Friday, June 5, 2026

डुबेको अवस्थामा पुरुषको शव फेला

0

२०, २०७६ . स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घाको खर्सिङगैरास्थित गौडाकुवामा एक पुरुषको शव फेला परेको छ। गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकका करिब ५० वर्षीय सोमबहादुर बिकको शव बुधबार फेला परेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए। बिक कुवाको पानीमा डुबेको अवस्थामा भेटिएका हुन्। बिक मंगलबार राति कुवामा डुबेका हुन सक्ने प्रहरीको अनुमान छ। बुधबार बिहान स्थानीयले देखेपछि बिर्घा प्रहरी चौकीमा खबर गरेका थिए। वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरीक्षक घिमिरेको नेतृत्वमा आएको टोलीले शव कुवाबाट निकाले हो। शवलाई पोष्टमार्टमका लागि वालिङ लगिएको छ। बिक करिब १० वर्षदेखि स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा बस्दै आएका थिए। उनी ज्याला मजदुरीमा काम गर्दथे। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घिमिरेले बताए।

सन्धिखर्क दुर्घटना अपडेट . मृतक तीनजनाकै सनाखत

0

कात्तिक २०, २०७६ अर्घाखाँची . सन्धिखर्क नगरपालिका–६ नरपानी बुधबार बिहान भएको कार दुर्घटनाका मृतक तीनजनाकै सनाखत भएको छ। मृत्यु हुनेमा रूपन्देही सैनामैना नगरपालिका–२ मुगृयाका ७० वर्षीया दुर्गादेवी खड्का, ४० वर्षीय तिलक खड्का र ४३ वर्षीय भक्तबहादुर खड्का रहेका छन्। दुर्घटनामा परी अन्य दुईजना घाइतते भएका छन्। घाइते हुनेमा सोही ठाँउका ४९ वर्षीय गंगाबहादुर खड्का र २८ वर्षीय विनोद खड्का रहेका छन्। उनीहरुको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ। रूपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटना भएको हो। कार सडकबाट करिब १५० मिटर खसेको जिल्ला प्रहरी प्रमुख प्रकाश विष्टले जानकारी दिए। कारमा एक्कासी ब्रेक लगाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

अर्घाखाँचीमा कार दुर्घटना : तीन जनाको मृत्यु, दुई जना घाइते

0

अर्घाखाँची – सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार बुधबार बिहान गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी छ । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश बिष्टले बताउनुभयो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

सटरहरु भत्काउन मन्त्रालयको निर्देशन

0

रिया बस्नेत कार्तिक १९,

लुम्बिनी प्रादेशीक अस्पताल परिसरमा रहेका सटरहरु भत्काउनको लागि सामाजिक विकास मन्त्रालयले निर्देशन दिएको छ ।सोमबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले अस्पतालको उत्तर पूर्व तर्फ रहेका सटर भत्काउने सामाजिक विकास मन्त्रालयको प्रस्तावलाई स्विकृति दिएको छ । मन्त्रीपरिषदका निर्णय सार्बजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बैठकले अस्पतालको उत्तर पूर्व तर्फ रहेका सटर भत्काउने सामाजिक विकास मन्त्रालयको प्रस्तावलाई स्विकृति दिने सहित चार निर्णय गरेको जानकारी दिए । अस्पतालका सटर भत्काउन जारी गरेको सूचनाको म्याद कार्तिक मसान्तमा सकिने र त्यस पछि व्यवसायीहरुलाई एक महिनाको समय दिने सो समय भित्र सटर खाली नगरे मन्त्रालयले डोजर चलाएर सटर भत्काउन सामाजिक विकास मन्त्रालयलाई स्विकृति दिने निर्णय गरिएको प्रवक्ता चौधरीले बताए ।

बार्षिक झण्डै नौ करोड आम्दानी दिदै आएको अस्पतालका ७२ वटा सटर भत्काएर मन्त्रालयले कम्पाउण्ड वाल बनाउने भएको छ । अस्पतालमा बिकास समितिका तर्फबाट २ सय भन्दा बढी कर्मचारीहरु कार्यरत रहका छन ।आम्दानीको मुख्य स्रोतको रुपमा रहेका सटरहरु भत्काए पछि अस्पतालको सेवा प्रभावित हुने र निजि अस्पतालहरुको व्यवसाय बढ्ने ब्यबसायीको भनाई छ ।

जनप्रतिनिधि नै अटोरिक्सा चालक ,

0

रमेश विश्वकर्मा

गुल्मी, कात्तिक १९ः पछिल्लो समय जनताका समस्या समधान र विकास निर्माण गर्न चुनिएका जनप्रतिनिधिहरु सौखिन र सुविधाभोगी बन्दै गएका छन् । चुनावका बेला लोकप्रिय नारा लगाएर भोट मागेका जनप्रतिनिधिहरु आफैलाई सुविधा थप्न लागिपरेका हुन् । सवारी साधन, विदा सुविधा, भत्ता र विभिन्न खाले सुविधा थप्नेमा स्थानीय तहका जनप्रतिनिधि नै अगाडि देखिन थालेका छन् ।

जनप्रतिनिधिहरु उत्तरदायी हुनुको सट्टा सुविधाभोगी बन्दै गएको प्रति नागरिहरुमा चिन्ता र आक्रोश पैदा भइरहेका बेला जिल्लाका एक जनप्रतिनिधिले भने व्यक्तिगत लगानीमा अटोरिक्सा खरिद गरी यात्रुहरुलाई सेवा दिदैँ आएका छन् । केही जनप्रतिनिधिहरुले सामान्य सवारी साधनले नै काम चल्ने अवस्थामा सरकारी कोषबाट बढी सुविधाका सवारी साधन खरिद गर्ने होड नै चलेको बेला रेसुङ्गा नगरपालिकाका कार्यपालिका सदस्य बाबुराम नेपालीले भने आर्थिक उपार्जनका लागि अटोरिक्सा खरिद गरी सञ्चालन गर्दै आएका हुन् । रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घास स्थायी घर भएका नेपाली चार वर्ष विदेशमा बसी गाउँघरकै समाजसेवा, राजनीति र व्यवसायमा जोडिन पुगेका छन् ।

गुल्मीदरबार गाउँपालिका चारपालको ठूलापोखरामा व्यवसायिक रुपमा जुत्ता पसल सञ्चालन गर्दै आएका उनले जुत्ता पसलले मात्र जिविका चलाउन गाह्रो परेपछि आफुसँग भएको मोटरसाईकल बेची थप रकम ऋण खोजेर अटोरिक्सा खरिद गरेका हुन् । नेपालीले दैनिक रुपमा जिल्लाको गुल्मीदरबार गाउँपालिकाको खज्र्याङ्गदेखि चारपाला र घुम्तीसम्म अटोरिक्सामा यात्रुहरु बोकेर हिड्ने गर्दछन् ।

उनले मोटरसाईकलमा यात्रा गर्दैगर्दा धेरैजसो वृद्ध बाआमाहरु त्यो बाटोमा हिडिरहेको देख्दा आफुलाई दुःख लागेर आएको सुनाए । नेपालीले ती वृद्धवृद्धाहरुको सेवा पनि हुने र आफ्नो व्यवसाय हुने सोचेर अटोरिक्सा सञ्चालनमा ल्याएको बताए ।

अटोरिक्सा सञ्चालनमा ल्याएपछि वृद्धवृद्धाहरुलाई गन्तव्य स्थानसम्म पुग्न सहज भएको छ । उनले वृद्धवृद्धाहरुलाई अटोरिक्सामा यात्रा गराए वापत कुनै पनि शुल्क नलिने गरेको बताउँछन् । अन्य यात्रुहरुबाट भने उनले केही शुल्क लिने गरेका छन् ।

नेपालीले काम कुनै सानो ठूलो नहुने बताए । उनले भने ‘कतिपयले मलाई नगरको मन्त्री जस्तो मान्छे, तँलाई किन अटोरिक्सा चलाउनु प¥यो भन्ने गर्दछन् ।’ अरुले जे भने पनि उनी पछि हटेनन् । काम गरेर खानलाई केहीं पनि हँुदैन, काममा सम्मान हुनुपर्छ भन्दै उनले जस्तोसुकै काम भएपनि त्यसलाई व्यवसायिक रुपमा लगाई स्वदेशमै केही गर्न युवाहरुलाई सुझाव दिन्छन् ।

नेपालीले ५ लाख ७० हजारमा उक्त अटोरिक्सा खरिद गरेका हुन् । उनले गत वैशाख महिनादेखि नियमित अटोरिक्सा चलाउन थालेका छन् । अटोरिक्सा सञ्चालनबाट दैनिक एक हजारदेखि दुई हजारसम्म आम्दानी गर्न सफल भएको नेपाली बताउँछन् । उनले सरदर महिनामा ३० देखि ३५ हजारसम्म आम्दानी गर्ने गरेको बताए ।

अटोरिक्सा आफै सञ्चालन गर्दै आइरहँदा उनी सामाजिक कार्यमा पनि निरन्तर रुपमा संलग्न रहेका छन् । उनले भने ‘अटोरिक्सा सञ्चालन मेरो पार्ट टाइम मात्र हो । यसरी मैले अटोरिक्सा सञ्चालन गर्दा मलाई सन्तुष्टि नै मिलेको छ ।’ निर्वाचनको क्रममा जनताको पक्षमा काम गर्ने र विकास निर्माण गर्ने प्रतिवद्धता गरेर निर्वा्चित भएका जनप्रतिनिधिहरुले नेपालीको कामको अनुशरण गर्नु जरुरी छ ।

प्रदेश ५ सूचना प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा बाँस्कोटा

0

कात्तिक १९, २०७६ काठमाडौं . प्रदेश ५ को सूचना प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा अनुप बाँस्कोटा नियुक्त भएका छन्। प्रदेश ५ मन्त्रिपरिषदको बैठकले बाँस्कोटालाई आगामी ५ वर्षका लागि नियुक्त गरेको हो। बाँस्कोटा यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक थिए। बाँस्कोटाको कार्यकालमा राष्ट्रिय परिचयपत्र, सवारी अनुमति पत्र, राष्ट्रिय डाटासेन्टर, बिपद व्यवस्थापन केन्द्र, सरकारी नेटवर्क तथा विद्युतीय मानक जस्ता कार्यक्रम अघि सारिएको थियो। त्यस्तै, एसियाली विकास बैंकको सहयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत सन्चालन भएको सूचना प्रविधि विकास पारियोजनाको कार्यक्रम निर्देशक भई उनले विद्युतीय सरकार गुरुयोजनाको कार्यान्वयन गरेका थिए। काठमाडौं विश्व विद्यालयको प्राध्यापकको रुपमा रही कम्प्युटर इन्जिनियरिङ शिक्षा पढाएका उनले मन्त्रालय तथा अन्तर्राष्ट्रिय विकास साझेदारमा प्रविधि विज्ञको रुपमा काम गरेका थिए।
थाहाबाट

नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

0

कात्तिक १९, २०७६ काठमाडौं :  नवनियुक्त सातै प्रदेशका प्रमुखहरूको सपथ ग्रहण गरेका छन्।   राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा सबै  प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन्। मन्त्रिपरिषद्को सिफारिशमा चितवनका अमिक शेरचन (गण्डकी प्रदेश), कास्कीका सोमनाथ अधिकारी (प्रदेश १), बाँकेका तिलक परियार (प्रदेश २), सिरहाका धर्मनाथ यादव (प्रदेश ५), झापाका विष्णु प्रसाई (प्रदेश ३), डडेल्धुराका गोविन्द कलौनी (कर्णाली प्रदेश)  र चितवनकी शर्मिला त्रिपाठी (सुदूरपश्चिम प्रदेश) लाई राष्ट्रपति भण्डारीले हिजो नियुक्त गरेकी हुन्।
थाहाबाट

नेकपा नेता झक्कु सुवेदीलाई हृदयघात, नर्भिकमा अप्रेशन

0

कात्तिक १८, २०७६ काठमाडौं .  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता झक्कु सुवेदीलाई हृदयघात भएको छ । हृदयघात भएपछि सोमबारै थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनको मुटुको अप्रेशन गरिएको छ । नर्भिक अस्पतालको आइसियुमा उपचाररत सुवेदीको मुटुको अप्रेशन सफल भएको चिकित्सकहरुले बताएका छन्। ‘मेजर हार्टअट्याक पछि नर्भिकमा सुवेदीको अप्रेशन गरिएको छ। राष्ट्रिय युवासंघका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले दिएको जानकारी अनुसार सोमबारै नर्भिकमा उनको मुट्का अप्रेशन गरिएको हो। सोमबारै बिहान दाङतर्फ स्थलमार्गबाट हिँडेका नेता सुवेदी थानकोट पुगेपछि बेहोस भएका थिए। गाडीमै बेहोस भएका सुवेदीलाई सीधै नर्भिकमा भर्ना गरेर उपचार थालिएको थियो। त्यहाँबाट फर्काएर उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।थाहाबाट

सातवटै प्रदेशमा नयाँ प्रमुख नियुक्त

0

कात्तिक १८, २०७६ काठमाडौं . सातवटै प्रदेशमा प्रमुख नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ सातवटै प्रदेशमा नयाँ प्रमुख नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले सोमबारै बसेको मन्त्रिरिषद् बैठकको सिफारिसमा सातै प्रदेशमा प्रमुख नियुक्ति गरेकी हुन्। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको जनाइएको छ। राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार प्रदेश १ मा कास्कीका सोमनाथ अधिकारी प्यासी प्रदेश प्रमुख भएका छन् । यसैगरी प्रदेश २ मा बाँकेका तिलक परियार नियुक्त भएका छन्। प्रदेश ३ मा झापाका विष्णुप्रसाद प्रसाईं, गण्डकी प्रदेशमा चितवनका अमिक शेरचन प्रदेश प्रमुख बनेका छन्। प्रदेश ५ मा सिरहाका धर्मनाथ यादवले प्रदेश प्रमुखको जिम्मेवारी पाएका छन्। कर्णाली प्रदेशमा बैतडीका गोविन्दप्रसाद कलौनीलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ। सुदूरपश्चिम प्रदेशमा चितवनकी शर्मिला कुमारी पन्तलाई राष्ट्रपतिले प्रदेश प्रमुखमा नियुक्त गरेकी छन्। नवनियुक्त सातै प्रदेश प्रदेश प्रमुखहरुको सपथग्रहण मंगलबार हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपतिको कार्यालयले मंगलबार बिहान ८ बजे सबै प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइने तयारी गरेको छ।

वैदेशिक हस्तक्षेप बढ्न सक्ने खतरा . प्रवक्ता श्रेष्ठ

0

कात्तिक १८, २०७६ भद्रपुर . नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालमा वैदेशिक हस्तक्षेप वढ्न सक्ने खतरा रहेको बताएका छन्। झापाको बिर्तामोडमा सोमबार नेपाल वहुउद्देशीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्वन्धी अभिमुखीकरण कार्यक्रममा श्रेष्ठले अब जनातासँग बहानावाजी गर्ने विषय राजनीतिक दलहरूसँग नभएको भन्दै विकास नगरे नेपालमा वैदेशिक हस्तक्षेत्र बढ्न सक्ने खतरा रहेको उल्लेख गरे। पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले वर्तमान सरकारलाई जनताले मुख्य जिम्मेवारी दिएकोले अब भाषण र प्रशिक्षणमा भन्दा काममा ध्यान दिनुपर्ने बताए। ुराजनीतिक परिर्वतनका लागि जनताले थुप्रै समय कुर्नु परेको भन्दै अब विकास निर्माणको वेला आएको छुु, उनले भने, ुसत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलाई जनताले विश्वास गरेर वहुमत दिएको र जनताको विश्वासलाई कुठाराघात गरे राजनीतिको औचित्वमाथि नै प्रश्न उठ्न सक्छ।ु जनताले दिएको जिम्मेवारी पूरा गर्न वर्तमान सरकारको सरकार प्रतिवद्ध रहेको उनको भनाई। प्रधानमन्त्रीको गृह जिल्लामा आएका श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको सु स्वास्थ्य दीर्घायुको निम्ति विशेष कामना गरे। उनले देशले प्रधानमन्त्री ओलीको आवश्यकता अझैं महसुस गरिरहेको बताए।
थाहाबाट