Friday, June 5, 2026

सम्पन्न भएका योजनाको भुक्तानी नपाउँदा उपभोक्तालाई सास्ती

0

दिवाकर पोख्रेल
देउखुरी, असोज ९ गते : दाङको लमही नगपालिकाबाट गत आर्थिक बर्ष २०७८÷०७९ मा कार्य सम्पन्न भई प्रक्रिया पुगेका योजनाको रकम भुक्तानी नहुँदा उपभोक्तले सास्ती भोगी रहनु परेको छ ।

गत आर्थिक बर्षमा लमही नगपालिकाबाट छुट्टाइएका योजनामा टोल विकास संस्थाको तर्फबाट काम गरेका झन्डै दुइसय योजनाको रकम भुक्तानी गर्न बाँकी छ । लमही नगरपालिकाले नगर भित्रका उपभोक्ताले कार्य सम्पन्न गरेका विभिन्न योजनाको नौ करोड ५० लाख भन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । भुक्तानी बाँकी योजनाको फाइल हेर्दा ठेक्का प्रक्रिया भन्दा टोल विकास संस्था मार्फत उपभोक्तले गरेका योजनाका फाइल बढी छन् । उपभोक्ता आफैले काम गरेका योजनालाई स्थानीय सरकारले भुक्तानी प्रक्रियामा ढिला सुस्तीगर्दा उपभोक्तामा निरासा उत्पन्न भई ठेक्का प्रक्रियालाई प्रशय पुग्ने उपभोक्ताहरु बताउँछन ।

काम सम्पन्न भएको लामो समय सम्म भुक्तानी नपाउँदा उपभोक्ताहरु पनि आक्रोसित हुन थालेका छन् । लमही नगरपालिका वडा नं ६ संचार टोल विकास संस्थाका सचिव हरिराज धितालले आफुहरुले समयमै काम सम्पन्न गरेर प्रक्रिया पूरा गरेर फाइल पेस गर्दा समेत भुक्तानी नपाएको गुनासो गरे ।

उहाँले भन्नुभयो, “हामी उपभोक्ताले आफै लगानी लगाएर योजना सम्पन्न गर्ने गरेर पनि आज सम्म रकम नपाउने हामी उपभोक्तालाई हैरानी भएको छ, यो उपभोक्तालाई निरास बनाएर ठेक्का प्रक्रियालाई प्रशय दिने कामभयो ।” स्थानीय सरकारबाट योजनाको रकम भुक्तानीमा केन्द्रिय नियन्त्रण प्रणाली छ । आर्थिक कार्यविधि तथा बित्तिय उत्तर दायित्व नियमावली अन्तरगर्त प्रत्येक आर्थिक बर्षको रकम असार २५ गते सम्म भुक्तानी गर्ने भनेपनि सो अवधि भित्र काम नहुँदा भुक्तानी रोकिएको हो । यो संगै नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सरुवा हुँदा पनि उपभोक्ताको रकम भुक्तानीमा समस्या परेको हो ।
लमही नगपालिकमा गत आर्थिक बर्ष सम्म प्रमुख प्रशासकिय अधिकृतको रुपमा गेहेन्द्र वहादुर डाँगी कार्यरत थिए । चालु आर्थिक बर्षमा खाता संचालन भएको शुरुवाती चरणमै उपभोक्ताको रकम भुक्तानी गर्ने योजनामा रहनुभएका डाँगीको सरुवा भएपछि भुक्तानी प्रक्रियामा विलम्म भयो । असार २५ गते सम्म चेक काट्न पाइने तर अघिल्ला केहिदिन सफ्टवेयरमा समस्या भएका कारण उपभोक्ताको रकम रोकिएको डाँगी बताउछन् ।
आफ्नो सरुवा भएका कारण यसमा केहि भूमिका नरहने भएकाले कार्यरत प्रशासकिय अधिकृतले नै जिम्मेवारी लिएर प्रक्रिया अघि बढाउनुपर्ने सुझाव उनको छ । हाल कार्यरत प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले उपभोक्तालाई सास्ती नदिइ काम गर्ने र प्रक्रिया पुगेका योजनाको भुक्तानी प्रक्रिया अघि बढाइने बताउछन् । उनी भन्छन् “पहिले नै भुक्तानी नगर्दा समस्या भएको हो, झन्डै साढे नौ करोड रकम भुक्तानी बाँकी छ, यसलाई हामी छिट्टै पहल गछौ ।”

लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले उपभोक्ताको रकम भुक्तानीको लागि कार्यपालिका बैठकबाट निर्णय भएकाले भुक्तानी प्रक्रिया शुरु भएको बताए । उनले भने, “उपभोक्ताले असार नै पर्खने वानीले पनि समस्या भएको हो, कर्मचारी सरुवा प्रक्रियाले समेत असर ग¥यो, हामी भुक्तानी प्रक्रियामै छौ ।” नगरपालिकाले आइतबार भुक्तानी बाँकी रहेकाहरुलाई भुक्तानी प्रक्रिया अघि बढाएको जनाएको छ ।

 

जनताको मुहारमा खुशी ल्याउने चाहना छ : प्रचण्ड

0

असोज ९,२०७९ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा व्यवस्था बदलिएपनि अवस्था जहाँको त्यही भएको भन्दै अब जनताको अवस्था बदलेर उनीहरुको मुहारमा खुशी ल्याउने चाहना व्यक्त गनुर्भएको छ ।

चुनावी कार्यक्रममा सहभागी हुन शनिबार चितवन जानु भएका अध्यक्ष प्रचण्डले आइतबार भरतपुरमा पार्टी प्रवेश तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सो धारणा राख्नुभएको हो ।

प्रचण्डले आफ्नो नेतृत्वमा दुई पटक सम्म सरकार सञ्चालन गर्दा जनताको मुहारमा खुशी ल्इाउन सक्दो पहल गरेको पनि बताउनुभयो । उहाँले चितवनमा नमूना विकासको प्रयास गरेको भन्दै त्यसलाई अब देशव्यापी विस्तार गर्ने पनि बताउनु भयो ।

प्रचण्डले निकै ठूलो त्याग र बलिदानबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गर्दै परिवर्तन उल्ट्याउन खोज्ने हर्कतहरुलार्य नेपाली जनताले कदापी सहन नसक्ने बताउनुभयो । उहाँले माओवाद िपार्टी नै देश र जनताको भविष्यको निम्ति लड्ने पार्टी भएकोले अब जनताको मुहारमा खुशी ल्याउन पनि माओवादीले नै नेतृत्व गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चितवनमा अहिले नमूना विकासको प्रयास गरेका छौं, आगामी दिनहरुमा निकै ठूलो फड्कोका तीव्र गतिमा विकास र समृद्धिको नयाँ मोडेल चितवनले प्रदर्शन गर्नेछ ।’चितवनको विकासको मोडेल देशैभरी विस्तारित गर्ने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा विजय सफल व्यवसायी वामपन्थी यूवा नेता विजय घलेका साथै मुस्लिम समुदायका महत्वपुर्ण नेतृत्वहरू विभिन्न महिला समुहका युवाहरू माओवादीमा प्रवेश गरेका थिए । देशको परिबर्तनको मुलधारको नेतृत्व अध्यक्ष क प्रचण्ड र माओबादी पार्टी नै भएको भन्दै उनीहरु माओवादीमा प्रवेश गरेका बताएका छन् ।

इश्मामा घुम्ती ब्यापारीलाई गाउँपालिका प्रवेशमा रोक,शिक्षकको अभाब टार्न स्वंयसेवक शिक्षक

0

असोज ९,२०७९ गुल्मीःइश्मा गाउँपालिका भित्र गाउँपालिकाको स्विकृत नलिई घुम्ती ब्यापारीहरुलाई प्रवेशमा रोक लगाइएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिका भित्र विभिन्न बहाना बनाई अनाधिकृत रुपमा रिटेलिङ गाडी मार्फत किराना माल सामान बिक्री वितरण गर्ने गरेको भन्दै गाउँपालिका भित्र प्रवेशमा रोक लगाएको हो ।

त्यस्ता ब्यापारीहरुले गाउँपालिकाको अनुमति लिएर मात्र प्रवेश गर्नुपर्ने भन्दै अनुमति नलिई प्रवेश गरेमा कारवाही गरेरै छाड्ने गाउँपालिकाले चेतावनी दिएको छ ।
इश्मा गाउँपालिकाका उपाध्यक्ष एवम प्रबक्ता पार्वती कुँवरले गाउँपालिका भित्रका ब्यवसायीहरुबाट आएको गुनासोको आधारमा घुम्ती ब्यापारीहरुलाई प्रवेशमा रोक लगाइएको बताइन् ।

पालिका भित्रका ब्यापारीहरुले गाउँपालिकामा दर्ता भएर ब्यापार गर्ने ,नवीकरण शुल्क पनि बुझाउने तर दर्ता नभई रेटेलिङ मार्फत ब्यापार गर्दा पालिका भित्रका ब्यवसायीलाई मर्का पर्ने भएकाले घुम्ती ब्यापरीहरुलाई रोक लगाइएको कुँवरको दाबी छ ।

गाउँपालिकाले जारी गरेको सूचनालाई अवज्ञा गरे कानून अनुसारको कारवाही गरेरै छाड्ने कुँवरले दाबी गरिन् ।
यता गाउँपालिकाले शिक्षकको अभावमा पठन पाठनमा समस्या नहोस भनेर स्वयम सेवक शिक्षक राख्ने ब्यबस्था मिलाएको छ ।

कुनै शिक्षक १५ दिन भन्दा बढी बिदामा बस्दा बिद्यार्थीहरुको पठन पाठनमा समस्या नहोस भनेर २३ जना स्वयम सेवक शिक्षकको ब्यबस्था गर्न लागेको प्रवक्ता कुँवरले बताइन् ।

शिक्षकहरु सुत्केरी बिदा वा सुत्केरी स्याहार बिदामा बस्दा , तयारी बिदा र बेतलबी बिदामा बस्दा शिक्षकको अभाब टार्न र पठन पाठनलाई निरन्तरता दिनको लागि यस्तो ब्यबस्था गर्न लागेको कुँवरको दाबी छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन गुल्मीको अध्यक्षमा राजु गौतम

0

असोज ९,२०७९ गुल्मीःएकीकृत अखिल नेपाल शिक्षक संगठन गुल्मीको अध्यक्षमा राजु गौतम चयन भएका छन् ।

संगठनको आठौं जिल्ला सम्मेलनले गौतमलाई दोस्रो कार्यकालका लागि पुनः चयन गरेको हो ।

जसको उपाध्यक्षमा मदन गिरी, सचिवमा बिष्णु कंडेल, कोषध्यक्षमा बिकास पौडेल सहित २१ जनाको समिति गठन गरेको संगठनले जनाएको छ ।

आठौं जिल्ला सम्मेलनलाई माओबादी केन्द्रका जिल्ला ,प्रदेश तथा केन्द्रिय नेताहरुले सम्बोधन गरेका थिए ।

 

दुर्घटनामा तीनजनाको मृत्यु

0

असोज ९,२०७९ : काठमाडौं, दाङ र कैलालीमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। काठमाण्डौको बसुन्धारामा ट्याक्सी र स्कुटर आपसमा ठोक्किँदा स्कुटर चालक को मृत्यु भएको छ।

मृत्यु हुनेमा गोरखाको बारपाक सुलिकोट ३ घर भइ प्रहरी बृत्त महाराजगञ्ज दरबन्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन्। बा २ ज ११९२ नम्बरको ट्याक्सी र बा ९१ प ५४०३ नम्बरको स्कुटर गएराति पौने २ बजे आपसमा ठोकिएका हुन्।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका ६ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्री दाङकै दंगिशरण गाउँपालिका ४ वैवाङका ५९ वर्षीय शालिकराम वलीको मृत्यु भएको छ। तुलसीपुरबाट गुम्राह चोकतर्फ जाँदै गरेको रा १ प ८६२३ नम्बरको मोटरसाइकलले हिजो बेलुकी ७ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

त्यस्तै कैलालीको टिकापुर नगरपालिका २ कोठारपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री स्थानीय ७० वर्षीय भोकारी थारुको मृत्यु भएको छ। गएराति से ६ प ३१८१ नम्बरको मोटरसाइकलले थारु सवार साइकललाई ठक्कर दिएको थियो।

जनप्रतिनिधि र कर्मचारीलाई कानुनी ज्ञान दिँदै चन्द्रकोट

0

असोज ९ ,२०७९ गुल्मीः चन्द्रकोट गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुलाई कानूनी ब्यबस्थाबारे जानकारी गराउन कानूनी शिक्षा प्रदान गरेको छ ।

नवनिर्वाचित जनप्रतिनिधिहरु र कर्मचारीहरुमा काममा एकरुपता ल्याउन र आफूहरुको अधिकार र जिम्मेवारीका बारेमा पनि स्पस्ट हुनका लागि कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष युवराज केशीले जानकारी दिए ।

भर्खरै मात्र निर्वाचित भएका जनप्रतिनिधिहरुलाई आफनो अधिकार र कर्तब्य अन्र्तगत कानूनी ब्यबस्थाका बारेमा जानकारी गराउँदा कार्य सम्पादन , सभा संचालनमा स्पस्टता हुने केशीको दाबी छ ।
कर्मचारी र जनप्रतिनिधिहरुलाई काम कर्तब्य संगै अधिकारको बारेमा स्पस्ट भएपछि मात्रै सही तरिकाले सार्वजनिक सेवा प्रवाह,जनताप्रति उत्तरदायी र जवाफदेहीता हुने भन्दै कार्यक्रम फलदायी भएको केशीले बताए ।

स्थानीय सरकारलाई न्यायीक अधिकार पनि भएकाले न्यायीक समितिका पदाधिकारीहरुले कसरी भरपर्दो रुपमा न्याय सम्पादन गर्ने भन्ने बारेमा अभिमुखीकरण गराइएको हो ।

पछिल्लो समयमा स्थानीय तहहरुमा वेरुजुको चाङ लागिरहेको समयमा वेरुजुलाई कसरी कम गर्ने भन्ने बारेमा पनि कर्मचारी र जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको हो ।

जनप्रतिनिधिहरुको क्षमता बिकास कार्यक्रम मार्फत उक्त कार्यक्रम गरिएको भन्दै यस्तै कार्यक्रमहरुलाई आवश्यकताको आधारमा निरन्तरता दिँदै जाने केशीेले जानकारी दिए ।
उक्त कार्यक्रम आफूहरुका निकै नै फलदायी भएको वाड नम्वर एकका वडा अध्यक्ष एवम प्रवक्ता घनश्याम खरेलले जानकारी दिए ।

जननिर्वाचित जनप्रनिधिहरुलाई आफूहरुको अधिकार र कर्तब्य बारेमा पनि अस्पस्टता हुने र कानूनी ज्ञान पनि कम हुँदा कार्यसम्पादनमा समस्या आउने भएकाले यो कार्यक्रम निकै नै महत्वपूर्ण भएको उनको दाबी छ ।
कर्मचारी , जनप्रतिनिधिहरु बीचको तालमेल र आफूहरुको काम कर्तब्य संगै अधिकारका बारेमा जानकारी नुहँदा धेरै स्थानहरुमा कार्यसम्पादनमा समस्या आउने गरेको भन्दै यो कार्यक्रमले उक्त समस्याको पनि हल गर्ने गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिए ।

जनप्रतिनिधिहरुले नीति, नियम , कानूनहरु निर्माण गर्ने र कर्मचारीहरुले त्यसको कार्यन्वयन गर्ने भएकाले जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध नङ र मासुको जस्तै हुने ज्ञवालीको तर्क छ ।
उक्त कार्यक्रमको सजिकरण नेपाल सरकारका पूर्व मुख्य सचिब लीलामणी पौडेल र गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले गरेका थिए ।

 

उम्मेदवारले ४१ लाखसम्म खर्च गर्ने पाउने

0

असोज ९,२०७८काठमाडौं : निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरेको छ।

छलफलका लागि आयोगले आज दलहरुसँग छलफल गर्दैछ। छलफलका लागि प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई आयोगले आज विहान ११ बजे छलफलका लागि बोलाएको छ। आजको छलफलमा निर्वाचन आचारसंहिता लागू गर्ने विषयमा पनि छलफल हुनेछ। आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार आज आचारसंहितामा दलहरुको प्रतिवद्धता लिइनेछ।

यस्तै आयोगले उम्मेदवारले गर्ने खर्च वैज्ञानिक बनाउन आवश्यक सूत्र तयार गरी खर्च सीमा तय गर्न लागेको हो। राजनीतिक दलसँगको छलफल तथा सुझावका आधारमा खर्च सीमा पुनरवलोकन गर्ने आयोगले जनाएको छ।

आयोगले तयार गरेको सीमा अनुसार प्रतिनिधि सभाअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको न्यूनतम २४ लाख तथा अधिकतम ४१ लाख खर्च कायम हुनेछ।

४१ लाख बनाउने भने पनि पनि अधिकतम खर्च ३३ लाख कायम गर्नेगरी सीमा तय गर्ने तयारी गरिएको छ। तर आयोगले साबिकमा रहेको खर्चलाई न्यूनतम सीमा राख्नेगरी खर्च निर्धारण गर्ने तयारी गरेको हो।

आमनिर्वाचन २०७४ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारले २५ लाख खर्च गर्न पाउने सीमा तोकिएको थियो।

अधिकतम ४१ लाख खर्च गर्न पाउने मनासिव देखिए पनि अधिकतम सीमा ३३ लाख मात्रै कायम गर्नेगरी तयारी गरिएको छ। आयोगले खर्च सीमा तोक्न तीनवटा मापदण्ड बनाएको छ।

आयोग स्रोतका अनुसार खर्च सीमा तय गर्न निर्वाचन क्षेत्रमा रहेका मतदाताको कुल सङ्ख्याका लागि ५५ प्रतिशत भार निर्धारण गरिएको छ। निर्वाचन क्षेत्रको क्षेत्रफलअन्तर्गत २५ प्रतिशत र मतदान केन्द्रका लागि २० प्रतिशत भार दिइनेगरी सूत्र तयार गरिएको हो।

कुल १६५ वटा निर्वाचन क्षेत्रलाई पाँच समूहमा विभाजन गरी खर्च तोक्ने तयारी छ। आयोगको तयारीबमोजिमको खर्च स्वीकृत भए अधिकतम ३३ लाख खर्च गर्न पाउने अधिकांश हिमाली तथा पहाडका निर्वाचन क्षेत्र हुनेछन्।

पूर्वी पहाड र तराई–मधेशका निर्वाचन क्षेत्र भने २९ लाख र ३१ लाख खर्च गर्न पाउने सीमाभित्र पर्नेछन्। यस्तै २५ लाख र २७ लाख खर्च गर्न पाउने अधिकांश निर्वाचन क्षेत्र काठमाडौँ उपत्यकाभित्रका छन्।

आयोगले तय गरेको आधारबमोजिम प्रदेश सभा सदस्यतर्फ एक जना प्रदेश सभा सदस्यतर्फ न्यूनतम १४ लाख र अधिकतम ३८ लाख खर्च सीमा हुन आउँछ।

प्रदेश सभा सदस्य निर्वाचन–२०७४ मा भने उम्मेदवारको खर्च सीमा १५ लाख थियो। तर आगामी निर्वाचनका लागि न्यूनतम १५ लाख र अधिकतम २३ लाख खर्च पाउनेगरी सीमा निर्धारणको तयारी छ।

प्रदेश सभामा सातवटै प्रदेशमा ३३० वटा निर्वाचन क्षेत्र छन्। १५ लाखसम्म खर्च गर्न पाउने निर्वाचन क्षेत्रको सङ्ख्या ५५ रहेका छन्। १७ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्र १५२ वटा छन्। यसैगरी ६४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा १९ लाख, ३१ वटामा २१ लाख र २८ वटा निर्वाचन क्षेत्रमा २३ लाख खर्च गर्न पाउने सीमा राख्ने तयारी गरिएको छ। थाहाबाट

अब बाबुरामजी र म मिलेर समाजवादमा पुर्याउँछौं : प्रचण्ड

0
फाइल फोटो

असोज ८,०७९ काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी विभाजीत हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता भएको बताउनुभएको छ ।

काठमाडौंमा आज आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले बाबुराम र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको बताउँदै अब समाजवादको लागि पनि आफूहरु मिल्नै पर्ने निश्कर्षमा पुगेको बताउनुभयो । उहाँ भन्नुभयो– त्यो जनयुद्धमा डा। बाबुराम भट्टराई र आफूले फेरी मिलेर लड्नेछौं ।

‘बाबुरामजी मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौं । सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल गर्‍यो,’ उहाँले भन्नुभयो ,‘अहिले फेरी समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता छ भन्ने निष्कर्षमा पुगेका छौं ।’

माओवादी विभाजनको तितो प्रयोग नेपाली समाजमा भएको र त्यसले परिणाम सही ल्याउन नसकेको निश्कर्षमा बाबुराम र आफू पुगेको दोहोर्याउँदै प्रचण्डले भन्नुभयो,

‘यी प्रयोग गर्दा हाम्रो उद्देश्य जति सुकै राम्रो र ठुलो भए पनि सफल हुन सकेन । घटनाक्रमले के साबित गर्‍यो भने हामी अलग–अलग प्रयोग गर्न हिँड्दा माओवादी जनयुद्ध, त्यसको ऐतिहासिक भूमिका, त्यसले स्थापित गरेका मूल्य मान्यताहरू, त्यसले ल्याएका परिवर्तनहरू धरापमा पर्ने खतरा देखाप९यो । प्रतिक्रियावादी, बर्जुवाहरुले माओवादी आन्दोलनका नेता–कार्यकर्ताहरूलाई अपमानित गर्ने र यसका उपलब्धिहरू उल्ट्याउन अनेक खालाका कसरतहरू गर्ने बीचमा देखा परे ।’

प्रचण्डले यी घटनाहरूको समीक्षा गर्न आवश्यक देखिएको बताउँदै यसको समीक्षा नगर्ने हो भने युगान्तकारी आन्दोलनका उपलब्धिहरू नै उल्टिने र देश फेरि अराजकतातिर जाने खतरा सबैले महसुस गरेको पनि स्पष्ट पार्नुभयो । ‘यो परिवर्तन ल्याउन जसले विचार र राजनीतिक दृष्टिकोणको नेतृत्व गर्‍यो उनीहरू अलग–अलग हुँदा प्रतिक्रान्ति र प्रतिगमनले टाउको उठाउने प्रत्यक्ष महसुस गर्‍यौँ,’ प्रचण्डले अगाडि भन्नुभयो, ‘प्रचण्ड–बाबुराम दुईवटा नाम भएर मात्र परिवर्तन आएको होइन । नेपाली जनताले ठुलो बलिदान र त्यागबाट पैदा गरेका नाम हुन् यी । इतिहासले पैदा गरेको नेतृत्व अलग हुँदा आन्दोलन नै धक्का खाँदो रहेछ भन्ने तितो मार्मिक यथार्थ भोगिरहेका छौँ ।’

‘बाबुराम–प्रचण्ड मिल्दा १ प्लस १ दुई मात्र हुने होइन, यसको महत्त्व ठुलो हुन्छ,’ उनले थपे, ‘हामी एक अर्काका पूरक हौँ । हामी परिवर्तनका वाहक हौँ । अब हामीहरू समाजवादको नयाँ मोडल दिन्छौँ ।’ संविधानको घोषणापछि आफू र बाबुराम भट्टराईले एमालेसँग एकता र नयाँ शक्तिको स्थापना गर्ने दुस्हासिक प्रयोग गरेको बताउँदै तीन दुवै प्रयोग असफल भएको स्वीकार गर्नुभयो ।

प्रचण्डले बाबुराम र आफू केही समहनादेखि निरन्तर छलफलमा रहेको र छलफलको निश्कर्ष फुट होइन एकता नै भएका र एकता संघर्ष रुपमान्तरण र मुख्यतः रुपान्तरण नै भएको निकालिएको बताउँदै भन्नुभयो,

‘केही महिनादेखि बाबुरामजी र म निरन्तर छलफलमा थियौँ । नेपालमा फेरि युगलाई सन्देश दिने गरी समाजवादको नयाँ क्रान्तिको आधारशिला खडा गर्न सक्छौँ कि सक्दैनौँ भनेर हामीले छलफल गर्यौं । त्यतिबेला जनयुद्धको तयारीका दिन स्मरण गर्‍यौँ र समाजवादका लागि नयाँ जनयुद्ध गर्ने सङ्कल्प गरेपछि एक ठाउँमा केन्द्रित हुने निर्णय गर्‍यौँ ।’

प्रचण्डले आफूहरुको एकता चुनावको लागि मात्रै नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘यो निर्णय चुनावका लागि मात्र गरिएको निर्णय होइन, त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौं ।’

ओली विरुद्ध जनकपुरमा कालो झण्डा

0

असोज ८,२०७९ जनकपुर :नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरमा युवाहरुले कालो झण्डा देखाउँदै विरोध गरेका छन् । केपी ओली मधेशविरोधी नेता भएको भन्दै ओली चोर मधेश छोड्को नारा लगाउँदै ओलीविरुद्ध कालो झण्डा देखाइएको हो ।

जनकपुर विमानस्थलबाट जनकपुर जयनगर रेल चढ्न जाने क्रममा उनलाई जसपा र एकीकृत समाजवादीका कार्यकर्ताले कालो झण्डा देखाउँदै नाराबाजी गरेका थिए । उनीहरुले ओलीले मधेशविरोधी गतिविधि गरेको र राष्ट्रपतिलाई ओलीले नै नागरिकता विधेयक पारित गर्न नदिएर देशमा द्वन्द निम्त्याउन खोजेको आरोप लगाएका छन् ।

धनुषाको विदेह नगरपालिकास्थित तीनकौरियामा पार्टी प्रवेश कार्यक्रममा जान ओली रेल चढेर महिनाथपुर स्टेशनसम्म रेल चढेर पुगेका छन् ।

यसअघि भदौ २७ गते जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा आउँदा नागरिकता विहीन युवाहरुको समूहले कालो झण्डा देखाएका थिए ।

जनकपुर विमानस्थलबाट ओली गाडीमा अगाडि बढ्न खोजेपछि नजिकै सडकमा कालो झण्डा लिएका युवाहरुले नाराबाजी गरेका थिए । सो क्रममा युवाहरु र प्रहरीबीच सामान्य झडप समेत भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुमा नेकपा एमालेको मुख्य भूमिका रहेको भन्दै मधेशका विभिन्न जिल्लामा विरोध भइरहेको छ ।

गुल्मीका सबै सिट गठबन्धनले जित्ने माओबादी नेता जिसिको उद्घोष

0

असोज ८,२०७९ गुल्मी:नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसिले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा गुल्मीका सबै सिट गठबन्धनले जित्ने दावी गरेका छ्न ।

शनिबार सो पार्टी निकट एकीकृत नेपाल शिक्षक संगठनको ८ औ जिल्ला सम्मेलनलाइ सम्बोधन गर्दै नेता जिसिले त्यस्तो उद्घोष गरेका हुन ।

उनले गठबन्धन दल बिच गुल्मीमा कहाँ कसले उम्मेद्बारी दिने भन्ने बारे टुंगो लागि सकेको , औपचारिक निर्णय मात्र गर्न बाकी रहेको बताउदै जिल्लाका दुई वटै संघ र चार वटै प्रदेशमा गठबन्धन ले जित हासिल गर्ने दावी गरेका हुन ।

उनले गुल्मीको हकमा माओबादीलाई स्थानीय तहको निर्वाचन परिणाम पहिलो पार्टिका रुपमा स्थापित गरेको जिकिर गर्दै काङ्ग्रेसले पाँच वटा पालिका , माओबादी केन्द्रले ४ वटा र एमालेले तीन वटा पालिकाको नेतृत्वमा जित हासिल गरेको भन्ने उदाहरण पेश गरे ।

सिक्षकहरुको हकहित र शैक्षिक बिकासमा माओबादी पार्टिले मात्रै नेतृत्व दायी भुमिका खेलेको उनको कथन थियो ।