Friday, June 5, 2026

लुम्बिनी सहित चार प्रदेशमा भारी वर्षा

0
फाइल फोटो

असार २५,२०८०काठमाडौं : कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली छ। सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

महाशाखाले वर्षाका कारण सडक तथा हवाइ यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायत क्षेत्रह र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने जनाएको छ।​ हावाहुरी, भारी वर्षा, मेघगर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

 

गुल्मी अस्पतालमा रोकिएको आमा सुरक्षा सुरु

0

असार २४,२०८० गुल्मी:गुल्मी अस्पतालमा रोकिएको आमा सुरक्षा कार्यक्रम सुरु भएकोछ।

रामपुर साकोसद्धारा रामपुर अस्पतालमा प्रतिक्षालय निर्माण

0

सुशीला रेग्मी
असार२४,२०८९ पाल्पा : रामपुर वचत तथा ऋण सहकारीको सहयोगमा रामपुर अस्पतालमा निर्माण भएको प्रतिक्षालय हस्तान्तरण गरिएको छ । अस्पताल प्रवेशद्वार नजिकै बनेको प्रतिक्षालय सहकारीले संचालक समितिका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा एक कार्यक्रम गरी आज अस्पताल विकास समिति र प्रशासनलाई हस्तान्तरण गरेको हो ।

 

सामाजिक सेवा अन्तर्गत सहकारीले धेरै बिरामीले सेवा लिने यस अस्पतालमा प्रतिक्षालय निर्माण गरेको सहकारीका अध्यक्ष गुरुप्रसाद रेग्मीले बताउनुभएको छ । सामाजिक दायित्वको हिसावले सेवाग्राहीलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षमा दुईवटा प्रतिक्षालय निर्माण गर्ने सहकारीले जनाएको छ ।

रामपुर अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले भौतिक संरचनाले अस्पतालमा अभाव नरहेको, अब प्राबिधिक सेवालाई जोड दिने बताउनुभएको छ । अस्पतालमा भएको चौतारी भवन निर्माणका क्रममा मासिदै जान थालेको अवस्थामा रामपुर सहकारीले सामाजिक भावनाका साथ गरेको यस कार्यले समाजमा सकारात्मक प्रभाव पर्ने र यसबाट बिरामी धेरै लाभान्वित हुने अध्यक्ष ढकालले बताउनुभएको छ ।


कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विजय परियारले अस्पतालमा दैनिक सेवा लिने बिरामीको चाप बढेको बताउनुहुदै यस अस्पताललाई सम्झेर सहकारीले गरेको सहयोगप्रती धन्यवाद दिनुभएको छ । कार्यक्रमको संचालन सहकारीका सचिव कृतिनाथ श्रेष्ठले गर्नुभएको हो ।

देशका युगान्तकारी परिवर्तनहरु काँग्रेसको नेतृत्वमा : सह महामन्त्री पाण्डे

0
कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डे । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
असार २२,२०८०गुल्मीः नेपाली काँग्रेसका सह महामन्त्री बद्री पाण्डेले देशका युगान्तकारी परिवर्तनहरु काँग्रेसको नेतृत्वमा भएको दाबी गरेका छन् ।

नेपाली काँग्रेस रेसुङगा नगर कार्यसमितिको दोस्रो नगर सम्मेलनको उद्घाटन गर्दै पाण्डेले काँग्रेसको नेतृत्वमा मात्रै देशका युगान्तकारी परिवर्तन भएको दाबी गर्दै काँग्रेसनै परिवर्तनको मुख्य नायक भएको , नेकपा माओबादीलाई शान्ती प्रक्रियामा ल्याउने कार्यमा काँग्रेसको भूमिका रहेको , नेपालको संबिधान जारी गर्दा पनि काँग्रेसको भूमिका र नेतृत्व मूख्य भएको उनको दाबी छ ।

२०८४ सालको संघिय निर्वाचनमा कसैको बैशाखी नटेकी स्पस्ट बहुमत ल्याउने दाबी गरेका छन् । आगामी संघिय निर्वाचनमा कसैको बैशाखी नटेकी काँग्रेसले स्पस्ट बहुमत ल्याउने गरी लाग्नुपर्ने भन्दै सोही अनुसार तयारी गर्नुपर्नेमा जोड दिए ।

यस्तै सोही कार्यक्रममा पाण्डेले काँग्रेस भित्रको कार्यशैलीमा परिवर्तन आउनुपनि जरुरी रहेको बताए । पहिले सबै आफूभित्रबाट बदलिन र सुधारिन आवश्यक रहेको भन्दै यसमा पार्टी सभापतिदेखि सबै कार्यकर्ताहरु सुधारिनुपर्नेमा जोड दिए ।

पहिले भन्दा पछिल्लो समयमा काँग्रेस कमजोर हुँदै गएको भन्दै यसमा पार्टीभित्र गम्भीर रुपमा छलफल हुनु आवश्यक रहेको बताए ।आगामी बैठकमा यस विषयमा पनि गम्भीर रुपमा छलफल हुने भन्दै काँग्रेस सुधारको बाटोमा जानु आवश्यक रहेको उनको भनाई छ ।

नगरले आगामी दिनका योजना र रणनीति सहितको नगर घोषण पत्र जारी गर्ने नगर सभापति जयश्वर पन्थीले जानकारी दिए ।

गोरु पाल्ने किसानलाई पाँच हजार भत्ता

0

असार २१,२०८०पाल्पा : गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमुलक कार्यक्रम ल्याइएको छ।

 

पाल्पाको रिब्दिकोट गाउँपालिका–१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिने भएको छ। गाउँका खेतबारी विभिन्न खेतीपातीले हराभरा बनोस् भन्दै नयाँ हलगोरु किनेर पाल्ने किसानलाई एक हल गोरु बराबर रु पाँच हजार भत्ता दिने कार्यक्रम ल्याएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए।

 

उनका अनुसार नयाँ किन्नेलाई रु पाँच हजार, घरमा नियमित पालिरहने किसानलाई वार्षिक रुपमा दुई हजार पाँच सय भत्ता दिइनेछ। अहिले गाउँघरमा गोरुपालन हराउँदै गएको अवस्थामा गोरुको संरक्षण र खेतबारी बाँझिन नदिनका लागि गोरुपालनमा भत्ताको कार्यक्रम ल्याइएको हो।

सल्यान दुर्घटनामा मृतकको संख्या ३ पुग्यो

0

असार २१,२०८० सल्यान : सल्यानमा गुडिरहेको बसमा विद्युत प्रवाह हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ।

गम्भीर घाइते बस साहु जिल्ला सल्यान छत्रेश्वरी गाउँपालिका(६ लान्तीका अन्दाजी वर्ष ३३र३४ को महेन्द्र ओलीको उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

ओलीको दाङ तुल्सीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए। यसअघि एकै घरका रोल्पा गंगादेव गाउँपालिका वडा नं। ४ बस्ने वर्ष करिब ७०र७२ को बालराम डाँगी र उनकै छोरा वर्ष करिब ४०र४२ को टोपलाल डाँगीको घटनास्थलमै मृत्यु भएको थियो।

बिहीबार बिहान १०ः३० बजे राप्ती राजमार्ग अन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोलास्थित दाङ तुल्सीपुरबाट रोल्पा जाँदै गरेको रा १ ख ८३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको विद्युतको पोल सर्पोटको लागि छेउमा गाडिएको तारमा छोइँदा बसमा करेन्ट लागेको थियोे। बसमा १९ यात्रु थिए ।

गुल्मी सहित आठ जिल्लामा अति भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको सुझाव

0
फाइल फोटो

असार १९,२०८०काठमाडौं : बाढी पूर्वानुमान महाशाखाले मध्य नेपालका केही जिल्लामा राति अत्यधिक वर्षा भएकाले सतर्कता अपनाउन सुझाव दिएको छ।

स्याङ्जा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु र दाङसहित आसपासका क्षेत्रमा पछिल्ला केही घण्टा अति भारी वर्षा भएको महाशाखाले जनाएको हो।

महाशाखाले यी स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको समेत जनाएको छ। ​मंगलबार दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यस्तै देशका अन्य स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा भारी र कतै अति भारी वर्षा भइरहेको छ । काठमाडौंमा पनि गएराति देखि नै वर्षा भइरहेको छ।

बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। कोशी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। तराईका केही भू–भागमा हावाहुरीको समेत सम्भावना छ।

आक्रमणमा ९ प्यालेस्टाइनीको मृत्यु

0

असार१९,२०८०काठमाडौंः इजरायलले वेस्टब्यांक क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा ९ प्यालेस्टाइनीको मृत्यु भएको छ।

वेस्ट ब्यांकको जेनिनमा रहेको शरणार्थी शिविरलाई लक्षित गर्दै इजरायली सेनाले हवाई तथा स्थल कारबाही जारी राखेको छ। आक्रमणमा एक सयभन्दा बढी घाइते भएको र कयौँको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ।

झण्डै १४ हजार प्यालेस्टाइनी सर्वसाधारणले आश्रय लिइरहेको जेनिन शिविरमा आतंकवादीहरु बसेको भन्दै इजरायले निर्णायक कारबाही थालेको हो। इजरायली सेनाको आक्रमणपछि हिजो दिनभर र रातभरजसो जेनिन क्षेत्रभर गोली हानाहानका घटना भएका छन्।

शिविरमा हवाई आक्रमण भएपछि तीन हजार भन्दा बढी प्यालेस्टाइनी शिविर छोडेर भागेका छन्। शिविर छोडेर जाने सबैजसो सर्वसाधारण रहेको समाचार संस्था अलजजिराले उल्लेख गरेको छ। उसले इजरायली सेनाले शिविरमा हत्याकाण्ड चलाएको दाबी गरेको छ।

पत्रकारले तोकेअनुसारको पारिश्रमिक पाउनुपर्छ : मन्त्री शर्मा

0

असार १७,२०८० काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारले तोकेअनुसारको पारिश्रमिक पाउने विषय आधारभूत विषय भएको बताएकी छिन।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले आज ९आइतबार० आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रियामा उनले जोसुकै श्रमजीवीले सरकारले तोकेको न्यूनतम ज्याला पाउनुपर्ने सम्बन्धित व्यक्तिको हक भएको स्पष्ट पारिन्।

मन्त्री शर्माले समितिले समायानुकूल बनाएर सिफारिस गरेको पारिश्रमिकसम्बन्धीे प्रतिवेदन कार्यान्वयनका लागि छलफलमा भइरहेको जानकारी गराइन्।

श्रमजीवीलाई पारिश्रमिक प्रदान गर्नुपर्ने निकायको पनि यस प्रक्रियामा संलग्नता भए कार्यान्वयनमा सहज हुने उनको धारणा थियो।

उनले मन्त्रालयले सञ्चारसम्बन्धी आवश्यक कानुन निर्माण लागि प्रक्रिया अघि बढाइसकेको बताउँदै छलफलमा उठेका विषय र सुझावलाई कार्यान्वयनका लागि आत्मसाथ गर्ने प्रतिबद्धता व्यक्त गरिन्। निजी क्षेत्रमा पारिश्रमिक दिने विषयमा पारदर्शीता नभएको गुनासो आउने गरेको उनले अवगत गराए।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रमा नियुक्ति र तलब अनिवार्य गरी कार्यान्वयन नगर्नेलाई कारबाही हुनुपर्ने धारणा व्यक्त गरे। नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारितामा पनि श्रम हुन्छ र श्रमले मूल्य खोज्छ भन्ने विषय बुझ्ने हो भने श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न सहज हुने बताए।

समितिका अध्यक्ष सङ्गीता खड्काले श्रमजीवी पत्रकार ऐनमा भएका प्रावधान, कार्यान्वयनमा देखिएका चुनौती र समाधानका उपाय सम्बन्ध तथा महासङ्घका पूर्वअध्यक्ष डा महेन्द्र विष्टले मिडियाका श्रम समस्या, विद्यमान अवस्था र सुधारका क्षेत्र विषयको प्रस्तुति दिएका थिए।

कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुँमागाईं, वरिष्ठ पत्रकार बबिता बस्नेत, मिडिया सोसाइटी नेपालका अध्यक्ष शुभशङ्कर कँडेल, समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी, नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, प्रेस चौतारी नेपालका महासचिव हीरामान लामा र प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन सम्बन्धमा विभिन्न सुझाव दिएका थिए।

चन्द्रकोटमा बाँदर थुन्न खोर निर्माण

0
चन्द्रकोट गाउँपालिका वडा नम्वर तीन हर्राचौरमा बाँदर थुन्न निर्माण गरिएको खोर

तिलाचन पाण्डे
असार १७,२०८०गुल्मीः चन्द्रकोट गाउँपालिकाले बाँदरलाई नियन्त्रणमा लिनका लागि खोर निर्माण गरेको छ ।
किसानहरुले लगाएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि बाँदरलाई नियन्त्रण गर्नका लागि खोर निर्माण गरिएको उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

बाँदर खोरमा पसेपछि डराउन सक्ने र अन्य बाँदरहरु डरले नआउने संभावना बलियो भएकाले यस्तो अभियान सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
एक एक वटा बाँदरहरु खोरमा रहँदा प्रजननमा वृद्धि नहुँने भएकाले बाँदरको संख्या वृद्धि कम गर्न सकिने भएकाले यो विधि उत्तम रहने गाउँपालिकाका अध्यक्ष युवराज केशीले दाबी गर्नुभयो । बाँदरलाई मार्ने कानून नभएकाले उनीहरुलाई खोरमा थुन्ने र आहाराको ब्यबस्था गर्नु नै उत्तम विकल्प भएको उहाँको भनाई छ ।

किसानहरुले लगाएको अन्नबाली जंगली जनावरहरु र बाँदरले नष्ट गरिदिएपछि किसानको अन्नबाली संरक्षण गर्नका लागि पालिकाले हदैसम्मका उपायहरु अपनाउने पालिकाले जनाएको छ ।

बाँदरकै कारण बसाइँसराइँको दरपनि बढ्दै गएको बताउँदै गाउँपालिकाका प्रबक्ता घनश्याम खरेलले खोरको उपलब्धी कति हुन्छ त्यो परीक्षणमै रहेको बताउनुभयो । यदि यो सफल भए पालिकाभर अभियानकै रुपमै चलाइने खरेलको दाबी छ । चन्द्रकोट गाउँपालिका वडा नम्वर तीन हर्राचौरमा एक लाखको बजेटबाट अहिले पाँच वटा खोर निर्माण गरिएको छ ।

यता धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले बाँदर मार्न पाउनुपर्ने कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । संघिय सरकारले किसानको समस्यालाई मध्यनजर गर्दै समस्या समाधान गर्नका लागि बाँदर मार्न पाउनुपर्ने कानुन निर्माण गर्नुपर्ने बताउनुभयो ।

कानून अभावका कारण बाँदर मार्न नसकिए बाँदरलाई छोपेर घरघरमा पाल्नुपर्ने उहाँको धारण छ ।
यस अघि जिल्ला समन्वय समिति गुल्मीको जिल्ला सभामा पनि बाँदरलाई नियन्त्रण गर्ने बिषयमा चर्चा चलेको थियो । जसका लागि कानून निर्माण गर्न संघिय सरकारलाई आग्रह गर्ने र बाँदर मार्न पाउनुपर्ने आवाज स्थानीय सरकारहरुले गरेका थिए ।