
कात्तिक २,२०८३ बारा : बाराको परवानीपुर गाउँपालिकामा सर्पले डस्दा १० वर्षीया बालिकाको मृत्यु भएको छ। परवानीपुर गाउँपालिका ५ नौतनटोल निवासी मनोज साहकी छोरी सन्झना कुमारीको सर्पदंशबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी बाराका अनुसार कात्तिक १ गते राति ११ः५५ बजे आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा उहाँलाई नाम नखुलेको सर्पले डसेको थियो ।
सर्पले डसेपछि बिरामी भएकी बालिकालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएकोमा चिकित्सकले स्वास्थ्य परीक्षण तथा ईसीजी चेकजाँच गर्दा आज बिहान १२ बजेर २९ मिनेटमा मृत घोषणा गरेको बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो ।











