
कात्तिक २७,२७७ रुकुम : यस वर्ष रुकुम पश्चिममा तिहारको अवसरमा देउसी(भैलो खेल्न नपाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले देउसी(भैलो तथा चाडपर्वका अवसरमा मेला तथा जात्रा भर्न प्रतिबन्ध लगाएको हो।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि संक्रमण ऐन अनुसार जिल्ला बिपद् व्यवस्थापन तथा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार भीडभाड हुने कुनै पनि गतिविधिहरू गर्न नपाइने गरी रोकिएको हो।

त्यस्तै, आफू रहेकै स्थानमा चाडपर्व मनाउन, सामान्य पूजाआजा बाहेक मठमन्दिरहरूमा भीडभाडयुक्त क्रियाकलाप नगर्न र राती ८ बजे पश्चात मदिरा बेचबिखन र सेवन नगर्न सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिए।
पटका तथा आतसबाजी प्रयोग र बिक्रि बितरण नगर्न, सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नचढाउन, व्यवसाय संचालन गर्दा स्वाथ्य मापदण्ड पालना गर्न र घरबाहिर निस्कँदा मास्क लगाउन पनि अनुरोध गरेको छ।








