गुल्मीमा धुर्कोट र मुसिकोटवाहेक १० स्थानीय तहमा (शुक्रबार) सार्वजनिक बिदा

0
95

फागुन १५,२०८२ गुल्मीः मगर दिवसका दिन गुल्मीमा धुर्कोट र मुसिकोटवाहेक १० स्थानीय तहले (शुक्रबार) सार्वजनिक बिदा दिएका छन् ।

फागुन १५ गते मगर दिवसका अवसरमा जिल्लाको कालीगण्डकी गाउँपालिका, गुल्मीदरबार गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, मालिका गाउँपालिका, इस्मा गाउँपालिका , मदाने गाउँपालिका र रेसुंगा नगरपालिकाले सार्वजनिक बिदा दिएको जनाएका छन् ।

कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद मरासिनीका अनुसार गाउँपालिकाको अध्यक्ष स्तरको बैठकबाट मगर दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय भएको होे । उक्त दिन गाउँ कार्यपालिकाको कार्यालय ,मातहतका सम्पुर्ण कार्यालयहरू, शिक्षण सस्था, स्वास्थ्य संस्थालगायतका कार्यालयहरु बन्द रहने गाउँपालिकाले जनाएको छ ।

मगर दिवसका अवसरमा यहाँका स्थानीय मगरहरुले विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु पनि आयोजना गरेका छन् ।

SHARE