Thursday, June 4, 2026

गठबन्धनको साथ पाउँदा भोजपुरमा सुदनलाई सजिलो

0

कात्तिक १३,२०७९ : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भोजपुरमा माओवादी केन्द्रका उम्मेदवार सुदन किराती र एमालेका उम्मेदवार शेरधन राईबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका उम्मेदवार सुदन नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायत पाँच दलीय सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । एमालेका उम्मेदवार शेरधनलाई भने अन्य पार्टीले सहयोग गरेका छैनन् । यस आधारमा हेर्दा भोजपुरको चुनावी प्रतिस्पर्धामा एमालेका शेरधनभन्दा माओवादी केन्द्रका सुदन अगाडि देखिन्छन् ।

अर्कातर्फ केही महिना पहिले भएको स्थानीय तहको निर्वाचनको परिणामले पनि सुदन अगाडि रहेको देखाउँछ । स्थानीय चुनावमा भोजपुरका वडाध्यक्षहरूमा एमालेले कुल २७ हजार ६५६ मत पाएको थियो । उता सत्ता गठबन्धनले वडाध्यक्षहरूमा पाएको कुल मत ३८ हजार ५५६ पुग्छ ।

यसरी हेर्दा स्थानीय चुनावमा प्राप्त मतको आधारमा गठबन्धन एमालेभन्दा १० हजार ९ सय मतले अगाडि छ । जसका कारण एमालेका शेरधनलाई निर्वाचित हुन जति चुनौतिपूर्ण छ त्यति नै माओवादीका सुदनलाई निर्वाचित हुन सहज छ ।

एमालेका उम्मेदवार शेरधन मन्त्रीदेखि मुख्यमन्त्रीसम्म भइसकेका छन् । लामो समय प्रदेश १ को मुख्यमन्त्री हुँदा पनि प्रदेशको नामकरण गर्न नसकेको भन्दै उनको आलोचना हुने गरेको छ ।

अर्कातर्फ माओवादी केन्द्रका उम्मेदवार सुदन भने अहिलेसम्म मन्त्री भएका छैनन् । पटक(पटक सांसद भएका उनी बेदागी छविका नेताका रूपमा चिनिन्छन् । आफ्नो अडान स्पष्टताका साथ राख्ने, जनताको समस्या केन्द्रसम्म पुर्‍याउने र संसदमा हुने तीव्र बहसमा स्पष्टताका साथ प्रस्तुत हुने जस्ता कारणले सुदनप्रति मतदाताको सद्भाव रहेको छ ।

चुनावी मैदानमा सुदन र शेरधनको दुईपटक जम्काभेट भइसकेको छ । २०६४ को निर्वाचनमा सुदनले शेरधनलाई पराजित गरेका थिए भने २०७० मा शेरधनले सुदनलाई । २०७४ को निर्वाचनमा भने सुदन र शेरधन दुवै वाम गठबन्धनका उम्मेदवार थिए । त्यतिबेला सुदन प्रतिनिधिसभा र शेरधन प्रदेशसभाका उम्मेदवार थिए । २०७४ मा दुवै निर्वाचित भए ।

तर, अहिले परिस्थिति फेरिएको छ । २०७० मा भोजपुरमा माओवादीलाई पराजित गर्ने एमाले फुटिसकेको छ । भोजपुरकै प्रभावशाली नेता राजेन्द्र राई एकीकृत समाजवादीमा छन् । उनी प्रदेश १ को मुख्यमन्त्री भइसकेका छन् । उनी भोजपुरबाटै प्रदेशसभाका लागि गठबन्धनको साझा उम्मेदवार छन् । जसका कारण सुदनलाई शेरधनभन्दा निकै सहज देखिएको स्थानीयहरू बताउँछन् ।

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महशुस

0

कात्तिक १३,२०७९बैतडी : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प महशुस गरिएको छ।

आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको ४.६ रेक्टर स्केलको भूकम्पको महशुस बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार भूकम्पको केन्द्रविन्दु बझाङको लेखगाउँ हो।

संबिधानको रक्षा र कार्यन्वयन गर्न गठबन्धनका उम्मेदवार अब्बल : पूर्व मुख्य सचिव पौडेल

0

कात्तिक १३,२०७९ गुल्मी : नेपाल सरकारका पूर्व मूख्य सचिब तथा चिनका लागि नेपाली राजदुत लीलामणी पौडेल सहितको टोलीले गुल्मी क्षेत्र नम्वर एकमा गठबन्धनका उम्मेदवारहरुलाई भेटेर अग्रिम बधाई तथा शुभकामना दिएका छन् ।

 

 

टोलीमा सहभागी बरिष्ठ अधिबक्ताहरु चन्द्रकान्त ज्ञवाली, ओम अर्याल, र पूर्व राष्ट्रपति रामवरण यादबका कानुनी सल्लाहाकार ललित बस्नेतले रुरक्षेत्र गाउँपालिका वडा नम्वर ६ मा गठबन्धनका उम्मेदवारहरु चन्द्र भण्डारी , सुदर्शन बराल र धनेन्द्र कार्कीलाई भेटेर सल्लाहा सुझाब सहित अग्रिम बधाई तथा शुभकामना ब्यक्त गरेका हुन् ।

 

 

हजारौं नेपालीहरुको त्याग ,तपस्या र बलिदानबाट प्राप्त संबिधानको रक्षा र कार्यन्वयन गर्नका लागि यस क्षेत्रमा गठबन्धनका उम्मेदवारहरु राष्ट्रका लागि आवश्यक भएको भन्दै अग्रिम बधाई तथा शुभकामना ब्यक्त गरेका हुन् ।

नवलपरासी पूर्वमा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु

0

=कात्तिक १३,२०७९ नवलपरासी : नवलपरासी पूर्वको बुलिङ्टार गाउँपालिकामा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस बुलिङ्टार–२ मथारमा आइतबार बिहान ४ बजे दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार २५ जना घाइते भएका छन्। घाइतेको उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।

सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालयजस्तो भयो : राजु गुरुङ

0

कात्तिक १२,२०७९काठमाडौं : सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ।

शनिबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो। यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङले उम्मेदवारी दिएका थिए। तर चेक बाउन्ससम्बन्धी मुद्दाका कारण उनको उम्मेदवारी खारेज भएपछि यो क्षेत्रमा सत्ता गठबन्धनको उम्मेदवार थिएन।

पत्रकार सम्मेलनमा बोल्दै नेता गुरुङले राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय कार्यकारी अध्यक्ष केशवबहादुर थापालाई गठबन्धनले एकमतका साथ साझा उम्मेदवार स्वीकार गरेको बताए।

नेता गुरुङले आफ्नो उम्मेदवारी जालझेलपूर्ण र षडयन्त्रपूर्वक ढंगबाट खारेज गरेको आरोप लगाए। उनले आफ्नो उम्मेदवारी खारेज हुनु भनेको नेकपा एमालेको पराजित मानसिकताको पराकाष्ठा भएको बताउनु भयो। उहाँले आगामी निर्वाचनमा केशवबहादुर थापालाई जिताएर नेकपा एमालेको दादागिरी रोक्ने बताए।

उनले सर्वोच्च अदालत र निर्वाचन आयोग एउटा पार्टीको पार्टी कार्यालय जस्तो बनेको आरोपसमेत लगाए। उनले आफू कालो सूचीमा नरहेको भन्दै कालो सूचीमा भए देखाउन चुनौती पनि दिए। थाहाबाट

जनताको सेवक बन्न चाहान्छु :नेतृ झाक्री

0

कात्तिक १२ गुल्मी ।गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झाक्रीले आफुले जनताको काम गर्न चाहेको बताएकी छन् । इस्मा गाउँपालिका ५ सिरारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।

गठबन्धन बाट सबै दलले मलाई साझा उम्मेदवारको रूपमा उठाउनु भएको छ एक पटक मतदान गरेर काम गर्ने मौका दिनु भयो भने म सदैव जनता र जनाताको पक्षमा काम गर्नेछु । जनताले विकासको अनुभुती हुने गरि काम गर्ने तिनै तहमा गठबन्धनको सरकार हुनु पर्ने बताउदै अब बन्ने प्रदेश र केन्द्रको सरकार पनि गठबन्धनको हुनु पर्ने उल्लेख गरिन ।

इस्मामा स्थानीय सरकार गठबन्धनको छ , तर इस्माको बृहत विकास र परिवर्तनको लागि प्रदेश र केन्द्रमा पनि यहीँ गठबन्धनको सरकार बन्नु पर्ने उनले दोहोराईन । साथै नेतृ झाक्रीले कहिल्यै आफ्नो धरातल नभुल्ले प्रतिबद्धता समेत जाहेर गरेकी छन ।

आफू अहिलेको मदाने गाउँपालिका ४ म्यालपोखरीमा साधारण जनजातिको घरमा जन्मेको ,गाउँका भिरकुना पहाडमा घाँस दाउरा गरेको स्मरण गर्दै नागरिकका आधारभुत आवश्यकता तथा समस्याको बारेमा आफू जानकार रहेको बताउदै सदैब नागरिककै पक्षमा काम गर्ने उनले उल्लेख गरिन ।

मोटरसाइकल दुर्घटनामा रविको मृत्यु

0

कात्तिक १२,२०७९दाङ : दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

 

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १७ मजगैं निवासी २४ वर्षीय रवि बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डिएसपी राजन कुमार गौतमले जानकारी दिए।

 

शुक्रबार राति करिब पौने ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका ६ स्थित मदनआश्रित चोकमा मोटरसाइकल दुर्घटनामा उनी घाइते भएका थिए।

 

रा७प १६२९ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा बस्नेत घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ।

 

यस्तै, बबई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १४ मटेरा निवासी ६० वर्षका बुद्धिराम अधिकारी रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

 

शुक्रबार बिहान भोजपुरदेखि डुरुवा जाँदा नदी तर्ने क्रममा अधिकारीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मेरो जीवनकालमाभएको राजनैतिक परिवर्तन फिल्म जस्तो लाग्दछ : प्रचण्ड

0

राजेन्द्र न्यौपाने
कात्तिक १२,२०७९ गोरखा : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काअध्यक्षपुष्पकमलदाहालले आफ्नो जीवनकालमाभएको राजनैतिक परिवर्तन फिल्म जस्तो लागेको बताउनुभएको छ । आरुघाट गाउँपालिका वडा नम्बर ९ स्थित आरुटारमा स्थानीयहरुसँग कुरा गदैैै दाहालले आफ्नै जीवनकालमा धेरै उतारचढाव भएको र धेरै नागरिकहरुकाअधिकार स्थापितभएकाले फिल्म जस्तो लागेको बताउनुभयो ।

४६ वर्ष पहिले शिक्षणको क्रममाआफू बसेकै स्थानमाआउनपाउँदाअत्यन्तै खुशीलागेको बताउँदै अध्यक्षदाहालले समकालिन समयकादर्जन बढी सहपाठीहरुको नाम समेत लिनुभएको थियो ।

आफ्नो उम्मेदवारी गोरखाबाट हुनगोरखाकालागिफाइदा रहेको बताउनुभयो । मध्यपहाडी लोकमार्ग,बुढीगण्डकी जलविद्युत परियोजना,बेनिघाट आरुघाट लार्के सडक निर्माणको काम समयमै सम्पन्नगरिने अध्यक्षदाहालले बताउनुभयो ।

चुनावी भेटघाटको क्रममागोरखाआइपुग्नुभएकापूर्व प्रधानमन्त्रीदाहालदुइदिन सम्मगोरखा रहने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य लेख बहादुर थापा मगरले जानकारी दिनुभयो ।

 

तिहारको दिन : जीप दुर्घटनामा दाजुभाइसहित तीनजनाको मृत्यु

0

कात्तिक १०,२०७९ रोल्पा : सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्र नजिकै जुगेखोलामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा दाजुभाइसहित तीन जनाको मृत्यु भएको छ।

रोल्पाको घोराही उपमहानगरपालिका निवासी ५८ वर्षीय विष्णुप्रसाद रिजाल, र ६० वर्षीय नारायणप्रसाद रिजालको मृत्यु भएको हो। उनीहरू दाजुभाइ हुन्। यस्तै दाङ राप्ती गाउँपालिका–१ भालुबाङ निवासी ५० वर्षीया फाम्सी केसीको पनि मृत्यु भएको छ।

रोल्पाको सुलिचौरबाट गजुलतर्फ जाँदै गरेको लु१ज ३२३४ नंको जीप दुर्घटनाग्रस्त भएको हो। जिप सडकबाट करिब १००मिटर तल खसेको थियो। जिपमा सवार १५ जना रहेको प्रहरीले बताएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन् भने सात जनाको अवस्था गम्भीर छ।

घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुरमा सिफारिस गरिएको इलाका प्रहरी कार्यालय सुलिचौरका इन्चार्ज ओमप्रकाश वाग्लेले जनकारी दिए। जिपको ब्रेकले काम नगर्दा दुर्घटना भएको प्रहरीले बताएको छ।

आज भाइटीका : मुख्य साइत ११ बजेर ३७ मिनेटमा

0

कात्तिक १०,२०७९काठमाडौं : यमपञ्चकको पाँचौँ दिन बिहीबार भ्रातृद्वितीया अर्थात् भाइटीका। दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य र दीर्घायुको कामना गर्दै मनाउने पर्व।

पुराणमा यो दिन मार्कण्डेयलगायत अष्टचिरञ्जीवी, यम र यमुनाको पूजा गरी दाजुभाइको पूजा गर्ने विधि बताइएको छ। दाजुभाइको दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवी,यमराज र उनकी बहिनी यमुनाको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने परम्परा छ

दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी वा पञ्चरंगी टीका, गलामा मखमली वा दुवोको माला लगाउने, तेलको धाराले दाजुभाइले घेर्ने, टीका लगाउँदा ओखरको पूजा गरी फोर्ने लगायतका प्रक्रिया अपनाउँछन्। दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गर्छन्।

दिदीबहिनीको पूजा गर्नाले ऐश्वर्य प्राप्त हुने मान्यता रहेको धर्मशास्त्री प्रा।डा।रामचन्द्र गौतमले जानकारी दिए। टीका लगाएसँगै दिदीबहिनीले सेलरोटी, फलफूल, मसला आदि सगुन दिने र दाजुभाइले पनि गच्छेअनुसार दक्षिणा र लुगाफाटो उपहार दिने चलन छ।

पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा।श्रीकृष्ण अधिकारीले मध्याह्न ११ बजेर ३७ मिनेटको समय उत्तम रहेको जानकारी दिए। भाइटीकामध्याह्नकालमा गरिने विधानअनुसार यो साइत निकालिएको हो। यद्यपि दिनभर टीका लगाउन सकिने उनले बताए।

बिहीबार द्वितीया तिथि २० घडी १ पला अर्थात् दिउँसो २ बजेर १२ मिनेटसम्म छ।​