Friday, June 5, 2026

दशैँ वर्षामय हुने

0
फाइल फोटो

असोज १८,२०७९काठमाडौं : यस वर्षको दशैँ वर्षामय हुने भन्दै शतर्क रहन विज्ञहरूले सुझाएका छन्। हाल मनसुनको न्युन चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अवस्थित रहेकाले देशभर नै वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको हो।

सोमवार ९महाष्टमी० का दिन पनि देशभरका विभिन्न स्थानमा अविरल वर्षा भएको र मंगलवार ९आज० पनि देशभर मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएकाले वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेस प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको अनुमान गरिएको छ।

काठमाडौं उपत्यकामा पनि अहिले मौसम धुम्मिएको छ। यस वर्षको दशैँ वर्षामय हुने भएकाले विज्ञहरूले टिका लगाउन जाँदा खहरे खोलानालहरूमा सावधानी अपनाउन आग्रह गरेका छन्।

हाल प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै आज राति देशभर सामान्य बदली रहनेछ।

प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेस प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पछिल्लो २४ घण्टामा प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेस प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावनाले उक्त क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्रान वहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन समेत सामान्य प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

दशैँको टीकाको दिन देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी
प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि
धेरै भारी वर्षा तथा प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

टीकाको राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। टीकाको भोलिपल्ट अर्थात् बिहीवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम
वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। बिहीवार राति सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

मन्दिर गएको जिप दुर्घटना, चारजना घाइते

0

असोज १८,२०७९ पाल्पाः पाल्पाको रैनादेवी छहरा –३, भुवनपोखरीमा लु १ ज २५८३ नम्बरको जिप दुर्घटना भएको छ ।

 

दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको रैनादेवीछहरा–३ का वडाअध्यक्ष प्रदीप पौडेलले जानकारी दिए ।

घाइतेहरूको स्थानीय बासिन्दा र प्रहरी मि

लेर उद्धार गरेका छन् । घाइतेलाई उपचारका लागि तानसेनतर्फ पठाइएको अध्यक्ष पौडेलले बताए ।

पञ्चबलीको सामग्रीसहित भुवनपोखरीको गोखुङ्गा मन्दिरमा गएको जिप उकालोमा दुर्घटना भएको बताइएको प्रहरीले जनाएको छ ।

मङ्गरबार बिहान ११ः५० बजे जिप दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

आज महानवमी, सिद्धिदात्रीको पूजा आराधना

0

असोज १८,२०७९काठमाडौं : आश्विन शुक्ल नवमी। मंगलबार महानवमी पर्व मनाइँदैछ।

महानवमीमा भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजाआराधना गरिन्छ। यिनको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन्।

चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी सिद्धिदात्रीको स्वरूप छ। यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ।

अघिल्लो रात गरिएको कालरात्रिको पूर्णताका लागि महानवमीमा हवन गर्ने विधान छ। यो दिन खिर, तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ।

नवमीमा पनि शक्तिपीठ तथा दशैँघरमा पशुबलि दिने परम्परा छ। पशुबलि नदिने वा शाकाहारीले भने कुभिण्डो, घिरौँला र नरिवल चढाउँछन्।

लौकिक रूपमा यो दिन बाहन अर्थात् आफू चढ्ने सवारीसाधनको पनि पूजा गर्ने चलन छ।

शक्तिपीठको दर्शन गर्ने क्रम नवमीका दिन पनि रहन्छ। यो दिन तलेजुको मन्दिर सर्वसाधारणका लागि खुल्छ।

नवरात्रमा दुर्गाका नौ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ। देवीका तीन रूपमध्ये महाकालीलाई शक्ति, महालक्ष्मीलाई श्री र महासरस्वतीलाई विद्याकी देवी मानिएको छ।

नौ दिनसम्मको नवरात्र अनुष्ठान यो तिथि ९महानवमी० मा सम्पन्न गरिन्छ। नवदुर्गाको प्रसाद भने दशमीका दिन बिहान लगाइन्छ।

आश्विन शुक्ल प्रतिपदाका दिन स्थापना गरेको घडाको जल अभिषेक गरी देवीको प्रसाद फूल अक्षता तथा जमरा मान्यजनबाट ग्रहण गर्ने परम्परा छ।

कक्षा पाँचमा , शिक्षक पाँच ,विद्यार्थी तीन

0

असोज १७,२०७९सल्यान ; पाँच कक्षासम्म सञ्चालित विद्यालयमा शिक्षक पाँच छन्। तर तिनले पढाउनुपर्ने विद्यार्थी भने जम्मा तीन जना। धेरैलाई पत्यार नलाग्ला तर सल्यानको शारदा नगरपालिकामा रहेको एक विद्यालयको वास्तविकता यही रहेको छ।

शारदा नगरपालिका(३ मा रहेको खड्कदेवी प्राथमिक विद्यालयमा पाँच शिक्षक र एक कार्यालय सहयोगी गरी ६ जना छन्। तर विद्यार्थी जम्मा तीन जना।

कक्षा पाँचसम्म सञ्चालित विद्यालयमा यस शैक्षिक सत्रमा जम्मा १७ विद्यार्थी भर्ना भएका थिए तर नियमित भने जम्मा ३ जना रहेका छन्। बाल विकासमा ३, कक्षा १ मा ३, कक्षा २ मा ३,, कक्षा ४ मा ५ र कक्षा ५ मा १ जना विद्यार्थी भर्ना भएका थिए। तर बाल विकासमा एक जना र कक्षा १ मा दुई जना गरेर तीनजना विद्यार्थी मात्र नियमित विद्यालयमा आउने गरेका छन्।

विद्यालयका प्रधानाध्यापक मिर्जुकुमारी महर्जनले विद्यालयमा धेरै विद्यार्थी भर्ना भए पनि अध्ययन गर्न तीनजना मात्रै आउने गरेको बताइन्।

उनले भनिन्, ‘शुरु–शुरुमा विद्यार्थी नियमित जस्तै आउँथे तर अहिले सबैले छोडे, तीनजना विद्यार्थी मात्रै विद्यालयमा आउँछन्।’

प्रअ महर्जनले विद्यालयमा भर्ना भएका विद्यार्थी निजी विद्यालय तथा अरु सरकारी विद्यालयमा जाँदा विद्यार्थी संख्या कम भएको बताइन्। पाँचजना शिक्षकले तीनजना विद्यार्थीलाई वर्षभर पढाउनुहुन्छ त रु  भन्ने प्रश्नमा प्रधानाध्यापक महर्जनले भनिन्, यो वर्ष त तीनजना मात्रै पढाउने त होला, अब अर्को वर्ष विद्यार्थी थप गर्न सकिन्छ कि।’

‘निजी विद्यालय धेरै भए, सरकारी विद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन गर्न थाले तर हामीकहाँ त्यो हुन सकेन’, महर्जनले भनिन्, ‘हामी पाँचै जना शिक्षिका छौं, हाम्रो विश्वास नगरेर पो हो कि, यहाँ विद्यार्थी पठाउन कसैले मान्दैनन्।’ वि।सं। २०७२ सालमा विपी स्मृति प्रा।वि सिरुवार र द्वारिका प्रा।वि बडाखोला यस विद्यालयमा मर्ज भएका थिए। तर पनि यस विद्यालयमा विद्यार्थी नहुँदा बन्द हुने अवस्थामा पुगेको छ। थाहाबाट

गुल्मीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

0

असोज १७,२०७९ गुल्मीः आगामी मङसिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वानको लागि गुल्मीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

जिल्ला अदालत गुल्मीमा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधीस बशन्तराज पौडेलले एक कार्याक्रमका बीच मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गर्नुएको हो ।

दुईवटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले क्षेत्र नम्वर एकको निर्वाचनको कार्य हेर्ने छ भने क्षेत्र नम्वर दुईका लागि शिक्षा बिकास समन्वय इकाई गुल्मीमा शिबबहादुर थापा निर्वाचन अधिकृत रहने गरी कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो ।

जिल्लामा दुई लाख २३ हजार ६१५ मतदाता रहेका छन् भने १४२ मतदान स्थल र २७८ मतदान केन्द्र रहेको पाण्डेले जानकारी दिनुभयो ।

कार्यालय स्थापना भएसंगै निर्वाचनका गतिविधिहरु सुरुभएको छ । २३ गते मनोनयन दर्ता संगै २४ गते दाबी बिरोध, २५ गते उम्मेदवारको नामावली प्रकाशन , २६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदरको अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिन्ह प्रदान गर्ने लगायतका कार्यहरु अगाडि बढ्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि जिल्लाको सुरक्षा ब्यबस्था चुस्त दुरुस्त बनाइएको जानकारी दिनुभयो ।

जिल्लाको सुरक्षा ब्यबस्थाको उचित प्रवन्ध गरिएकाले ढुक्क भएर मतदानमा आफनो मताधिकार प्रयोग गर्न उहाँले गुल्मेली मतदातालाई आग्रह गर्नुभयो ।

परिवर्तनको पक्षमा गठबन्धनः मन्त्री चौधरी

0

दिवाकर पोख्रेल
देउखुरी, असोज १७ गते । सहरी विकास मन्त्री मेटमणी चौधरीले गठबन्धन परिवर्तनको पक्षमा रहेको बताउनु भएको छ ।

 

नेकपा (एकिकृत समाजवादी ) दाङ क्षेत्र नं १ ले आयोजना गरेको बिजया दशमी तथा दिपावलीको अवसरमा आयोजना गरेको शुभ कामना आदापर्दान कार्यक्रममा मन्त्री चौधरीले मुलुकमा राजनीतिक परिवर्तनको लागि पटक पटक गठबन्धन गरेको स्मरण गराउँदै गठबन्धनबाटै निरङकुसता हटाउन सफल भएको दावी गर्नुभयो ।

 

उहाँले भन्नुभयो,‘नेपालमा काँङ्ग्रेस र कम्युनिष्ट पार्टी विच पटक पटक गठबन्धन भएको छ, प्रथम र दोस्रो जनआन्दोलन पनि गठबन्धनबाटै सफल भएको हो ।’ मुलुकमा देखा परेको अस्थिरताबाट पाठ सिकेर मतदातालाई आफ्नो मतमा स्वविवेक प्रयोग गर्दै परिवर्तन पक्षधरलाई जिताउन उहाँको आग्रह थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले आगामी निर्वाचनको चुनौती भनेकै संविधान विरोधी भएकोले संविधान जोगाउन सबै जाग्नुपर्ने बताउनुभयो । संविधानकै लागि ठूलो बलिदान गरेका कारण संविधान नै मास्न खोज्नेहरुबाट सावधान रहन उहाँको आग्रह थियो ।

कार्यक्रममा नेकपा (एकिकृत समाजवादी ) का केन्द्रिय सचिव भागवत विश्वासीले टुटाउन र संविधान विपरितका गतिविधि गर्न केहि शक्तीहरु लागि परेको बताउनुभयो ।

सामाजिक सद्भावको सन्देश दिँदै नरैनापुरका अध्यक्ष शाहद्धारा दशैँको शुभकामना व्यक्त

0

असोज १७,२०७९ बाँके :बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले दसैँ, मोहम्मद डे, तिहार, नेपाल सम्वत् र छठ लगायतका चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

नरैनापुरको ६ वटै वडामा राखिएको दुर्गा भवानीका मूर्तिहरुको आईतबार राती अवलोकन गरी नरैनापुरको वडा नं. ३ मा आयोजित विशाल पूजाअर्चना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नरैनापुरबासी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नु भएको थियो ।

नरैनापुरका अध्यक्ष शाहले,बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर पालिका नरैनापुरमा विभिन्न पर्वका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्य छन्, यी पहिचानहरुलाई स्थापीत गराई राख्न समुदायमा धार्मिक सह अस्तित्व, सदभाव र भाईचाराको सम्बन्ध कायम राख्दै संस्कृतिको संरक्षणका लागी नयाँ पुस्ताले विशेष भुमिका खेल्नु पर्ने बताउनुभयो ।

विजयादशमीले नरैनापुरमा बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीका लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् आपसी भ्रातृत्व कायम गर्न समेत सफल रहोस् भनि अध्यक्ष शाहले कामना गर्नु भएको थियो ।


अध्यक्ष शाह संगै नरैनापुर २ का वडा अध्यक्ष मसूद अहमद शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा लगायतको टोली वडाको बिभिन्न टोलमा स्थापना गरिएको मूर्तिको अवलोकन गर्नु भएको थियो ।

मूर्तिको अवलोकन गर्न पुग्नु भएका नरैनापुर गाँउपालिका अध्यक्ष शाहलाई स्थानीयहरुले भव्य स्वागत गर्दै सम्मान समेत गरेका थिए । नरैनापुर २ का अध्यक्ष मसूद अहमद शाहले दशँैको शुभ कामना दिदै उहाँले नेपालको संविधानमार्फत प्राप्त राजनीतिक, संवैधानिक एवम् सामाजिक उपलब्धिको जगेर्ना गर्दै समुन्नत नरैनापुर निर्माणको अभियानमा अघि बढ्न सबैलाई सकारात्मक सोच राखी सतविचार र सतव्यवहारमा अग्रसर हुन पनि आग्रह गर्नु भएको थियो ।

वडा नंं ३ का अध्यक्ष अजय मिश्राले नरैनापुर धार्मिक रुपमा निकै सम्बेदनशील ठाँउको रुपमा परिचित रहे पनि पछिल्लो समयमा सदभावको नमूना बनेको बताउदै उहाँले नरैनापुरमा बसोबास गर्ने सबै धर्मका आस्थावानहरु मिलेर एक आपसमा पर्व मनाउने गरेको बताउनु भयो । अध्यक्ष मिश्राले दशैँ पर्ब शान्त,सभ्य तथा मर्यादित ढंगले मनाउन अनुरोध गर्दै दशैँको शुभ कामना दिनु भएको थियो ।

बस दुर्घटनामा एकजनाको मृत्यु, ३७ घाइते

0

असोज १७,२०७९हेटौंडा : हेटौंडामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बसमा सवार अन्य ३७ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ चुरियामाई मन्दिर नजिक आइतबार राति रात्रि बस दुर्घटना हुदा बसमा सवार एक यात्रुको मृत्यु भएको हो।

काठमाडौंबाट दमक तर्फ जाँदै गरेको ना ७ ख २०३२ नम्बरको रात्रि बस आफै अनियन्त्रित भई नालीमा खस्दा बसमा सवार झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० बर्षीय दिल्ली बहादुर दर्जीको मृत्यु भएको हेटौंडा प्रहरीले जनाएको छ। उनको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

त्यसैगरी बसमा सवार अन्य ३७ जना घाइते रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए। उनीहरूको मध्य केहीको हेटौंडामा ,चितवन र काठमाडौंमा उपचार भइरहेको उनले बताए। घाइते अधिकांश प्रदेश नम्बर १ का रहेको जनाइएको छ।

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना

0

असोज १७,२०७९ काठमाडौं : बडादशैँको आठौ दिन अर्थात् महाष्टमी पर्व। आज दुर्गा भगवतीकी आठौँ स्वरूप महागौरी देवीको पूजा–आराधना गरिँदैछ।

महागौरी शिवकी शक्ति हुन्। यिनी गोरो वर्णकी र शान्त स्वरूपकी छिन्। महागौरीलाई शाम्भवी पनि भनिन्छ।

साँढेमा बसेकी यिनले एक हातमा त्रिशूल र अर्को हातमा डमरु लिएकी छिन्। एक हातले अभय र अर्को हातले शान्त मुद्रा प्रदर्शन गरेकी छिन्।

आज कालरात्रि गरिँदै

देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष मानिएको छ। मध्यरातमा दशैँघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ। आफ्ना परम्परामा ग्राह्य मानिएका पशुहरूको बलिसहित विशेष पूजा आराधना गरिन्छ।

महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ। भैरवहरूको विशेष पूजा पनि यही दिन हुन्छ। तान्त्रिक विधानअनुसार शस्त्रअस्त्रको पूजा गर्ने चलन पनि छ। नवरात्रका अरु दिन नसक्नेले यो दिन दुर्गा सप्तशती ९चण्डी० पूरै पाठ गर्छन्।

अष्टमी र नवमीमा शक्तिपीठमा घुइँचो बढ्छ। काठमाडौंस्थित गुह्येश्वरी, संकटा, शोभाभगवती, मैतीदेवी, नक्साल भगवती, गोरखाको मनकामना, सिन्धुपाल्चोकको पाल्चोकभगवती, काभ्रेको पलाञ्चोक भगवती र बाँकेको बागेश्वरीलगायत शक्तिपीठमा श्रद्धालुको घुइँचो हुन्छ।

यस्तै बागलुङ कालिका, दोलखामा कालिञ्चोक भगवती, डडेलधुरामा उग्रतारा, सप्तरीमा छिन्नमस्ता, नवलपरासीमा मौलाकालिका, पाल्पामा तानसेन भगवती, पर्सामा गहवामाई, सर्खेतमा देउतीबज्यै, ताप्लेजुङमा पाथीभरा, सुनसरीमा दन्तकाली र बारामा गढीमाई नवरात्रका गन्तव्य शक्तिपीठ हुन्। थाहबाट

डुबेर नेपालीको मृत्यु

0

असोज १६,२०७९ अर्घाखाँचीःअर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा वाड नम्बर – ३ ठाडामा रहेको डमरु दहमा डुबेर एक व्यक्तिको आइतबार मृत्यु भएको छ ।

शितगंगा –३ दह निवासी ३७ वर्षीय खिमबहादुर नेपालीको डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली र स्थानीयले शव निकालेको प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिए।

नेपालीका एक आमा, एक श्रीमती र दुई छोरी रहेका छन् ।