Friday, June 5, 2026

मुसिकोटका नगरप्रमुखलाई माओवादीको ध्यानाकर्षण पत्र

0

असार ५,२०८० गुल्मीः नेकपा (माओवादी केन्द्र) मुसिकोट नगरकमिटिले आर्थिक बर्ष २०८०र०८१ को बजेट तयार गर्दा आफ्ना योजनाहरु पनि समेट्न माग गर्दै मुसिकोट नगरपालिकाका अध्यक्षलाई १९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । नेकपा (माओवादी केन्द्र) मुसिकोट नगर पार्टीको बैठकले गरेको निर्णय अनुसार नगरपालिकालाई आफ्ना मागहरुका बिषयमा ध्यानाकर्षण गराएको नगरमिटि अध्यक्ष युवराज खरेलले बताउनुभयो ।

सोमबार मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेललाई बुझाईएको ध्यानाकर्षण पत्रमा माओवादीकै सघंर्ष र बलिदानीकै कारण सिहंदरबारको अधिकार गाउँ गाउँमा पुगेको उल्लेख गरिएको छ । त्यस्तै माओवादी केन्द्र मुसिकोट नगर कमिटीको बैठकको निणर्य अनुसार आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा प्रत्येक वडामा एक करोडका दरले बजेट विनियोजन गर्दै ठुला योजनालाई थप बजेटको व्यवस्था गर्न माग गरिएको छ ।

ध्यानाकर्षण पत्रमा एकद्धार नीतिबाट सेवा प्रवाह गर्न, एक वडा एक प्राविधिकको व्यवस्था, योजना छनौट गर्दा रोजगारी सिर्जना हुने गरी गर्नुपर्ने, ५ लाख भन्दा मुनिको योजना भुक्तानीको व्यवस्था वडा कार्यालयबाटै गर्नुपर्ने, सामुदायिक विद्यालयहरुमा आधारभूत तहसम्म अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्नुपर्ने, समयमै औषधीको उपलब्धता सहित ल्याव र विशेषज्ञ सहितको निःशुल्क घुम्ति शिविर सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै उत्पादनमा आधारित अनुदानको व्यवस्था, उत्कृष्ट कृषक पुरस्कृत, अनुदानमा बीउ बिजन वितरण सहित कृषि औजार उत्पादन गर्ने आरन व्यवसायलाई समयानुकुल परिवर्तनका लागि पहल गर्नु पर्ने र सुशासन र भ्रष्ट्राचार मुक्त पालिका निर्माण गर्दै समृद्ध पालिका निर्माणमा जुट्नुपर्ने सुझाव माओवादी केन्द्रले राखेको छ ।

लम्पी स्कीन रोगको रोकथाम, उन्नत नश्ल ब्रिढ प्रजनन सेवा, निशुल्क कृषि बिमा, नगरपालिका प्रवेश गर्ने विभिन्न स्थानमा शहित स्मृतीद्धार निर्माण, दलित विपन्न वर्गका लागि विशेष कोटा छुट्टाउनुपर्ने, नगरपालिकाको सुचना प्रविधिलाई चुस्त दुरुस्त बनाउनुपर्ने, नगरपालिका भित्र रहेका दुई मुख्य रिङरोड निर्माण र नगरभित्र रहेका विभिन्न धार्मिक पर्यटकीय स्थलहरुलाई संरक्षण, संवद्र्धन गर्दै विकास गर्ने सुझाव माओवादी केन्द्रले नगरपालिका समक्ष राखेको छ ।

ध्यानाकर्षण पत्र बुझाउँदै नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेलले नगर कमिटीको बैठकबाट निणर्य भएका विषयवस्तुलाई समेटेर आगामी आर्थिक वर्षको नीति कार्यक्रमका लागि सुझाव सहित ध्यानाकर्षण पत्र बुझाएको बताउनुभयो । उहाँले सबैका साझा योजना समावेश भएकाले नगरपालिकाले यी योजनाहरु समावेश गरेर आगामी आर्थिक वर्षको नीति बनाउन आग्रह समेत गर्नुभयो ।

ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख जीवन खरेलले सुझावहरु सान्दर्भिक रहेको भन्दै समावेश गर्न सक्दो कोशिस गर्ने र यस पत्रलाई आफुले सकारात्मकरुपमा लिएको बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र मुसिकोट नगरकमिटी वरिष्ठ उपाध्यक्ष राजन सापकोटा डिलाराम, जिल्ला सदस्य दुर्गा खड्का, नगरसहसचिव चन्द्र रसाईली, वडा न ५ वडा कमिटी अध्यक्ष सूर्य सावत, ८ का अध्यक्ष नरबहादुर बि।क, ९ का अध्यक्ष हिम बहादुर बि।क, ७ का दुर्गा छिनाल लगायतको उपस्थिति रहेको थियो ।

पाल्पामा डुबेर एकै दिन दुईजनाको मृत्यु

0

असार ५,२०८०पाल्पा : जिल्लामा डुबेर एकै दिन दुईजनाको मृत्यु भएको छ।

सोमबार पौडी खेल्ने क्रममा रूपन्देहीको शुद्धोधन गाउँपालिका–२ रजाडका २२ वर्षीय सञ्जय चौधरी र भारतको गोरखपुरस्थित फत्तेपुरका ३४ वर्षीय विपीन धुसियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

रैनादेवी छहरा गाउँपालिका– ८ सत्यवतीमा रहेको जलुके झरनामा डुबेर चौधरीको मृत्यु भएको हो। गर्मी छल्न साथीहरूसँग आएका उनी पौडी खेल्ने क्रममा डुबेका थिए।

बेलुकीपख डुबेर गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। बेलुकी पौने ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

यस्तै धुसिया तिनाउ गाउँपालिका– ३ सिद्धबाबा नजिकै तिनाउ खोलामा डुबेका हुन्। साथीसँग आएका उनी पौडी खेल्ने क्रममा बेलुकी साढे ५ बजे डुबेका थिए। गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो। थापाका अनुसार साँझ सवा ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे।

रामपुर नगरपालिका ७ को वडा सभा सम्पन्न

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), ४ असार : रामपुर नगरपालिका वडा नं ७ को वडा सभा कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति कार्यक्रम तथा योजना तर्जुमा सम्बन्धी वडा सभा आयोजना गरिएको छ ।

वडाध्यक्ष दोवराज तिवारीको अध्यक्षतामा सभा भएको हो । आर्थिक वर्ष २०८०÷०८१ का लागि १४ वटा टोलबाट सङ्कलन भएका १४७ वटा आर्थिक, सामाजिक, पुर्वाधार, सुशासन तथा संस्थागत विकास लगायतका योजना वडाध्यक्ष तिवारीले पढेर सुनाउनुभएको छ ।

वडाध्यक्ष तिवारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा वडाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी कृषि सामग्री, मल, उन्नत वीउ तथा अन्य कृषि सामग्री समयमा नै सबै किसानलाई पुग्ने गरी उपलब्ध गराउने, वीउ उत्पादन पकेट क्षेत्र छनौट गरी वीउविजन उत्पादनका लागि विशेष प्राथमिकता दिने, व्यावसायीक कृषि तथा पशुफार्मलाई प्रोत्साहन, कृषि क्षेत्रलाई व्यावसायीकरण, आधुनिकीकरण र यान्त्रिकरणमा जोड, खेतीयोग्य जमिनमा सिंचाईको व्यवस्था, एक वडा एक उत्पादनमा जोड दिइएको बताउनुभएको छ ।

त्यस्तै नगरपालिका भित्रको एकमात्र औद्योगिक ग्राम विरेन्द्रटारलाई सम्पन्न गरी उद्योग सञ्चालनका लागि आवश्यक पहल गर्ने, आन्तरिक पर्यटकलाई प्रोत्साहन गरी वन्जिजम्प, प्याराग्लाईडिङ, जिपलाईन अध्ययन गरी सञ्चालनका लागि जोड दिने, दशावतार वालनधाम संग्राहालय सहितको भवन निर्माणका लागि पहल गर्ने, वडाभित्रका धार्मिक, साँस्कृतिक र पुरातात्विक मठ मन्दिर आदिको संरक्षण र प्रचार प्रसार गरिने योजना समेटिएको छ ।

मापदण्ड पुरा भएका सडकको क्रमशः पक्की नालीसहित कालोपत्रे, वडाभित्र खानेपानीको पहुँच नभएका ठाउँमा लिफ्टिङ खानेपानीको व्यवस्था, सडकमा आवश्यकताको आधारमा कल्भर्ट तथा पुल निर्माण, संघ संस्था तथा विद्यालयहरुमा अपाङ्गमैत्री बालमैत्री संरचना निर्माण गर्ने नीति, अधुरो कर्वडहल सम्पन्न गर्न पहल गर्ने, सबै ठाउँमा स्वास्थ्य पहुँच पु¥याउने, सरसफाई, शैक्षिक गुणस्तर बृद्धि, अनाथ तथा असहाय विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग, युवाहरुका लागि खेलकुदमा विशेष जोड, बालमैत्री वडा अवलम्वन गर्नका लागि आवश्यक पहल गर्ने, वडाभित्र रहेका धार्मिक, साँस्कृतिक र पुरातात्विक स्थललाई संरक्षण, संवद्र्धन गरी प्रचार प्रसार गरिने लगायतका योजना वडाले अघि सारेको छ ।

वडा नं ७ मा यस आर्थिक वर्षको साउनदेखि हालसम्म नागरिकताको सिफारिस ३७२, सुचना तथा पत्र दर्ता संख्या ६९, चलानी संख्या एक हजार ३६२ रहेको पाइएको छ । जन्मदर्ता ७२, मृत्युदर्ता २०, विवाहदर्ता ३१, सम्बन्धविच्छेद पाँच, बसाईसराई आएको १९, बसाईसराई गएको १२ रहेको वडाले जनाएको छ । वडा नं ७ मा हाल ८८५ घरधुरी रहेको छ भने चार हजार छ सय अनुमानित जनसंख्याको बसोबास रहेको पाइएको छ ।

वडा सभामा अवसरमा नेपाली कांग्रेस रामपुर नगर कार्य समिति सभापति नेत्रप्रसाद भट्टराई, नेपाली कांग्रेस वडा सभापति दुर्गाप्रसाद भट्टराई, नेकपा माओवादी केन्द्र वडा कमिटी अध्यक्ष रमेश सुनार, समाजसेवी सुकदेव पोखरेल, टोल विकास संस्थाको तर्फबाट मिलनटोल विकास संस्थाका संयोजक सुभास थापा लगायतले बोल्नुहुदै वडामा प्राथमिकताको आधारमा देखिने गरी योजना सञ्चालन गर्न सुझाव दिनुभएको छ ।

किसानवारीमा रहेको योगहलमा भएको कार्यक्रममा कार्यपालिका तथा वडा सदस्य दुर्गादेवी भण्डारी गौतमले स्वागत, वडा सदस्य मिठ्ठुमाया सुनारले धन्यवाद दिनुभएको सभाको सञ्चालन वडा सचिव गीता पौडेलले गर्नुभएको हो ।

हस्तिचौर पूर्ण संस्थागत प्रसुति वडा घोषण

0

असार ४,२०८० गुल्मीः गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचौरलाई पूर्ण संस्थागत प्रसुति वडा घोषणा गरिएको छ ।

इस्मा गाउँपालिका स्वास्थ्य शाखाले सोमबार हस्तिचौर स्वास्थ्य चौकीमा घोषणा सभाको आयोजना गरि पूर्ण संस्थागत प्रसुति वडा घोषणा गरिएको हो । इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले वडा नम्बर १ हस्तिचौर र हस्तिचौर स्वास्थ्य चौकीलाई सम्मानपत्र दिँदै वडालाई पूर्ण संस्थागत प्रसुति वडा घोषणा गर्नुभयो ।

पूर्ण संस्थागत प्रसुति वडा घोषणा गर्नका लागि सबै मापदण्ड पूरा गरेर वडालाई पूर्ण संस्थागत वडा घोषणा गरिएको हस्तिचौर स्वास्थ्य चौकीका इञ्चार्ज शमशेर हक मियाँले जानकारी दिनुभयो । उहााँका अनुसार गएको एक वर्षमा वडा भित्रका गर्भवती महिलाहरूले स्वास्थ्य चौकीमा मात्र प्रसुति गराएका छन् । हस्तिचौर वडामा घरमा प्रसुति हुने अवस्थाको अन्त्य भएको छ ।

हस्तिचौर वडाका वडाध्यक्ष शेरबहादुर कुँवरले आर्थिक र सामाजिक अवस्था कमजोर हुँदाहुँदै पनि वडालाई पूर्ण संस्थागत प्रसुति वडा घोषणा गर्न सकिएकोमा खुसी ब्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा वडालाई पूर्ण संस्थागत प्रसुति घोषणा गर्दै गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले स्वास्थ्य क्षेत्रमा संवेदनशील भएर काम अगाडि बढाएको बताउनुभयो । नागरिक मैत्री सेवाको लागि इस्मा गाउँपालिका सदैव तयार रहेको बताउँदै गाउँपालिका अध्यक्ष खड्काले स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरेको बताउनुभयो।

गुल्मीमा चोरको विगविगी, बैंक तथा घर तोडफोड गरी नगद र गरगहना चोरी

0
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
असार४,२०८० गुल्मीःगुल्मीमा बैंक तथा घर तोडफोड गरी नगद र गरगहना चोरी हुँदै गएका छन् ।

गत बिहीबार राती सत्यवती गाउँपालिका वडा नम्वर एक अस्लेवामा जीतबहादुर मिदुनको घरमा शंकर थापाले संचालन गरेको औषधि पसलबाट ८ हजार नगद, पुष्पा अर्यालको करिब ३० हजार नगद , सीता होटलबाट छ हजार, तोयनारायणकी कान्छी बुहारीको घरबाट ४० हजार नगद र १५ तोला सुन , मति पाण्डेको घरबाट पुराना सामग्रीहरु चोरी भएको वडा अध्यक्ष अर्जुन कनौजेले जानकारी दिए ।

शुक्रबार अर्को वडा लिम्घामा रहेको कुमारी बैकंको ब्रान्चलेस बैकिङ शाखाबाट चार लाख नगद चोरी भएको र वडा कार्यालय तोडफोड भएको कनौजेलाई बताए ।

यसरी गाउँमा चोरको विगविगी हुँदा प्रहरी प्रशासन भने मौन देखिएको स्थानीयहरुले बताउँदै आएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी नविन किशोर प्रधानले चोरीका घटनाका उजुरी आएको बताउनुभयो । जिल्लामा चोरीका घटनाहरु बढेकाले अनुसन्धानका लागि ७५ जनाको अप्रेसन फोर्स गठन गरी परिचालन भएको बताए ।
घटनामा स्थानीयहरुको पनि संलग्नता रहेको हुनसक्ने भन्दै सूचना प्राप्त गर्नु नै प्रमुख भएकाले सूचना दिई सहयोग गर्न पनि उनले स्थानीयहरुलाई आग्रह गरे ।

उक्त क्षेत्रमा स्याङजा र गुल्मीको सीमाना पनि भएकाले चोरीका घटनाहरु बढ्दै गएको बताउँदै त्यस क्षेत्रमा प्रहरी चौकी पनि आवश्यक रहेको उनको भनाई छ ।

अस्लेवामा चोरी हुँदाको केही दिन पहिले स्याङजाको कालीगण्डकी गाउँपालिकाका पाँच छ वटा घरहरुमा तोडफोड गरी चोरी भएको थियो ।

उपराष्ट्रपति झाले खुल्ला दिशामुक्त घोषण गरेको जिल्लामा ७०१ परिवार शौचालय बिहीन

0
तथ्यांक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिसस प्रमुख खत्री । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
असार ४,२०८० गुल्मीः खुल्ला दिशा मुक्त जिल्ला घोषण भएको जिल्लामा अझै पनि ७०१ घरपरिवार शौचालय बिहीन भएको तथ्य सार्वजनिक भएको छ ।

२०७१ सालमा तामझामका साथ तत्कालिन उपराष्ट्रपति परमानन्द झाले खुल्ला दिशामुक्त घोषण गरेको जिल्लामा अझै पनि ७०१ परिवार शौचालय बिहीन भएको राष्ट्रिय तथ्यांक कार्यालय पाल्पाले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । जिल्लामा कूल जनसंख्याको १ दशमलव ०६ प्रतिशत घरपरिवार शौचालय बिहिन भएको तथ्यांकमा उल्लेख छ ।
यस्तै गुल्मीमा २०६८ को भन्दा ७८ मा जनसंख्या घटेको पाइएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय गुल्मीको सभाहलमा राष्ट्रिय तथ्यांक कार्यालय पाल्पाले २०७८ सालको जनगणना सार्वजनिक गरेको विवरणमा ३३ हजार ६६६ जना घटेको तथ्यांकमा उल्लेख गरिएको छ ।

२०६८ सालमा गुल्मीको जनसंख्या दूई लाख ८० हजार १६० रहेकोमा २०७८ सालमा दूई लाख ४६ हजार ४९४ रहेको पाइएको छ । जसअनुसार एक लाख १२ हजार २५ पूरुष र १ लाख ३४ हजार ४६९ रहेको छ । ०६८ मा एक लाख २० हजार ९९४ रहेका थिए भने महिला एक लाख ५९ हजार १६५ जना थिए ।

जनगणना अनुसार परिवार संख्या भने बढेको पाइएको छ । २०६८ मा ६४ हजार ९२१ रहेकोमा ०७८ मा भने ६६ हजार १२५ परिवार संख्या रहेको तथ्यांक कार्यालय पाल्पाका निमित्त कार्यालय प्रमुख लेखनाथ पाण्डेले जानकारी दिनुभयो ।
जिल्लामा साक्षरता दर बढेको तथ्यांकमा उल्लेख छ । २०७८ मा जिल्लाको साक्षरता दर ८० दशमलव ३४ प्रतिशत रहेको छ भने ६८ मा ७२ दशमलब ५ रहेको थियो ।

यस्तै जिल्लाबाट बिदेशमा रहेकाको संख्या २०७८ मा ४१ हजार ५५० रहेका छन् । जसमा पूरुष ३५ हजार ४७९ जना रहेका छन् भने महिला ६ हजार ७१ जना रहेका छन् ।

०६८ मा ५८ हजार ५६१ जना बिदेशमा थिए । जसमा ५१ हजार २२२ पूरुष र सात हजार ३३९ जना महिला रहेका थिए ।
तथ्यांक सार्वजनिक कार्याक्रमका प्रमुख अतिथि समेत रहनुभएका जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले सार्वजनिक विवरणले जिल्लाका स्थानीय तह र सरकारी निकायले भावी रणनीतिक योजनाहरु तयार गर्न सहज हुने बताउनुभयो ।

 

 

 

लम्पी स्किन रोगले गुल्मीमा १५० गाइ गोरु मरे ,पाँच हजार संक्रमित

0

तिलाचन पाण्डे
असार २,२०८० गुल्मीः पछिल्लो समय लम्पि स्किन रोगको संक्रमणका कारण गुल्मीमा १५० गाइ गोरु मरेको पाइएको छ ।

जिल्लाका १२ वटै स्थानीय तहमा फैलिएको उक्त रोगका कारण जिल्लामा १५० गाइगोरु मरेको र करिव पाँचहजार पशुहरु संक्रमण भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफलेले जानकारी दिए ।

पहिले पशुहरुमा उच्च ज्वरो आउने ,कल्चौडादेखी शरिरका विभिन्न भागहरुमा गिर्खा आउने र पाक्ने जस्ता लक्षणहरु देखा पर्ने गरेको उनले बताए । पशुहरुमा देखा पर्ने उक्त लक्षणहरुमा बिशेष गरी लामखुट्टे र झिंगाहरुबाट सर्ने गर्दछ ।

यो रोग विशेष गरी गाइगोरुमा देखा परेको र भैसीहरुमा बिरलै भएको काफलेको भनाई छ । दुध दिने गाईहरुमा उक्त रोग देखा परेपश्चात आधा जति दुधमा कमि आएको कार्यालयले जनाएको छ । लम्पी स्किप रोगको संक्रमणका कारण १० प्रतिशत पशुहरुको मृत्युदर हुने संभावना रहेको काफलेले बताए ।

उक्त रोगलाई न्यूनिकरण गर्नका लागि कार्यालयले प्राविधिक र बिज्ञ सेवा प्रदान गर्दै आएको कार्यालयले जनाएको छ । कार्यालयमा बजेट नभएकाले स्थानीय तहहरुसंग सहजीकरण गरी आफूहरुले प्राविधिक र विज्ञ सेवाहरु प्रदान गर्दै आएको काफलेले बताए ।

जिल्लामा स्थानीय तहहरुको सहयोगमा पशुहरुमा करिव २५ लाख रुपियाँ बराबरको औषधि र भ्याक्सिन लगाइएको छ ।

यता धुर्कोट गाउँपालिकाका भूपाल पोखरेलले पालिका भित्र एक दर्जन भन्दा वढी पशुहरु मरिसकेको बताउँदै हजार भन्दा वढी पशुहरुमा भ्याक्सिनहरु खरिद गरेर लगाइसकेको बताए ।

जिल्लामा रहेको विज्ञ केन्द्रलाई प्रदेश सरकारले राम्रोसंग ब्यवस्थापन गर्न नसक्दा यस्ता माहामारीहरुमा कुनै काम नरहेको पोखरेलको भनाई छ ।

नामको मात्रै विज्ञ केन्द्रको औचित्य नभएको भन्दै स्थानीय सरकारलाई अझ प्रभावकारी बनाउनुपर्ने उनको धारण छ ।

 

पूर्व नगरप्रमुखको सवारी दुर्घटनामा निधन

0

असार २,२०८० :सवारी दुर्घटनामा परी चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको निधन भएको छ। गएराति बा १५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालका अनुसार ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले ११ः४० मा मृत घोषणा गरेको थियो ।

राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्कारपियो गए राति ११ बजे पुतलीबजार–१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटनामा परेको थियो।

प्रहरीले पुतलीबजार–९ कोल्मा बस्ने ३२ वर्षीय सवारी चालक सुरज नेपाली तथा स्कारपियो नियन्त्रणमा लिएको प्रवक्ता खनालले जानकारी दिए।

मालिका गाउँपालिकामा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु

0
स्थानीय पाठ्यक्रममा आधारित पाठयपुस्तक वितरण तथा लेखक सम्मान कार्यक्रम

तिलाचन पाण्डे
असार १,२०८० गुल्मीःमालिका गाउँपालिकाले कक्षा १ देखी ८ सम्म स्थानीय पाठ्यक्रम लागु गरेको छ ।
पालिकाले बिहीबार एक कार्यक्रमका बीच हाम्रो मालिका नामक (स्थानीय पाठ्यक्रममा आधारित पाठयपुस्तक)वितरण तथा लेखक सम्मान कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको हो ।

गाउँपालिकाले तयार गरेको स्थानीय पाठयक्रममा स्थानीय भेषभुषा,स्थानीय उत्पादन, धर्म संस्कृति , जातताति अनुसारको भाषा भाषीहरु , जडिबुटी ,पर्यटकीय स्थल ,स्थानीय ज्ञान सीप संगै जीविको पार्जन र दैनिक जीवनमा प्रयोगमा आइरहने तमसुक , भरपाई लेखन जस्ता बिषयबस्तुहरुलाई समेटिएर पाठयक्रमको मस्यौदा तयार गरिएको मालिका गाउँपालिकाका अध्यक्ष देबिराम अर्यालले जानकारी दिनुभयो ।

वर्तमान समयमा अध्ययन गर्ने बिद्यार्थीहरुले स्थानीय रुपमा प्रचलनमा रहेका भेषभुषा, भाषाभाषीहरु र बस्तुहरु समेत चिन्न र जान्न छाडिसकेकाले स्थानीय पाठ्यक्रम निर्माण गरिएको प्रशासकीय अधिकृत बिकास खनालले जानकारी दिनुभयो ।

पाठयक्रम र पाठ्यपुस्तक बीचको तालमेल मिलाई पाठ्यक्रम अनुसारको पाठयपुस्तकमा भूगोल ,क्षेत्र, पर्यटकीय स्थल र परम्पराहरुलाई सहज र सरल रुपमा अध्ययन गर्न सक्ने गरी निर्माण गरिएको शिक्षा शाखाले जनाएको छ ।

सोही कार्यक्रममा पाठ्यपुस्तक लेखनमा योगदान गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

धुर्कोट गाउँपालिकाका भूपाल पोखरेलले २०७७ सालदेखि नै कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गरेको बताउँदै लुम्विनी प्रदेशमै आफू स्थानीय पाठ्यक्रम लागु गर्नेमा पहिलो भएको दाबी गर्नुभयो ।

हालसम्म आफूले पाँच वटा स्थानीय तहहरुमा स्थानीय पाठ्यक्रम लागु गर्ने बारेमा अनुभव आदान प्रदान गरेको भन्दै स्थानीय पाठ्यक्रमले स्थानीय स्तरका बिषयबस्तुलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

वडा नम्वर १३ का वडाध्यक्ष घुससहित पक्राउ

0

असार १ ,२०८० : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ का कार्यवाहक वडा अध्यक्ष दिलावर कवडिया घुस रकमसहित पक्राउ परेका छन् ।

 

कार्यवाहक अध्यक्ष कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासी कृषि अनुदानको लागि सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालयबाट खटिएको टोलीले ९ हजार घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।