राहक बने कुँवर

उद्घाटन समारोहमै सोही कम्पनीको स्कारपियो एस–५ गाडी तम्घास धागीथुमका समाजसेवी हिमाल कुँवरले ५६ लाख ५० हजारमा बुकिङ्ग गरेर जिल्ला भित्रैको शोरुपका पहिलो ग्राहकका रुपमा आफुलाई दर्ज गरेका छन । उनलाई मेयर पन्थीले उक्त गाडीको चाँवी हस्तान्तरण गर्दै सम्मान समेत गरे । कार्यक्रमका प्रमुख अतिथीहरुलाई मायाँको चिनो सहित सम्मान गरिएको थियो ।

 

कार्यक्रमा अग्निी ग्रुप अन्तरगत बालाजु अटो वर्कशपका रिजनल अफिसर केशव पोखरेल , लोक सुशिल अटो कन्र्सन प्रालिका निर्देशक प्रतिक श्रेष्ठ , लगायत पनि सहभागि थिए । अग्नी ग्रुपले भारतमा निर्मित महिन्द्रा कम्पनीका २३ थरी गाडीहरु नेपालमा बिक्रि बितरण गर्दै आएको छ । तिनीहरुका मुल्य २० लाख देखि करोड बढि सम्म रहेका छन ।

त्यस ग्रुप यस प्रदेशका म्यानेजर खरेलका अनुसार स्थानीय तह देखि प्रदेश र केन्द्र सम्मका सरकारी निकायहरुमा महिन्द्रा अटो मोबाईल्स कम्पनीका स्कार्पियो , बलेरो पिकअप , एक्सयुभी ५०० , टियुभी ३०० , केयुभी १० लगायतका गाडीहरु ९० प्रतिशत खपत हुने गरेका छन । पाहाडका कच्ची सडकमा समेत सहजरुपमा गुडने त्यस कम्पनीका गाडीहरुलाई नेपालको सन्र्धभमा ‘पाहडी रेल’ को संज्ञा समेत कतिपयले दिने गरेका छन । गुल्मीको मुख्य सडक बुटवल , पाल्पको प्रवेशद्धार रिडीमा पहिलो पटक २०३५ सालमा ट्याक्टर भित्रिएको रुरुक्षेत्र गाउँपालिका १ का पूर्ववडाध्यक्ष रामलाल वि।क बताउन्छन् ।

ट्याक्टर देखि जहाज सम्मको यात्रा

गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद भुसालका अनुसार २०३९ सालमा सदरमुकाम तम्घासमा ट्याक्टर भित्रिएको थियो । जुन ट्याक्टर हेर्न मानिसहरुको अपाहर भिड् लागेको, फुलमालाले स्वागत गरेको र बाजातालमा नाँच गान गरेर हषेउल्लास मनाइएको थियो ।

 

४० को दशक देखी ८० को दशकमा आइपुग्दा जिल्लाका स्थानीय तह र व्यपारीव्यवसायी घरनामा मानिसहरुले सुबिधा सम्पन्न स्कर्पियो लगायतका महँङ्गा गाडीहरु गुडाउन थालेका छन् ।
त्यति मात्र होइन् यसै दशकको पहिलो वर्ष रेसुङ्गा विमानस्थलमा नेपाल एअरलाइसको ट्वीनेटर विमान समेतले हरेक हप्ताको शुक्रबार बिहान काठमाडौँ तम्घास, तम्घास काठमाडौँ नियमित उडान भर्न सुरु गरेको छ ।

 

२०३९ सालमा ट्याक्टरको यात्रा गर्दा आफुको बेग्लै शान महशु्स गरेका रेसुङ्गा नगरपालिका १ का पुर्व वडाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे नियमित काठमाण्डौ तम्घास विमान उडानको पहिलो यात्री बनेर गुल्मी उत्रिदा खुशी प्रकट गरेका थिए । यस नगरका मेयर पन्थी फेरी तम्घास काठमाण्डौ उठानको यात्री बनेर पुगेका थिए ।