Friday, June 5, 2026

नागरिकतामा धेरै राजनीति नगर्न गृहमन्त्रीलाई ओलीको चेतावनी

0
फाइल फोटो

असोज २६,०७९काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गरेका छन्।

गैर आवासीय नेपाली संघ २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुनु लोकतन्त्रविरोधी भएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि भएपनि गृहमन्त्रीको राजीनामा माग्नुपर्ने बताएका हुन्।

उनले गैर आवासीय नेपाली संघमा गएर राजनीति गरी राष्ट्रपतिमाथि अनैतिक आरोप लगाउनु गलत भएको बताए। अध्यक्ष ओलीले मञ्चको दुरुपयोग गरी गृहमन्त्रीले राष्ट्रपतिको सम्बन्धमा अनर्गल आरोप लगाएको बताए।

राष्ट्रपति संस्था प्रतिवाद गर्ने संस्था नरहेको उल्लेख गर्दै ओलीले प्रतिवाद नगर्ने संस्थाको सन्दर्भमा सार्वजनिक टिप्पणी गर्नु गम्भीर गल्ती भएको बताए।

​अध्यक्ष ओलीले नागरिकताको बारेमा धेरै राजनीति नगर्न सुझाव दिए। उनले नागरिकता सम्बन्धी विषयमा डिबेट गर्न आफूसँग आउन सत्ता गठबन्धनलाई चुनौती दिए।

अध्यक्ष ओलीले एनआरएनए जस्तो संस्थामा गएर राष्ट्रपतिमाथि प्रहार गर्नु असभ्यताको पराकाष्ठा भएको जिकिर गरे।

अध्यक्ष ओलीले भोट बढाउनका लागि देशलाई दूरगामी अहित हुने काम गर्न नमिल्ने दाबी गरे। उनले नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराइने प्रतिवद्धता जनाए।

उनले गठबन्धन सरकारमा राज्यका विभिन्न अंगहरूले गल्ती गरेको दाबी गरे। थाहाबाट

एकै परिवारका तीन जनाको शव नदी किनारमा फेला

0

असोज २६,२०७९ बारा : बारामा एकै परिवारका तीन जनाको शव नदी किनारमा फेला परेको छ।

प्रसौनी गाउँपालिका(५ प्रस्टोका गाउँ नजिकैको ढोरा खोला किनारमा स्थानीय दिपेन्द्र चौधरीकी श्रीमती २५ वर्षीया सुजता, उनकी ३ वर्षीया छोरी ताहिरा र अन्दाजी १६ महिनाको छोरा राजवीरको शव फेला परेको बाराका प्रहरी नायव उपरीक्षक .(डिएसपीं) राजेश थापाले जानकारी दिए।

उनका अनुसार बुधबार दिउँसो साढे २ बजेको समयमा स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल तर्फ लागेको छ। उनीहरुको मृत्युको कारण खुलेको छैन।

यसैबीच, बारा कलैया उपमहानगरपालिका ६ मदरसा टोल बस्ने १५ वर्षकी सबनम खातुनको करेन्ट लागेर मृत्यु भएको छ।

आफ्नै घरमा पानी लगाउने क्रममा मोटरको तार सट् भइ करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका क्रममा प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको डिएसपी थापाले जानकारी दिए।

गुल्मीमा चार जना उम्मेदवारको उम्मेद्धवारी फिर्ता

0

असोज २६ : गुल्मीमा चार जना उम्मेदवारले उम्मेद्धवारी फिर्ता लिनुभएको छ ।

प्रतिनिधि सभा एकको लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका कमल भुसाल , निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश सभा (क) मा किरण शाहा  (ख) मा रामचन्द्र कंडेलले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै गुल्मी निर्वाचन क्षेत्र नम्वर दुईको प्रदेश सभा (ख) का स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर अर्यालले पनि आफनो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गुल्मीमा प्रतिनिधि सभाको क्षेत्र नम्वर एकमा १० जना प्रदेश सभा (क) मा १० र (ख) मा ११ जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामबहादुर कुँवरले जानकारी दिनुभयो ।

गुल्मी प्रतिनिधि सभा २ मा १३ जना , प्रदेश सभा (क) मा १० जना (ख) मा ८ जना को उम्मेदवारी कायम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बाढी डुवानबाट दाङका पच्चिस सय बढी घरमा क्षती

0

दिवाकर पोख्रेल
असोज २६,२०७९ देउखुरी : दाङमा बाढी र डुवानका कारण दुइहजार पाँचसय घरमा क्षती भएको छ ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार जिल्लाभर दुइहजार तीनसय बाह्र घरमा क्षती भएको आंशिक क्षेती भएको छ भने एकसय ९९ घरमा पूर्णरुपमा क्षती पुगेको छ ।

दाङको देउखुरी उपत्यकामा बाढी र डुवानले बढी क्षेती पु¥याएको हो । डुवानका कारण पाँचसय बढी गोठमा क्षती पुग्दा दुइहजार छसय पाँच पशु चौपायको मृत्यु भएको छ । दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले दिएको जानकारी अनुसार जिल्लाभर बाढी र डुवानका मानविय क्षती पनि भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङमा छ जनाको मृत्यु भएको छ भने तीनजना वेपत्ता छन् । डुवानले उद्योग नौवटा कलकारखानामा पनि क्षती पुगेको हो ।

 

डुवानले पाकेको धानवालीमा पनि क्षती गरेको छ । जिल्लाभर कति धान वालीमा क्षेती भयो भन्ने विवरण नआएपनि देउखुरी उपत्यकाको अधिकाश क्षेत्रमा लगाइएको धान डुवेको बताइएको छ ।

 

स्थानीय सरकारबाट क्षतीको विवरण संकलन गर्ने काम भइरहेको छ । दाङको गढवा गाउँपालिका कृर्षि शाखा प्रमुख कर्ताराम यादवले पालिका भित्रका वडा नम्बर ८को कोइलावास क्षेत्रमा बाहेक सबै वडामा लगाइएको धानमा क्षती पु¥याएको जानकारी दिनुभयो ।

 

उहाँका अनुसार धानको क्षतीको विवरण संकलन गर्न अझै तीनदिन लाग्नेछ । उहाँले भन्नुभयो, ‘क्षेतीको मुल्याङकन गर्न र विवरण संकलन गर्न समय लाग्न देखियो, अहिले नै मुल्याङकन गर्न सकिदैन हामी क्षेतीको विवरण संकलनमै व्यवस्थ छौ ।’

जिल्ला विपद व्यवस्थापन समितिबाट राहत र उद्धारको कामलाई पनि तिव्रता दिइएको छ । हाल सम्म जिल्लाभर सातसय ३४ जना डुवानमा परेकाहरुलाई उद्धार गरिएको छ ।

जसमा दुइसय ४१ जना महिला,तीनसय ५४ पुरुष र एकसय ४० जना वालवालिकाको उद्धार गरिएको हो । बुधबार देखि मौसम सफा भएकाले उद्धार र राहतको लागि सहज भएको छ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बुधबारबाट उद्धार र राहतमा सहज भएको बताउनुभयो ।

 

उद्धार गरेका मध्ये धेरैजसो पानी डुवान कम भएपछि घर फर्केका छन भने केहि आफन्तकोमा शरण लिएका छन् । विभिन्न संघसंस्थाले राहत वाँड्न थालेका छन् । स्थानीय सरकारसंगको समन्वयमा एकद्धार प्रणाली मार्फत राहत उपलव्ध गराउन जिल्ला प्रशासन कार्यालय निर्देशन गरेको छ ।

गुल्मीमा गठबन्धन बिरुद्धको वागी उम्मेदवारी यथावत

0

असोज २६,२०७९ गुल्मीः सत्ता गठबन्धनका उम्मेदवारका विरुद्ध  स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका महासमिति सदस्य डाक्टर दामोदर भुसालको मनोनयन यथावत रहेको छ ।

उम्मेदवारको मनोनयन फिर्ता लिने अवधीसम्म फिर्ता नलिएकाले भुसालले उम्मेदवारी कायमै रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गुल्मी क्षेत्रनम्बर–२ मा गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई टक्कर दिँदै नेपाली कांग्रेसका डाक्टर दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दिएका हुन्  ।

यस क्षेत्रमा नेपाली कांग्रेसका कार्यकर्ता २८ वर्षदेखि नेपाली कांग्रेसले बिजयीको स्वाद नपाएकाले आफनो उम्मेदवारी त्यो पूरा गर्ने बताए ।

गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ मा अर्का स्वतन्त्र उम्मेदवार नरेन्द्र अर्यालले आफनो उम्मेदवारी फिर्ता लिएका छन् । उनले नेपाली कांग्रेसबाट बिद्रोह गरेर गुल्मी क्षेत्रनम्बर–२ को प्रदेश (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।उनले गठबन्धनका उम्मेदवारलाई सघाउँदै आफनो उम्मेदवारी फिर्ता लिएको बताए ।

क्षेत्रनम्बर–२ मा प्रतिनिधि सभा र प्रदेश सभाका तिन जना निर्वाचित पदका लागि ३१ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै स्वतन्त्रले फिर्ता लिए उम्मेदवारी

0

हुमाकान्त पोखरेल÷
गुल्मी, २६ असोज । गुल्मीमा गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।                                                                                                                                                                                                                                                                                निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट उम्मेदवारी दिएका नरेन्द्र बहादुर अर्यालले बुधबार निर्वाचन अधिकृतको कार्यालयमै पुगेर उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत शिव बहादुर थापाले जानकारी दिए ।                                                                                                                                                                                               २०४६ सालदेखि नेपाली काँग्रेसमा आवद्ध अर्याल हाल नेपाली काँग्रस निकट गुल्मी काठमाडौ सम्पर्क मञ्चको सचिव छन् । संविधान रक्षाका लागि बनेको पाँच दलीय गठबन्धन र गठबन्धनको तर्फबाट आफ्नो क्षेत्रका उम्मेदवार बुद्धि जिसीलाई जिताउनका लागि आफुले उम्मेदवारी फिर्ता लिएको अर्यालले बताए ।                                                                                                                                                                                          अर्यालको उम्मेदवारी फिर्ता गराउनका लागि जिसी र अर्याल सँगै निर्वाचन कार्यालयमा पुगेका थिए ।

आज एक बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने

0

असोज २६,२०७९ काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ को निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिने समय दिएको छ।

आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उमेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उमेदवारी फिर्ता लिन सक्नेछन्।

आयोगले आजै उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दै छ। उमेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उमेदवारहरुको अन्तिम नामावली आयोगले आज दिउँसो १ देखि ३ बजेसम्ममा प्रकाशन गर्नेछ।

अन्तिम नामावली प्रकाशन भएसँगै उमेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन्। पार्टीका आधिकारिक उमेदवार र स्वतन्त्र उमेदवारलाई आजै चिह्न दिनेगरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ।

यसपटक प्रतिनिधिसभातर्फ २ हजार ५३१ जना र प्रदेशसभार्तफ ३ हजार ४८१ जनाको उमेदवारी परेको विवरण आयोगले मंगलबार सार्वजनिक गरेको छ।

विपद्मा परेकालाई तुरुन्त उद्धार र राहत प्रदान गर्न मुख्यमन्त्री केसीको निर्देशन

0

असोज २६,२०७९ रुपन्देही : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशमा अविरल वर्षाका कारणले आएको बाढीपहिरोबाट विपतमा परेकालाई प्रदेशवासीको तुरुन्त उद्धार र राहत पूदान गर्नका लागि मन्त्रालय र १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ ।

यस्तो निर्देशन मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारको आयोजना भएको विपत व्यवस्थापन समितिको भर्जुअल बैठकमा आज बुटवलमा सरकोकारवाला निकाय र १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई समेत निर्देशन दिनेक्रममा बताउनुभयो ।

मुख्यमन्त्री केसीले प्रदेश सरकारकाले एउटा छुट्टै कोष खडा गरी त्यसबाट राहत प्रदान गर्ने समेत बताउँदै त्यसमा सबैले सहयोग जम्मा गर्न अपिल गर्नुभयो । साथै विपतको उद्धार तथा राहतका लागि सबैको सहकार्यता सबै नागरिकलाई जोड्नको लागि अपिल गर्नुभयो । भोलीदेखि प्रदेश सरकारद्वारा क्षति ग्रष्टहरुमा क्षेत्रमा अनुगमनमा जाने समेत बताउनुभएको छ ।

आन्तरिक मालिा तथा कानून मन्त्री तिलराम शर्माले विपतको उद्दारका लागि सम्पूर्ण निकायको सहकार्यमा अगाडि बढेर अगाडि क्षतिको विषयमा तथ्याङ्क संकलन कार्यलाई ध्यान दिनका लागि अनुरोध गर्नुभयो । यस्तै विपतमा परेका नागरिकहरुलाई उद्दार तथा तत्कालै राहत प्रदान गर्नका लागि अगाडि बढाउने बताउनुभयो ।

यस्तै बैठममा अर्थमन्त्री कृष्णध्वज खड्काले अब उद्धारबाट राहतको कार्यक्रम तिर लग्नका लागि सरकारले ध्यान दिदैँ आवश्यक बजेटको व्यवस्था गरिने बताउनुभयो ।

बैठकमा लुम्बिनी प्रदेशका प्रमुख सचिव डा. दिपकराज काफ्लेले विपतमा पहिलो कार्य भनेको मानवीय क्षतिलाई न्यूनिरकण गर्ने नै भएको बताउँदै त्यसका लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले विपतले उत्पन्न गराएको समस्याले सबैको सहकार्यमा अगाडि सामना गर्नका लागि अपिल गर्नुभयो ।


बैठकमा मध्यपश्चिम पृतनापति श्याम ढकालले जिल्लामा रहेका सुरक्षा निकायको सहकार्य र समन्वयमा अगाडि बढ्नका लागि सबै सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

लुम्बिनी प्रदेशभरीमा रोल्पा, दाङ, पाल्पा, गुल्मी, अर्घाखाँची, बाँके, बर्दिया, नवलपरासी, रुपेन्देही, कपिलबस्तु, पूर्वी रुकुम जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बाढी, पहिरोले पु¥याएको क्षतिका बारेमा रिपोटिङ गर्नुभएको थियो ।

लुम्बिनी प्रदेशमा लागातार रुपमा आएको वर्षाले गर्दा प्रदेश ेभित्रमा मानवीय क्षति, भौतिक संरचनाको क्षति, पशु चौपाय लगायतको क्षतिको बारेमा रिपोटिङ गर्नुभएको थियो ।

लुम्बिनी प्रदेश भित्रमा पाल्पाको निस्दी गाउँपालिका, गुल्मीको जिल्ला भरी, दाङ जिल्लामा बगलाचुली, राप्ती गाउँपाकिला, बाँकेको राप्ती सोनारी, बर्दियाको राजापुर र गेरुवा लगायताका क्षेत्रमा बढी क्षति भएको रिपोटिङ पेश गर्नुभएको थियो ।

रिपोटिङ पछि प्रदेशमा रहेका विभिन्न मन्त्रालयहरुका सरोकारवावाहरुले क्षतिलाई न्यूनीकरण गर्नका लागि नै अगाडि दिनुभएको थियो ।

११ वर्षीया बालिकामाथि बलात्कारको आरोप

0

असोज २५,२०७९ः ११ वर्षकी बालिका जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले नुवाकोट बेलकोटगढी नगरपालिका(१३ घर भई काठमाडौं बौद्ध बस्ने ३५ वर्षका रामबहादुर सुनारलाई पक्राउ गरेको छ।

 

सुनारले सोमबार राति सूर्यविनायक नगरपालिका(२ मा बालिकाको डेरामा पुगी जबरजस्ती करणी गरेका थिए।

 

नुवाकोट घर भएकी बालिका आफ्ना अभिभावकसँग बालकोटमा डेरामा बस्दै आएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

सुनारलाई प्रहरी वृत्त थिमीमा राखी अनुसन्धान शुरु गरिएको छ।

गुल्मीमा कुनै पनि उम्मेदवार विरुद्ध परेन उजुरी

0

हुमाकान्त पोखरेल
असोज २५,२०७९ गुल्मीः गुल्मीमा आइतबार मनोनयन दर्ता गरेका कुनै पनि उम्मेदवारहरु माथि उजुरी परेको छैन ।

आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सोमबार दिउँसो तीन बजेसम्म उम्मेदवारी बिरुद्ध दाबि÷विरोध गर्ने समय रहेको थियो । तर कुनै पनि उम्मेदवारको विरोधमा उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालयका कम्युटर अपरेटर अर्जुन पन्थीले जानकारी दिए ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि एवम् प्रदेश सभा निर्वाचनका लागि गुल्मीमा कुल ६६ जनाको उम्मेदवारी परेको छ । जसमा क्षेत्र नम्बर १ मा ११ र क्षेत्र नम्बर २ मा १३ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी क्षेत्र नम्बर १ को ‘क’ मा ११, ‘ख’ मा १२, क्षेत्र नम्बर २ को ‘क’ मा १० एवम् ‘ख’ मा नौ जनाको उम्मेदवार परेको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २६ गतेसम्म उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।