सडक खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु

0
403

बैशाख ४,२०७८ रुकुम :रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा सडक खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु भएको छ। शनिबार वडा नम्बर ७ झाँक्रीपानीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटोको ढिस्को खस्दा सडक खनिरहेका स्थानीय ४८ वर्षीय रणे ओलीको मृत्यृ भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपील शाहीले ओलीको घट्नास्थलमै मृत्यु भएको जानकारी दिए। घटनास्थलमा ९ जनाले सडक खनिरहेकामा बाँकी आठ जना भागेर ज्यान बचाउन सफल भएको प्रहरीले जनाएको छ।

यसअघि रोजगार कार्यक्रम अन्तर्गतकै सडक खन्ने क्रममा खसेको ढुंगा लागेर वडा नम्बर ५ का एक बाख्रा गोठालाको मृत्यु भएको थियो।

SHARE