ओली विरुद्ध जनकपुरमा कालो झण्डा

0
162

असोज ८,२०७९ जनकपुर :नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरमा युवाहरुले कालो झण्डा देखाउँदै विरोध गरेका छन् । केपी ओली मधेशविरोधी नेता भएको भन्दै ओली चोर मधेश छोड्को नारा लगाउँदै ओलीविरुद्ध कालो झण्डा देखाइएको हो ।

जनकपुर विमानस्थलबाट जनकपुर जयनगर रेल चढ्न जाने क्रममा उनलाई जसपा र एकीकृत समाजवादीका कार्यकर्ताले कालो झण्डा देखाउँदै नाराबाजी गरेका थिए । उनीहरुले ओलीले मधेशविरोधी गतिविधि गरेको र राष्ट्रपतिलाई ओलीले नै नागरिकता विधेयक पारित गर्न नदिएर देशमा द्वन्द निम्त्याउन खोजेको आरोप लगाएका छन् ।

धनुषाको विदेह नगरपालिकास्थित तीनकौरियामा पार्टी प्रवेश कार्यक्रममा जान ओली रेल चढेर महिनाथपुर स्टेशनसम्म रेल चढेर पुगेका छन् ।

यसअघि भदौ २७ गते जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा आउँदा नागरिकता विहीन युवाहरुको समूहले कालो झण्डा देखाएका थिए ।

जनकपुर विमानस्थलबाट ओली गाडीमा अगाडि बढ्न खोजेपछि नजिकै सडकमा कालो झण्डा लिएका युवाहरुले नाराबाजी गरेका थिए । सो क्रममा युवाहरु र प्रहरीबीच सामान्य झडप समेत भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुमा नेकपा एमालेको मुख्य भूमिका रहेको भन्दै मधेशका विभिन्न जिल्लामा विरोध भइरहेको छ ।

SHARE