Saturday, June 13, 2026

गुल्मी अस्पतालको लाहापरवाहीले बिरामीको मृत्यु

0

हुमाकान्त पोखरेल,
भदौ १२,२०८० गुल्मी :गुल्मी अस्पतालको लाहापरवाहीले एकजना बिरामीको ज्यान गएको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ०७ काउले निवासी राजेश मरासिनीकी छोरी सात बर्षिय प्रशंसा मरासिनीको मंगलबार बिहान मृत्युु भएको हो ।

प्रशंसाका आफन्त देवीराम पन्थीका अनुसार बच्चालाई सोमबार बिहान ११ बजे गुल्मी अस्पताल ल्याइएको हो । सामान्य पेट दुखेर अस्पताल ल्याएको बच्चाले दिउँसो बान्ता गरेपछि भर्ना गरिएको थियो। बिहान ६ बजेको समयमा बच्चा निदाएकै समयमा एक्कासि इन्जेक्सन लगाइएको थियो । इन्जेक्सन लगाउदाबित्तिकै बच्चा बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउन आग्रह गरे । तर नर्सहरूले समयमै डाक्टर नबोलाउदा र लाहापरवाही गर्दा इन्जेक्सन लगाएको केही समयमै बच्चाको ज्यान गएको पन्थीले बताए ।

घटनाका प्रत्यक्षदर्शीले समेत रहेका धुर्कोट ०३ का वडाध्यक्ष पदम बिष्टले अस्पतालकै लाहापरवाहीले एक बच्चाले ज्यान गुमाउनुपरेको बताए । आफू सोमबार साँझदेखि अस्पतालमै रहेको र बच्चा हिज साँझसम्म हिड्ने, खेल्ने गरेकोमा अस्पतालले लाहावरवाही गर्दा बिरामीको ज्यान गएको बताए ।

अस्पतालका प्रखुख डाक्टर राजेन्द्र जिसीले बच्चालाई बान्ता भएपछि भर्ना गरेपनि अन्य सबै रिपोर्ट सामान्य रहेको बताए ।

सडक दुर्घटनामा डाक्टरको मृत्यु

0

भदौ १२ ,२०८० : पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा मङ्गलबार बिहान भएको सवारी दुर्घटनाबाट डाक्टरको मृत्यु भएको छ ।

उर्लाबारी –४ स्थित ऊँ सत्य साई पेट्रोल पम्प छेउमा ट्रिपरको ठक्करबाट सप्तरी घर भएका २८ वर्षीय डा। नीरज यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

 

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–००१ क ००९५ नम्बरको ट्रिपर एकापसमा ठक्कर हुदाँ मोटरसाइकलमा सवार यादव गम्भीर घाइते भएका थिए ।

उपचारका लागि तत्काल उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पुर्याइएको भए पनि अस्पताल पुर्याएको केही समय पछि यादवको मृत्यु भएको थियो ।

मालिकाका ६५ जना जेहेन्दार विद्यार्थीलाई निःशुल्क शैक्षिक सामाग्री वितरण

0

भदौ ११ ,२०८०गुल्मी :गुल्मीको मालिका गाउँपालिका (१ नेटाका ६५ जना जेहेन्दार विद्यार्थीलाई निस्शुल्क शैक्षिक सामाग्री वितरण गरिएको छ । स्थानीय समाजसेवी वीरबहादुर सुनारको परिवारले वडा नम्बर (१ नेटाका ६ वटा विद्यालयका ६५ जना विद्यार्थीलाई कपि,कलम र ड्रेस उपहार स्वरुप प्रदान गरेको वडा अध्यक्ष दीपक श्रीसले जानकारी दिए ।

 

त्रैमार्सीक परिक्षामा उत्कृष्ट अंक ल्याएका जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराईएको गाउँपालिकाका प्रबक्ता ज्ञान कुमार बुढा मगरले बताए ।

आइतबार शैक्षिक सामाग्री वितरण गर्दै गाउँपालिकाका सामाजिक विकास समितिका प्रमुख रेखा कुमार जिसीले वीर बहादुर सुनारको परिवारले समाजमा नयाँ र उदाहरणीय कार्य गरेको बताए ।

 

साथै सुनार परिवारलाई धन्यवाद दिदै विद्यार्थीलाई लगनशील भएर अध्ययन गर्न जिसीले आग्रह समेत गरे ।
कार्यक्रममा जनप्रतिनिधि , स्थानीय समाजसेवी ,बुद्धिजीवी,लगायतको सहभागीता रहेको थियो ।

मालिका मावीमा स्कुल बस सञ्चालन

0

भदौ ११ ,२०८०गुल्मी :गुल्मीको मालिका गाउँपालिका ८ स्थित मालिका माविले पहिलो पटक स्कुल बस सञ्चालनमा ल्याएको छ ।

स्कुल बस सञ्चालनमा ल्याए सङै मालिका मावि गुल्मी पश्चिम क्षेत्रमै स्कुल बस सञ्चालन गर्ने पहिलो विद्यालय बनेको छ ।
सोमबार गाउँपालिका अध्यक्ष देवीराम अर्यालले एक कार्यक्रमका बिच स्कुल बसको शुभारम्भ गरेका हुन ।

स्कुल बस शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले यातायातको सुविधा प्राप्त भएको उल्लेख गर्दै शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गरे ।
साथै पालिकाले घोषणा गरेको शैक्षिक सुधार वर्ष २०८० लाई सफल पार्न सबैले आ(आफ्नो क्षेत्र बाट सहयोग गर्नु पर्ने उल्लेख गरे ।

नमुना विद्यालय अन्तर्गत विनियोजित ५० लाख रकम मध्ये विद्यालयले स्कुल बस सञ्चालनको लागि ३० लाख रकम विनियोजन गरेको थियो ।
३७ सिट क्षमता रहेको बस कर छुट सहित २८ लाख ३३ हजारमा खरिद गरिएको विद्यालयका प्रधानाध्यापक हेमराज पौडेल बताए ।

बस शुभारम्भ कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्याल ,वडा अध्यक्ष सुर्य बहादुर जिसी, वडा सदस्य सागर गिरी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद अर्याल ,स्थानीय अभिभावक ,शिक्षक लगायतको सहभागीता रहेको थियो ।

मुसिकोट नगरपालिकामा कर्मचारीले लगाए ताला

0

भदौ ११,२०८० रुकुम : रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा कर्मचारीले ताला लगाएका छन्। उपमेयर विमलकुमार पुनलाई कारबाही गर्न माग गर्दै कर्मचारीहरूले नगरपालिकाको मूल गेटमा तालाबन्दी गरी धर्ना दिएका हुन्।

उनीहरूले उपमेयरमाथि कारबाही हुनुपर्ने, कर्मचारीको सुरक्षा सुनिश्चित हुनुपर्ने लगायत ८ बुँदे माग राखेका छन्। कर्मचारीले मूल गेटमै ताला लगाएर धर्ना दिएपछि नगरप्रमुख र अन्य जनप्रतिनिधि कार्यालय प्रवेश गर्न पाएका छैनन्।

शनिबार बिहान ११ बजेतिर उपमेयर बिमलकुमार पुनले शिक्षा शाखा प्रमुख नरेन्द्र वलीलाई परीक्षाको बिषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै कुटपिट गरेका थिए।

कर्मचारीको तालाबन्दी र धर्नाका कारण नगरपालिकाको सेवा ठप्प बनेको छ।

तीन दिन सार्वजनिक बिदा

0

भदौ ११,२०८० : दार्चुलाको अपि हिमाल गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ। ​

गाउँपालिकाले सूचना निकालेर प्रख्यात धार्मिक सुर्मा भवानी मन्दिरमा भइरहेको ‘वीरे जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सोमबारदेखि बुधबारसम्म पालिकाभरका सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्थालगायतमामा सार्वजनिक बिदा दिएको जनाएको छ ।

लामो समयसम्म मनाइने सुर्मा भवानीको विधिवत् रूपमा जात्रा शनिवार शुरु भएको छ।

मोटरसाइकल दुर्घटना हुँदा पाल्पामा १ जनाको मृत्यु , प्रकाश घाइते

0

भदौ ११,२०८०पाल्पा : पाल्पामा गएराति राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

 

तानसेन–रिडी तम्घास सडक खण्डअन्तर्गत पाल्पाको तानसेन नगरपालिका–१४, अर्गलीस्थित पुरानो गाउँमा लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सल्यानको कालीमाटी गाउँपालिका–२ का ३० वर्षीय नरेश घर्तीमगरको मृत्यु भएको हो। जोर्तेदेखि अर्गलीतर्फ जाँदै गर्दा भएको दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका पश्चिम नवलपरासीको सराबल गाउँपालिका–१ का २८ वर्षीय प्रकाश थारु घाइते भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

 

मोटरसाइकल आफैँ अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका दुवै जनालाई तत्काल तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएकोमा घर्तीमगरलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

“जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” चन्द्रकोट र कालीगण्डकीमा तयारी बैठक सम्पन्न

0

गुल्मी भदौ ८ :नेकपा माओवादी केन्द्रले सुरु गरेको “घर घरमा माओवादी, जन जनमा माओवादी” अभियानले जनतामा उत्साह भर्दै गएको छ । जनतासँग माओवादी पार्टी जोड्ने विशेष अभियानका साथ पार्टी रुपान्तरणको लागि चलाईएको यो ३ महिने अभियानले सकारात्मक प्रभाव पार्दै माओवादीको महत्त्व र माओवादीले बोकेका एजेन्डा जनता माझ राख्न पाउने सुनौलो अवसर प्रदान गरेको छ ।

यहीँ अभियानलाई निरंतरता दिदै शुक्रबार गुल्मीको चन्द्रकोट गाउँपालिकामा तयारी बैठक सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कमल चुदालीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गुल्मी जिल्ला संयोजक युवराज केसीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा कमिटिका अध्यक्षहरुले रिपोर्टिङ गदै ३ महिने अभियानलाई सफल पार्ने बताएका थिए । भदौ १६ गते देखि ८ वटै वडाहरुबाट अभियान सुरु गरिने माओवादी केन्द्र चन्द्रकोटले जनाएको छ ।

बैठकमा बोल्ने वक्ताहरुले माओवादीको नेतृत्वमा देशमा ठुला– ठुला क्रान्ति सफल हुनुका साथै जनताको जिवनशैलीमा आमूल परिवर्तन लिएको बताएका थिए । प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको अभियान सुरुवात गरेको उल्लेख गर्दै यस अभियानलाई सबैले साथ दिनु पर्ने उनिहरुको भनाई थियो । चन्द्रकोट गाउँ कमिटिका अध्यक्ष टंकबहादुर केसीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बिहिबार सत्यवती गाउँपालिकामा तयारी बैठक सम्पन्न भएको थियो भने शनिबार कालीगण्डकी गाउँपालिका गुल्मीमा तयारी बैठक बसेको छ । जिल्लाका अन्यत्र स्थानमा पनि ३ महिने अभियानको आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेकपा माओवादी केन्द्र गुल्मीले जनाएको छ ।

जनतामा उत्साह भर्दै माओवादी , रेसुङ्गामा भदौ १६ देखि विशेष अभियान सुरु हुँदै

0

भदौ ८,२०८० गुल्मीः
नेकपा माओवादी केन्द्रले सुरु गरेको घर घरमा माओवादी ,जन जनमा माओवादी अभियानले जनतामा उत्साह भर्दै गएको छ ।

जनता संग माओवादी पार्टी जोड्ने विशेष अभियानका साथ पार्टी रुपान्तरणको लागि चलाईएको यो तीन महिने अभियानले सकारात्मक प्रभाव पार्दै माओवादीको महत्त्व र माओवादीले बोकेका एजेन्डा जनता माझ राख्न पाउने सुनौलो अवसर प्रदान गरेको छ ।
यहीँ अभियानलाई निरंतरता दिदै आज रेसुङ्गा नगर कमिटीले आफ्नो पुर्ण बैठक सम्पन्न गरेको छ ।

नगर कमिटी अध्यक्ष गिरी महाकिमको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गर्दै आगामी रणनीति समेत तयार पारेको हो ।
बैठकको प्रमुख अतिथि समेत रहेका माओवादी केन्द्र गुल्मीका इन्चार्ज वीर बहादुर कार्कीले माओवादीको नेतृत्वमा देशमा ठुला( ठुला क्रान्ति सफल हुनुका साथै जनताको जिवनशैलीमा आमूल परिवर्तन लिएको बताए ।

प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको अभियान सुरुवात गरेको उल्लेख गर्दै यस अभियानलाई सबैले साथ दिनु पर्ने इन्चार्ज कार्कीले उल्लेख गरे ।
बैठकमा माओवादीका जिल्ला तह देखि प्रदेश तथा केन्द्र सम्मका नेताले प्रशिक्षण मुलक मनतव्य राखेका थिए ।
नेकपा माओवादी केन्द्र रेसुङ्गा नगर कमिटीले भदौ १४ गते भित्र सबै वडामा बैठक सम्पन्न गर्दै आवश्यक तयारी पूरा गर्ने र भदौ १६ गते देखि तीन महिने अभियानको सुरुवात गर्ने जिल्ला सचीव अशोक थापाले जानकारी दिए ।

जिल्लाका अन्यत्र स्थानमा पनि तीन महिने अभियानको आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेकपा माओवादी केन्द्र गुल्मीले जनाएको छ ।

गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको समिक्षा

0

भदौ १०,२०८० गुल्मी : गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको समिक्षा गरिएको छ ।

गत आर्थिक वर्षमा स्वास्थ्य संस्थाहरुद्धारा प्रदान गरिएका सेवा र प्रगतिको शनिबार समिक्षा गरिएको हो । गाउँपालिकाको सभाहलमा पालिका भित्रका सात वटै स्वास्थ्य संस्था र पालिकाको स्वास्थ्य शाखाको प्रगति समिक्षा गरिएको हो । पालिकाको स्वास्थ्य शाखाको शाखा प्रमख नारायण अर्याल र अन्य सातवटा स्वास्थ्य संस्थाहरुको संस्था प्रमुखहरुले प्रगति प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा स्वास्थ्य संस्थाहरुले स्वास्थ्य सम्बन्धी सन्देशमूलक गीत र नृत्य समेत प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा स्वास्थ्य स्ंवयसेविकाहरुलाई प्राथमिक उपचारका लागि किट बक्स समेत प्रदान गरिएको थियो ।

समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष सरोजकुमार थापा र उपाध्यक्ष तारा थापा ढेंगाले पालिका भित्रका नागरिकहरुको स्वास्थ्यप्रति पालिकाले पहिलो प्राथमिकता दिएको बताएका छन् ।

कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधहरु, जनप्रतिनिधि ,स्वास्थ्य कार्यालयका प्रमुख पशुपति आचार्य र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

वडा नम्वर तीनका वडा अध्यक्ष रामबबहादुर थापाको अध्यक्षतामा कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले गरेका थिए ।