Friday, June 5, 2026

महालेखाले प्रतिवेदन सच्याएपछि रामपुर नगरपालिकाले ग¥यो पत्रकार सम्मेलन

0

सुशीला रेग्मी
जेठ २७ ,२०८० पाल्पाः महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको बेरुजु त्रुटीका सम्बन्धमा रामपुर नगरपालिकाले पत्रकार भेटघाट गरी जानकारी गराएको छ । कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा केही त्रुटी रहेको हुदा यस विषयमा महालेखा परीक्षकको कार्यालयले सच्याएको प्रतिवेदन पत्रकार समक्ष नगरपालिकाले प्रष्ट पारेको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा केही त्रुटी रहेको र सोही प्रतिवेदनको आधारमा समाचार प्रकाशन तथा टिकाटिप्पणी भएपछि सच्याएर आएको प्रतिवेदनको बारेमा जानकारी दिन विहिवार नगरमा क्रियाशिल राजनैतिक दलको सहभागीतामा पत्रकार भेटघाट कार्यक्रम गरिएको हो ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷०७९ को बेरुजु तीन करोड ४७ लाख ७३ हजार र यस अघिको अद्यावधिक बेरुजु छ करोड ५० लाख १० हजार गरी कुल नौ करोड ९७ लाख ८३ हजार हुनुपर्नेमा यसअघि प्रतिवेदनमा कुल ६६ करोड ८० लाख ७ हजार हुन पुगेको थियो । महालेखाले प्रतिवेदनको विवरण सुधार गरे संगै नगरपालिकाले बेरुजुको अवस्थाको बारेमा पत्रकार माझ स्पष्ट पारेको छ ।

 

गतवर्षको तीन करोड ४७ लाख ७३ हजार बेरुजुमध्ये १० लाख १२ हजार असुल उपर गर्नु पर्ने, ८० लाख १८ हजार प्रमाण कागजपत्र पेश गर्नुपर्ने र दुई करोड ५७ लाख ४३ हजार नियमित गर्नुपर्ने बेरुजु रहेको प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिनुभयो ।

न्यौपानेले सुरु देखि नै थपिदै आएको बेरुजु र गत वर्षको बेरुजुमा अल्या गर्दा त्रुटी देखिएको , पहिला सार्वजनिक गरेको प्रतिवेदनमा त्रुटी देखिएपछि महालेखा परीक्षकको कार्यालयलाई पत्राचार गरेपछि सच्चिएर आएको बताउनुभएको छ ।
“प्रतिवेदनको माथिल्लो भाषामा तथ्याङ्क सही भए तालिकामा फरक पर्दा समस्या आएको भन्दै व्याय अनुसार बेरुजु कायम हुनुपर्नेमा अन्यथा भएकाले प्रतिवेदन र वेव साईटको सूचना संशोधन गरिएको पत्र महालेखाबाट प्राप्त भएको छ” प्रमसख प्रशासकिय अधिकृत न्यौपानेले भन्नुभयो ।
आर्थिक वर्ष ०७७÷७८ मा ५६ लाख बेरुजु समपरिक्षण भएको र अन्य बेरुजु फस्र्यौटका लागि पनि पहल गरिने प्रतिबद्धता जनाउनुभयो । आन्तरिक नियन्त्रण, आन्तरिक लेखा परिक्षण र संवैधानिक निकाय गरी बेरुजु तीन किसिमको हुने न्यौपानेले बताउनुभयो ।

नगर प्रमुख रमणबहादुर थापाले संचारकर्मीले एक पक्षीय नभई सरोकारवाला निकायसंग पनि सोधपुछ गरेर समाचार तयार पार्नुपर्ने बताउनुभएको छ । महालेखा परीक्षकको कार्यालयले अघिल्लो पटक सार्वजनिक गरेको प्रतिवेदनमा धेरैको अन्तर पर्ने गरी त्रुटी देखिएपछि सच्याएर आफ्नो वेवसाइटमा अपडेट गरेको नगर प्रमुख थापा बताउनुहुन्छ । विधी तथा प्रक्रियाको विषयमा ज्ञान नहुँदा सैद्धान्तिक बेरुजु बढेको देखिएको बताउँदै बेरुजुलाई शुल्यमा पु¥याउने प्रयास गर्ने नगर प्रमुख थापाले बताउनुभयो ।

“बेरुजु असुल उपर गर्नुपर्ने, कागजात पेश गर्नुपर्ने र नियमित गर्नुपर्ने हुन्छन्, तर बेरुजु भनेको सबै भ्रष्टाचार ग¥यो भन्ने मात्रै नकारात्मक टिप्पणीहरु जाने बुझेका जिम्मेवार व्यक्तिहरुबाट हुदा यसलाई सामाजिक संजालमा लेखेर टिकाटिप्पणी गर्नुभन्दा नगरपालिका कार्यालयमा आएर गल्ती औल्याएर समस्याको समाधान गर्नका लागि नगरवासीसंग सुझावको अपेक्षा छ” उहाँले भन्नुभयो ।

वजेटको प्रतिशतको आधारमा रामपुर नगरपालिका पाल्पा जिल्लाका दश पालिकामध्ये सबैभन्दा कम बेरुजु भएको पालिका भएको नगर प्रमुख थापाले पत्रकार भेटघाटमा जानकारी गराउनुभयो ।

पत्रकारहरुले राखेका जिज्ञासामाथि आन्तरिक लेखा परीक्षक हृदयश पन्थीले जवाफ दिनु भएको कार्यक्रम नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको हो भने कार्यक्रमको संचालन नगरपालिकाका प्रेस सल्लाहकार दानु हिस्कीले गर्नुभएको थियो ।

रेसुङ्गा–८ का महिलाहरुलाई क्षमता विकाससम्बन्धि तालिम

0

गुल्मी, २७ जेठ । रेसुङ्गा नगरपालिका–८ गुल्मीमा महिलाहरुका लागि उद्घोषण एवम् क्षमता विकास तालिम सम्पन्न भएको छ ।

 

रेसुङ्गा सूचना केन्द्रको आयोजना तथा रेसुङ्गा नगरपालिका ८ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो । २३ गतेबाट सुरु भएको तालिमको शुक्रबार एक औपचारिक कार्यक्रम गर्दै समापन गरिएको छ । तालिममा पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले प्रमुख प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । उनले उद्घोषणको तरिका, कार्यक्रमको क्रम लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।

 

प्रशिक्षक जनार्दन घिमिरेले तालिममा सहभागिहरुलाई समुह विभाजनमार्फत अभ्यास गराएका थिए । प्रशिक्षक घनश्याम खरेलले सकारात्मक सोचसम्बन्धि तालिम र तिलाचन पाण्डेले माइन्युट लेखनसम्बन्धि तालिम दिएका थिए ।

 

तालिमपछिको समापन कार्यक्रममा मन्तव्य राख्दै प्रशिक्षार्थी पूर्णिमा विश्वकर्माले चारदिने तालिमले आफुमा उद्घोषण र बोल्ने कलाप्रति धेरै परिवर्तन आएको बताइन् । विभिन्न समयमा आयोजना गरिने यस्ता तालिमले महिलाहरुको कार्यक्षमतामा आत्मबल बढाउने प्रतिक्रिया दिइन् ।

 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष निरञ्जन काउछाले महिलाहरुको नेतृत्व विकास गराउदैँ समाजको सकारात्मक परिवर्तनका लागि तालिमको आयोजना गरिएको बताए । तालिममा कुल ३२ जना सहभागी भएका थिए ।

 

तालिममा सहभागी र प्रशिक्षकलाई प्रमाण पत्र र प्रशासां पत्र पनि प्रदान गरिएको आयोजक रेसुङ्गा सूचना केन्द्रका अध्यक्ष हुमाकान्त पोखरेलले जानकारी दिए ।

गुल्मीमा ढल्यो सरकारलाई खबरदारी गर्ने स्थल , संचालनमा आएन ६५ लाखको थ्रिडी पार्क

0
पहिलेको लाँकुरी मञ्च र अहिले निर्माण पश्चात नियमित संचालनमा नआएकोे थ्रिडी पार्कमा बालबालिकाहरु । तस्बिरः तिलाचन पाण्डे

तिलाचन पाण्डे
जेठ २६,२०८० गुल्मीः सरकारलाई खवरदारी गर्ने तम्घासको लाँकुरी मञ्चको नाममा प्रचलित स्थानमा रहेको लाँकुरी ढलेको करिव पाँच वर्ष भयो । त्यो समयमा गुल्मेली जनताले सरकारलाई खवरदारी गर्नका लागि सो मञ्चलाई प्रयोग गर्थे र नजिकै रहेको जिल्ला अदालत , जिल्ला प्रशासन ,जिल्ला समन्वय र सरकारी कार्यालयहरुले सहजै सुन्थे ।

तर त्यो लाँकुरी मञ्चमा रहेको लाँकुरीको रुख ढलेपछि यस स्थानमा रुख नरोपी थ्रि डी पार्क निर्माण गर्ने रेसुङगा नगरपालिकाका जनप्रतिनिधिहरुले निर्णय गरेर निर्माण भयो ।

निर्माण भएको लामो समयसम्म संचालनमा नआए पनि बीच बीचमा संचालनमा ल्याए जस्तो गरी झारा टाल्ने काम भयो । तर यस पार्क अहिले संचालनमा छैन ।

पार्कको गेटमा ताला लगाए पनि बालबालिकाहरुले बाहिरी भागबाट प्रवेश गर्ने र पार्कको संरचनामा मनलाग्दी चलेको छ । उनीहरुले पार्कको भित्री भागमा जम्मा भएको पानीमा पौडी खेल्ने र संरचनाहरुमा तोडफोड समेत गर्न थाल्दा नगरपालिकाले पार्क संरक्षणमा कुनै चेष्टा दिएको छैन् ।

२०७५ सालमा रेसुङगा नगरपालिका र लुम्बिनी प्रदेशको ५०÷५० प्रतिशत साझेदारीमा ५५ लाख र समय समयमा मर्मत गर्दा करिव १० लाख गरी ६५ लाख रुपियाँको लागतमा निर्माण गरिएको पार्क यसै अलपत्र छ । सो पार्कमा अहिले बालबालिकाहरुको संरचनामा मनलाग्दी रजाइँ चलेको छ । यसबाट सरकारी लगानी बालुवामा पानी भन्ने उखानलाई स्पस्ट पारेको देख्न सकिन्छ ।

पहिले लाँकुरी मञ्चको नाममा चिनिने सो स्थलको पहिचाननै अहिले गुमेको छ । लामो समय पार्कले आफ्नो पहिचान स्थापित गर्न नसक्नु र संरक्षणमा ध्यान नदिनु दुःखद पक्ष भएको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले बताउनुभयो ।
उहाँले विभिन्न संघ संस्था, संगठन र दलहरुले सरकारको अगाडि उभिएर सरकारलाई नै खबरदारी गर्ने बर्षौको इतिहास बोकेको लाँकुरी मञ्च भत्काएर नौटंकी गरिएको आरोप लगाउनुभयो ।

पाण्डेले पार्कलाई पहिलेकै लाकुरी मञ्चमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो।

यता रेसुङगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बनेको संरचनालाई संरक्षण गर्नु आफूहरुको दायीत्व भएको बताउनुभयो । उहाँले धेरै नगरबासीहरुले पहिलेको लाकुरी मञ्च चाहियो भनेर माग गर्नुभएको भन्दै बनेका संरचनाहरुलाई खेर फाल्न नहुनेमा जोड दिनुभयो ।
अघिल्लो जनप्रतिनिधिहरुले बनाएको पार्कलाई संचालनमा ल्याउन आफू तयार रहेको र नगरवासीहरुको मागलाई पहिलेकै जनप्रतिनिधिहरुले निर्माण गर्ने समयमा सोच्नुपर्ने उहाँको तर्क छ ।

 

 

राज्यको करोडौं लगानी , गुल्मी अस्पतालका महत्वपूर्ण स्वास्थ्य उपकरणले धुलो खाने

0

तिलाचन पाण्डे
जेठ २५ ,२०८० गुल्मीः २०७६ सालको अन्तिमबाट कोभिड माहामारीले विश्वनै आक्रान्त बन्यो , नेपाल पनि त्यसबाट अछुतो रहन सकेन ।

गुल्मीमा पनि कोभिडका बिरामीहरु एकाएक देखिन थाले , दिनानुदिन तम्घासको चिदीचौरमा दिनकै तीनवटा हेलिकप्टर सम्म बिरामीको उपचारका लागि चितवन ,काठमाडौ लैजानका आउन थाले । बिरामीहरुको स्वावलाई परीक्षण गर्नका लागि बुटवल र काठमाडौमा स्वाब पठाएको एक हप्तासम्म पनि परीक्षण रिपोर्ट आउन सकेन ।

त्यसैलाई मध्यनजर गर्दै जिल्लामै कोभिड ल्यावको संचालन गर्नका लागि २०७७ साल जेठ ३१ गते जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले निर्णय गर्यो ।
बैठकमा प्रयोगशाला लागि आवश्यक उपकरण खरिद गर्न र जनशक्ति व्यावस्थापनको लागि प्रति नगरपालिका १५ लाख र प्रति गाउँपालिका १० लाख उपलब्ध गराउने सहमति भयो ।

तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पिसीआर मेसिनको जोहो गरी २०७७ साल असोज १ गते तामझामका साथ कोभिड परीक्षण प्रयोगशाला ल्यावको उद्घाटन गर्नुभयो ।
करिब ५० लाखको पिसिआर मेसिनसहित प्रयोगशालाका सामग्रीहरु गरेर करिव एक करोड खर्च भयो ।

अहिले पिसिआर मेसिनसहितका स्वास्थ्य सामग्री प्रयोग विहीन भएर यसै थन्किएर बसेका छन् । दुई पटक गरेर प्रयोगशाला संचालनमै ७० लाख बढि खर्च गरियो । प्रयोगशाला भएको भवनमा अहिले रेसुंगा नगरपालिका वडा नं ९ को वडा कार्यालय संचालन गरिएको छ ।

अलपत्र आइसियु

गुल्मी अस्पतालमा एक बर्षदेखि दुई वटा भेन्टिलेटर सहितको पाँच बेडको आइसियु यसै अलपत्र परेको छ ।
कोभिड–१९ को बेला दुई करोड बिनियोजित बजेट मध्ये डेढ करोडमा गत बर्षनै पुर्वाधार र उपकरण जडानको कार्य सकिए पनि एक बर्षदेखि महत्वपूर्ण स्वास्थ्य उपकरण अलपत्र छ ।
जिल्लाको सयौ जनताले उपचार गर्ने अस्पतालमा बर्षौदेखि बिशेषज्ञ जनशक्ति व्यवस्थापन नहुँदा भेण्टिलेटरसहितको आइसियु उपयोग नभएर धुलाम्य बनेका छन् ।

यता अस्पताल बिकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले कोभिड सकिएपश्चात ल्यावको प्रयोग नआएको सत्य भएको बताउनुभयो । पछिल्लो समयमा पिसीआर खर्चिलो भएको र त्यसको कार्य एन्टिजेन परीक्षणबाट सरल ,सहज र कम खर्चिलोमा हुने भएको ल्यावको उपयोग नभएको दाबी गर्नुभयो ।

आइसियु संचालनमा भने दक्ष जनशक्ति नहुँदा त्यसको संचालन हुन नसकेको पाण्डेको भनाई छ ।

गुल्मी अस्पतालमा स्थायी दरबन्दी ५९ जनाको हो । तर, अहिले १७ जना मात्र स्थायी दरबन्दी र फाजिलका जनशक्ति अस्पतालमा कार्यरत छन् । अस्पतालमा बिशेषज्ञ डाक्टरहरुको १० स्थायी दरबन्दी छ । तर, स्थायी दरबन्दीमा बिशेषज्ञ डाक्टर एक जना मात्रै छन् ।

 

 

गुल्मीमा नेपाल विद्यालय कर्मचारी परिषद्को धर्ना

0

अनिल खत्री

जेठ२५,२०८० गुल्मी : नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीले शिक्षा विकास तथा समन्वय इकाई गुल्मीमा धर्ना दिएका छन् । कर्मचारी परिषद्ले सरकारसँग राखेका बिभिन्न मागहरु पुरा नभएको भन्दै धर्ना दिएका हुन् ।

जिल्लाका बिभिन्न विद्यालयमा कार्यरत कर्मचारीहरुले धर्ना दिँदै शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनी मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । कर्मचारीहरु आर्थिक वर्ष २०८०÷०८१ को बजेट बक्तव्य, नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा विद्यालयको कर्मचारीहरूको सेवा सुविधाको बारेमा उल्लेख भएतापनि बजेट बक्तव्यमा नसमेटिनु विद्यालयको कर्मचारीको लागि निकै दुःखद भएको भन्दै माग पुरा गर्न धर्ना दिएका हुन् ।

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको तहगत वर्गिकरण गरेर उपयुक्त सेवा प्रदान गर्न माग राख्दै आन्दोलन गर्दै आएका छन् । गुल्मी जिल्लामा ११९ जना लेखापाल र ५२२ जना कर्मचारीहरु रहेका छन् ।

धर्ना कार्यक्रममा नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रिय समिति उपमहासचिव प्रेमबहादुर खत्री, लुम्बिनी प्रदेश उपाध्यक्ष शालिकराम पन्थीले आन्दोलनको बारेमा जानकारी गराएका थिए । उनिहरुले आर्थिक वर्ष २०८०÷०८१ को बजेट बक्तव्यमा नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रममा राखेका मागहरु तुरुन्तै पुरा गर्न आग्रह गरेका थिए ।

वडाध्यक्ष बोहराको निधन

0

जेठ २५,२०८०ः सुर्मा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष सर्जन बोहराको मृत्यु भएको हो। ३८ वर्षको उमेरमा गएराति उनको निधन भएको हो।

आफन्तका अनुसार उनलाई मधुमेह र कलेजोलगायतसम्बन्धी समस्या थियो। केही समय अघिदेखि बिरामी रहेका बोहरा उपचारका लागि नेपालगञ्ज गएका थिए। चिकित्सककै सल्लाहमा घर फर्केकै केही दिनमा उनको निधन भएको हो।

बोहरा २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए। पालिकाभर एमालेबाट निर्वाचित हुने उनी एकमात्र वडाध्यक्ष हुन्।

जिसस स्याङ्जाको गाडी दुर्घटनामा चालकको मृत्यु

0

जेठ २५,२०८०स्याङ्जा : अर्जुनचौपारी गाउँपालिका–३ खोलेमा जिल्ला समन्वय समिति स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामा सवारी चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको हो। गाडीमा सवार अन्य तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।

जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका हुन्।

स्याङ्जाको सिरुवारीबाट सदरमुकामतर्फ फर्कंदै गरेको बा१झ ५८७८ नम्बरको गाडी सडकबाट तल खसेको हो। दुर्घटनाबारे अनुसन्धान भइरहेको सूचना अधिकारी खनालले जानकारी दिए।

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार

0

जेठ २४,२०८० गते : लुम्बिनी प्रदेशले सरकारको नीति तथा कार्यक्रम शुक्रबार ल्याउने भएको छ।

शुक्रबार दिउँसो साढे ११ बजेका लागि बोलाइएको बैठकमा सरकारको नीति तथा कार्यक्रम ल्याउने प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जनाएका छन्।

दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउन लागिएको हो।​ प्रदेश सभा नियमावली २०७९ को नियम ३ को उपनियम ३ बमोजिम बैठक आह्वान गरिएको हो।

यसअघि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलिपल्टका लागि सारिएको हो।

रिडी खोलामा डुवेर कुमालको मृत्यु

0

जेठ २४,२०८०ः रैनादेवी छहरा गाउँपालिका–१ वर्दीस्थित रिडी खोलामा डुबेर मंगलबार एक जनाको मृत्यु भएको छ।

 

छत्रकोट गाउँपालिका–५ मानकोट गुल्मीका का ४० वर्षीय निर्मल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

 

खोला किनारमा हिंडिरहेका उनी मंगलबा दिउँसो करिब एक बजे अचानक लडेका थिए। उनी ६ मिटर तल खोलामा खसेका ​कुमालको घटनास्थलमै मृत्यु भएको थापाले जानकारी दिए।

 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

माओवादी केन्द्र गुल्मीले दियो जनप्रतिनिधिलाई प्रशिक्षण

0

जेठ २३,२०८० गुल्मी :नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गुल्मीले जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ ।

स्थानीय सरकारले निर्माण गर्ने बजेट ,नीति तथा कार्यक्रमलाई लक्षित गरि प्रशिक्षण दिईएको माओवादी केन्द्र गुल्मीका सचीव अशोक थापाले जानकारी दिए ।
माओवादी केन्द्र गुल्मीका इन्चार्ज तथा केन्द्रिय सदस्य वीर बहादुर कार्की,केन्द्रिय सदस्य सिर्जना तरामु,जिल्ला संयोजक बुद्धि जिसी लगायतले माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिईएका हुन ।

त्यस्तै चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसी,धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल ,मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्याल, रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली लगायत अन्य जनप्रतिनिधिले आफ्नो एक वर्षे कार्यकालको अनुभव , स्थानीय तहमा गरेका विकास निर्माणको कामको बारेमा जानकारी गराएका थिए ।

साधारण भैइमान्छेका विषय वस्तु समेटेर बजेट ,नीति तथा कार्यक्रम बनाउन जनप्रतिनिधिलाई सुझाव दिइएको जिल्ला संयोजक बुद्धि जिसीले बताए ।
स्थानीय तह जनताको सबै भन्दा नजिकको सरकार भएको हुँदा नागरिकका आधारभुत आवश्यकलाई मध्यनजर गरि बजेट बनाउनु पर्ने जिसीले उल्लेख गरे ।

साथै प्रशिक्षण कार्यक्रममा पाटीको आन्तरिक गतिविधिको बारेमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले रिपोर्टिङ समेत गरेका थिए ।
आगामी दिनमा पाटिका रणनीति  बारेमा व्यापक छलफल गरि त्यसलाई सुदृढीकरण गर्न विभिन्न योजना अघि सारिएको जिल्ला इन्चार्ज वीरबहादुर कार्कीले बताए ।