Thursday, June 4, 2026

सात बार मध्ये सबैभन्दा भाग्यमानी कुन वार जन्मेको ब्यक्ति हुन्छ ? कही तपाइको भाग्य पो चम्केको छ की !

0


कुनै पनि ब्यक्तिको बार अनुसार आफनो भाग्य तथा ग्रहहरु रहेको हुन्छन ।किनभने कुनै दिन जन्मेको मानिस कोही अन्धो हुने ,कोही अपाङ्ग हुने यस्तै यस्तै विभिन्न कारणले गर्दा प्रभाव परिरहेको हुन्छ ।तर हरेकको जन्म बार र समयबाट जन्मकुण्डली बनाउने वा भविष्यवाणी गर्ने गरिन्छ ।यहिअनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गरेको ज्योतिष शास्त्रीहरुले बताएका छन। त्यसैगरी आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो ।त्यसैगरी मंगलवार मंगलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । यी ग्रहहरुले तपाईको जीवनमा ठुलो धक्का दिने भएकाले आफनो बारअनुसार एकचोटी जानी राख्न आवश्यक हुन्छ । त्यसैले क्रमश तल हेरौ,
सुरुवातमा आइतवार ,यो वार जन्मिने व्यक्ति निकै भाग्यमानी हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता व्यक्ति कम बोल्ने र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने व्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुशी राख्न अधिक प्रयास गर्छन् । तर यस दिन जन्मेका व्यक्तिहरुलाई २० देखि २२ वर्षको उमेर सम्म दुःख कष्ट हुन् गर्छ । आइतबार जन्मिने महिला दानपुण्य गर्ने र निकै चलाख हुने गर्छन। यिनीहरुले २२ वर्ष पछि अधिक धन लाभ गर्ने अवसर पाउने छन ।
त्यसैगरी सोमबार जन्मिने व्यक्तिहरु जन्मिने व्यक्ति विध्वान, कला कुशल र बहादुर पनि हुनुका साथै बोलीमा निकै मिठासपन पाउन सकिन्छ । यस्ता व्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किनभने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ ।। यो वार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।
त्यसैगरी मंगलबार जन्म भएका व्यक्तिहरु निकै भाग्यशाली र धनवान हुने गर्छन। तर यस दिन जन्मेका महिलाहरु भने निकै कठोर प्रकृतिका हुने गर्छन।
त्यसैगरी बुधवार यस जन्मेका व्यक्तिहरु धर्म कर्ममा साथै आफ्नो काममा निकै चासो दिने भएकाले प्रशस्त धन सम्पति आर्जन गर्ने अवसर मिल्नेछ भने यिनीहरुलाई ८ र २२ वर्षको उमेरमा केहि रोग वा कष्ट पर्ने भएपनि जीवन सामान्य रहने हुन्छ ।
त्यसैगरी विहीवार जन्मिने पुरुषहरु निकै विध्वान र पराक्रमी हुने गर्छन। विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।तर ३० वर्ष उमेर नाघे पछि यिनीहरुको भाग्य खुल्ने र सोचेभन्दा बढी धन सम्पति कमाउने अवसर मिल्नेछ।
त्यसैगरी शुक्रबार जन्मिले व्यक्तिहरु निकै रोमान्चक स्वभावका हुन्छ । उनीहरुको मिठो स्वरले सबैको मन जित्न सफल हुनेगर्छन। यस बर जन्मिने व्यक्तिहरुलाई २० र २४ वर्षको उमेर मा दुख कष्ट पर्ने भएपनि आफ्नो कडा मेहेनत र परिश्रमको बावजुद प्रशस्त धन आर्जन गर्न सक्छन।
र अन्त्यमा शनिवार रहेको छ ।यो वार जन्म भएका व्यक्तिहरु अर्काको नोकरी भन्दा पनि आफ्नै व्यापार गर्न रुचाउने गर्छन। यिनीहरुको बाल्यकाल केहि कष्टपूर्ण हुने भएपनि त्यसपश्चातको पुरै जीवन खुशी र सुखी बित्नेछ। यस दिन जन्मेका व्यक्तिहरुले २० ,२५ र ४५ वर्षको उमेरमा केही समस्याहरु सामना गर्नुपर्नेछ। यिनीहरु प्रशस्त धन आर्जन गर्न सफल हुनेछन् ।माथि जे जस्तो लेखिए पनि आफनो कर्ममा विश्वास गर्नुस तपाइ पक्कै पनि सफल हुनु हुनेछ ।

इनाक्षी इन्टरटेनमेन्टको पहिलो कोशेलि पागल पागल सार्वजनिक

0

नारायण न्यौपाने– अस्ट्रेलियामा बसेर अध्ययन सँगै काम गरेका केहि नेपालीहरु साँगितिक क्षेत्रमा पनि जम्ने शुरमा छन । बिगत लामो समयदेखी अस्ट्रेलियामा बस्दै आएका ४ जना युवाहरु माधव न्यौपाने, राम कँडेल, दिपक सापकोटा र शसिधर कँडेलले सँयुत रुपमा सञ्चालन गरेको इनाक्षी इन्टरटेनमेन्ट मार्फत साँगितिक यात्रा तय भएको छ । उनिहरुले इनाक्षी इन्टरटेनमेन्ट मार्फत पहिलो गित ‘पागल पागल’ शुक्रवार सार्वजनीक गरेका छन । जुन गित युट्युवमा सार्वजनिक भएको केहि समयमानै अत्यन्तै धेरै दर्शकले मन पराएका छन ।

गितमा माधव न्यौपानेको उत्कृष्ट लय तथा शब्द सिर्जना छ । सिर्जनाकार न्यौपाने र पुर्णकला बिसीको सुमधुर आवाज रहेको म्यूजिक भिडियो पनि उत्कृष्ट बनाइएको छ । न्यौपाने स्वयमले निर्माण सँयोजन गरेको म्यूजिक भिडियोमा कल्पना गैरे, दिपक सापकोटा, मार्टिन र शामको अभिनय रहेको छ ।

यिबोगान्त लोक दोहोरी गित पागल पागलमा प्रेममा बिछोड पछिको अवस्था चित्रण गरिएको छ ।

राजमार्गले नछोएको जिल्ला रोल्पालाई मदन भण्डारी लोकमार्गले छुने

0

कुनै पनि राजमार्गले नछोएको रोल्पा जिल्लालाई मदन भण्डारी लोकमार्गले छुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको ध्यानाकर्षणपछि भौतिक योजना तथा यातायात मन्त्रालयले राजमार्गलाई रोल्पासँग जोड्ने गरी निर्माण गर्न सहमत भएको हो ।

सरकारले गत जेठमा बाह्र सय किलोमिटर उक्त लोकमार्ग घोषणा गर्दा प्यूठान, दाङ, सुर्खेत हुँदै जाने बताएको थियो । लोकमार्गको संशोधित डिजाइनअुनसार अब गुल्मी, प्यूठान, रोल्पाको खुङ्ग्री घोडागाउँ माडीचौर, सल्यानको दामाचौर जोड्ने भएको छ । मध्यपहाडी लोकमार्ग र पूर्व पश्चिम राजमार्गले नछुने रोल्पालाई पछिल्लोपटक डिजाइन गरिएको मदन भण्डारी लोकमार्गले समेत नछुने भएपछि आलोचना भएको थियो ।

रोल्पा घर भएका उपराष्ट्रपति नन्दबहादुर पुनले सडकले रोल्पालाई नछुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराएका थिए । बुधबार उपराष्ट्रपति पुनलाई भेट्न पुगेका मन्त्री महासेठले उक्त लोकमार्गको पछिल्लो डिजाइनबारे जानकारी गराएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए ।

उक्त लोकमार्गको गुल्मी पश्चिमका जिल्लाको डिपीआर बनेको छैन । लोकमार्गलाई राप्तीको मध्यभागबाट जोड्नका लागि उपराष्ट्रपति पुन, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सल्यानका सांसद टेकबहादुर बस्नेत, कर्णाली प्रदेश मन्त्री प्रकाश ज्वालाले समेत पहल गर्दै आएका थिए ।

झापाको शान्तिनगरबाट सुरु हुने लोकमार्ग सुनसरी, हेटौँडा, गुल्मी, प्यूठान, दाङ, डोटी, कैलाली, डडेल्धुरालगायतका जिल्ला जोड्ने भनिएको थियो । पछिल्लो संशोधन अनुसार अब प्यूठानबाट दाङतर्फ नआई रोल्पा सल्यान हुँदै सुर्खेत जोडिने भएको छ ।

यी ४ चिज आफ्नो पर्समा राख्नुस् ,चम्कनेछ तपाईको भाग्य

0

समुद्र शास्त्रअनुसार हामीले नियमित पैसा राख्ने पर्समा यदि यी ४ चीजहरु राख्यौ भने निकै भााग्यमानी हुनेछ । किनभने कसैकसैको जति मिहेनत गरेपनि धन हातमा नै नबस्ने समस्या हुन्छ । त्यसैले तपाईको मिहेनत मात्र खेर जाने र जीवनमा कहिल्यै माथि जान सकिदैन् । यो सबै तपाईको ग्रहको कारणले भएको हो । त्यसैले यदि तपाई प्रशस्त धन कमाएर सुखी बन्न चाहनुहुन्छ भने यी ४ चीज आफ्नो पर्समा राख्नुस् । के के हुन् ?

-पहिलो कुरा आफ्नो पर्समा नियमित धनकी देवी माता लक्ष्मीको तस्वीर राख्नुहोस् ।किनभने लक्ष्मीको क्रिपाले तपाई धनको बचत गरी सकरात्मका बाटोमा लानेछिन् ।

-दोस्रो यदि पर्स वा खल्तीमा कमलको दाना राख्नाले पनि शुभ हुन्छ । यो पनि सुखी र धनी बनाउने संकेत हो ।

-तेस्रोमा तपाईले यदि नियमित पर्समा अक्षता राखेर हिड्नु भयो भने पनि शुभ हुन्छ । जसले तपाईको रोकिएका कामहरु बन्ने र जागिरमा प्रशस्त अवसरहरु मिल्नेछ ।

-र चौथोमा पर्समा सानो ऐना राख्नाले धनको बचत हुन्छ । जसले गर्दा तपाईले जीवनमा कहिल्यै पछि फर्केर हेर्नु पदैन् ।

दिउँसो र राति जन्मेका व्यक्तीको कस्तो हुन्छ स्वभाव ? ज्योतिष शास्त्रले यसो भन्छ !

0

ज्योतिष शास्त्रमा विश्वास नगर्ने मानिस कमै हुन्छन् । ज्योतिष शास्त्रबाट पनि हाम्रो जिवनको भावी गतिविधि नियाल्ने गरिन्छ । ज्योतिषको मद्दतले जन्म समयको आधारमा कुनै पनि व्यक्तिको भविष्य र स्वभावको जानकारी पाउन सकिन्छ । राती जन्मेका र दिउँसो जन्मेका मानिसहरुबीच निकै भिन्नता हुन्छ ।

ज्योतिषाचार्य पं. मनिष शर्माका अनुसार राती जन्मेका मानिसहरु धेरै जोखिम मोल्छन् भने दिउँसो जन्मेकाहरु काम प्रति धेरै इमान्दार रहन्छन् । ज्योतिष शास्त्र अनुसार थाहा पाउनुस् दिउँसो र राती जन्मेका मानिसहरुको स्वभाव कस्तो हुन्छ ।

दिउँसो जन्मेका मानिसहरुको स्वभावः

– दिउँसो जन्मेका भन्दा राती जन्मेका मानिसहरु साहसी हुन्छन् ।

– स्वास्थ्यको मामलामा दिउँसो जन्मेका मानिसहरु भाग्यमानी हुन्छन् । उनीहरुको स्वास्थ्य निकै राम्रो हुन्छ ।

– राती जन्मेका मानिसहरु थोरै अल्छी हुन्छन् तर दिउँसो जन्मेकाहरुले कुनै पनि काममा अल्छी हुँदैनन् । प्रत्येक काम इमान्दारीपूर्वक गर्न रुचाउँछन् ।

– यी व्यक्तिहरु भावुक हुन्छन्, अरुको समस्या देख्न सक्दैनन् र मद्दतका लागि सधैं तत्पर रहन्छन् ।

– उनीहरु भगवानप्रति पूर्ण विश्वास राख्छन् र उनीहरुको स्वभाव धर्मबाट प्रभावित हुन्छ ।

– उनीहरु शान्तीपूर्वक काम गर्न रुचाउँछन् ।

– राती जन्मेका भन्दा दिउँसो जन्मेकाहरुलाई कम रिस उठ्छ । उनीहरुको रिस चाँडै नै कम हुन्छ पनि ।

– घर परिवार र समाजमा उनीहरुले मान–सम्मान पाउँछन् ।

– आफ्नो कर्मसहित कहिलेकाँही भाग्यमा पनि उनीहरु विश्वास गर्छन् ।

– जीवनसाथीप्रति इमान्दार रहन्छन् र सबैको सुखलाई ध्यानमा राख्छन् ।

राती जन्मेका मानिसहरुको स्वभावः

– राती जन्मेका मानिसहरुको कुण्डलीमा बृहस्पती र राहु बलियो हुन्छ त्यसकारण उनीहरुलाई कहिले पनि पैसाको कमी हुँदैन ।

– राती जन्मेका मानिसहरु आलोचक हुन्छन् । त्यसकारण उनीहरु सबैको आलोचना गरिरहेका हुन्छन् ।

– यी व्यक्तिहरु फ्रेन्डली हुन्छन् । दिउँसो जन्मिनेभन्दा राती जन्मेकाहरु साथी बनाउन निकै सिपालु हुन्छन् ।

– राती जन्मेका व्यक्तिहरु निकै आत्मविश्वासी हुन्छन् त्यसकारण उनीहरु सार्वजनिक स्थानमा आफ्नो कुरा निकै खुलेर प्रस्तुत गर्न सक्छन् ।

– यी व्यक्तिहरु धेरै कल्पनाशील र रचनात्मक स्वभावका हुन्छन् ।

– उनीहरु साहसी हुन्छन्, जस्तोसुकै जोखिम लिन तयार रहन्छन् ।

– उनीहरु चाँडै नै समस्या पत्ता लगाउन सक्छन् र त्यसको समाधानमा तत्पर रहन्छन् ।

फेसबुकमा यस्तो समस्या देखियो , संसारभरका प्रयोगकर्ता प्रभावित

0

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ ।

बुधबारदेखि नै सामाजिक सञ्जालहरू फेसबुक र इन्स्टाग्राममा समस्या आएको हो । केही प्रयोगकर्ताका फेसबुक र इन्स्टाग्राम पूर्ण रूपमा बन्द भएका छन् । अन्य केहीका खुले पनि राम्ररी चलेका छैनन् । म्यासेञ्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर डेस्कटपमा भने समस्या देखिएको छ।

अमेरिका, बेलायत, ब्राजिल, पेरू, कोलम्बिया, मेक्सिकोलगायतका देशका प्रयोगकर्ताको फेसबुक खुले पनि उनीहरुले स्टाटस वा तस्बिर राख्न पाएका छैनन् भने केहीले खुल्दै नखुल्ने समस्या रहेको विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फेसबुकले समस्या समाधानका लागि पहल गरिरहेको र केही समयमै समस्या समाधान हुने बताएको छ । नेपालमा पनि फेसबुक खोल्दा ‘इरर’को सन्देश आउच्छ र छिट्टै यो समस्या समाधान हुने उल्लेख गरिएको सन्देश पनि आउँछ ।

पर्सामा सामूहिक रूपमा विष सेवन,एककाे मृत्यु

0

पर्सामा सामूहिक रूपमा विष सेवन गरेका तीन मध्ये एक किशोरीको मृत्यु भएको छ । जिल्लाको जिराभवानीपुर गाउँपालिका ४ की संहिता कुमारीको बिष सेवनपछि उपचारका क्रममा भारतको इनर्वामा मृत्यु भएको हो । संहिताको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आइतबार बेलुका जिराभवानीपुर गाउँपालिकाकै सेढवाका युवक संजय दास थारूले भगाएर लगेका संहिता कुमारीसँगै गएकी १३ वर्षीया मंनीता कुमारीसहित तीनैजनाले सोमबार बिहान सामूहिक रूपमा बिष सेवन गरेको खुलेपछि भारतको इनर्वामा उपचारको लागि लगिएकोमा, संजिता कुमारीको भने उतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बताए ।

संजय दास थारूले भगाएकी संहिताकुमारी र संजयको बीचमा प्रेम सम्बन्ध बढ्दै गएको भए पनि संजयकै साथी राज चौधरीसँग निकट रहेकी भनिएकी १३ वर्षीया मंजिता कुमारीले पनि बिष सेवन गर्नुको कारण खुलिनसकेको पर्साका प्रहरी प्रवक्तासमेत रहेका शर्माले बताए । यता संजय दास थारूसँगै ती किशोरीहरूलाई भगाउन पुगेका चार र पाँच जनाको समूहमा आएका युवामध्ये ४ जनालाई भने स्थानीयले नियन्त्रणमा लिएर त्यहाँको प्रहरी चौकीमा बुझाएको प्रहरीले बताएकाे छ । याे समाचार कृष्णउदास खनालले नेपाल समाचार पत्रमा लेखेका छन् ।

शुक्रबार यी राशिलाई असाध्यै राम्रो यी राशिलाई ठिकै जान्नुहोस तपाईंको आजको भाग्य

0


मेष :आजको दिन आर्थिक दृष्‍टिकोणले हेर्दा राम्रो रहेको छ धन लाभ हुनुका साथै भबिश्यको लागि पनि धन संचय गर्ने सम्भावना रहेको छ । ब्यापार ब्यवसायमा बृदि र बिस्तार हुने सम्भावना रहेको छ । आजको दिन हर्श र खुशी पूर्ण रहनेछ । साथी भाई र आफन्त सँग रमाइलो गरिने छ । छोटो यात्राको पनि सम्भावना रहेको छ आजको दिन तपाईंको लागि शुभ रहेको छ ।

वृष :आजको दिन आफ्नो बोलिले अरुलाई प्रभाबित तुल्याएर महत्वपूर्ण कामहरु बनाउने समय रहेको छ तपाईंको मन प्रफुल्ल्तित रहनेछ आजको दिनमा । शुभ कार्य गर्न मन लाग्ने छ । आफुले काम गरे अनुसार फल प्राप्त हुनाले मनमा हर्श उमंग छाउने र काम गर्न हौसला बढ्ने देखिछ । आफुसँग भएको धनलाई सहि प्रयोग गर्नको लागि आजको दिन अनुकुल रहेको छ ।

मिथुन: आजको दिन तपाईंको मनमा अनेक प्रकारका बिचारहरु आउनेछन अलमलिएर नबस्नु राम्रो हुन्छ नियमित गरिआएका काम धन्दामा बढी मेहनत गर्नुहोला । बौद्दिक कार्यहरु पनि गर्नुपर्ने हुँन सक्छ । माता वा श्रीमतीको कुराले गर्दा तपाईंको मन बिचलित हुन सक्छ धैर्य गर्नुहोला । बहिरको यात्राा वा बसाइसराइको पनि योग रहेको छ । आज तपाईं स्त्रिको कुरामा र तरलपदार्थ सँग सम्बन्धित चिजहरुमा सचेत हुनुपर्ला । आज अलिबढी मानशिक थकान भएको महसुस हुन सक्छ ।

कर्कट : तपाईंको आजको दिन शुभ रहेको छ कुनै नयाँ कार्य गर्ने सोच बनाउदै हुनुहुन्छ भने आजको दिन तपाईंको लागि राम्रो रहेको छ । धेरै पछी टाढा भएको साथी सँग भेट घाटको पनि सम्भावना रहेको छ मित्र वा आफन्त सँग रमाइलो गरिने छ । आज दिन भर नै मन खुशी हुने छ । नोकरी ,ब्यापार जस्ता क्षत्रमा तपाईंका प्रतिस्पर्धी माथि बिजय हासिल गर्नुहुनेछ । सामाजिक मान प्रतिस्ठा प्राप्तीको पनि सन्केत मिलेको छ ।

सिंह :आजको दिन तपाईंको लागि समग्रमा मध्यम फल दिने खालको रहेको छ तर आर्थिक रुपमा आजको दिन राम्रो सन्केत देखिन्छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ
अली बढी खर्च हुन सक्छ । कतै टाढाको साथी वा आफन्तको खबर सुन्न पाउदा मन खुशी हुनेछ । स्त्रीबाट साथ र सहयोग प्राप्त हुने देखिन्छ । बोलिले अरुलाई प्रभाबित गर्न सक्नुहुनेछ । आँखा वा दात सम्बन्धी समस्या भए राहत मिल्नेछ । मिठो भोजनको को पनि अवशर प्राप्त हुन सक्छ । गर्न खोजेका काम हरु क्रमश सफल हुने देखेन्छ आजको दिनमा ।

कन्या : ब्यबसाईक र आर्थिक रुपमा आजको दिन राम्रो रहेको छ । तपाईंको क्षमताको कारण महत्वपूर्ण कामहरु सफल हुनेछन । स्वास्थ्य पनि राम्रो रहेको छ । मन प्रशन्न रहनेछ । कतैबाट खुशीको खबर सुन्न पाईेला । बैबाहिक जीवन सुखद रह्को छ जीवनसाथीको पूर्ण साथ रहनेछ । आर्थिक लाभ हुने समय रहेको छ । समग्र आजको दिन रमाइलो रहनेछ कन्या राशी हुनेतपाइको लागि ।

तुला : आजको दिन तुलाराशी हुने तपाईंले स्वास्थ्यको अलिबढी ख्याल गर्नुपर्ला । निर्णयहरु गर्दा ध्यान पुर्याउन नसक्दा मानसिक तनाब र चिन्ता हुन सक्छ कुनै महत्वपूर्ण निर्ण्य गर्नुपर्ने छ भने आज नगर्नु नै राम्रो होला । आजको दिन अली बढी खर्चहुने पनि योग रहेको छ। बोलीमा बिचार नपुर्याउदा बाद बिबादमा पर्न सक्ने पनि सम्भावना रहेको छ बोलिमा नियन्त्रण गर्नु राम्रो होला । आजको दिन भगवानको पूजा आराधना गर्ने र नियमित गरिआएका कामहरु गर्नु राम्रो हुनेछ तपाईंको लागि ।

वृश्चिक : तपाईंको आजको दिन लाभ पूर्ण रहेको छ । नोकरी वा ब्यवसायबाट लाभ प्राप्त हुने देखिन्छ । छोराछोरी र श्रीमतीको राम्रो खबर सुन्न पाइेएला । साथीभाइ सँग छोटो दुरिको रमाइलो यात्राको पनि सम्भावना रहेको छ । आफुभन्दा ठुलालाई खुशी बनाएर काम बनाउने समय रहेको छ । उपहार पुरस्कार प्राप्त हुन सक्छ । यदी तपाईं अविवाहित हुनुहुन्छ र विवाहको कुरा चल्दै छ भने आजको दिन कुनै महत्वपूर्ण निर्णय हुन सक्छ । परिवार सुखी र खुशी हुँदा मनमा हर्श र उमंग छाउनेछ ।

धनु : आजको दिन तपाईंकोलागी निकै सुखद रहेको छ । गृहस्थजीवन आनन्दमय रहने छ । तपाईंले गर्न खोजेका हरेक कार्य सफल हुनेछन । घरमा तपाईं भन्दा ठुला बढाको साथ र आसिर्बाद प्राप्त हुनेछ । आफ्नो ब्यवसायको क्रममा कतै यात्राको पनि सम्भावना देखिन्छ । तपाईंले आजको दिन अन्य दिन भन्दा अली बढी नै काम गर्नुपर्ने हुन्छ तर पनि सबै काम पूर्ण हुनेछन । काम हरु बन्ने र आफन्तको साथ र सहयोग प्राप्त हुनेहुँदा आजको दिन खुशी साथ बित्ने देखिन्छ धनुराशीहुने तपाईंको ।

मकर : आजको दिन तपाईंलाई मिश्रित फल प्राप्त हुने देखिन्छ । ब्यवसाय नयाँ तरिकाले गर्ने सोच आउन सक्छ नयाँ तरिकाले गर्दा तपाईंलाई लाभ मिल्नेछ आफ्नो रचनात्मक क्षमताको कारण तपाईं सफल हुनुहुनेछ । अली बढी मानशिक कार्य हरु गर्नुपर्ने भएको कारण मानसिक थकान महसुस हुनेछ । तपाईंको आजको दिन अली बढी खर्चको योग बनेको छ अनावश्यक खर्च गर्नबाट जोगिनुहोला । सरकारी कामकाजमा झन्जट बेहोर्नु पर्न सक्छ । प्रतिशपर्धी सँग आज बादबिबाद नगर्नु राम्रो हुन्छ । सन्तानका कुरामा आज थोरै निराश बन्नु पर्न सक्छ अरु सबै राम्रो रहेको छ मकर राशी हुने तपाईंहरुलाई ।

कुंभ : आजको दिन तपाईंको लागि मध्यम खालको रहेको छ दैनिक गरिआएका काम काज बढो सुज बुझ सँग गर्नु राम्रो हुन्छ । अनावश्यक खर्च हुने सम्भावना रहेको छ । कसैसँग अनावश्यक बादबिबाद हुने र झगडाको रुप पनि लिना सक्ने हुँदा बोलीमा नियन्त्रण गर्नु राम्रो हुनेछ । आज सारिरिक र मानसिक रुपमा थकानको महसुस हुन सक्छ ।
माया प्रेमको समय रहेको छ जीवन साथीको साथ सहयोग प्राप्त होला । नयाँ काम को योजना बनाउनु भएको छ भने आजको दिन सुरु नगर्नु राम्रो हुन्छ ।

मीन : आज गरिआएका काम काज थाती राखेर घुम घाम गर्ने वा रमाइलो गरिने छ । साथी भाई आफन्त सँग रमाइलो गर्दै आजको दिन बिताउन पाउदा निकै खुशीको अनुभब हुनेछ आज मान प्रतिष्ठा बृदि हुनेछ । शारीरिक र मानसिकरूप मा तपाईं दिनभर प्रफुल्लित रहनुहुनेछ । ब्यापार ब्यवसायमा पनि राम्रो रहेको छ आम्दानी बढ्ने सम्भावना रहेको छ । माया प्रेमको बातावरण बन्ने छ । समय तपाईंको पक्षमा रहेको छ आजको दिनमा

बंगलादेशको चोकबजारमा भिषण आगलागी, हालसम्म ६९ जनाको मृत्यु

0

बंगलादेशको राजधानी ढाकास्थित एतिहासिक नगर चोकबजारमा भिषण आगलागी हुँदा हालसम्म ६९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

बुधबार राति एक बहुतल्ले भवनबाट सुरु भएको आगलागी पुरै बस्तीमा फैलिएको थियो। उक्त भवनको एउटा तलामा अति प्रज्वलनशिल पदार्थको भण्डारण रहेको र त्यसैको कारण निजकैको भवनहरुमा पनि आगोले टिपेको प्रहरीको अनुमान छ।

बिहीबार बिहान बल्ल आगो नियन्त्रणमा आएको थियो।

चोकबजार भनेको दिल्लीको चाँदनी चोक वा काठमाडौंको असनको बस्ती जस्तै छ। त्यसैले पनि आगो नियन्त्रण गर्न कठिन भएको हो।आगलागीको समयमा उक्त चोकमा ट्राफिक जाम भइरहेकोले पनि हताहत हुनेको संख्या धेरै भएको बताइएको छ।

चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन जेल सजाय

0

चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ।

भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उहाँलाई यसअघि नै पदच्यूत गरिसकेको भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले बुधबार जनाएको छ।

चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन् २०१२ मा नियुक्त हुनु भएका फाङ फेङघुई अहिले कारबाहीमा परेका हुन्। उनलाई सन् २०१७ को अगष्टमा जिम्मेबारीबाट हटाइएको थियो।

सैन्य अदालतले नै उनलाई दोषी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।

चीनमा भ्रष्टाचार लामो समयदेखि देशका लागि ठूलो समस्या बनेको छ। भ्रष्टाचारविरुद्धका अभियानहरू चलाइएका छन् भने हजारौँ सरकारी उच्च अधिकारी कारबाहीमा परेका छन्।