Thursday, June 4, 2026

पाल्पामा एकै दिन दुई शव फेला

0

मंसिर १५,२०७९पाल्पा : जिल्लामा बुधबार एकै दिन दुई शव फेला परेको छ।

रिब्दीकोट गाउँपालिका–१ जेगीथुमकी ४९ वर्षीया तिलाकुमारी कुमाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

उनका अनुसार सोही वडाको सातमुरेस्थित रिडी खोलामा बुधबार दिउँसो ३ बजेतिर ती कुमालको शव डुबेको अवस्थमा फेला परेको हो। खोलाको बिच भागमा फेला परेकी उनको बायाँ गोडाबाहेक अन्य शरीरको भाग पानीमा डुबेको थापाले बताए।

यस्तै बुधबार नै बगनासकाली गाउँपालिका–३ पाखण्डीमा एउटा बेवारिसे शव फेला परेको छ। सोही ठाउँका सर्वजित थापाको बारीमा शव फेला परेको प्रनाउ थापाले बताए। ​स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सडेको अवस्थामा फेला परेकाले शवकोपहिचान हुन सकेको छैन।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गुल्मीमा ५० जना उम्मेदवारको जमानत जफत

0

हुमाकान्त पोखरेल
मंसिर १५,०७९ गुल्मीः मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गुल्मीमा ५० उम्मेदवारको जमानत जफत भएको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार कुल सदर मतको १० प्रतिशत पनि प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत भएको हो ।

प्रतिनिधिसभातर्फ १९ र प्रदेश सभातर्फ ३१ उम्मेदवारको जमानत जफत भएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेश सभाको लागि कुल ६२ जनाले उम्मेदवारी दिएका थिए । जसमा सत्ता गठबन्धन (काँग्रेस, समाजवादी र माओवादी केन्द्र) र एमाले उम्मेदवारले मात्रै जमानत जोगाएका छन् । अन्य सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले जमानत गुमाएका छन् ।

प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा १० जनाले उम्मेदवारी दिएका थिए । कुल ६८ हजार ६६४ सदर मत सदर भएकोमा जमानत जोगाउनको लागि उम्मेदवारले कुल सदर मतको १० प्रतिशत अर्थात छ हजार ८६६ मत ल्याउनु आवश्यक थियो ।

तर आठ जनाले उक्त मत ल्याउन नसकी जमानत समेत गुमाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश पाण्डे, नेमकिपाका पदम रसाईली, हाम्रो नेपाल पार्टीका भुवनेश्वर अर्याल, मंगोल नेशनल अर्गनाइजेसनका लोक बहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका चन्दा थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका दामोदर भण्डारी एवम् स्वतन्त्रबाट उम्मेदवारी दिएका कमला श्रेष्ठ र सुधन न्यौपानेले जमानत गुमाएका हुन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा ११ उम्मेदवारले जमानत गुमाएका छन् । यस क्षेत्रमा ५६ हजार ५९३ मत सदर भएकोमा जमानत जोगाउनको लागि उम्मेदवारले पाँच हजार ६५९ मत प्राप्त गर्नुपर्ने थियो । न्यूनतम मत पनि प्राप्त गर्न नसक्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका युवराज घिमिरे, राप्रापा नेपालका ठाकुर प्रसाद पाण्डेय, हाम्रो नेपाल पार्टीका रामलाल पाण्डे, मंगोल नेशनल अर्गनाइजेसनका पदम थापा मगर, स्वतन्त्र उम्मेदवारी दिएका कमला पुन, अमर बहादुर कार्की, नारायण भट्राई, केशर बहादुर थापा, देवराज पाण्डे, तेजेन्द्र बहादुर महत र दामोदर भुसालको जमानत जफत भएको हो ।

निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ मा १० जनाले उम्मेदवारी दिएकोमा आठ जनाले जमानत गुमाएका छन् । कुल सदर मत ३१ हजार ८०२ रहेको यस क्षेत्रमा जमानत जोगाउनको लागि कम्तिमा तीन हजार १८० मत आवश्यक थियो । राष्ट्रिय जनमोर्चाका ओम बहादुर कुँवर, मंगोल नेशनल अर्गनाइजेसनका श्रीप्रसाद पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णु विक्रम पाण्डे, राष्ट्रिय जनमुक्ति पार्टीका रुम बहादुर रानाको जमानत जफत भएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका इश्वरी प्रसाद पाण्डे, चित्रबहादुर थापा मगर, टंकनाथ अर्याल र देवी प्रसाद न्यौपानेको जमानत जफत भएको छ ।

गुल्मी क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ को कुल सदर मत ३७ हजार ४१ हो । जमानत जोगाउनको लागि उम्मेदवारले कम्तिमा तीन हजार ७०४ मत ल्याउनु आवश्यक थियो । तर ११ जनाले उम्मेदवारी दिएकोमा नौ जनाको उम्मेदवारी जफत भएको छ । मंगोल नेशनल अर्गनाइजेसनका शुशिल पुन, राष्ट्रिय जनमुक्ति पार्टीका लुम बहादुर थापाको जमानत जफत भएको छ ।

 

स्वतन्त्र उम्मेदवारी दिएका अमर बहादुर कुँवर, उमेश सिंजाली, गगन केसी, दुर्गा बहादुर थापा क्षेत्री, नारायण प्रसाद आचार्य, प्रेम प्रसाद भण्डारी र मेघ बहादुर गाहाले जमानत गुमाएका छन् ।

क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ मा १० जनाले उम्मेदवारी दिएकोमा आठ जनाले जमानत जोगाउन सकेनन् । यस क्षेत्रको कुल सदर मत २८ हजार १४९ मतमध्ये जमानत जोगाउनको लागि उम्मेदवारले दुई हजार ८१४ मत ल्याउनुपर्ने थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका जितेन्द्र विष्ट, जनता समाजवादी पार्टी, नेपालका घनश्याम पाण्डे, मंगोल नेशनल अर्गनाइजेसनका विष्णु सारुले जमानत जोगाउन सकेनन् । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका प्रेम बहादुर कुमाल, युवराज खरेल, झविन्द्र पाण्डे, नित्यानन्द पाण्डे र सन्त बहादुर थापाको जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ मा कुल २८ हजार ६५४ मत सदर भएकोमा जमानत जोगाउनको लागि उम्मेदवारले कम्तिमा दुई हजार ८६५ मत प्राप्त गर्नुपर्ने थियो । कुल आठ जनाले उम्मेदवारी दर्ता गराएकोमा छ जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ । तर राष्ट्रिय प्रजातन्त्र पार्टीका जितेन्द्र जिसी, मंगोल नेशनल अर्गनाइजेसनका कमल सिँजाली मगर, स्वतन्त्र उम्मेदवारी दिएका दुर्गा बहादुर विक, राजु विक, बल बहादुर अधिकारी क्षेत्री र बाबुराम कुँवरको जमानत जफत भएको छ ।

उम्मेदवारले प्रतिधिसभा सदस्यमा उम्मेदवारी दर्ताको लागि १० हजार र प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ताको लागि पाँच हजार शुल्क बुझाएका थिए । यसरी प्रतिनिधिसभातर्फका उम्मेदवारको एक लाख ९० हजार र प्रदेश सभातर्फको उम्मेदवारको दुई लाख ५० हजार गरी कुल चार लाख ४० हजार रुपैँया राज्यकोषमा जम्मा भएको जिल्ला निर्वाचन कार्यालयका लेखापाल बाबुराम भुसालले जानकारी दिए ।

जमानत जोगाउने १२ उम्मेदवारले भने उम्मेदवारीबापतको शुल्क फिर्ता लैजान पाउनेछन् ।

बढ्यो सुनको मूल्य

0

मंसिर १४,२०७९काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले बढेको छ। मंगलबार प्रतितोला ९७ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९७ हजार छ सय तोकिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार एक सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार नौ सय थियो।

त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला पाँचले बढेर एक हजार दुई सय ९० पुगेको महासंघले जनाएको छ।

निर्वार्चित साँसदलाई सम्मान गर्दै माग राख्दै

0

दिवाकर पोख्रेल
मंसिर १४,२०७९ देउखुरी : दाङको लमहीमा रहेको देउखुरी बहुमुखी क्याम्पसले नव निर्वाचित साँसदलाई विशेष कार्यक्रमकै आयोजना गरि बधाई एवं सम्मान कार्यक्रम सम्पन्न ग¥यो । यसरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट निर्वार्चित भएका साँसदहरुलाई सम्मानको आयोजना गर्नु एउटा औपचारिकता मात्रै थिएन ।

 

सामुदायिक क्याम्पसमा देखिएका चुनौती हल गर्दै क्याम्पसको स्तर बृद्धि र शैक्षिक गुणस्तरमा सहयोग पु¥याउने कार्यक्रमको माग गर्नुपनी थियो । निर्वाचित साँसदहरुलाई बधाई ज्ञापन गर्नु र सम्मान गर्नु एउटा बहाना भएपनि यस्लाई माग राख्ने अवसरकै रुपमा लिएको सम्मान कार्यक्रमको आयोजना गर्नेहरु नै बताउँछन ।

 

देउखुरी बहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष गणेशकुमार चौधरीले निर्वार्चित साँसदहरुलाई शूरुवातमै सम्मान गरेर समस्या अवगत गराउँदा संस्थागत समस्या हल हुने विश्वास व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ ‘निर्वार्चित भएपछि उहाँहरु हाम्रो जनप्रतिनिधि हो,हाम्रो उदेश्य क्याम्पसको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारमा उहाँहरुको सहयोगको अपेक्षा नै हो ।’

 

देउखुरी उद्योग बाणिज्य संघले पनि दाङ देउखुरी क्षेत्र नम्बर १ बाट निर्वार्चित प्रतिनिधीसभा र प्रदेशसभाका साँसदलाई एकै ठाउँमा राखेर सम्मान एवं बधाई ज्ञाप गर्दै नीजी क्षेत्रका समस्या वारे जानकारी गरायो । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले नीजी क्षेत्रको समस्या हल गरीे लगानी मैत्री बाताबरण माग समेत राख्न्ुभयो । दाङ देउखुरीका यी दुइवटा संस्था एउटा उदाहरण मात्रै हुन । अहिले निर्वार्चित साँसदहरुलाई बधाई र सम्मान गर्नेको होडवाजी नै चलेको छ । यसरी जनप्रतिनिधीसंग नजिक भएर आफ्ना समस्या उजागर गर्न पाउँदा संघसंस्थाका प्रतिनिधि र स्वयम मतदाता पनि हर्षित हुने गरेका छन ।

लमही नगरपालिका वडा नं ५ लमहीका प्रकाश जीसीले जनप्रतिनिधीलाई बधाई र सम्मानको कार्यक्रमले जनता र नेता विचको सम्बन्ध सुधार गर्नेमा विश्वास व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘आफ्ना जनप्रतिनिधीलाई फुल माला लगाएर आफ्ना गाउँ ठाउँको माग राख्ने कार्यलाई सकरात्मक रुपमा लिइनुपर्छ, यस्ले आवश्यकताको बोध गराउँछ र जन प्रतिनिधीलाई थप जीम्मेवार वनाउन सघाउँछ ।’

 

जनप्रतिनिधीहरुले यसरी मतदाताले स्वतस्फुत रुपमा आफ्ना समस्या राख्दा आफूहरुलाई जिम्मेवारी बढेको महशुस हुने बताउनुहुन्छ । शहरी विकास मन्त्री तथा दाङ क्षेत्र नम्बर १ बाट नव निर्वाचित प्रतिनिधिसभा साँसद मेटमणी चौधरीले मतदाताको उत्साहले जनसेवामा लाग्ने हौसला मिलीरहेको बताउनुहुन्छ ।

 

उहाँ भन्नुहुन्छ, ‘उहाँ भन्नुहुन्छ, यो योजना संकलनको प्रारारभ्भिक चरण जस्तै हो, मतदाताले निर्वाचनमा राखेका मागलाई पुनः स्मरण गराउनु भएको रुपमा लिएका छौ ।’ यस्तै लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री तथा दाङ प्रदेश १ (१) का नव निर्वाचित साँसद इन्द्रजित थारुले आफुहरुलाई मतदाताले आगामी योजना वारे जानकारी गराएको रुपमा सम्मान र बधाई कार्यक्रमलाई लिइएको बताउनुभयो ।

 

नक्कली प्रशासकीय अधिकृत परियार पक्राउ

0

मंसिर १४,२०७९बागलुङ : जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृत भन्दै ठगी गर्ने गोरखाको शहीद लखन गाउँपालिका–४ का बुद्धिमान परियारलाई प्रहरीले पक्राउ गरेको छ।

 

ठगी गरेको भन्ने सूचना पाएपछि बागलुङ नगरपालिका–३ गुठीस्थित प्रशासन कार्यालय परिसरबाट परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए।

 

निजामती कर्मचारीको पोशाक, विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्र र आकाशचन्द्र परियार उल्लेख भएको प्रशासकीय अधिकृतको रबर छापसहित उनलाई पक्राउ गरेको  थापाले जानकारी दिए।

 

परियार बसेको होटलको कोठामा गई खानतलासी गर्दा यी सामान र कागजात फेला परेको प्रहरीले बताएको छ।

गुल्मीमा समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल

0

हुमाकान्त पोखरेल
मंसिर १३,२०७९ गुल्मीः गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

जिल्लाका दुवै प्रतिनिधि सभाको समानुपातिक तर्फको मतगणना सकिदा घण्टी चुनाव चिन्ह भएको स्वतन्त्र पार्टी तेस्रो दल भएको हो । पहिलो एमाले, दोस्रो काँग्रेस, चौथो माओवादी केन्द्र, पाँचौ एकीकृत समाजवादी र छौठौँ दल राष्ट्रिय जनमोर्चा बनेको छ ।

एमालेले क्षेत्र नम्बर १ मा २८ हजार ४५३ र २ मा २५ हजार १३० गरी कुल ५३ हजार ५८३ मत प्राप्त गरेको छ । नेपाली काँग्रेसले क्षेत्र नम्बर १ मा २३ हजार ४१३ र दुईमा १८ हजार ४५१ गरी ४१ हजार ८६४ मत प्राप्त गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नम्बर १ मा आठ हजार ११६ र क्षेत्र नम्बर २ मा चार हजार २६३ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले क्षेत्र नम्बर १ मा छ हजार २५० र क्षेत्र नम्बर २ मा पाँच हजार ४३७ गरी कुल ११ हजार ६८७, नेकपा एकीकृत समाजवादीले क्षेत्र नम्बर १ मा २५६ र क्षेत्र नम्बर २ मा दुई हजार ४७० गरी कुल दुई हजार ७२६ र राष्ट्रिय जनमोर्चाले क्षेत्र नम्बर १ मा एक हजार २२४ र दुईमा ५३२ गरी कुल एक हजार ७५६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर १ मा कुल एक लाख १९ हजार २२८ मतदाता रहेकोमा ७१ हजार ४५८ मत खसेको थियो । जसमा ६९ हजार ५५७ मत सदर भएको थियो भने एक हजार ९०१ मत बदर भएको थियो । त्यसैगरी क्षेत्र नम्बर २ मा एक लाख चार हजार ३२७ मतदाता रहेकोमा ५८ हजार ३५० मत खसेको थियो । जसमा ५५ हजार ५५० मत सदर भएको थियो भने दुई हजार आठ सय मत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हतियारसहित नवीन पक्राउ

0

मंसिर १३,२०७९ काठमाडौँ : प्रहरीले हातहतियारसहित एक व्यक्तिलाई ताप्लेजुङको मिक्वाखोलाबाट पक्राउ गरेको छ। नवीनकुमार नाल्बोलाई मिक्वाखोला गापा(४ बाट पक्राउ गरिएको हो। उनीमाथि सहोदर भाइको भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या प्रयासको आरोप छ।

नवीनको घरमा खानतलासी गर्दा भरुवा बन्दुक नाल एक थान, उक्त बन्दुकमा प्रयोग हुने गोली ९फलामका छर्रा० ६ वटा, बारुद‚ एउटा खुकुरी र रडको टुक्रा बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीमाथि फौजदारी मुद्दा अन्तर्गत कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दा चलाउने प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक सञ्जय बुचाको नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको थियो। बुचा प्रदेश नं १ को उत्कृष्ट प्रहरीको रूपमा पुरस्कृत अधिकारी हुन्।

उम्राका लागि जान लागेका बाँकेका मुस्लिमहरुलाई अध्यक्ष शाहाद्धारा बिदाई

0

बाँके, ११ मंसिर : इस्लाम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगंजबाट औपचारिक रुपमा आज बिदाई गरिएको छ ।

 

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगंज विमानस्थलबाट बिदाई गर्नु भएको थियो । उम्राका लागि जान लागेका तिर्थयात्रीहरुलाई बिदाई गर्दै अध्यक्ष शाहले देशको समृद्धि, शान्ति र एकताका लागि समेत प्राथना गर्न आग्रह गर्नु भएको थियो ।

 

उम्रा गरेपछि मनोकामना पुरा हुने, मृत्युपछि बैकुण्ठ (जन्नत)मा बास हुने विश्वास गरिन्छ । त्यस्तै हर्ज तथा उम्रामा जानेले परिवारको सुख, शान्ति तथा समृद्धिको मनोकामना समेत गर्ने र त्यो प्राप्त हुने विश्वास रहेको छ ।

संविधान सभा सदस्य हाजी अब्दुल हमिद सिद्धिकि, जामा मस्जिदका पूर्व अध्यक्ष अब्दुल रहमान मिया लगायतका व्यक्तिहरु नेपालगंज बिमान स्थलमा पुगेर बिदाई गर्नु भएको थियो । उहाँहरु साउदीको मक्का र मदिनामा करिव २० दिन उम्रा गर्नुहुनेछ ।

दुर्घटनामा एक ज्येष्ठ नागरिककोे मृत्यु

0

मंसिर ११,२०७९ : झापाको बिर्तामोडमा शनिबार बेलुका धान बोकेको ट्रयाक्टर पल्टिँदा एक वृद्धको मृत्यु भएको छ ।

 

बिर्तामोड ९ कंचन टोलमा बेलुका करिब ७ बजेतिर थ्रेसर गरेको धान बोकेको प्र १–०१–००१ त ८४८९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिँदा ट्रयाक्टरमा रहनुभएका ७२ वर्षीय बुद्धराज श्रेष्ठको मृत्यु भएको हो ।

 

धानमा थ्रेसर लगाएर बिक्रीका लागि ट्रयाक्टरमा लैजाने क्रममा ट्याक्टरमा सवार किसान श्रेष्ठको दुर्घटनामा ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ट्रयाक्टरको ट्रलीमा राखिएको धानमाथि श्रेष्ठ रहनुभएको थियो ।

ट्रयाक्टर चालक ज्ञानबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।

एमाले दाङको प्राराभ्भिक समिक्षा ,पछि हट्दैनौं अघि बढ्छौ

0

दिवाकर पोख्रेल
देउखुरी, मंङसिर १० : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दाङमा पराजय भोगेको नेकपा एमालेले प्रारभ्भिक चुनावी समिक्षा गर्दै अघि बढ्ने तर पछि नहटने ठहर गरेको छ ।

 

दाङको घोराहीमा नेकपा एमाले क्षेत्र नम्बर २ ले आयोजना गरेको प्रारारभ्भिक समिक्षामा नेकपा एमालेका महासचिव तथा दाङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोख्रेलले निर्वाचनको पराजयलाई स्विकार्दै निर्वाचनमा आफ्ले भोगेको पराजयले राजकिय जिम्मेवारीबाट वाहिर बस्ने र राजनीतिक नेतृत्व गर्ने जिम्मेवारीका रुपमा लिएको बताउनुभयो । उहाँले पछि नर्फकेरै अघि बढ्ने बतानुभयो । उहाँले भन्नुभयो, ‘जे भयो भयो, अब म पछि फर्केदैन, सधै राष्ट्रिय राजनीतिलाई सहि दिशामा लग्ने काममा केन्द्रित हुन्छु ।’

 

यस्तै नेकपा एमाले दाङ क्षेत्र नं १ ले पनि निर्वाचनको प्रारभ्भिक समिक्षा गर्दै राष्ट्रिय स्तरमा देखिएको एमालेको लोकप्रीयतालाई दाङ देउखुरीमा प्रचार प्रसार गर्न नसकेको स्विकार गरेको छ । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा उम्मेदवार शान्ता चोधरीले आफ्नो पराजयले जनताको काम अझै गर्नुपर्ने शन्देश मिलेको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘हामीलाई अझै जनसेवामा लाग्ने प्ररेणा मिलेको छ, जनताको काम गर्दै अब दाङ देउखुरीमा पार्टी सङगठन बलियो पार्ने गरि काम गर्छु ।’ पाँचलिय गठबन्धनका सामु आफुहरु एकल रुपमा निर्वाचनमा सहभागि भएर सम्मानजनक मत प्राप्त गर्न सफल भएको उहाँको ठहर थियो । यस्तै उहाँले आफ्ना प्रतिस्पर्धी सहरी विकास मन्त्री मेटमणि चौधरीले सक्ता र शक्तीको दुरुपयोग गरेको आरोप समेत लगाउनुभयो ।

दाङका प्रतिनिधिसभा तर्फ तीन र प्रदेशसभाका ६ वटा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा क्षेत्र न १ मा एकिकृत समाजवादीका नेता सहरी विकास मन्त्री मेटमणी चौधरी प्रदेश १ (१) नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लुम्विनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु प्रदेश १ (२) नेपाली काँग्रेसका अनुराग खड्का निर्वाचीत हुनुभयो ।

 

यस्तै दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा प्रदेश २ (१) नेपाली काँग्रेसका राजु खनाल २ (२) मा नेपाली काँग्रेसकै प्रचण्ड विक्रम न्यौपाने वीजयी हुनुभएको छ । यसैगरी दाङ क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका दिपक गिरी प्रदेश ३ (१) नेपाली काँग्रेसका डिल्ली चौधरी र ३ (२) नेकपा माओवादी केन्द्रका धनवहादुर मास्की विजयी हुनुभएको छ ।