Thursday, June 4, 2026

गुल्मीमा राहदानीबाट मात्रै आठ लाख बढी राजस्व संकलन

0
जिल्ला प्रशासन कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

चैत २९,२०८२ गुल्मीः गुल्मीमा एक हप्ताको समय अवधिमा १६४ जनाले राहदानी बनाउँदा आठ लाख बढी राजस्व संकलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म १६४ जनाले राहदानी बनाएको र आठ लाख १५ हजार रुपियाँ राजस्व संकलन भएको हो । सोही समय अवधिमा जिल्ला प्रशासन कार्यालयबाट १६३ जनाले नयाँ नागरिकता बनाउँदा १४० जनाले प्रतिलिपि लिएका छन् ।

उक्त अवधिमा १६ जनाको नावालक परिचय पत्र, राहदानीको आवेदन संकलन १६४, राहदानी वितरण १४७, राष्ट्रिय परिचयपत्रको आवेदन संकलन ३६९, राष्ट्रिय परिचयपत्र वितरण २४३, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित ३४ र दूई संस्था नविकरण भएको छ ।


एक हप्ताको समय अवधिमा राहदानीबाट आठ लाख १५ हजार, संस्था दर्ता तथा नविकरणबाट एक हजार पाँच सय, राष्ट्रिय परिचयपत्रबाट १७ हजार गरी कुल आठ लाख ३३ हजार पाँच सय रुपियाँ राजस्व संकलन भएको हो ।

सडकबाट जवरजस्ती यात्रु तान्ने १८ जना प्रहरीको नियन्त्रणमा

0

चैत २९,२०८२ नेपालगञ्ज : बाँके प्रहरीले नेपालगन्जको विभिन्न सडकमा बसेर सडकबाट यात्रु तानातान गर्ने १८ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीले नेपालगन्जको विभिन्न सडकमा बसेर यात्रुहरुलाई जबर्जस्ती तानातान गरेर हैरानी दिने १८ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

उहाँले नेपालगन्जको बसपार्क, धम्बोझी, पुष्पलाल चोक, वाटरपार्कलगायत स्थानहरुबाट यात्रुलाई तानातान गर्ने, दुःख हैरानी दिने कार्यमा संलग्न १८ जना व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा बर्दिया राजापुर नगरपालिका –६ का सुरज शर्मा, गेरुवा –३ का दिनेश ऐडी, बाँके खजुरा –३ का अब्जल खान, कृष्ण विक, राजेश भट्टराई र साजन गुरुङ, ४ का विश्वास थापा, ६ का फरमान खान, ७ का राजेश भट्टराई, नेपालगन्ज २ का सुमित अलि र ४ का तिरथ यादव, कैलाली गोदावरी २ का वीरेन्द्र चन्द, लम्कीचुहा १ का मोहन खाण, बाँके जानकी ४ का नारायण ददेल, कोहलपुर ३ का विकाससिंह ठकुरी, दाङ दङ्गीशरण ३ का रमेश परियार, सुर्खेत मेहलकुना ७ का अवौज भाट र कञ्चनपुर ७ का हर्के थापा रहेका छन् ।

लामो समयदेखि नेपालगन्जको धम्बोझी चोक, पुष्पलाल चोक, वाटरपार्क क्षेत्र, वसपार्क क्षेत्र लगायत स्थानबाट सडकमार्ग भएर पैदल, रिक्सामा यात्रा गर्ने यात्रुहरुलाई जबर्जस्ती तान्ने, दुःख दिने र हैरानी गराउने गर्दैआएको प्रहरीले जनाएको छ ।

ती स्थानहरुबाट लामो तथा छोटो दूरीका सवारी साधनहरुमा यात्रुहरुलाई चढाउनका लागि सडकमै रिक्साको पछाडि झुण्डिने, सडक यात्रुलाई जबरर्जस्ती तान्ने लगायतका गलत काम हुँदै आएको थियो । यो समाचार हामीले गोरखापत्र अनलाइनबाट लिएका हौँ ।

आज वर्षा र हिमपात हुने संभावना

0

चैत २९,२०८२काठमाडौँ : आइतबार कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका विभिन्न भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पहाडी र हिमाली भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली भेगमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईका इलाकामा मुख्यतया मौसम सफा रहने छ । कोशी प्रदेशका पहाडी र हिमाली तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति हिमाली भेगमा आंशिक बदली रहने र पहाडी तथा तराई क्षेत्रमा मुख्यतया मौसमस फा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ ।

उपमेयरको घर भत्काउने क्रममा लडेर मजदुरको मृत्यु

0

चैत २१,२०८२ भद्रपुर : केही महिना पहिले आगजनीबाट क्षतिग्रस्त भएको भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको घर भत्काउने क्रममा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

भद्रपुर ६ संगम चोकमा रहेको उपमेयर कार्कीको दुई तले पक्की घर भत्काउने क्रममा घरको बिम लड्दा दुई जना छतबाट लडेर घाइते भएका थिए। घाइतेमध्ये भद्रपुर –५ राजन चोक बस्ने वर्ष ३४ ओपेन राजवंशीलाई ओमसाईमा अस्पतालमा उपचारको लागि पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

सोही घटनाका अर्का घाइते भद्रपुर वडा नम्बर ५ पोखरीटोल बस्ने वर्ष ३५ का धर्मेन्द्र यादवको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेकोमा थप उपचारका लागि ओमसाइ पाथिभरा अस्पताल रेफर गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज पनि बढ्यो सुनचाँदीको मूल्य

0

चैत १८,२०८२ काठमाडौँ : नेपाली बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ । बुधबार सुन तोलामा सात हजार ४०० र चाँदी १०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ कायम भएको छ ।

मङ्गलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८४५ कायम भएको थियो ।

सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदी चार हजार ७०० मा कारोबार भएको थियो ।

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

0

चैत १२,२०८२ काठमाडौँ : नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनप्रति असहमति जनाएको छ ।

बारले आफ्नो क्षेत्राधिकार बाहिर गएर आपत्तिजनक तवरमा न्यायालयका विषय प्रतिवेदनमा उल्लेख गरेको भन्दै सल्लाहकार समिति बैठक पनि बोलाएको छ ।

बारका महासचिवमा केदारप्रसाद कोईरालाले रासससँग कुरा गर्दै भन्नुभयो, “न्यायालय र कानुन व्यवसायप्रति समाजमा नकारात्मक असर पुग्ने गरी प्रतिवेदन आएको छ, यसमा हाम्रो असहमति छ । यसबारे कानुन व्यवसायीबीच गम्भीर छलफल हुनेछ ।”

न्याय सुलभ पार्न वकिलको शुल्कलगायत विकृति र विसङ्गति फाँड्ने तथा न्यायलाई वकिलको स्वर्ग हुनबाट बचाउनु पर्नेलगायतका विषय प्रतिवेदनमा उल्लेख छ ।

“सर्वसाधारणको न्यायमा पहुँच नहुनु, नेपाली नागरिकले सुलभ तरिकाले न्याय पाउन सक्ने स्थिति छैन भनिन्छ । पहुँच र पैसा नहुनेका लागि न्याय धेरै टाढाको विषय भएको छ । पक्षको तर्फबाट वहस गर्नुपर्ने वकिल त यति खर्चिला छन् की साधारण निवेदन लेखिदिएको मात्र पनि हजारौँ असूल गर्दछन्”, प्रतिवेदनमा भनिएको छ ।

सुनको मूल्यमा सामान्य गिरावट

0

चैत १२,२०८२ काठमाडौँ : नेपाली बजारमा बिहीबार सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा र दुई हजार ९०० ले घटेको छ भने चाँदी पनि १०० रुपियाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० कायम भएको छ ।

बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य र चार हजार ८२० कायम भएको थियो ।

फेरि घट्यो सुनको मूल्य

0

चैत ९,२०८२ काठमाडौं : सोमबार सुनको मूल्य घटेको छ ।आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला छ हजार वाँच सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज छ हजार पाँच सय रुपैयाँले घटेर दुई लाख ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै चाँदीको मूल्य ११५ रुपैयाँले घटेर प्रतितोला ४४२५ रुपैयाँमा कारोबार भईरहेको छ ।

गुल्मीमा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिने धेरै

0
फाइल फोटो

चैत २,२०८२ गुल्मीः गुल्मीमा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिने बढी भएको पाइएको छ

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म जिल्ला प्रशासन कार्यालयबाट ९८ जनाले नयाँ नागरिकता बनाउँदा १११ जनाले प्रतिलिपि बनाएका छन् ।

नागरिकताको माया नगर्ने जथाभावी फ्याक्ने भएका कारण पनि प्रतिलिपि लिनेको सङख्यामा वृद्धि भएको हुन सक्ने गैरेले बताउनुभयो । यस्तै राष्ट्रिय परिचयपत्र बनाउँदा र बैंकमा खाता खोल्दा पहिले भएका केही कमीकमजोरीहरु फेला पर्ने भएकाले पनि प्रतिलिपि लिनेको सङख्यामा वृद्धि भएको हो ।

सोही समय अवधिमा १० जनाको नावालक परिचय पत्र, राहदानीको आवेदन संकलन १६३, राहदानी वितरण ११०, राष्ट्रिय परिचयपत्रको आवेदन संकलन २६२, राष्ट्रिय परिचयपत्र वितरण ३१२, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित २४ र दुई संस्था नविकरण भएको छ ।

एक हप्ताको समय अवधिमा राहदानीबाट आठ लाख ४० हजार, संस्था दर्ता तथा नविकरणबाट दुई हजार २५५, राष्ट्रिय परिचयपत्रबाट १५ हजार र राष्ट्रिय परिचयपत्रबाट १२ हजार गरी कुल आठ लाख ५३ हजार पाँच सय रुपियाँ राजस्व सङकलन भएको हो ।

बढ्यो सुनको मूल्य

0

चैत २,२०८२काठमाडौं : सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर तीन लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला ५२६५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ६५ हजार ३ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४५१४ रुपैयाँ कायम भएको छ ।