Saturday, June 6, 2026

मोटरबोट दुर्घटनामा पत्रकारहरु घाइते

0

कात्तिक १७ ,२०८० : सुनसरीको चतरा पुल नजिकै सप्तकोशी नदीमा मोटरबोट दुर्घटना परेको छ ।

कोशी प्रदेश सरकार मातहतको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं। १ बराह वाहिनीद्वारा सञ्चालित “सि सं ४ गोताखोर तालिमको अन्तिम प्रवचन कार्यक्रममा सहभागी हुन गएका पत्रकार तथा आगन्तुक सवार मोटरबोट दुर्घटनामा परेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा विपद खोज तथा उद्धार अभ्यास प्रदर्शनसहित सशस्त्र प्रहरी बलले ‘डेमो’ देखाउने तयारी गरिरहेको अबस्थामा भएको दुर्घटनामा परी रेडियो नेपालका संवाददाता कुमुद अधिकारी, मुख्यमन्त्रीको सचिवालयमा आवद्ध पत्रकार खेमराज सापकोटा, कान्तिपुर टीभीका विराटनगर संवाददाता महाप्रसाद खतिवडा र क्यामेरापर्सन शम्भु पोखरेलसहित व्यक्ति घाइते भएका छन् ।

पत्रकार अधिकारीको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ भने अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । दुर्घटनामा परी सप्तकोशी नदीमा डुबेका मोटर बोटमा सवार सबैको उद्धार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले गरेको थियो ।

मुख्यमन्त्री गोल्डकप :सुदुरपश्चिम ११ लाई हराउँदै गोर्खा व्वाईज १–० ले विजयी

0

कात्तिक १६,२०८० बाँके : ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ प्रतियोगिता विहीबार भएको खेलमा सुदरपश्चिम—११ धनगढीलाई गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवलले १—० ले पराजित गर्दै विजयी भएको छ ।

बाँकेको कोहलपुर—२ तेह विगाहमा बुधबारदेखि निरन्तरसञ्चालन भएकोे प्रतियोगितामा सुदरपश्चिम ११ धनगढीलाई गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवलले १—० ले पराजित गर्दै विजयी भएको हो ।
खेल सुरु भएको पाँच मिनेटमा दुई पटक कर्नर पाएको गोर्खा व्वाइजले खेल सुरु भएको ४५ औं मिनेटमा जर्सी नम्बर ७ का खेलाडी शक्ति राईले गोल हानेका थिए ।

दिउसो ३ः २० बजेबाट सुरु भएको खेलमा सुदुरपश्चिम ११ लाई गोर्खा व्वाइजले निकै दवाव दिइरहेको थियो भने उक्त क्लबका जर्सी नम्बर १४ का सहदेव केसीले म्यान अफ द म्याच घोषित समेत भएको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिनुभएको छ ।

भोली (शुक्रबार) सेमिफाइनलका लागि चर्च व्वाईज यूनाईटेड र गोर्खा व्वाईज खेल हुने खेल संयोजक मल्लले जानकारी दिनुभएको छ । उहाँका अनुसार खेल ३ बजेबाट सुरु हुने जानकारी दिनुभएको छ ।
प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार फुटबल अवलोकनका लागि अस्थायी प्यारापिट र पर्खाल निर्माण गरिएको छ । खेल अवलोकन गर्ने दर्शकका लागि आयोजकले यसपटक भने टिकट ब्यवस्था गरिएको छ । ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ का मुख्य प्रयोजक नेपाल टेलिकम दुरसञ्चार रहेको छ भने मिडिया पाट्नर ‘द काठमाण्डांै पोष्ट’ र कोहलपुर टुडे डटकम रहेको छ । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । बिहिबार ८ सय ५० बढि दर्शकले फुटबल प्रतियोगिता अवलोकन गरेका थिए ।

आजदेखि सरकारी कार्यालय ४ बजेसम्म

0

कात्तिक १६,२०८०काठमाडौं : देशभरका सबै सरकारी कार्यालय आजदेखि अपरान्ह ४ बजे नै बन्द हुने भएका छन्।

सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ अर्थात् आजदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्नेछन्।

यो अवधिमा शुक्रबारको दिन भने ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ। जाडो समयमा दिन छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ।

गृह मन्त्रालयका अनुसार सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म संचालन हुनेछन्।

प्रधानमन्त्री प्रचण्ड बुटवल आउँदै

0
फाइल फोटो

कात्तिक १६ ,२०८० गुल्मीः प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिहीबार बुटवल आउँदै छन् । बुटवलका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड बुटवल आउने पार्टीले जनाएको छ ।

 

बिहीबार बिहान ११ बजे बुटवलको आम्दा अस्पतालमा हुन भौतिक संरचनाको शिलान्यास, उद्घाटन तथा वार्षिकी कार्यक्रम सकेर दिउँसो १ बजे नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटीका नेताहरूसँग प्रचण्डले छलफल गर्ने कार्यतालिका रहेको छ ।

 

यसै गरी दिउँसो २ बजे पार्टीका विभिन्न जन वर्गीय सङ्गठनका अगुवा तथा केन्द्रीय सदस्यलाई प्रधानमन्त्री प्रचण्डले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।

गुल्मीमा ऐतिहासिक प्रथम गुल्मी महोत्सव सुरु

0

कात्तिक १५,२०८० गुल्मीः गुल्मीमा बुधबारदेखी प्रथम गुल्मी महोत्सव सुरु भएको छ । उद्योग संघ गुल्मीको आयोजनामा प्रथम गुल्मी महोत्सव सुरु भएको हो ।

जिल्लाको रेसुङ्गा नगरपालिका –९उपल्लो तम्घासमा पहिलो पटक भएको महोत्सवको उद्घाटन रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थीले मेला महोत्सव बाट अर्थतन्त्र चलायमान हुने बताए । आर्थिक गतिविधि चलाएमान बनाउन यि यस्ता मेला महोत्सव गरिनुपर्ने बताए ।

“उद्योग कृषि र पर्यटनमा उनिएको थुङ्गा” समुन्नत गुल्मीका लागि जाँउ हिँड रेसुङ्गा भन्ने मुल नारा सहित महोत्सव सुरु भएको हो । महोत्सवको पहिलो दिन शोभायात्रा सङ्गै तम्घास बजार परिक्रमा गरिएको थियो ।

महोत्सवमा मदाने गाउँपालिकाको महिलाहरुको पन्चेबाजा सहित जिल्लाका अन्य स्थानका सराय, झाकी प्रदर्शन सहित लोक तथा दोहोरी गायक बैकुन्ठ महत, रामचन्द्र चन्द लगायत अन्य कलाकारको साङ्गेतिक प्रस्तुति रहेको थियो कार्यक्रममा गुल्मीका उज्यालो अभियानका परिकल्पनाकार उपल्लो तम्घासका माधव मरासिनीलाई सम्मान गरिएको थियो ।

त्यस्तै गुल्मीमा उन्नत जातको गाई भित्र्याएर गुल्मीमा दुग्ध उत्पादन अभियान छेड्ने पूर्व सांसद कमलराज श्रेष्ठ, त्यस्तै पहिलो पटक तम्घासमा होटल सञ्चालन सुरू गर्ने र अहिले ९३ वर्षको उमेरसम्म पनि साहाकारी सापकोटा भोजनालय सञ्चालन गर्ने हिरामणि सापकोटा र गुल्मीमा पहिलोपटक महोत्सव आयोजना गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गुल्मी झिकाउन सक्ने समाजसेवीका रूपमा अशोक थापालाई सम्मान गरिएको थियो। महोत्सव कात्तिक २५ गतेसम्म चल्ने छ ।

महोत्सव स्थलसम्म पुग्न तम्घास बजार देखि २५ गतेसम्म निःशुल्क बसको समेत व्यवस्था गरिएको छ ।

गुल्मीमा जंगली च्याउ खाँदा तीन जना बिरामी

0

कात्तिक १४,२०८०गुल्मीःगुल्मीमा जङगली च्याउ खादा तीन जना बिरामीे भएका छन् ।

जिल्लाको इश्मा गाउँपालिका वडा नम्वर ६ बुल्मका ३९ वर्षीय सरिता कुमाल,११ वर्षीय विमल कुमाल र ८ वर्षीय सुस्मा कुमाल बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जंगली च्याउ खाएर बिरामी भएका उनीहरुको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

उनीहरु सबैको अवस्था मध्यम रहेको पाण्डेले बताए ।

गुल्मीमा विद्युत शर्ट भई घरमा आगलागी हुँदा पाँच लाखको क्षती

0
फाइल तस्बिर

कात्तिक १४,२०८०गुल्मी :गुल्मीमा विद्युत शर्ट भएर आगलागी हुँदा कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ६ अर्जे फुलबारीमा रामप्रसाद भण्डारीको ढुंगाले छाएको दुई तले कच्चीघर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

घर पूर्ण रुपमा जलेर नष्ट हुँदा करिब पाँच लाख रुपियाँ बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

आगलागीका कारण एक भैसी पनि जलेर घाइते भएको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने १२ जना पक्राउ

0
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

कात्तिक १२,२०८० गुल्मीः गुल्मीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने १२ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ४ ठुलीचौरमा सराँय नाच कार्यक्रम पश्चात मादक पदार्थ सेवन गरी होल्ला गर्ने १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

पक्राउ पर्नेमा मालिका गाउँपालिका वडा नम्वर ३ का ३९ वर्षीय सन्तबहादुर थापा,२७ वर्षीय केशब खडका, २४ वर्षीय अनिल थापा,१९ वर्षीय विशाल थापा,२२ वर्षीय विकल्प थापा , ३३ वर्षीय नरेन्द्र थापा,३१ वर्षीय नरेन्द्र थापा,४२ वर्षीय नारायण थापा,१९ वर्षीय विपीन थापा, ३३ वर्षीय गुञ्जबहादुर थापा, वडा नम्वर ८ का २० वर्षीय साहिल जिशी र रुपन्देही तिलोत्तमा ११ घर भई अर्जैमा कोठा भाडा गरी बस्ने २४ वर्षीय अनिल ठकुरी रहेका छन् ।

 

स्थानीयले होहल्ला भएको जानकारी प्रहरीलाई टेलीफोन मार्फत गराए पश्चात खटिएको प्रहरी टोलीमाथि नै अपशब्द बोल्ने र शान्ती सुरक्षा भंग गरी होहल्ला गरेको आरोप उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई सार्वजनिक शान्ती विरुद्धका कसुरमा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट म्याद थप गरी थप अनुसन्धान भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पाल्पाका सात जुवाडे पक्राउ

0

कात्तिक १२,२०८० पाल्पा :जुवा खेलिरहेको समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ ।

शनिबार बेलुकी तानसेनको बडिज्ञानटोलस्थित एक घरमा जुवातास खेलिरहेका समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने जुवाडेको साथबाट ३२५ पत्ती तास र ९२ हजार ४२५ रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका जुवाडेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेश सहितका विभिन्न स्थानमा आज सामान्य वर्षा र हल्का हिमपात

0

कात्तिक १२,२०८०काठमाडौं : मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।

दिउँसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना पनि छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा सामान्य वर्षा तथा हल्का हिमपातको सम्भावना छ।

राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।