Thursday, June 4, 2026

सकियो समानुपातिकतर्फको मतगणना

0

फागुन २७,२०८२ काठमाडौँ : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।

पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको उहाँले बताउनुभयो ।

समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य पनि सुरु भएको आयोगले जनाएको छ । केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने जनाइएको छ ।

यसैबिच बुधबार बिहान ११ बजेसम्मको समानुपातिक निर्वाचन तर्फ एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ । गणना भएको मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ५१ लाख ३९ हजार दुई सय ३५ सहित अग्रता कायम गरेको छ ।

नेपाली कांग्रेसले १७ लाख ४९ हजार पाँच सय ८३, नेकपा एमालेले १४ लाख ४८ हजार आठ सय ५४, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख पाँच हजार सात सय ७३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार छ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार चार सय ७२ मत हासिल गरेका छन् । अन्य दल थ्रेसहाल्ड कटाउने स्थितिमा देखिएका छैनन् । रासस

घट्यो सुनको मूल्य

0

फागुन २५,२०८२ काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

कारोबारको अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला तीन हजार ७ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३ हजार ७ सय रुपैयाँले घटेर तीन लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदीको मूल्य ६५ रुपैयाँले घटेर प्रतितोला ५४१० रुपैयाँमा कारोबार भईरहेको छ ।

गुल्मीमा धुर्कोट र मुसिकोटवाहेक १० स्थानीय तहमा (शुक्रबार) सार्वजनिक बिदा

0

फागुन १५,२०८२ गुल्मीः मगर दिवसका दिन गुल्मीमा धुर्कोट र मुसिकोटवाहेक १० स्थानीय तहले (शुक्रबार) सार्वजनिक बिदा दिएका छन् ।

फागुन १५ गते मगर दिवसका अवसरमा जिल्लाको कालीगण्डकी गाउँपालिका, गुल्मीदरबार गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, मालिका गाउँपालिका, इस्मा गाउँपालिका , मदाने गाउँपालिका र रेसुंगा नगरपालिकाले सार्वजनिक बिदा दिएको जनाएका छन् ।

कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद मरासिनीका अनुसार गाउँपालिकाको अध्यक्ष स्तरको बैठकबाट मगर दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय भएको होे । उक्त दिन गाउँ कार्यपालिकाको कार्यालय ,मातहतका सम्पुर्ण कार्यालयहरू, शिक्षण सस्था, स्वास्थ्य संस्थालगायतका कार्यालयहरु बन्द रहने गाउँपालिकाले जनाएको छ ।

मगर दिवसका अवसरमा यहाँका स्थानीय मगरहरुले विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु पनि आयोजना गरेका छन् ।

नेपालमा ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प

0

फागुन १५,२०८२ काठमाडौँ : सङ्खुवासभा–ताप्लेजुङ सीमाक्षेत्र आसपास शुक्रबार बिहान ४दशमलव७ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र अन्तर्गतको खानी तथा भूगर्भ विभागका अनुसार सङ्खुवासभाको टोप्के गोला आसपास केन्द्रबिन्दु भएर स्थानीय मापनअनुसार ४दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का सङ्खुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको जनाइएको छ। क्षतीको विवरण हालसम्म केही प्राप्त हुन सकेको छैन् ।

रामेछापमा बस दुर्घटना अपडेटः नौ जनाको मृत्यु

0

माघ २७,२०८२ रामेछाप : रामेछाप सदरमुकाम मन्थलीनजिक बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।

सो दुर्घटनामा बसका चालक सहित ८ जना घाइते भएका रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०१–०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६, मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो ।

रामेछापका प्रहरी नायब उपरीक्षक भट्टका अनुसार नदीमा डुबेको बसबाट यात्रुको उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल लगिएको छ । रासस

सुनको मूल्य बढ्यो

0

माघ २६,२०८२ काठमाडौँ : सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार सुन र चाँदीको मूल्य बढेको हो ।

महासङ्घका अनुसार सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला चार हजार एक सयले बढेर तीन लाख चार हजार ६०० पुगेको छ । साथै चाँदीको मूल्य आइतबारको तुलनामा प्रतितोला रु। २४० ले बढेर पाँच हजार २५० मा कारोबार भइरहेको छ ।

घट्यो सुनको मूल्य

0

माघ १९,२०८२ काठमाडौँ : नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १३ हजार ४०० ले घटेको छ । आइतबार प्रतितोला तीन लाखमा कारोबार भएको सुनको मूल्य आज घटेर दुई लाख ८६ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार सोमबार चाँदीको मोल पनि घटेको छ । आइतबार प्रतितोला पाँच हजार ५०० मा कारोबार भएको चाँदी आज पाँच हजार दुई सयमा कारोबार भइरहेको छ ।

यही माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । महासङ्घका अनुसार उक्त दिन सुनको मोल प्रतितोला तीन लाख ३९ हजार ३०० पुगेको थियो । सुनको मूल्य तोलामा तीन दिनमा ५२ हजार ७०० ले घटेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड

0

माघ १४,२०८२ काठमाडौँ : नेपाली बजारमा सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको सात हजार ३०० कायम भएको छ ।

मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मूल्य छ हजार ८७० कायम भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सुनको मूल्य तीन लाख नौ हजार तीन सय

0

माघ १३,२०८२ काठमाडौँ : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० र चाँदीको मूल्य छ हजार ८७० कायम भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७३ र त्यति नै परिमाणको सेतो धातु १०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सुन एक तोलाको तीन लाख माथि

0

माघ ९,२०८२ काठमाडौँ : नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन र नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ४०० र चाँदीको मूल्य छ हजार १९० कायम भएको छ । गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० र त्यति नै चाँदीको मूल्य पाँच हजार ९२० कायम भएको थियो ।

मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।