आवश्यकता नभएको भन्दै मुसिकोटमा हटाइयो निषेधाज्ञा

0
790

भदौ २, २०७७ : जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोटमा लगाएको निषेधाज्ञा हटाएको छ ।

प्रशासनले एक सूचना जारी गर्दै यसअघि जारी गरेको निषेधाज्ञा वर्तमान समयमा पुनः जारी गरिरहनु नपर्ने अवस्था देखिएकोले हटाइएको उल्लेख गरिएको छ।
रुकुम पश्चिम मुसिकोट नगरपालिकाका एक व्यवसायीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि बजारका अन्य ब्यक्तिहरुलाई पनि संक्रमण बढ्ने अनुमान गर्दै प्रशासनले चारकिल्ला तोकेर साउन २८ गतेबाट एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको थियो।
जसले गर्दा सदरमुकाम मुसिकोट खलंगा सहित आसपासका बजारहरु पुर्णरुपमा बन्द रहेका थिए भने आवतजावतमा पनि कडाई गरिएको थियो ।

निषेधाज्ञा हटाएको भए पनि कोरोना भाइरसबाट जोगिन सरकारले बेला बेला जारी गरेका निर्देशन र सूचनाको पूर्ण रुपमा कार्यन्ययन गर्न पनि अनुरोध गरेको छ।

SHARE