गाउँपालिकालाई कृषि ,पशुपालन र पर्यटनको माध्यमबाट समृद्ध बनाउछौ : अध्यक्ष बेदबहादुर थापा

0
1849

गुल्मी जिल्लाका १२ वटै स्थानीय तहहरुमा २ वटा नगरपालिका र १० वटा गाउँपालिकाहरु रहेका छन् । जिल्लाको बिकट भनेर चिनिने कालीगण्डकी गाउँपालिकालाई भन्ने गरिन्छ भने सदरमुकामका सूचनाहरु पनि सहजै रुपमा पुग्न नसक्ने कालीगण्डकी गाउँपालिका हो सदरमुकाम तम्घासबाट धेरै टाढा रहेको कालीगण्डकी गाउँपालिकामा साबिकका सातवटा वडाहरु रहेका छन् । कालीगण्डकी गाउँपालिकामा संचार समेत राम्रोसंग हुन सक्दैन् । जनताले सिहंदरवारको अधिकार गाउँगाउँमा आए भन्छन् तर जनताले के कति सुबिधा र बिकासको अनुभूती गर्न सके भन्ने बिषयमा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेद थापा मगरसंग गरेको कुराकानीको सम्पादित अंशलाई यहाँ प्रस्तुत गरेका छौ ।

स्थानीय तहको निर्वाचन भएको करिब तीन वर्ष हुन लाग्यो हालसम्मको अवस्था कस्तो छ ?
गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट कोषौ टाढा रहेको यस कालीगण्डकी गाउँपालिकामा विकासले गती लिन लागीरहेको छ । यहाँका जनताले विकासका निम्ती विजय गरी पठाए पश्चात मेरो सम्पूर्ण समय यहाँहरुको साथ सहयोगमा नै विताईरहेको छु । निर्वाचित भएको यस तीन वर्षको अवधिमा यहाँका पूर्वाधार देखी कृषि क्षेत्र ,खानेपानी का साथै शिक्षामा हामी हाम्रो समय र लागानी लगाईरहेको छौ । युवाहरुलाई कृषि क्षेत्रमा आर्कषण गर्नु गाउँघरमा बाँझीएर बसेका जग्गा जमीन उपभोग गर्नु जस्ता कृयाकलापहरु सहकारीको माध्यामबाट र विभिन्न योजनाको माध्यमबाट युवाहरुमा उत्सुकताका साथ कृ िषक्षेत्रमा लागाईएको छ । जसले गर्दा यसले बढ्दो बेरोजगारीको समस्यालाई हल गरी अत्मनिर्भर गाउँपालिका बन्नमा सहयोग गर्ने छ भन्ने कुरामा विश्वस्त छौ ।
सिंहदरबारको अधिकार गाउँगाउँ सम्म आए पश्चात खास जनताले के पाए ?
साच्चिकै सिंह दरबारको अधिकार गाउँगाउँमा आए पश्चात गाउँका जनताहरु जिल्ला, केन्द्रमा विकासका निम्त धाउने समस्या हल भएका छन् । स्थानीय तहले पाएका अधिकार हरु बढेका छन् तिनै सेवाहरु जनतालाई प्रदान गरीरहेका छौ भने जनताका आवश्यकताहरु यस गाउँपालिकाको कार्यलयमा सिधै राख्न पाउनुहुन्छ, हरेक विकासहरु फिल्ड भिजिट गरी बास्तविक आवश्यकताको पहिचान गरी जनताका समस्याहरु जनता संगै बसेर हल गर्न पाएका छौ । पहिलो बर्ष हामीहरु कनुन , नीति निर्माण थर्नमा खर्च गरियो भने अबका दिनहरुमा जनताले अनुभूति गर्ने गरी काम गर्न लागेका छौ । हालसम्म जग राख्ने काम भयो भने अब सोही जगलाई आधार मानेर जनताले अनुभूति गर्ने गरी काम हुन्छ ।
. तपाई निर्वाचित भएर आईसके पश्चात भएका उपलब्धीहरु केके भए ?
निर्वाचित भएर आएको तीन वर्षको अवधिमा धेरै उपलब्धीका कामहरु भएका छन् । मैले अघि पनि उल्लेख गरे संघियताको मर्म अनुसार पहिले स्थानीय तहको निर्वाचन भएपछि हामीहरु आएर बस्ने कार्यलय थिएन । स्थानीय तहहरुसंग आवश्यक पर्ने कानुनहरु निर्माण गर्नुपर्ने भएका कारण पनि सोचे अनुरुप काम गर्न नसक्नु स्वभाबिक नै थियो । त्यी सबै समस्याहरुका बाबजुत पनि हामीहरुले पालिकाका वडा वडाहरुमा धेरै योजनाहरुको डी.पी.आर भएर काम भइरहेको र अन्य केही योजनाहरुको डिपीआर भइरहेका छन् ।
सबै वडाहरुमा मोटर बाटोको पहुँच पुगेको छ । .कृषि क्षेत्रमा युवाहरुको उत्साह भएको र ब्यबसायीक रुपमा कामहरु भएका छन् भने युवाहरुलाई स्वदेशमानै रोजगारी सिर्जना गर्न बेरोजगारलाई अन्त्य गर्नका लागि समूह , सहकारी , नीजि फर्महरुलाई अनुदान दिई कृषि र पशुपालनलाई ब्यबसायीक बनाई बेरोजगारलाई अन्त्य गर्नका लागि र युवाहरुलाई स्वदेशमा नै टिकाई राख्ने काम गरेका छौ ।
.एक घर एक धाराको माध्यमबाट खानेपानीको समस्या समाधान गर्ने गरी लागिपरेका छौ । एक घर एक करेसाबारीलाई प्रथामिकता साथ अगाडी बढाएको र सफा र ताजा तरकारी प्रत्येकको भान्सामा हुने गरी लागि परेका छौ ।

 स्थानीय तहका प्रमुखहरु खासमा बाटो भत्काउन मात्रै लागे भन्ने आरोप छनी ?
बास्तवमा देश विकासको लागी पूर्वाधारको अपरिहार्य छ तसर्थ यसको लागि मोटर बाटो अनिवार्य छ त्यसैले प्रथामिकताको आधारमा जहाँ मोटर बाटो पुगेको छैन जो सुविधा विहिन छ त्यहाँ मोटर बाटो पु¥याएका छौ । हाम्रो आवश्यकताले होइन जनताका आवश्यकतामा हामी सदा सरिक छौ । तरपनि आश्यकताका आधारमा काम गरिरहेको छौ । बाटोअनि डोजरको विषयमा म सामान्य परिवारको मान्छे संग कसरी डोजर हुन्छर । भविष्यमा के हुन्छ थाहा छैन हाल म संग छैन निमार्ण व्यवसायीहरुको डोजर नै प्रयोग गरीरहेका छौ । कहि कतै स्थानीय तहका अध्यक्षहरुले गरिरहेका होलान तर हामीसंग जोडेर भन्नुत भएननी ।

तपाई निर्वाचनका समयमा जनतासंग गरेका प्रतिवद्धताहरु अहिले सम्झनुहुन्छ ?
पक्कैपनि, निर्वाचनको समयमा जनताका घर—घर जाने क्रममा जनताहरु संग यहाँका विकासका बारेमा केहि प्रतिवद्धताहरु जाहेर ग¥यो यी प्रतिवद्धतानै यहाँको आवश्यकता हो । मेरो भरोसा, विश्वास हो यो विश्वासले मलाई यहाँ सम्म ल्याईपु¥यायको छ कसरी विर्सन सक्छु जुन मेरो दिनचार्य बनेको छ । यी प्रतिवद्धताहरु क्रमश पुरा गर्दैछौ समयानुसार जनताका आवश्यकताहरु बढ्दै जाने क्रममा कतिपय प्रतिबद्धताहरु मा ढिलाई नभएको होला भन्न सकिन्न यसमा हामी गम्भीर छौ धेरै पुरा गरेका छौ भने अरु पुरा गर्ने चरणमा छौ । पक्कै पनि यि जनताका आवश्यकतालाई मर्न दिने छैनौ पुरा गर्नेछौ र हामी आफनो कार्यकालसम्म जनतासंग निर्वाचनमा गरेका प्रतिबद्धताहरुलाई अक्षरसह पुरा गरेरै छाड्छौ ।

. हाल स्थानीय तहले करै कर थुपारे भन्दै छन् त जनताहरु ?

स्थानीय सरकार सन्चालनको लागी स्थानीय निकायलेनै स्थानीय कर उठाउने अधिकार प्राप्त भए लगतै कर जम्मा गर्ने क्रममा पुँजीका आधारमा र विभिन्न सेवा प्रवाहका क्षेत्रमा त्यति धेरै कर लगाएका छैनौ । तर पनि हामी कर बढाएको नभई करको दायरालाई भने बढााएका छौ । युनतम कर लगाएका छौ । धेरै कर उठाएर जनतालाई मारमा पारेका छैनौ । । जनताले ब्यबसाय गरेका र गर्न लागेकाहरुलाई अनिवार्य दर्ता गरी करको दायरामा ल्याएको भने निश्चित हो

लामो समयको राजनीतिक अस्थिरता संगै नेपालमा राजनीतिक रुपमा अलमलियर बसेका व्यवस्थाहरुले बाटो पाएका छन् । नेपालमा विभिन्न कारणले बन्द भएका कलकारखना तथा उधोग धन्दा बन्दहुनु राम्रो पक्ष थिएन । नेपालको शैक्षिक प्रणालीले नेपाली युवाहरुलाई जान्ने बनायो तर देश धान्ने बनाएन, हाम्रो गाउँघरको जमीन बाझीनु नेपालको लागी दुर्भाग्य हो योनै बेरोगारहरुको जमात बढ्दै भन्ने दरिलो आधार हो । तसर्थ अहिले टोल—टोलमा मोटर बाटो पुगेका छन् घर घरै खानेपानी पु¥याइएको छ प्राविधिक शिक्षाहरु खुलेका छन । कृषि क्षेत्रमा लगानी गरेका छौ एक घर एक करेसाबारी आत्म निर्भर नेपाली बनाउने प्रत्यनमा छौ विदेश गएर आएका युवा साथीहरु र यहि केही गर्छौ भन्ने युवाहरुलाई प्रोत्साहान गरेका छौ । आर्यआर्जनका विभिन्न कार्यक्रमहरुमा जोडेका छौ ।

योजना विनियोजन र अनुदानका कार्यक्रममा पनि राजनीति घुस्छ भन्छन् नी ?
त्यसो होईन, योजनाहरु प्रथामिकताको आधारमा विनियोजन गर्ने गरीएको छ भने अनुदान ब्यबसायीकताका आधारमा आवश्यकताकै आधारमा मात्र सन्चालन गर्ने गरिएको छ । यदि युवाहरु बिदेशबाट फर्किएर आएका युवाहरुलाई ब्यबसायमा लगाउने गरी बितरण गरेका छौ । निर्वाचनको समयमा कुनै कुनै निर्वाचन चिन्हबाट आयौ तर त्यस पश्चात हामीलाई राजनीति गर्नु छैन् । तपाइले प्रश्नमा उल्लेख गरेजस्तो गरि योजना बिनियोन र अनुदानमा किन राजनीति गर्ने ? पालिका भित्र रहेका युवाहरुलाई ब्यबसायीक रुपमा कृषि , पशुपालनमा लगाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने , पालिकालाई कृषि , पशुपालन ,पर्यटनको माध्यमबाट समृद्ध बनाउने हाम्रो अभियान भएकाले जसले काम गर्छ त्यसले अनुदान पाउँछ । कसैका अनुहार हेरेरै अनुदान दिदैनौ र दिएका पनि छैनौ । गाउँपालिकालाई कृषि , पशुपालन र पर्यटनका माध्यमबाट समृद्ध बनाउने अभियानमा नै हामी लागि परेका छौ ।

अन्त्यमा हामीले लिएका केही लक्ष्यहरुमा सबै नागरीकहरु जगरुक हुनुहुन्छ, स्थानीय सरकारले गनुपर्ने काममा हामी गम्भीर रुपमा जिम्मेवार छौ । स्थानीय सरकार पहिलो अभ्यास र नागरिकहरुका महात्वआकांक्षा बढ्दै जानुहाम्रो लागी समस्या रहेको छ तर पनि यि समस्यालाई अवसरको रुपमा लिएर सबै गाउँपालिकाका टिम मिलेर अगाडी बढिरहेका छौ र बढछौ ।

धन्यवाद !

SHARE