Thursday, June 4, 2026

जनताले ‘आशा र विश्वास’ गरेका नेता ‘सुबोध’ लाई गाउँ बस्तिमा भव्य स्वागत

0

कात्तिक १७,२०७९ चौतारा  : सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा ‘सुबोध’लाई आम नागरिकले गाउँ बस्तिमा भव्य स्वागत गरिरहेका छन् ।

जनताका दुःख पीडामा तत्काल घर दैलोमा पुग्ने, सहयोगका लागि आवश्यक समन्वय गर्दै निरन्तरत सक्रिय सुबोधलाई आगामी मंसिर ४ गते हुने चुनावमा उम्मेदवारका रूपमा पाएपछि सिन्धुका गाउँ बस्तिमा खुसी छाएको छ ।

गठबन्धनको संयुक्त भेला तथा चियापान कार्यक्रममा बलेफी, जुगल, सुनकोसी, बाह्रबिसे र भोटकोसीमा सुबोधलाई स्थानीयले ‘आशा र विश्वास’का युवा नेता भनेर सम्बोधन गरे । युवा उमेर, लाभको पदमा नबस्दासमेत आम नागरिकका पक्षमा काम गर्ने, दोहोरो चिनजान र सम्बन्ध भएका कारण सुबोध पुग्दा गठबन्धन दलका मात्रै नभएर अन्य दल आबद्ध एवं आम नागरिकले आफ्नो भावी सांसदका रूपमा अनुमोदन गरिरहेका छन् ।

सुबोध पनि असम्भव सपना बाँड्ने र विपक्षीलाई गाली गरेर समय खेर फाल्दैनन् । बरु उनी जनताका कुरा सुनिरहेका छन् । जितपछि जनताकै बीचमा बसेर योजनाका खाका बनाउने बाचा गरिरहेका छन् । आफू अहिले र जितपछि पनि उस्तै व्यवहार गर्ने प्रतिबद्धता जनाइरहेका छन् ।

दुई दशकयता निरन्तर राजनीति र समाजसेवामा खटिरहेका सुबोध जिल्लाका सर्वस्वीकार्य युवा नेता हुन् । सहज पहुँच, सबैको फोन उठाउने, घर आँगनमा पुग्ने, जनताका कुरा सुन्ने, सबैको काम गर्ने उनको बानीले सुबोधलाई जिल्लाबासीले दशक अघिदेखि नै वैकल्पिक नेतृत्वका रूपमा स्वीकार गर्दै आएका छन् । यसपटक उनलाई उम्मेदवारका रूपमा पाउँदा मतदाताले घर आँगनमा स्वागत गर्दै हौसला बढाइरहेका छन्, उर्जा प्रदान गरिरहेका छन् ।

नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज रहेका उनी स्पष्ट अडान र भिजनसहित निर्भिक भएर परिवर्तनकारी राजनीतिक आन्दोलनमा निरन्तर क्रियाशील छन् । असल, कुशल एवं विश्वसनीय प्रतिनिधिका रूपमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट मंसिर ४ को चुनावमा सुबोधलाई अत्यधिक मतले जिताएर सार्वभौम संसद सदस्य बनाउन सिन्धुपाल्चोक १ ले व्यवस्थित तयारी गरिरहेको दृश्य गाउँ बस्तिमा देख्न सकिन्छ ।

नेपाली राजनीतिमा उथलपुथलकारी जनयुद्धको एक उद्गमस्थल कुविन्डेमा जन्मिएका ४० वर्षीय सुबोध बाल्यकालदेखि नै राजनीतिक वातावरणमा हुर्केका हुन् । १३ वर्षको उमेरदेखि विद्यार्थी राजनीमिा सक्रिय उनी २०५६ पुसमा अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष थिए । २०५६ माघदेखि पूर्ण रूपमा भूमिगत उनी सिन्धुका गाउँ बस्तिमा पुगे । २०६० जेठदेखि सिन्धुपाल्चोक जिल्ला सेक्रेटरीको भूमिका सम्हालेका उनी अहिले पनि जिल्लामै बसेर राजनीति र समाज सेवामा छन् ।

२०६४ साल फागुनमा तत्कालीन जनमुक्ति सेनाको १४औँ बटालियन कमिसारको भूमिका निर्वाह गरेका उनले जनयुद्धकालमा कुशल कमाण्डरका रूपमा ठूला युद्ध मोर्चाहरूको नेतृत्व गरे । उनी पटक पटक गोली लागेर गम्भीर घाइते भए ।

२०७३ मा पार्टीको केन्द्रीय सदस्य बनेका सुबोध २०७५ जेठमा पार्टी एकतापछि नेकपाको केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक सहईञ्चार्ज रहे । उनी २०७८ देखि नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य तथा जिल्ला सहईञ्चार्ज र २०७९ वैशाख यता जिल्ला ईञ्चार्ज भए । २०७९ असारदेखि पोलिटब्युरो सदस्य एवं जिल्ला ईञ्चार्ज छन् ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरिरहेका सुबोधले विद्यार्थीकालमा खरो र स्पष्ट युवा नेताको छवि बनाएका थिए । केन्द्रीय जिम्मेवारीमा रहेपछि बौद्धिक, तार्किक, मिलनसार एवं समन्वयकारी नेताका रूपमा परिचित सुबोध जिल्ला र निर्वाचन क्षेत्रमा सबै उमेर समूहका नागरिकबीच लोकप्रिय छन् । २०७१ सालको जुरे पहिरो, २०७२ को महाभूकम्प, लिदी पहिरो, नागपुजे, खागदल, २०७८ को मेलम्ची बाढीलगायतकाका जिल्लाका ठूला साना प्राकृतिक विपत्ति, कोभिड–१९ को समय एवं अन्य अप्ठेरोमा सहजै जनतामाझ पुगेर राहत, उद्धार, उपचारमा सक्रिय बनेका कारण पनि उनलाई आम नागरिकले ‘आफ्नो’ मान्ने गरेका छन् ।

सुबोध केन्द्रीय नेतृत्वसँग सिधा पहुँच भएका, भूगोलले चिनेका र भूगोललाई चिनेका नेताका रूपमा स्थापित छन् । राजनीतिक जिम्मेवारी जिल्ला केन्द्रित हुनाले उनलाई जितका लागि अझ सहज देखिन्छ ।

जनयुद्धकालीन राजनीतिक भट्टीबाट खारिएका जोसिला एवं क्षमतावान युवा सुबोधले जलविरे भ्याली क्याम्पस, सञ्चालक समितिको अध्यक्षका रूपमा २०७५ यता अनुकरणीय कार्य गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ मा जिल्लाको चुनावी कमाण्डर, सभामुख अग्निप्रसाद सापकोटाको २०६४, २०७०, र २०७४ को तीनवटै चुनावमा कमाण्डर एवं आन्तरिक व्यवस्थापन सम्हालेर सुबोधले सफलता हासिल गरे । उनलाई १५ बर्ष यता जिल्लाको चुनावी प्रतिस्पर्धा बारे गहिरो ज्ञान छ ।

नयाँ प्रविधिसँग परिचित र बदलिँदो परिवेशबारे प्रशस्त जानकारी एवं विश्लेषण क्षमता राख्ने सुबोधलाई जिल्लाका मात्रै नभएर राष्ट्रिय सञ्चार माध्यमहरूले पनि उत्तिकै पछ्याउने गरेका छन् । उनी युवाहरुबीचमा हिरोइक फिगर हुन् । सुबोधसँग संघीय मामिला तथा स्थानीय विकासमन्त्रीको सल्लाहकारका रूपमा डेढवर्ष बढी समय विशिष्ट श्रेणीको भूमिकामा रहेर काम गरेको अनुभव छ ।

जुगल हिमाल आरोहण खुलाउन एक प्रमुख पहलकर्ताको भूमिका खेलेका सुबोध जिल्लाको समग्र विकास र समृद्धिका लागि नीतिगत निर्णयदेखि बजेट विनियोजनसम्मका काममा सक्रिय छन् । जिल्लाको समग्र विकास र समृद्धि, शैक्षिक सुधार, सीप विकास, स्वरोजगार एवं रोजगारीका लागि स्पष्ट भिजनसहित अघि बढेका उनी लाभको पदमा नहुँदा समेत प्रशंसनीय काम गर्न सफल नेता हुन् । जिल्लाबाट काठमाडौ बसेकाबीच पनि उनी प्रिय छन् ।

गुल्मीदरबार र रेसुंगामा भोली सार्वजनिक बिदा

0
गुल्मीदरबार गाउँपालिकाको तस्बिर : खबरमार्केट

गीताकुमारी बस्याल
कात्तिक १७,२०७९ गुल्मीः रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले हरिबोधनी एकादशीको दिन (भोली) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गुल्मीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल रेसुंगा पोखरीमा धार्मिक मेला लाग्ने भएकाले १८ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो ।

शुक्रबार नगरपालिका मातहतका सम्पुर्ण कार्यालयहरु,शैक्षिक संस्था लगायतका कार्यालयहरु बन्द रहने नगरपालिकाले जनाएको छ ।

सो दिन रेसुंगा पोखरीमा धार्मिक मेला लाग्ने भएकाले विगतका वर्षहरुमा दिदै आएको बिदालाई यस वर्षपनि कायमै गरीएको पन्थीले बताउनुभयो ।

पबित्र स्थल पोखरीमा गई स्थान गर्नाले अन्जानमा गरेका पापहरु नष्ट हुने र पुन्य प्राप्त हुने धार्मिक विश्वास रहदै आएको छ ।

डेङ्गु सङ्क्रमणबाट पत्रकार अधिकारीको निधन

0

कात्तिक १७,२०७९लमजुङ : डेङ्गु सङ्क्रमणका कारण लमजुङका २३ वर्षीया चाँदनी अधिकारीको मृत्यु भएको छ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

सामान्य ज्वरो र बान्ताको समस्या देखिएपछि मङ्गलबार बेँसीसहरस्थित मोडल हस्पिटलमा भर्ना गरिए पनि समस्या बढ्दै गएपछि सोही दिन चितवन लगिएको थियो।

डेङ्गु सङ्क्रमण रहेको र निरन्तर बान्ताका कारण निधन भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

अधिकारी विगत डेढ वर्षदेखि लमजुङ सुन्दरबजार नगरपालिकास्थित रेडियो भोटेओडारमा कार्यरत थिइन्।

अधिकारी प्रेस सेन्टर नेपाल लमजुङको सचिव, सञ्चारिका समूह लमजुङको सहसचिव थिइन्।

ने क पा (माओवादी केन्द्र) कै नेतृत्व किन ?

0

आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचन मार्फत नेपाली जनताले सङ्घ र प्रदेशहरूमा संसद एवम् सरकार निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्नेछ । प्रतिगमनको खतरा कायम रहन दिने वा नदिने, यथास्थितिमा देशलाई राखिराख्ने वा विकास एवम् समृद्धिको दिशामा फड्को मार्ने फैसला गर्नेछ । नेकपा  माओवादी केन्द्र० को नेतृत्वमा मात्र परिवर्तन एवम् संविधानका उपलब्धिहरूको रक्षा र सामाजिक न्यायसहित समृद्धिको लक्ष्य प्राप्तिमा फड्को मार्न र समाजवादको आधार तयार पार्न सम्भव छ । यसमा निम्नलिखित कारण रहेका छन्ः

 

१। नेपालको लोकतान्त्रिक क्रान्तिलाई आधारभूत रूपमा पूर्णता दिने राजनीतिक परिवर्तनका सबै जसो एजेन्डाहरू – गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरण, सामाजिक न्याय, समाजवाद उन्मुखता हाम्रो पार्टीले अघि सारेको, स्थापित गरेको र हासिल गर्न निर्णयक भूमिका खेलेको तथ्य घामजतिकै छर्लङ्ग छ । हाम्रो पार्टीको नेतृत्वदायी मुख्य भूमिकाबाट नै उत्पीडित वर्ग, मजदुर, किसान, महिला, आदिबासी जनजाति, मधेशी, दलित, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, भाषिक, सांस्कृतिक सीमान्तकृत एवम् लोपोन्मुख समुदायको अधिकार र उपलब्धि सम्भव भएको हो । यस निम्ति हाम्रो पार्टी गौरव गर्दछ । राजनीतिक परिवर्तनको मूल मर्म भनेको यसलाई साधन र माध्यम बनाएर जनताको जीवन फेर्नु र नयाँ नेपाल बनाउनु हो । यस मर्मलाई आत्मसात् गर्दै व्यवस्थालाई रक्षा र अवस्थामा परिवर्तन ने।क।पा।९माओवादी केन्द्र० को नेतृत्वमा नै सम्भव छ ।

 

२। संविधानको प्रावधानको विरुद्धमा तत्कालीन प्रधानमन्त्री हैसियतमा दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कदम चाल्नुभयो । प्रतिगामी कदमलाई असफल पार्न र प्रतिगमनको थप खतराको ढोका बन्द गर्न हाम्रो पार्टी ने।क।पा। माओवादी केन्द्र कै पहल र अगुवाइमा प्रतिगमन विरोधी सङ्घर्ष सफल हुन सकेको थियो । तसर्थ, नेपाली जनतालाई बारम्बार प्रतिगमन विरुद्धको सङ्घर्ष लागि रहनुपर्ने बाध्यता हटाउने कार्य ने।क।पा। ९माओवादी केन्द्र० कै नेतृत्वमा मात्र सम्भव छ ।

 

३। हाम्रो पार्टी वर्तमान संविधान, लोकतन्त्र र परिवर्तनलाई ऐतिहासिक महत्त्त्वको क्रान्तिकारी उपलब्धि ठान्दछ र यसको रक्षा गर्न दृढ छ । साथै, हाम्रो पार्टी सामाजिक न्यायसहितको समृद्धि हासिल गर्दै समाजवादको आधार तयार पार्न र अन्ततः समाजवाद निर्माण गर्न प्रतिबद्ध छ । सामाजिक न्यायसहितको समृद्धिको तत्कालीन लक्ष्य र समाजवादको रणनीतिक लक्ष्य पूरा गर्न स्पष्ट एवम् दृढ शक्ति ने।क।पा। ९माओवादी केन्द्र० मात्र हो । तसर्थ, हाम्रो पार्टीले राज्यको नेतृत्व गरे मात्र यो मूल कार्यभार पूरा गर्न सम्भव हुनेछ ।

४। तात्कालिक परिस्थितिको मागअनुसार कम्युनिस्ट एकता, संयुक्त मोर्चा र संयुक्त आन्दोलनको विकास गर्न र राष्ट्रिय मुद्दाहरूमा सम्बन्धित सबै शक्तिहरूलाई सहकार्य र एकता प्रक्रियामा ल्याउनसक्ने शक्ति ने।क।पा। ९माओवादी केन्द्र० नै रहेको छ । सङ्कीर्ण, एकलकाँटे, जड, इतिहासमुखी, शुद्धतावादी वा यथास्थितिवादी शक्तिहरूबाट होइन, उद्देश्य एवम् लक्ष्यमा दृढ तर तात्कालिक परिस्थितिको मागअनुसार गतिशील ढङ्गले अधि बढ्न सक्षम ने।क।पा। ९माओवादी केन्द्र० द्वारा नै परिस्थितिमा आउने उतार–चढावको सामना गर्दै आजको कार्यभार पूरा गर्नेगरी नेतृत्व दिन सक्षम छ ।

५। अध्यक्ष कमरेड प्रचण्डको छोटो प्रधानमन्त्रीत्व कालमा पनि राजनीतिक समस्या समाधानमा र विकास–निर्माणको क्षेत्रमा केही उल्लेखनीय कार्यहरू हुने सके । खासगरी दोस्रो कार्यकालमा मधेश आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराई छोटै समयमा पनि आर्थिक वृद्धि र सामाजिक विकासको आधार तयार गरियो । मुलुकलाई बर्सौंदेखिको लोडसेडिङबाट मुक्त तुल्याउने, काठमाडौं–निजगढ द्रुतमार्ग लगायतका ठुला आयोजनाहरूको निर्माण कार्य अघि बढाउने, चीनसँग वान बेल्ट वान रोड सम्झौतामा हस्ताक्षर गर्ने, प्रधानमन्त्री स्वयंले निर्माणाधीन ठुला आयोजनाहरूको अनुगमन गर्ने, राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनलाई प्रभावकारी तुल्याउन प्रक्रियागत सुधार गर्ने जस्ता कार्यहरू गरिए । यिनै पहलहरूको आधारमा चौधौं त्रिवर्षीय योजनाले राखेको लक्ष्यभन्दा बढी आर्थिक वृद्धि हासिल हुन सक्यो । यसबाट ने।क।पा। ९माओवादी० को नेतृत्व भएमा छोटो समयमा पनि विकास र समृद्धिको दिशामा धेरै उपलब्धि हासिल गर्न सम्भव छ भन्ने शिद्ध भएको छ ।

६। ने।क।पा। ९माओवादी केन्द्र० त्यस्तो पार्टी हो जो आफ्नो इतिहास, विगत र सफलतालाई बिर्संदैन बरू गर्व गर्छ, तर वर्तमानलाई मुख्य ठान्दछ । साथै, हाम्रो पार्टी आफ्ना सकारात्मक गुणचरित्र र सफलताहरूलाई दह्रो गरी पक्रंदै अघि बढ्छ । हाम्रो पार्टी त्यस्तो पार्टी हो जो आफ्नो गल्ती, कमजोरीहरू र अपर्याप्तताहरू विनम्रतापूर्व स्वीकार गर्दछ, जनतासामु इमानदारीपूर्वक आत्मालोचना गर्दछ र गल्ती–कमजोरी सच्याउँदै एवम् थप रूपान्तरित हुँदै अघि बढ्ने सङ्कल्प गर्दछ । सामाजिक न्यायसहितको समृद्धिको तात्कालिक मूल कार्यभार र समाजवाद निर्माणको रणनीतिक कार्यभार पूरा गर्न हाम्रो पार्टीले अध्यक्ष क। प्रचण्डको नेतृत्वमा वैचारिक–सांस्कृतिक रूपान्तरणको महाअभियानमा हेलिँदै अघि बढ्ने घोषणा २०७८ सालमा सम्पन्न आठौँ राष्ट्रिय महािधवेशनबाट गरेको छ । तसर्थ ने।क।पा। ९माओवादी केन्द्र० बाट नै नेतृत्व र निकास सम्भव छ ।

७। ने।क।पा। ९माओवादी केन्द्र० मा त्यस्तो नेतृत्व छ, जसले पछिल्लो आन्दोलन, परिवर्तन र शान्ति प्रक्रियाका सबै कालखण्ड र सन्दर्भको नेतृत्व गर्नु भएको छ । ने।क।पा। ९माओवादी केन्द्र० का प्रमुख नेता अध्यक्ष कमरेड प्रचण्डले जनयुद्धको नेतृत्व गर्नुभयो, जनआन्दोलनसँग जनयुद्धको संयोजन गर्नुभयो, गिरिजाप्रसाद कोइरालासँगै शान्ति प्रक्रियाको संयुक्त नेतृत्व गर्नुभयो, संविधानसभाद्वारा संविधान निर्माणमा प्रमुख नेतृत्वदायी भूमिका खेल्नुभयो, संविधान कार्यान्वयनको प्रक्रियाको नेतृत्व गर्नुभयो र प्रतिगमन विरोधी सङ्घर्र्षको नेतृत्व गर्नुभयो । नेपालको समकालीन राजनीतिमा उहाँ मात्र एक्लो त्यस्तो नेता हुनुहुन्छ । तसर्थ, अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वको ने।क।पा। ९माओवादी केन्द्र० बाट मात्र यतिबेला पनि राष्ट्रको नेतृत्व, निकास र विकास सम्भव छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ का लागि नेकपा (माओवादी केन्द्र) ले सार्वजनिक गरेको प्रतिबद्धतापत्रबाट ।

मुसिकोटलाई पर्यटकीय क्षेत्र बनाउछौं : नेतृ झाक्री

0
फाइल फोटो

कात्तिक १६,२०७९ गुल्मी : गुल्मी क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य साझा उम्मेदवार रामकुमारी झाक्रीले मुसिकोटलाई पर्यटकीय क्षेत्र बनाउन सकिने बताएकी छन ।

मुसिकोट नगरपालिका ८ का जनताले मुसिकोटको समृद्धि , विकासको बारेमा उठाएको जिज्ञासाको जबाफ दिदै उनले यस्तो बताएकी हुन ।

मुसिकोट नगरपालिकामा,मुसिकोट दरबार, सालिमे दह, कुर्घा मालिका, जस्ता ऎतिहासिक धार्मिक स्थल रहनुका साथै स्वाँरा गुरुङ सामुदायिक होम स्टे जस्ता पर्यटकीय प्रबर्द्धन गर्न सकिने विषयवस्तु रहेका कारण मुसिकोटको समृद्धि पर्यटन प्रबर्द्धनमै रहेको उनले प्रष्ट पारिन ।

यहाँका समुदायको पहिचान झल्कने गरि होम स्टेय चलाउने,धार्मिक क्षेत्रको प्रचार प्रसार गर्ने , वामी बजारलाई ग्रामीण शहरको रुपमा विकसित गर्ने ,बडिगाड नदि बाट यहाँको उर्वर भुमिलाई सिञ्चित गरि कृषिमा आमूल परिवर्तन गरि मुसिकोटलाई समृद्धि बनाउन सकिनेमा उनले जोड दिइन ।

साथै सरकार बाट नागरिकले तीन प्रकारको अपेक्षा राख्ने बताउदै ती अपेक्षा तिनै तहको सरकार संग समन्वय गरेर पूरा गर्ने झाक्रीले बताईन ।
उनले भनिन नागरिकले राज्य बाट व्याक्तिगत,सामुहिक र राष्ट्रिय आकाङ्क्षा राख्ने गर्दछन ती नागरिकका सबै अपेक्षा तिनै तहको सरकार संग समन्वय गरेर मात्रै पूरा गर्ने सकिन्छ ।

नागरिकलाई सिपमुलक कार्यमा लगाएर आयआर्जन गर्न सकिने , गाउँमै रोजगारीका अवसर सिर्जना गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउदै आफुलाई जनताले एक पटक मौका दिएर निर्वाचित गरेको खण्डमा ती काम सजिलै गर्ने उनले प्रतिबद्धता समेत जाहेर गरिन ।

गोरखाबाट नयाँ क्रान्तिको थानली हुन्छ : प्रचण्ड

0

कात्तिक १६,०७९काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाबाट नयाँ क्रान्तिको थालनी हुने बताउनुभएको छ । जनक्रान्ति अगाडि बढाउने थलोको रुपमा गोरखा रहेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले अब नयाँ अभियानको थालनी पनि गोरखाबाटै गर्ने निष्कर्षमा पुगेको बताउनुभयो ।

गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले चुनाव जित्ने र जिताउनेसँग मात्रै सम्बन्धित नभएको भन्दै नेपाली समाजमा देखिएको विकृति र विसंगती तोड्ने कुरासँग सम्बन्धित रहेको बताउनुभयो । उहाँले प्रतिगमनतिर लैजान चाहनेहरुको विरुद्ध विजयको नयाँ यात्रा सुरु गर्नेसँग सम्बन्धित भएको भन्दै गोरखाली जनतामाथि भरोसा गरेको बताउनुभयो ।

यसअघि रोल्पा, काठमाडौं र सिरहाबाट चुनाव लड्दा पनि आफूले चुनाव जित्नका लागि नलडेको स्पष्ट पार्नुहुँदै उहाँले भन्नुभयो, ‘चुनाव त जित्नु नै थियो, जितियो पनि । तर मेरो उदेश्य चुनाव मात्र जित्नु थिएन ।’ उहाँले भन्नुभयो, ‘जनयुद्ध र जनआन्दोलनलाई एक ठाउँमा केन्द्रित गरेर नयाँ ऐतिहासिक प्रक्रियाको सन्देश दिनु थियो ।

त्यस्तै मधेशमा भ्रम छर्ने विग्रह गराउने प्रयासहरु भइरहेको अवस्थामा राष्ट्रिय एकतालाई कमजोर पार्ने खेल चलिरहेको थियो । परिवर्तनको वाहक हुनुको नाताले मधेसका जनतालाई पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी गराउने हिम्मतका साथ म त्यहाँ पुगेको हुँ ।’ अहिले हिमाल पहाड तराई एक ठाउँमा केन्द्रित भएको भन्दै अध्यक्ष प्रचण्डले आफ्नो कदमले महत्वपूर्ण सन्देश दिएको उल्लेख गर्नुभयो ।

यस पटक गोरखा जानुको कारण पनि राष्ट्रिय एकताको सन्देश दिन र आर्थिक क्रान्तिको सन्देश दिन खोजेको उल्लेख गर्नुभयो । अहिले संसदबादका रोगहरु यत्रतत्र देखिन थालेको भन्दै पार्टी पुनःनिर्माणको अभियान र यो पाटीलाई क्रान्तिकारी रुपले रुपान्तरण गर्ने उपयुक्त थलोका रुपमा गोरखा रोजेको उंहाले बताउनुभयो ।

संविधान संशोधनमार्फत संविधानको संरचनागत सुधार गर्न आवश्यक भएको भन्दै उहाँले भन्नुभयो, ‘संविधानमा किटेर भनेको कुराको पनि अझै ऐन बन्न नसक्नुले देशभरीका जनतालाई सबै आफू आफ्नो भाग्यको मालिक बन्यौ हामी भन्ने महशुस हुन सकेको छैन । त्यसैले अब यसका लागि आर्थिक समृद्धिका लागि आर्थिक क्रान्तिको खाँचो छ । जुन शान्तिपूर्ण र प्रतिष्पर्धाको हुनेछ ।’ संविधानको रक्षा र संविधानको परिमार्जन दुवै गर्नुपर्ने दायित्व माओवादीकै भएको प्रचण्डले दाबी गर्नुभयो ।

गणतन्त्र आएर पनि अझै सबै नेपालीले त्यसको महशुस गर्न नसकेको भन्दै एकाथरी मानिसहरुले भने धमिलो पानीमा माछा मार्ने गरी ‘अब नो नट एगेन’ जस्ता प्रचार, दलहरुप्रति वितृष्णा फैलाउने कोशिस, युगान्त पविर्तन ल्याउने शक्तिहरुलाई अपमानित र बदनाम गराउने कोशिस भइरहेका उल्लेख गर्नुभयो ।

प्रचण्डले भन्नुभयो, ‘अहिले पनि मानिसहरुलाई खै गणतन्त्र आएर के पाइयो, जनताको जीवनमा सकारात्मक र प्रष्ट देखिने परिवर्तन त आएको छैन, विभेदको अन्त्य अहिले पनि भएको छैन भन्ने चर्चा चलिराखेको छ ।’ उहाँले भन्नुभयो, ‘हामीले जनताको अपेक्षा अनुरुप आर्थिक समृद्धिको योजना र कार्यक्रम लैजाने जुन दृढता थियो, त्यो नपुगेका निष्कर्षमा हामी पुगेका छौं ।’समृद्धि र आर्थिक क्षेत्रमा गुणात्मक फड्को हान्न नसके यो राजनीतिक परिवर्तन प्रति मानिसहरुमा विभ्रम आउने खतरा बढेको उहाँको ठहर छ ।

 

जाजरकोटका मतदाता भन्छन्( शक्ति बस्नेत गाउँमा आउँदा उम्मेदवार होइन, छोरै फर्केझैँ लाग्यो

0

हेमन्त केसी
कात्तिक २०७९ जाजरकोट : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनको माहोल तातिएको छ । उम्मेदवाहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन् । तर, जाजरकोटको चुनावी माहोल भने यसभन्दा भिन्न छ ।

जाजरकोटमा सत्ता गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र० का उपमहासचिव शक्ति बस्नेत प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । जाजरकोटमा उनको उम्मेदवारी परेपछि मतदाताहरू निकै उत्साही देखिन्छन् । त्यसो त बस्नेतको चुनावी अभियानलाई पछ्याउँदा स्थानीयसँग उनको भावनात्मक सम्बन्ध प्रस्टै देखिन्थ्यो । कोही उनको हात समातेर आशिर्वाद दिन्थे त कोही भावुक बनेर अंगालो मार्थे । अनि कोहीकोही जितको शुभकामना दिँदै बाटो बिराउला भनेर बस्नेतलाई खबरदारी पनि गर्थे ।

त्यसैमध्येकी एक हुन्( जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाडाँकी रामकली बुढा । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा ९माओवादी केन्द्र० का उपहासचिव शक्ति बस्नेत आफ्नो गाउँमा आउँदा आफ्नै छोरो फर्केझैँ लागेको बताउँछिन् उनी ।

लिम्सामा आयोजित कार्यकर्ता प्रशिक्षणमा घरको कामले गर्दा आफू जान नपाएको बुढा बताउँछिन् । तर, शक्ति बस्नेत आफ्नो गाउँमा बास बस्न आएपछि आफ्नो मनमा जनयुद्धमा गुमाएको छोराले घर खोज्दै आएझैँ लागेको उनको भनाइ छ । शक्ति बस्नेत गाउँमा आउँदा त छोरै फर्केजस्तो लाग्यो मलाई,ु उनी भन्छिन् ।

उनका छोरा कालीबहादुर बुढाको २०६१ सालमा दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो । माओवादी जनमुक्ति सेनामा रहदा आफ्नो छोराले सधैँ गाउँमा विकास निर्माणको काम गरी समृद्धि ल्याउने कुरा गरेको उनले बिर्सिएकी छैनन् । अहिले छोरो जीवित नभए पनि छोराले बोकेको सपना साकार पार्न बस्नेत गाउँगाउँमा पुग्दा आफ्नो छोरो फर्किएर आएको जस्तो लाग्ने उनी बताउँछिन् ।

‘मेरो छोराको ठाउँमा कालेगाउँको एक सामान्य किसानको छोरा मेरो छोराको सपना पूरा गर्न गाउँ(गाउँमा आउँदा म आमाको मन किन खुसी नहुने रुु रामकली बुढा भन्छिन्, ुयही परिवर्तनका लागि हामीले छोरालाई जनयुद्धमा पठाएका थियौँ । अहिले गाउँमा मोटरबाटो, टेलिफोन आएको छ । यो सबै हाम्रो छोराको बलिदानले आएको हो ।’

सँगै उनले बस्नेतलाई आफ्ना छोराहरूको बलिदानी खेर जान नदिन खबरदारी पनि गरिन् । ुयो परिवर्तनमा लागि मेरो छोराको मात्र होइन हजारौँको बलिदानी भएको छ । तपाईंहरूले अहिलेसम्म राम्रो गरिरहनुभएको छ । हामी तपाईंलाई छोरो सम्झेर भोट हाल्छौँ । बारेकोटमा राम्रो विकास पनि भएको छ, शक्ति बस्नेतको हात समाएर रामकली बुढाले भनिन्, ुतपाईंहरूले हाम्रा छोराहरूको बलिदानी खेर जान दिनुहुँदैन । अझै धेरै विकास गरेर उनीहरूको बलिदानको सम्मान गर्नुपर्छ ।ु

पूर्वमन्त्रीसमेत रहेका बस्नेतको नाम सुन्दा रामकलीलाई आफ्नै छोराको नाम सुनेझैँ लाग्छ रे । ुरेडियोमा बाबुको ९शक्ति बस्नेतको० नाम सुन्छु । त्यतिबेला मेरो छोराको नाम रेडियोमा बजेझैँ लग्छ,ु बस्नेतको हात समाएर रामकलीले भनिन् ।

आफ्नो हात समातेर भावुक बनेकी रामकलीलाई बस्नेतले आफू शहीदको सपना पूरा गराउन दिनरात लागिपरेको र लागिरहने प्रतिबद्धता जनाए ।

त्यस्तै बारेकोट– ४ की सिर्जना बस्नेतले आफ्नो बाबाको सपना पूरा हुँदै गएको भन्दै प्रतिनिधिसभाका उम्मेदवार बस्नेतलाई शुभकामना दिइन् । माओवादीले जिते मात्रै बारेकोटको विकास हुने उनको भनाइ छ ।

माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत गाउँ(गाउँमा पुग्दा सर्वसाधारणले विकास निर्माणदेखि शहीदको सपना पूरा गर्न आग्रह गर्दै फेरि पनि मन्त्री भएर आउने शुभेच्छा व्यक्त गरेका छन् । जाजरकोट सधैँ पछाडि परेको जिल्ला हुनु नहुने उनीहरूको भनाइ छ । ुहामी सधैँ पिछडिएको जिल्लावासी होइन, अब नेतासहित जिल्ला पनि अगाडि बढ्नुपर्छ । शक्ति बस्नेतले त्यसको नेतृत्व गर्नुपर्छ । हामी उहाँलाई जिताएर पठाउँछै,ु शक्ति बस्नेतलाई शुभकामना दिँदै स्थानीयले भनेका छन् ।

चुनावी अभियानका क्रममा गाउँ(गाउँमा पुगेका बस्नेतलाई स्थानीयले जाजरकोटको भरोसा भन्दै फूलमाला लगाएर स्वागत गर्दै छिट्टै मन्त्री भएर पुनः फर्किन आशिर्वाद दिएका छन् ।

बस्नेत यसअघि ९ महिनासम्म गृहमन्त्री, ४ महिना स्वास्थ्यमन्त्री र दुई वर्षभन्दाबढी वनमन्त्री भइसकेका छन् । उनी माथिल्लो तहमा पुग्ने जाजरकोटका पहिलो राजनीतिज्ञ हुन् । सोही कारण बस्नेतप्रति यहाँका स्थानीयमा ठूलो भरोसा रहेको प्रस्टै देखिन्छ ।

बस्नेत जुन गाउँमा पुगे पनि उनीप्रति जनतामा ठूलो भरोसा देखिएको जाजरकोटका नागरिक अगुवा राजेन्द्रविक्रम शाह बताउँछन् । बेदागी छवि, शालिन व्यक्तित्व, जनताका मुद्दामा प्रतिबद्ध र आफ्नो कुरा स्पष्टसँग राख्ने बस्नेतको लोकप्रियता जाजरकोटमा बढ्दै गएको आफूले पाएको शाह बताउँछन् ।

बस्नेतसँग यसपटक नेकपा एमालेका निरज आचार्य चुनावी मैदानमा प्रतिस्पर्धी छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की पनि चुनावी मैदानमा छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार बस्नेत अहिले जिल्लाका सातै पालिकामा रहेका युवा तथा आम कार्यकर्ता प्रशिक्षण, भेटघाट तथा शुभचिन्तकसँगको आन्तरिक छलफलमा व्यस्त छन् ।

जिल्लामा सञ्चालनमा रहेका ठूला प्रोजेक्ट, आयोजनाहरू निर्माण गर्ने दायित्व बस्नेतको काँधमा रहेको स्थानीय समाजसेवा तथा नेपाली कांग्रेसका नेता राजीवविक्रम शाह बताउँछन् । सोही कारण आफूहरू बस्नेतलाई जिताउने अभियानमा रहेको उनको भनाइ छ ।

कतिपयले बस्नेतलाई कर्णालीको भविष्यको रूपमा पनि चर्चा गर्ने गरेका छन् । उनलाई जाजरकोटमा टक्कर दिने सोहीस्तरको नेता अहिलेसम्म नदेखिएको स्थानीयहरूको बुझाइ छ । जाजरकोटमा माओवादीको राम्रो संगठन छ । जसका कारण बस्नेतलाई चुनाव जित्न सहज हुने स्थानीयहरू बताउँछन् ।

‘विना ढेउवाके’ विदेश पठाइदिन्छौं भन्नु युवाप्रतिको विश्वासघात : प्रदीप ज्ञवाली

0

अजय खडका

कात्तिक १६,०७९ गुल्मीः ‘विना ढेउवाके’ विदेश पठाइदिन्छौं भन्नु युवाप्रतिको विश्वासघात भएको एमाले महासचिव तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधी सभा उम्मेदवार प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।

बुधबार उपमहासचीव ज्ञवालीले गुल्मीको सदरमुकाम तम्घासको निलगिरी पार्टी प्यालेसमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी पाँचबर्षमा गुल्मी क्षेत्रनम्बर–१ मा भए गरेका काम र आगामि बर्षमा गर्ने कामको प्रतिबद्धता पत्र प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।

रौतहट क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका नेता माधब कुमार नेपालले बिना ढेउवाके विदेश पठाउछौ भनेर मतदाता माझ गरेको भाषणलाई काटक्ष गर्दै ज्ञवालीले युवाहरुलाई विदेश पठाउने होइन आफ्नै ठाउँमा रोजगारी दिने आफुहरुको प्रतिवद्धता रहेको बताउनु भयो । गाउँगाउँमा विकास पुगेको तर युवा जति बाहिर पलायन भएको र अब युवा पलायनलाई रोक्न स्वदेशमै केहि गर्ने गरि काम गरिने रणनिति बनाइएको बताउनुभयो ।

 

प्रतिबद्धता पत्र सार्वाजानिक कार्याक्रममा बोल्दै गुल्मी क्षेत्र नम्बर–१ का उम्मेदवार नेता ज्ञवालीले आफू निर्वाचित भएपछी कालीगण्डकी करिडोर, रेसुङ्गा विमानस्थल, गर्जुरा पार्क,उनायचौरमा बिद्युत सब स्टेशन,५० शैयाको गुल्मी अस्पताल निर्माण,अक्सिजन प्लान्ट निर्माण, पालिका स्तरमा १५ शैयाको अस्पताल, सडक पूर्वाधार,खानेपानी लगायत थुप्रै करोडौंका योजना संचालन गरिएको उहाँले बताउनुभयो ।

 

ज्ञवालीको जिल्लाको विपद र कुनैपनि महामारीमा आफुले जनताको निम्ति उल्लेख्य काम गरेको बताउनुभयो । ज्ञवालीले आगामी बर्षको लागी यातायात, विद्युत, खानेपानी, स्वास्थ्य,कृषि,उद्योग तथा खानी, युवा खेलकुद तथा रोजगारी, सामाजिक न्याय र सुरक्षा र संस्कृति तथा पर्यटन क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेको ज्ञवालीको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

चितुवाको आक्रमणबाट बालकको मृत्यु

0

कात्तिक १६,२०७९तनहुँ : चितुवाको आक्रमणबाट आठ वर्षीय बालकको मृत्यु भएको छ। व्यास नगरपालिका–१२ छिर्कन निवासी जगदीश कुँवरका छोरा अभिनमको मृत्यु भएको हो ।

मंगलबार साँझ घरदेखि तल रहेको गोठको ढोकामा बसिरहेको अवस्थामा उनलाई चितुवाले तानेर लगेको प्रहरीले जनाएको छ।

करिब १०० मिटर तल लगेपछि मानिस कराएपछि चितुवाले बालकलाई छाडेर गएको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत रामकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरी र वनका कर्मचारी लगायतको टोली पुगेर घटनास्थलको मुचुल्का उठाएर शव दमौली अस्पतालमा ल्याएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

तनहुँमा चितुवाको आक्रमणबाट १० भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

ओकेबाजेको चौरासी पूजाको आम्दानी खर्च सार्वजनिक

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), १५ कात्तिक : जापानीज नागरिक काजुमासा काकिमी (ओकेबाजे) को चौरासी पुजाको आम्दानी खर्च पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

 

रामपुर नगरपालिका वडा नं ८ एक्लेटारको गंगा माविमा कार्यक्रम भएको हो । चौरासी पुजा मुल आयोजक समितिका संयोजक तथा गंगा माविका प्रधानाध्यापक देवराज देवराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि ओकेबाजे रहनुभएको हो । ओकेबाजेले नेपालीको धेरै माया पाएको हुदा नेपाललाई कर्मथलो बनाएर काम गर्न पाउँदा खुशी लागेको बताउनुभएको छ ।

 

अध्यक्ष देवकोटाले आम्दानी खर्चबारे जानकारी गराउनुहुदै १८२ वटा विभिन्न संघ संस्था, व्यक्तिबाट ११ लाख १७ हजार ५५५ रकम सङ्कलन भएकोमा ७ लाख १६ हजार ५९१ रकम पूजामा खर्च भएको बताउनुभएको छ । सङ्कलित रकममध्ये बाँकी ४ लाख ९६४ रकम आज ओकेबाजेलाई नै हस्तान्तरण गरिएको छ ।

 

जनमार्ग माविका प्रधानाध्यापक श्यामबहादुर दिशाको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन रामतुलसी माविका शिक्षक लेखनाथ शर्मा मरासिनीले र धन्यवाद मूल आयोजक समितिका सदस्य तथा रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्सालले दिनुभएको हो ।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिको सहभागीता रहेको थियो । ओकेबाजेको गत असोज २३ गते गंगा माविमा नेपाली परम्परा अनुसार धुमधामका साथ चौरासी पुजा गरिएको थियो ।