जानु पाण्डे
माघ २०,०७७ कपिलवस्तु : कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं। १० बस्ने ममता यादव अहिले ३१ वर्षकी भइन् । उनको बिहे भएको १३ वर्ष पुग्यो । अहिले उनको २ छोरा र १ छोरी रहेका छन् । ठुलो छोरा १२ वर्षको भए , छोरी ५ वर्ष र सानो छोरा ३ वर्ष । तिन जना सन्तानका जन्म दर्ता बनेको छ । पति हजारी यादवको नागरीकता बनेको १५ वर्ष भयो । ममता सँग नेपाली भएको कुनै प्रमाण नै छैन । नागरिकता त परै जाओस् , जन्म दर्ता , विवाह दर्ता समेत बनेको छैन । कपिलवस्तुका मधेसी भेगका धेरै महिलाहरु नागरिकता बनेका छैनन् ।
सम्पतीमा हक नलागोस् भनेर मधेसी समुदायमा महिलाका नागरिकता बनाउनका लागि चासो दिँदैनन् । सरकारले ५ वर्ष देखी मुनीका सबै बालबालिकालाई पोषण भत्ता दिने भए पछि ममता समेत खुसीले हुरुक्क भइन् ।
पुस २२ गते देखी कपिलवस्तु लगायत देशभरीका ११ जिल्लामा ५ वर्ष मुनीका बालबालिकाले वालपोषण अनुदान बापत मासिक रु ४ सय पाउने भएका छन् । ममताको कान्छा छोरा अमरेन्द्रले पोषण भत्ता पाउने भए पछि बल्ल उनको नागरिकता बन्ने भएको छ । यती बेला ममता जस्तै सयौँ आमाहरु नागरीकता लिनका लागि जिल्ला प्रशासन कार्यालय धाएका छन्।
स्थानीय सरकारले पोषणभत्ता लिनका लागि बच्चाको जन्मदर्ता सँगै आमा र बुवाको नागरिकता मागेपछि अहिले हजारौँ मधेस मूलका आमाहरुको नागरिकता बनाउने चाँजोपाँजो सूरु भएको छ ।
नागरीकता लिनका लागि कपिलवस्तु नगरपालिका वडा नं। १ कि सिमा कोहाँरले आइतबार आफ्नो माइती घर कपिलवस्तुको महाराजगञ्ज नगरपालिका ११ बलरमवापुर पुगेर जन्म दर्ता बनाइन् ।
सोमबार विवाहदर्ता गरी नागरिकता बनाउन जिल्ला सदरमुकाम तौलिहवा जाने तयारी गर्नु भएको छ । नागरीकता बन्ने भए पछि कोहाँरखुसी छन् छोराको पोषण भत्ताका पाउने र उही कारणले मेरो नागरीकता बनाउन पाएकोमा सरकार सँग खुसी भएको छु ।
वालपोषण अनुदानका लागि आमाको नागरीकता अनिवार्य गरे पछि यती बेला कपिलवस्तुमा मधेसी समुदायका महिलाको नागरिकता लिनेको घुइँचो बढेको छ । अघिल्लो साता सम्म दैनिक एक सयका हाराहारीमा नागरिकता लिने सेवा ग्राहीको भिड हुन्थ्यो । ती मध्ये औसत १० जना मधेसी समुदायका महिला हुन्थे । अहिले दैनिक ३ सय बढी सेवाग्राही आउन लागेका छन् । दुई सय भन्दा बढी सेवाग्राही मधेसी महिला रहेका छन् ।
अहिले यो संख्या दैनिक रुपमा बढ्न थालेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । नागरिकता बनाउनेको संख्या बढ्न लागे पछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमवार देखी समय थप गरेको छ । भिड कम नहुँदा सम्म नागरीकता लिनका लागि बिहान ७ बजे देखी ५ बजे सम्म नागरिकता प्रदान गर्न कार्यालय खुल्ने भएको छ । चाँप बढे पछि भिड कम गर्न र कोरोनाको जोखिम कम गर्न टोकन प्रणाली र समय थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए।
सरकारको योजनाले मधेसमा समयमा व्यक्तिगत घटना दर्ता गर्नेको प्रचलन बढ्ने कपिलवस्तु नगरपालिका वडा नं। १ का अध्यक्ष सुदीप पौडेल बताउछन् । वालपोषण अनुदानका कारणले वर्षै देखी नागरिकताबाट वन्चित भएका महिलाले नागरीकता पाउन सुरु गरेका छन् । यसले मधेसी समुदायका महिलाको जीवन स्तरमा फाइदा पुग्ने छ, अध्यक्ष पौडेलले बताए ।
कपिलवस्तु स्थानीय संस्था माहुरी होमले ५ वर्ष अगाडी गरीएको सर्वेक्षणले महिलाको नागरिकता बने पछि सम्पतिमा हक लाग्ने भएको हुँदा अधिकांश महिला नागरिकता पाउनबाट वन्चित भएको सामाजिक अभियन्ता रवीन्द्रनाथ ठाकुरले बताए ।
महिलाका नाममा जग्गा रजिस्ट्रेसन गर्दा शुल्क नलाग्ने व्यवस्था भए पछि केही शिक्षित परिवारले महिलालाई नागरिकता बनाउने प्रचलन सुरु भएको थियो । अहिले वालपोषण अनुदानका कारण सामान्य नागरिकले समेत महिलाको नागरीकता बनाउने लहर चलेको छ । सरकारका यस्ता योजनाले तराई मधेसका जनता लाभान्वित हुने ठाकुरले बताए ।