Friday, June 5, 2026

धुर्कोट गाउँपालिकाको बजेट ५५ करोड ६६ लाख

0

हुमाकान्त पोखरेल
असार ११,२०८० गुल्मी :गुल्मीको धुर्कोट गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷८१ का लागि ५५ करोड ६६ लाख २९ हजार ९५० रुपैँयाको बजेट प्रस्तुत गरेको छ । आइतबार गाउँपालिका उपाध्यक्ष सीता गिरीले उक्त बजेट गाउँसभामा प्रस्तुत गरेकी हुन् ।

कुल बजेटमध्ये चालुतर्फ ३५ करोड ७५ लाख ५७ हजार अर्थात ६४.२३ प्रतिशत र पुजीँगत तर्फ १९ करोड ९० लाख ९५० अर्थात ३५.७७ प्रतिशत बिनियोजन गरिएको छ । आम्दानीतर्फ संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान नौ करोड ३७ लाख, सशर्त अनुदान २७ करोड ७५ लाख, राजस्व बाँडफाँडबाट आठ करोड २१ लाख ४५ हजार दुई सय, समपुरक अनुदान एक करोड, विशेष अनुदान दुई करोड १५ लाख अनुमान गरिएको छ । त्यसैगरी प्रदेश सरकारबाट सशर्त अनुदान ८१ लाख ५० हजार, राजश्व बाँडफाँडबाट ४३ लाख ४१ हजार ७५०, समपुरक अनुदान एक करोड, आन्तरिक आय ६० लाख, युडब्लु एस् साझेदारी एक करोड पाँच लाख ५७ हजार, गैर सरकारी संस्थाबाट ८६ लाख ५० हजार र चालु आर्थिक बर्षको बैंक मौज्दात एक करोड ७६ लाख अनुमाननित आय रहेको छ ।

 

खर्चतर्फ शैक्षिक पूर्वाधार निर्माण, गुणस्तर तथा सरसफाईको लागि एक करोड १५ लाख, स्वास्थ्य संस्थाहरुको क्षमता विकास एवम् सेवा विस्तारको लागि एक करोड, कल्लाबोट–घुम्ती–दङ्गालीटोल–आरुपाटा मोटरबाटो, हाडहाडेको लागि १० लाख, वडा नम्बर ७ स्थित डनेटा गाउँ जिम्माल पखरचौर मोटरबाटोको नाली सहित ग्राभेल कार्यको लागि १० लाख बिनियोजन गरिएको छ । वडा नम्बर ४ स्थित दुध डेरी देसुवा टोल ठुला पधेरा सडक एवम् वडा नम्बर २ स्थित पिपलधारा नादी तल्लाखाल तटबन्धका लागि १०÷१० एवम् जनयुद्ध स्मृती पार्कको लागि २० लाख बिनियोजन भएको उपाध्यक्ष गिरीले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ ।

 

पालिकाले विपत् व्यवस्थापन कोषमा ४० लाख, विभिन्न आयोजनाको मर्मतको लागि ३० लाख, कृषि तथा पशु विकास कार्यक्रमको लागि एक करोड, पर्यटन विकासको लागि २८ लाख, वडास्तरीय कार्यक्रमको लागि वडा नम्बर १ मा १३ लाख, २ मा नौ लाख १० हजार, ३ मा १० लाख २० हजार, ४ मा १२ लाख २० हजार, ५ मा सात लाख ५० हजार, ६ मा १० लाख ५० हजार र ७ मा पाँच लाख ६० हजार एवम् पालिकास्तरीय कार्यक्रमको लागि एक करोड ८३ लाख १० हजार बजेट बिनियोजन गरिएको छ ।

 

गाउँपालिकामा शिक्षा तथा खेलकुद र स्वास्थ्य कार्यक्रमको लागि २५÷२५ लाख, महिला विकासको लागि आठ लाख, बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिक र संस्कृति संरक्षणको लागि चार÷चार लाख, दलित र जनजाती लक्षित कार्यक्रमको लागि सात÷सात लाख, धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसको लागि पाँच लाख बिनियोजन भएको छ । वडास्तरीय कार्यक्रम तथा योजना संचालन गर्न वडा नम्बर १ मा २७ लाख ५० हजार, २ मा १९ लाख ७० हजार, ३ मा २७ लाख ८० हजार, ४ मा १९ लाख पाँच हजार, ५ मा २२ लाख पाँच हजार, ६ मा १८ लाख ५० हजार र ७ मा ३० लाख ५० हजार एवम् पालिकास्तरीय योजनाको लागि छ करोड पाँच लाख बिनियोजन भएको छ ।

 

गाउँपालिकाले पूर्वाधार विकासतर्फ वडा नम्बर ३ र ७ को कार्यालय निर्माणको लागि एक करोड एवम् फुटकर योजनाको लागि २० लाख, निजी आवासको पुनःनिर्माणको लागि १५ लाख, मुहान संरक्षणका लागि पाँच लाख बिनियोजन गरेको छ ।

गुल्मीमा खहरेले बाबुछोरीको ज्यान लियो

0

असार १०,२०८०गुल्मी : गुल्मीको मालिका गाउँपालिका(२ दर्लिङमा खहरेले बाबुछोरी बगाएको छ।

 

मालिका(२ च्यानडाँडा बस्ने ४१ वर्षीया लिलबहादुर घर्ती र उनकी छोरी ८ वर्षीया बिन्दु घर्तीलाई राति खहरेले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घरमा बुवासँग भेटघाट गरेर ससुराली फर्कने क्रममा बाबुछोरीलाई चिप्लेपहराको खोल्सामा आएको खहरेले बगाएको हो।

 

बुवा ८० मिटर तल खोल्सामा बिहान मृत अवस्थामा फेला परेको र छोरी दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए।

चट्याङ लागेर एक जनाको मृत्यु

जिल्लाको मालिका गापा(८ फल्लेनी बस्ने ४० वर्षीय बिष्णु बिकको चट्याङ लागेर ज्यान गएको छ। घरको आँगनमा चट्याङ लागेर घाइते भएकी बिकको उपचार गर्न गुल्मी अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

 

मदानेको बजेट ५० करोड २६ हजार

0

असार १०,२०८०गुल्मी : गुल्मीको मदाने गाउँपालिकाले आर्थिक वर्ष २०८० र०८१ को बजेट विनियोजन गरेको छ। गाउँपालिका उपाध्यक्ष सरिता खड्का केसीले ५० करोड २६ हजार रुपैयाँको बजेट गाउँसभामा पेश गरेकी हुन् । यसवर्ष गाउँपालिकाले कृषि, पर्यटन , स्वास्थ्य, शिक्षा, र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष खड्काले जानकारी दिइन् ।

गाउँ सभाको १३ औं अधिबेशनमा गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुवँरको अध्यक्षतामा आम्दानी तर्फ संघीय समानिकरणमा ९ करोड ३४ लाख, संघ राजस्व बाँडफाँडमा ८ करोड ४८ लाख ४७ हजार ९ सय प्रदेश समानिकरणमा ६२ लाख ९४ हजार, प्रदेश राजस्व बाँडफाँडमा ४१ लाख ९३ हजार ९ सय ११ रुपैयाँ आन्तरिक आम्दानीमा ४ करोड ९४ लाख ४० हजार १ सय ८९ रुपैयाँ हजार अनुमान गरिएको छ ।

 

आर्थिक वर्ष २०८०र०८१ बो लागि शिक्षातर्फ भवन निर्माण सहित ३ करोड २० लाख , स्वास्थ्य क्षेत्रतर्फ एम्बुलेन्स खरिद सहित १ करोड ३१ लाख रुपैयाँ, कृषितर्फ १ करोड ६ लाख रुपैयाँ, पशुतर्फ २३ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसपटक सार्वाजानिक गरिएको बजेटमा सबै भन्दा बढि भौतिक पुर्वाधार र कम वातावरण संरक्षणमा विनियोजन गरिएको छ। आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रममा कृषिमा आधुनिकीकरण गर्दै एक वडा दुई उत्पादन ,एक वडा एक उद्यम, उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान, सामुहिक कृषि फार्मलाई प्रोत्साहित गर्ने , प्रत्येक वडामा महिलालाई पाठेघर सम्बन्धि शिविर संचालन, विपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमा उल्लेख गरिएको छ ।

त्यस्तै निशुल्क छोरी बुहारी उच्च शिक्षा कार्यक्रम , पालिका भित्रका जेष्ठ नागरिकलाई घरमै पुगेर निशुल्क स्वास्थ्य परिक्षण ,एक फर्म ५ श्रमिक रोजगार सिर्जना गर्नेलाई सम्मान , प्रत्येक वडामा कृषि उपज संकलन केन्द्र स्थापना , सासू बुहारी सम्मान कार्यक्रम एक घर एक धारा कार्यक्रमलाई निरन्तरता , सबै सडकको स्तरउन्नति , बिदेश होइन बिजेनेस कार्यक्रमको शुभारम्भको निति ल्याएको छ ।

पर्यटकीय क्षेत्र बिस्तारको लागि एक वडा एक पार्क स्थापना , पुष्प खेतीलाई प्रोत्साहित , उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता ,श्रम सम्बन्धलाई प्राथमिकता दिदै सार्वाजानिक पूर्वाधार निर्माण, कृषि व्यवसायिक उद्योग, वित्तिय क्षेत्रबाट रोजगारी सिर्जनामा जोड, वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुको सिप पहिचान गरी स्वरोजगारमूलक कार्यमा संलग्नका विषयलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । समुन्नत मदाने, सम्मानित मदाने बासीको नारा बोकेको मदाने गाउँपालिकाले उपलब्ध स्रोत, साधन, पुँजी, सिप एवं प्रविधिको प्रयोग गरेर विकास निर्माणको काममा जोड दिने लक्ष्य लिएको छ ।

गुल्मीदरबारको बजेट ४४ करोड ५४ लाख , ३४ हजार २ सय

0

तिलाचन पाण्डे
असार १०,२०८० गुल्मी : गुल्मीदरबार गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४४ करोड ५४ लाख ३४ हजार २ सय रुपियाँको बजेट प्रस्तुत गरेको छ ।

आइतबार उपाध्यक्ष तारा थापा ढेंगाले प्रस्तुत गर्नुभएको बजेटमा चालु तर्फ ३३ करोड ६५ लाख ९६ हजार ७ सय र पुँजीगत तर्फ १० करोड ८८ लाख,३७ हजार ५ सय रुपियाँ गरी कुल ४४ करोड ५४ लाख ३४ हजार २ सयको बजेट रहेको छ ।

उपाध्यक्षले प्रस्तुत गर्नुभएको बजेटमा कृषि तथा पशुपालन,स्वास्थ्य पूर्वाधारहरुको निर्माण ,शैक्षिक पूर्वाधारहरुको निर्माण,भौतिक पूर्वाधार,खानेपानी तथा सरसफाई,संक्रामक रोगहरुका संक्रमण रोकथाम तथा नियन्त्रण,विपद ब्यवस्थापन,गुणस्तरीय र सर्वसुलभ सेवा प्रवाह,गाउँपालिकाका सडक स्तरोन्ती,क्रमागत रुपमा संचालनमा रहेका आयोजनाहरुको निर्माण कार्यलाई निरन्तरता,रोजगारी र स्वरोजगारी सृजना,फोहोरमैला ब्यवस्थापन,पूर्वाधार निर्माण र पर्यटन बिकास,लैंगिक समानता र सामाजिक समावेशीकरण , गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहलाई बजेटले मुख्य प्राथमिकता दिएको छ ।

गाउँसभामा गुल्मीदरबार गाउँपालिकाको आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० प्रस्तुत गरिएको छ ।

 

आज लुम्बिनीमा भारी वर्षा हुने

0
फाइल फोटो

असार ९,२०८०काठमाडौं :मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले बागमती, मधेश, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

अहिले देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य बदली रहनेछ। देशभर केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना पनि छ ।

शनिवार राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

जलाधार संरक्षणका लागि गुल्मीमा ३८वटा सुक्खा पोखरी निर्माण

0
डिजिन वन कर्यालय गुल्मीले निर्माण गरेको सुक्खा पोखरी

तिलाचन पाण्डे
असार ९,२०८० गुल्मीः जलाधार संरक्षण र ,बन्यजन्तुका लागि गुल्मीमा ३८ वटा सुक्खा पोखरी निर्माण गरिएको छ ।
डिभिजन वन कार्यालय गुल्मीले पछिल्लो तीन वर्षमा जिल्लाका विभिन्न स्थानहरुमा ३८ वटा पोखरी निर्माण गरेको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी मुना शर्माका अनुसार आर्थिक वर्ष २०७७।७८ मा तीन वटा , आर्थिक वर्ष २०७८।७९ मा संरक्षित वन अन्र्तगत १० वटा , पीडितसंग प्रदेश सरकार कार्यक्रम अन्र्तगत ५ र बन्य जन्तुका लागि पोखरी निर्माण कार्यक्रम अन्र्तगत ५ गरी २० वटा पोखरी निर्माण गरिएको हो ।

चालु आर्थिक वर्षमा एक वडा एक पोखरी अभियान कार्यक्रम अन्र्तगत रुरुक्षेत्र ,सत्यवती र रेसुङगा नगरपालिकाको भाडगाउँमा गरी ६ वटा पोखरी निर्माणको चरणमा रहेका छन् ।
यस्तै वन संरक्षण क्षेत्र बिकास कार्यक्रम अन्र्तगत रेसुङगा संरक्षित वन भित्र तीन वटा , मदाने संरक्षित वनमा दुई र थाप्ले सत्यवती सालिमेदह वन अन्र्तगत चार वटा पोखरी निर्माण भएको शर्माले बताइन् ।

सुक्खा पोखरी निर्माण गर्दा जलाधार संरक्षण , बन्यजन्तुहरुका लागि , सौन्दर्यताका लागि र पानीका मुहानहरु नसुक्ने भएकाले यसरी पोखरी निर्माण गर्ने गरेको शर्माको भनाई छ ।
पालिकाका आठ पोखरी
यता जिल्लाको कालीगण्डकी गाउँपालिका गुल्मीले एक गाउँ एक पोखरी निर्माणको अभियान चलाएको छ ।
पानीका मुहानहरु सुक्दै जाने र पशुपन्छीहरुका लागि सहज रुपमा पानीको ब्यबस्था होस भन्नाका लागि यसरी अभियान संचालन गरिएको गाउँपालिकाका प्रमूख बेदबहादुर थापाले जानकारी दिए । समुदायमा रहेका स्थानीय सामुदायीक बनका समितिहरुसंग सहकार्य गरी गत वर्ष आठ वटा सुक्खा पोखरीहरु निर्माण गरेको थापाले दाबी गरे ।

एउटा पोखरी निर्माण गर्नका लागि करिब चार लाख रुपैयाँ लाग्ने र सो रकम अनुदान स्वरुप सामुदायीक वनको बैंक खातामा सिधै भुक्तानी गर्ने प्रबन्ध मिलाएको गाउँपालिकाले दाबी गरेको छ ।

पछिल्लो समयमा ग्रामीण स्तरमा पानीका मुहानहरु सुक्दै जान थालेको बन जंगलमा रहेका पन्छीहरुका लागि पिउने पानीको पनि ब्यबस्था हुने र जलाधार संरक्षणका लागि पोखरी निर्माण कार्यमा गाउँपालिका लागेको थापाले दाबी गरे । यस्तै बाटो निर्माण गर्दा वन जंगल नमासिने गरी , बन्यजन्तुहरुको बासस्थानमा खलल नपुग्ने गरी पानीका मुहानहरुलाई संरक्षण गर्ने गरी बाटो निर्माण गरिने पनि पालिकाले दाबी गरेको छ ।

गुल्मीका स्थानीय तहको नीति तथा कार्यक्रम : बाँदर भुलाउने देखी कुकाठ हटाई पिपलका बिरुवा रोपणसम्म

0

तिलाचन पाण्डे
असार ८ ,२०८० गुल्मीः दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा यति बेला आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम र बजेट बनाउने चटारो रहेको छ ।

सदरमुकाम तम्घासमा रहेको रेसुङगा नगरपालिकाले पर्यटन, शिक्षा,स्वास्थ्य , कृषिलाई प्राथमिकता दिएर असार ५ गते नीति तथा कार्यक्रम ल्याएको छ । सोही नीति तथा कार्यक्रमको आधारमा जनताको मन छुने गरी असार १० गते बजेट ल्याउने तयारीमा रहेको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।

मुसिकोट नगरपालिकाले असार १० गते नै नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी तयारी गरेको छ । नगरले रोजगारी ,शिक्षा ,स्वास्थ्य र कृषिलाई प्राथामिकता दिने गरी नीति तथा कार्यक्रम र बजेटको तयारी गरेको नगरप्रमुख जीवन खरेलले जानकारी दिए ।

मालिका गाउँपालिकाले कृषि ,पर्यटन , शिक्षा ,रोजगार र पुर्वाधारलाई प्राथामिकता दिएर असार ६ गते नीति तथा कार्यक्रम ल्याएको छ ।

मदाने गाउँपालिकाले असार ९ मा नीति तथा कार्यक्रम ल्याउने र १० गते बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन । पालिकाले कृषिलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी तयारी गरेको उनले बताइन् ।


इश्मा गाउँपालिकाले असार ५ गते नीति तथा कार्यक्रम ल्याएको छ । पालिकाले खानेपानी,शिक्षा र पर्यटनलाई जोड दिएको छ ।

धुर्कोट गाउँपालिकाले असार ६ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई जोड दिई जसको माध्यमबाट रोजगारी सृजना गर्ने विषयलाई प्राथमिकता दिएको छ ।

४० वर्ष नाघेका महिला र ४५ नाघेका अविवाहित पूरुषलाई निर्वाह भत्ता


गुल्मीदरबार गाउँपालिकाले असार ७ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पालिका भित्र ४० वर्ष नाघेका अविवाहित महिला, ४५ वर्ष कटेका पूरुषलाई निर्वाह भत्ता दिने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

उनीहरुलाई एकल भएको महसुुस नगराउन र स्थानीय सरकार साथमा रहेको अनुभूति दिनका लागि यस्तो नीति लिएको गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिए । यसका साथै कृषि ,स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएको उनको भनाई छ ।

छत्रकोटका जंगलमा बाँदर भुलाउन फलफूलका बिरुवा रोपण

छत्रकोट गाउँपालिकाले असार ५ गते ल्याएको नीति तथा कार्यक्रममा रोजगारीलाई प्राथमिकता दिएको छ । गाउँमै मझौला आकारका उद्योगहरु खोल्ने र उत्पादनलाई प्राथमिकता दिएको गाउँपालिकाले जनाएको छ । यसका साथै पर्यटनलाई प्राथमिकताका साथ राखेको बताउँदै घुम्न जाउँ छत्रकोट कार्यक्रमलाई अभियानका रुपमै संचालन गर्ने नीति लिएको पालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए ।

बाँदरले कृषकले लगाएको अन्नबाली नष्ट गरिदिएर हैरान बनाएको भन्दै बाँदरलाई जंगलमै भुलाउन स्कुस जस्ता फलफूलहरु रोप्ने नीति लिएको पाण्डेको भनाई छ ।

रुरुक्षेत्र गाउँपालिकाले असार ८ गते नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाले स्थानीय आवश्यकता र स्वास्थ्य ,शिक्षा,कृषि ,पर्यटन र रोजगारीलाई प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम ल्याएको र सोही अनुसार बजेट ल्याउने गरी तयारी गरेको छ ।

पालिकाले १०८ पोखरी निर्माण र १ हजार ८ पिपलका बिरुवा रोपण गर्ने अध्यक्ष यदु ज्ञवालीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

लिफटिङ खानेपानी योजनाहरुको बिद्युत्त महशुलमा २५ प्रतिशत छुट


चन्द्रकोट गाउँपालिकाले असार ६ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँपालिका लिफटिङ प्रबिधिबाट संचालन भएका खानेपानी समितिको बिद्युत्त महशुलमा २५ प्रतिशत छुट दिने नीति लिएको छ ।

यस्तै मातृत्व र पितृत्व पहिचान नभएका अभिभावक विहिन बालबालिकालाई आवशीय अध्ययनको ब्यवस्था गर्ने नीतिलाई प्राथमिकताका साथ राख्ने नीति लिइएको पालिका अध्यक्ष युवराज केशीले बताए ।

यस्तै पालिकाले गाउँपालिका बासीहरुको नागरिकको सरकारी सेवा तथा सुरक्षा निकायमा पहुँच अभिवृद्धि गर्नका लागि लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा संचालन गर्ने छ । बिद्यालयमा स्वास्थ्यकर्मी भन्ने मूल नाराका साथ प्रत्येक महिनाको एक पटक बिद्यालयका बिद्यार्थी तथा शिक्षक,कर्मचारीहरुको स्वास्थ्य परीक्षण गर्ने नीति लिएको केशीले बताए ।

बिद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम संचालनमा ल्याई सीपमूलक कृषि उद्यमी र आत्म निर्भर हुने नीति अवलम्बन गर्ने नीति लिइएको छ । बिद्यालय,स्वास्थ्यचौकी तथा वडा र पालिकामा समेत बिद्युतिय हाजिरी मार्फत उपस्थिति नियमन गर्ने कार्यलाई ब्यवस्थित गर्ने नीति लिएको केशीको भनाई छ ।

७० वर्ष कटेका ज्येष्ठ नागरिकहरुको घरदैलोमै प्रत्येक महिना सुगर प्रेसर लगायतका आारभूत स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गर्ने पालिकाले जनाएको छ ।

सडक तर्फ नयाँ बाटोको ट्रयाक खोल्नु अघि पूर्वाधार बिकास समितिको स्थलगत अनुगमन गरी सिफारिस लिनुपर्ने ब्यवस्था गर्नुपर्ने नीति पालिकाले लिएको छ । यस्तै एक वडा एक पोखरी निर्माण कार्यलाई पनि पालिकाले प्राथमिकताका साथ राखेको छ ।

सत्यवतीले कु काठ बिस्थापित गरी बहुमूल्य बनस्पति रोपण गर्ने

सत्यवती गाउँपालिकाले १० गते नै नीति तथा कार्यक्रम र बजेट ल्याउने भएको छ ।

गाउँपालिकाले पालिका भित्रका जंगलहरुमा रहेका कु काठहरुलाई बिस्थापित गरी बहुमूल्य बनस्पति अगरवुड , श्रीखण्ड जस्ता बिरुवाहरु रोपण गर्ने नीति निर्माण गरेको पालिका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिए । यसका साथै कृषि , स्वास्थ्य ,शिक्षा, रोगगारीका संङै खानेपानी र सिंचाई प्राथमिकता दिएको पाण्डेको भनाई छ ।

कालीगण्डकी गाउँपालिकामा कोख देखी शोकसम्मको कार्यक्रम

कालीगण्डकी गाउँपालिकाको तस्विर : तिलाचन पाण्डे

कालीगण्डकी गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोख देखी सोकसम्मको कार्यक्रमलाई पहिलो प्राथमिकता दिएको पालिका अध्यक्ष बेदबहादुर थापाले बताए ।

उहाँले बच्चाहरु गर्भमा रहँदा देखिबाटै बच्चाको वृद्धि बिकासमा सहयोग पुग्ने गरी उपाध्यक्ष कोशेली कार्यक्रम मार्फत कोखबाटै तेजिला र फूर्तिला बनुन भन्ने उद्येश्यका साथ यस्तो नीति लिएको बताउनुभयो । यस्तै मानवको शोकमा समेत पालिका साथमै रहने नीतिलाई अवलम्बन गर्नका लागि मृतकको अन्त्यष्टिसम्म पनि सहयोग गर्ने नीति लिएको उनको भनाई छ ।

यस्तै कृषि , पर्यटन ,शिक्षा ,स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएको थापाले बताए ।

रामपुरमा असल बुहारी, दम्पत्तिसहित उपभोक्तालाई सम्मान

0

सुशीला रेग्मी
असार ८,२०८० पाल्पाः पाल्पाको रामपुरमा असल कर्म गर्ने बुहारी, दम्पत्तिसहित उपभोक्तालाई सम्मान गरिएको छ ।

रामपुर नगरपालिका वडा नं २ को आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति कार्यक्रम, वजेट तर्जुमा सम्बन्धी वडा सभा तथा सम्मान कार्यक्रमको अवसरमा सम्मान गरिएको हो । कार्यालयले वडाभित्र रहेका असल बुहारी, असल दम्पत्ति सहित ज्येष्ठ नागरिक÷समाजसेवी, उत्कृष्ट उपभोक्ता समिति, स्थानीय पञ्जिकाधिकारी, निवर्तमान वडाका जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

शुक्रवार असल बुहारी मथुरा घिमिरे, असल दम्पत्ति टुकबहादुर थापा र लेखमाया थापा, ज्येष्ठ नागरिक÷समाजसेवी भुमबहादुर थापा, उत्कृष्ट बोटेनिमारा देखि कृष्णादेवी सम्मको मोटरबाटो स्तरोन्नती उपभोक्ता समितिका अध्यक्ष तिलकबहादुर कुमाल, सचिव शिशिर कुमाल, स्थानीय पञ्जिकाधिकारी तारानाथ पोखरेल, निवर्तमान वडाध्यक्ष ताराबहादुर थापा, निवर्तमान वडा सदस्यहरु भिमबहादुर खड्का, नुरबहादुर थापा, कार्यपालिका सदस्य तथा वडा सदस्य तेजकुमारी गैरे, नगर उपप्रमुख बालकुमारी थापालाई सम्मान पत्र, छाता र दोसल्ला ओढाएर सम्मान गरिएको छ । यो कार्यक्रम रामपुरमै वडा नं २ मा पहिलो पटक भएको छ । यस्ता कार्यक्रमले स्थानीयमा उत्साह छाएको छ । यस वडाले सुरु गरेको कार्यक्रम नगरपालिका कार्यालय तथा अन्य वडामा पनि सिको गर्नुपर्ने सरोकारवाला बताउँछन् ।

वडाध्यक्ष कृष्णबहादुर दर्जीको अध्यक्षतामा कार्यक्रम भएको हो । वडाध्यक्ष दर्जीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुदै उहाँले टोल विकास समितिबाट छनौट भई आएका विभिन्न योजनाहरु सहभागीहरुलाई जानकारी गराउनुभएको छ । वडाको प्राथमिकताको आधारमा टोल विकास समितिमार्फत योजना सङ्कलन गरी ल्याइएको र सो योजनालाई क्रमिक रुपमा वडाको आवश्यक अनुसार काम गर्दै वडाध्यक्ष दर्जी बताउनुहुन्छ ।

मोटरबाटो स्तरोन्नती, खानेपानी मर्मत, कुलो मर्मत, आमा समुहको भवन निर्माण, विपन्न परिवार स्वास्थ्य बिमा, खेलमैदान निर्माण, घरेलु उद्योग आरन व्यवस्थापन, वडा नं २ र ३ जोड्ने निस्दीखोलामा पक्की पुल निर्माण, कालीगण्डकी करिडोरको पक्की पुलमा ड्याम बाँधी निस्दीखोलाको तलाउ निर्माण, घन्सारबारीदेखि घिमिरेटार फाँटसम्म पकेट क्षेत्र, प्रतिक्षालय निर्माण, ठूलोपाखा सामुदायिक वनमा जडीबुटी बिस्तार, वडा नं २ को वडा कार्यालय भवन निर्माण, दलित भवन निर्माण, पशुपालन, मौरीपालन कार्यक्रम, बाँदरकुना पर्यटन प्रवद्र्धन, सेराटोल चौतारी निर्माण, बाल उद्यान निर्माण, विद्यालयको कक्षाकोठा मर्मत, कुमाल सँस्कृती सोरठीनाच सामान खरिद तथा संग्राहालय निर्माण, बेरोजगार युवा सीपमुलक कार्यक्रम लगायतका योजना टोल विकास समितिबाट वडामा आएको वडाध्यक्ष दर्जीले बताउनुभएको छ ।

कार्यक्रममा निवर्तमान वडाध्यक्ष ताराबहादुर थापा, नेपाली कांग्रेस वडा सभापति देवबहादुर राना, नेकपा एमाले प्रतिनिधि पदमबहादुर कुमाल, स्थानीय पञ्जिकाधिकारी तारानाथ पोखरेल, सरस्वती माविका प्रधानाध्यापक रामचन्द्र पोखरेल, दुर्गादेवी सामाजिक उद्यमी महिला समूह अध्यक्ष विजु घिमिरे, नेपाल पत्रकार महासंघ पाल्पाका जिल्ला सदस्य दुर्गेश मल्ल लगायतले वडाका विकास निर्माणका सन्दर्भमा आफ्ना भनाई राख्नुभएको छ । कार्यक्रमको सञ्चालन वडा सचिव बासुदेव ढकालले गर्नुभएको हो भने न्यायपालिका सदस्य तथा वडा सदस्य तेजकुमारी गैरेले स्वागत गर्नुभएको हो ।

 

रामपुरमा राजनैतिक दल र पत्रकारसंग राय सुझाव सङ्कलन

0

सुशीला रेग्मी
असार ८,२०८० पाल्पाः आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रमका लागि रामपुर नगरपालिकाले राय सुझाव सङ्कलन कार्यक्रम गरिरहेको छ ।

 

शुक्रवार नगरपालिकाले नगरमा क्रियाशिल विभिन्न राजनैतिक दल, पत्रकारसंग राय सुझाव सङ्कलन गरेको छ । नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा कार्यक्रम भएको हो । नगर प्रमुख थापाले आगामी नीति तथा कार्यक्रमबारे जानकारी गराउनुभएको छ ।

 

उहाँले आगामी आर्थिक वर्षलाई आर्थिक बृद्धिदरको वर्षको रुपमा काम गर्ने बताउनुहुदै अहिले साढे पाँच करोड बराबरको राजश्व उठाउने र आगामी हिउँदे अधिवेशनमा बढाएर १५ लाख पु¥याउने लक्ष्य रहेको बताउनुभएको छ । रामपुर नगरलाई राम्रो बनाउन सरोकारवाला सबैसंग राय सुझाव सङ्कलन कार्य गरिरहेको र सोही अनुसार आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने नगर प्रमुख थापाले बताउनुभएको छ ।

कार्यक्रममा सहभागीले नगरको विकास, पर्यटन, फोहोरमैला व्यवस्थापन, कृषि, स्वास्थ्य, शिक्षा, रोजगार, वस्ती विकास, शहर व्यवस्थित, नगरको विकासका लागि दिर्घकालिन योजना लगायतका विषयमा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममा समावेश गर्न सुझाव दिनुभएको छ ।

कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले गर्नुभएको हो । नगरपालिकाले आगामी नीति तथा कार्यक्रमका लागि सरोकारवालासंग छलफल तथा अन्तक्र्रिया गरिरहेको छ ।

 

 

 

 

 

घोराही सिमेन्टले भन्यो– आइपीओ निष्कासन विवादमा अनर्गल प्रचार गरियो

0
असार८,२०८० काठमाडौँ  :  घोराही सिमेन्ट कम्पनीले आइपीओ निष्कासनका सम्बन्धमा कम्पनीबारे अनर्गल प्रचार भएको दाबी गरेको छ । हालै आइपीओ निष्कासनमा रोक लगाइसकेको अवस्थामा कम्पनीको प्रतिष्ठामा आँच पु¥याउने बदनियतपूर्ण उद्देश्यले भ्रमपूर्ण र गलत सूचना प्रवाह भएको कम्पनीको दाबी छ ।
कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै शेयर निष्कासन हुनुभन्दा अघि नै कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्डलगायत विभिन्न नियामक निकायहरु पूर्ण सहभागीता रहने बताउँदै कम्पनीले सो प्रक्रियामा उद्योगबाट पेश भएका पत्र, वित्तीय विवरण तथा रेटिङ प्रतिवेदनलगायतका कागजात तथा विवरणको जिम्मेवारी लिन कम्पनी तयार रहेको समेत बताएको छ ।
धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि स्थानीयबासी र वैदेशिक रोजागरीमा रहेका व्यक्तिहरु, कम्पनीका कर्मचारी र म्युचुअल फण्डलाई शेयर बाँडफाँट गरिएको भइसकेको र सर्वसाधारणका लागि खुला भएको समयको चौथो दिनको कार्यको अन्तिम समयमा स्थगतको निर्णयले शेयर निष्कासको प्रक्रियामा अवरोध सिर्जना भएको कम्पनीको भनाइ छ ।
   
कम्पनीले झाुठा आवेदनको सम्बन्धमा कानून बमोजिम प्रक्रिया अबलम्बन गरी तत्काल रोकिन गएको शेयरको सार्वजनिक निष्कासको प्रक्रिया सुरु गर्नेमा समेत कम्पनी विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।
तीन हजारभन्दा बढीलाई रोजगारी दिएको तथा विदेशी मुद्रा सञ्चितिमा सहयोग दिने कम्पनीलाई निरुत्साहित गर्ने यसप्रकारको प्रायोजित कार्यप्रति कम्पनीले खेद प्रकट समेत गरेको छ ।