अर्घाखाँची एमालेले भदौ २९ मा बृहत कार्यकर्ता भेला गर्ने

0
397

भदौ२६,२०७८अर्घाखाँची : नेकपा एमाले अर्घाखाँचीले भदौ २९ गते सदरमुकाम सन्धिखर्कमा बृहत कार्यकर्ता भेला गर्ने भएको छ ।
एमालेले पछिल्लो राजनीतिक घट्नाक्रम बारे जानकारी दिने उद्देश्यले कार्यकर्ता भेला गर्ने तयारी गरेको हो ।
एमाले जिल्ला कार्यालयको सन्धिखर्कमा सम्पन्न बिस्तारित बैठकले भेला तयारीको निम्ति विभिन्न निर्णयहरु समेत गरेको छ । भेलामा एमाले जिल्ला कमिटीका सदस्य ,जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य ,पालिका कमिटीका सदस्य ,जनवर्गीय संगठनका जिल्ला सदस्य ,पालिका कमिटीका पदाधिकारी समेत करीब १ हजार कार्यकर्ताको सहभागीता रहने जनाएको छ ।

SHARE