Saturday, June 6, 2026

गुल्मीको चन्द्रकोटमा एकीकृत घुम्ती शिविर सुरु

0

मंसिर ५,२०८० गुल्मी:गुल्मीको चन्द्रकोट गाउँपालिकाले एकीकृत घुम्ती सेवाको मंगलबार देखि शुभारम्भ गरेको छ । नागरिकको घरदैलो मै पुगेर सेवा दिने उद्देश्यले सञ्चालन भएको एकीकृत घुम्ती सेवा मंसिर २४ गतेसम्म विभिन्न वडामा सञ्चालन हुने छ ।

 

चन्द्रकोट गाउँपालिका वडा नं. ५ ग्वाघाबाट सुरु भएको उक्त कार्यक्रममा योजना संझौता, उपभोक्ता समितिहरुका लागि अनुशिक्षण कार्यक्रम, जेष्ठ नागरिक परिचयपत्र वितरण, व्यवसाय तथा कृषि÷पशुफर्म दर्ता एवम् नवीकरण, माटो परिक्षणका लागि नमुना संकलन, कृषि तथा पशुसेवा परामर्श एवम् औषधि वितरण, स्वास्थ्य परिक्षण, परामर्श तथा औषधि वितरणका सेवाहरु उपलब्ध भएको थियो । पहिलो दिनको शिविरमा १७९ जना नागरिकले सेवा लिएका छन । जसमध्ये स्वास्थ्य सेवा लिनेको संख्या बढी रहेको छ ।

 

कार्यक्रम यस अघि प्रकाशित सूचना अनुसार प्रत्येक वडामा तोकिएको मितिमा संचालन हुने गाउँपालिकाले जनाएको छ । जसअन्र्तगत वडा नम्बर १ दिबु्रङ्गमा मंसिर ६ गते, वडा नम्बर ६ हरेवामा मंस्रि ११ गते, वडा नम्बर ३ हराचौरमा मंसिर १२ गते, वडा नम्बर २ विशुखर्कमा मंसिर १३ गते एकीकृत घुम्ती सेवा सञ्चालन हुने छ । यस्तै वडा नम्बर ७ रुपाकोटमा मंसिर १५ गते, वडा नम्बर ४ शान्तिपुरमा मंसिर १७ गते र वडा नम्बर ८ तुराङ्गमा मंसिर २४ गते एकीकृत घुम्ती सेवा सञ्चालन हुने छ ।

 

गाउँपालिकाले केही आवश्यक जानकारी तथा सूचनाका लागी टोल फ्रि नम्बरको समेत व्यवस्था गरेको छ । जसका लागी नागरिकले १६६०७९५२३३३ मा सम्पर्क गरेर पनि गाउँपालिका सम्बन्धि बिभिन्न जानकारी तथा सूचना प्राप्त गर्नसक्ने छन ।

 

घुम्ती शिविर सञ्चालन अवधिभर पनि वडा कार्यालयबाट हुने सेवा प्रवाह नियमित रुपमा हुने गाउँपालिकाले जनाएको छ ।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

0

मंसिर ४,२०८० : पुतलीबजार नगरपालिका वडा नं १४ भिरबारीमा ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।

सोमबार भित्रि सडक खण्डमा तोप्सेबाट लामागेतर्फ आउँदै गरेको ग १ त ४९८७ नं। को ट्याक्टर बाटोमा पल्टिदा चालक दाङ जिल्ला दंगीशरण गापा ४ का २८ वर्षिय रामहरी चौधरीको मृत्यु भएको हो ।

ट्याक्टरले च्यापिदाँ चालक चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर रानाले जानाकारी दिए। घटनाको थप अनुसन्धान कार्य अगाडि बढाएको रानाले बताए ।

बझाङमा भूकम्पको धक्का

0

मंसिर ४,२०८० :बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ।

बिहान ११:३७ बजे बझाङको तलकोट गाउँपालिका धमेना केन्द्रबिन्दु भएर ४।५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

पटकपटकको पराकम्पबाट त्रसित स्थानीयहरु अहिले भूकम्पको त्रासले खुल्ला चौरमा निस्किएका छन्। बझाङलगायत पश्चिम नेपालका जिल्लाहरुमा गत असोज १६ गते गएको भूकम्पपछि निरन्तर पराकम्प गइरहेका छन्।

जिप दुर्घटनामा २२जना घाइते

0

मंसिर ४,२०८० रुकुम : रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

 

सोमबार बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार सबै घाइते भएको प्रहरीले जनाएको छ ।

चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।

अहिले घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि लगिएको छ । घाइते मध्ये सात जनाको अवस्था गम्भीर भएको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीलेजनाएको छ ।

आज गाईतिहार

0

कात्तिक २७,२०८०काठमाडौं : कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहार। सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ।

यो दिन विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने परम्परा छ। औँसीका दिन बिहान गाईपूजा र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष दुई दिन परेको छ। आइतबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ। सोमबार बिहान गाईको पूजा गरिँदैछ।

‘कार्तिक कृष्ण औँसीको गाईतिहार सोमबार भए पनि साँझ वा रात्रिमा तिथि नरहने भएका कारण आइतबार नै लक्ष्मीपूजा गरिएको हो’, पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा।श्रीकृष्ण अधिकारीले भने।

उनका अनुसार आइतबार १९ घडी ३७ पला अर्थात् दिउँसो २ बजेर १४ मिनेटमा औँसी लागेको हो। सोमबार २० घडी ४४ पला अर्थात् दिउँसो २ बजेर ४४ मिनेटसम्म औँसी रहने समितिले जनाएको छ। गत वर्ष पनि यस्तै परेको थियो। अघिल्लो दिन बेलुकी लक्ष्मीपूजा गरी भोलिपल्ट बिहान गाईपूजा गरिएको थियो।

श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र ९डोरो० गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ।

लक्ष्मीपूजामा जलाइएको दियोबाट हार्डवेयमा आगलागी

0
सांकेतिक तस्बिर

कात्तिक २७,२०८० : लक्ष्मीपूजाका लागि जलाइएको दियोबाट आगो सल्केर बाँकेको खजुरामा एक हार्डवेयर पसलमा आगलागी भएको छ । खजुरा ५ धनौली नजिकैको एक पसलमा आगलागी भएको हो ।

लक्ष्मीपूजा गर्न जलाइएको दियोबाट सल्केको आगोले विष्णु वर्माले सञ्चालन गर्दैआएको धनौलीको बर्मा हार्डवेयरमा आगलागी भएको धनौली प्रहरीले जनाएको छ । आगलागीबाट पसलमा रहेको पेन्ट, सिमेन्ट तथा निर्माण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक अशोक मल्लले बताए ।

आगलागीबाट करिब ६ लाख बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । स्थानीयवासी र प्रहरीले झण्डै २ घण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए ।

जन्म दिनमा भुकम्प पीडितलाई सहयोग

0

कार्तिक २५,२०८० गुल्मी : स्काउट मास्टर तथा खेलकुद प्रशिक्षक नवराज खरेलले जन्म दिनमा भुकम्प पीडितलाई सहयोग गरेका छन् । भुकम्प प्रभावित क्षेत्रमा स्काउट टिमसहित स्वयसेवकका रुपमा एक साता देखि खटिएका खरेलले भुकम्प प्रभावित परिवारलाई सहयोग गरेका हुन् ।

गुल्मीको चन्द्रकोट गाउपालिका वडा नम्बर १ स्थायी घर भएका खरेलले जाजरकोट भेरी नगरपालिका खलङा निवासी रमाकली कामिलाइ ५ हजार ५ सय रुपैया सहयोग गरेका छन् । रमाकलीले ४ बर्षको नातिनी गुमाएकी छिन् । उनी भुकम्पमा परि घाइते भएकी छिन् भने घर पुर्ण रुपमा क्षती भएको छ ।

 

भुकम्प प्रभावित क्षेत्रमा एक साता देखि खटिरहेकै अवस्थामा आज जन्म दिन प¥यो, जन्म दिनलाई पनि सेवाकै रुपमा मनाउने इच्छा अनुसार भुकम्पबाट प्रभावित रमाकलीलाई सहयोग गरे, खरेलले भने, जन्म दिन दुःखमा परेकासग उनीहरुलाई सहयोग गरेर मनाउदा सकरात्मक सन्देश पनि जाने विश्वासका साथ सहयोग गरेको छु ।

 

खरेलले २०७८ फागुन ७ बाट बैबाहिक जीवन शुरु गर्दा पनि बिबाहमा हुने खर्च बचत गरी अक्षयकोष स्थापना गरेका थिए । उनले रुरु क्षेत्र ४ बलेटक्सार ( स्काउट मास्टर) विद्या खड्का सग प्रेम विवाह गरेका थिए । विद्यासगको सल्लाहमा नवराजले बिबाहमा हुने केही खर्च बचत गरी २०७८ फागुनमा गुल्मीको सारदा मावि मा अक्षयकोष स्थापना गरेका थिए । खेलकुद र स्काउटका लागि यो जोडीले ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना गरेको थियो ।

खरेल बिगत १५ बर्ष देखि नेपाल स्काउटको क्षेत्र र सामाजिक काम गर्दै आएका छन् । नेपाल स्काउटको बिपद ब्यवस्थापन आकस्मिक उद्दार कर्ता र खेलकुद को क्षेत्रमा कार्यरत उनी बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रिता मा बि मा स्काउट मास्टर तथा खेलकुद प्रशिक्षणको रुपमा कार्यरत छन् । खरेलले समाजको लागि युवाले केही असल र सामाजिक काम गर्नु पर्छ भन्ने उदेश्यका साथ रकम सहयोग गरेको बताए ।

बिगत १ हपता देखि जाजरकोटको भुकम्प पीडित क्षेत्रमा स्वयंसेवक रुपमा विभिन्न सहयोग को काम गर्दै आएका उनले आफू धनी परिवारको नभएको तर जन्म दिनमा पछिल्लो समयमा फजुल खर्च गर्ने परम्परा चल्दै आएकोले एउटा सन्देश मात्र दिन खोजेको बताए ।

गुल्मी महोत्सवको समय अवधि २ दिन थप

0

तिलाचन पाण्डे
कात्तिक २५,२०८० गुल्मीः गुल्मी महोत्सवको समय अवधि दुई दिन थप गरिएको छ ।

गुल्मी उद्योग संघको आयोजना कात्तिक १५ देखी २५ गतेसम्म आयोजना गरिएको महोत्सवको समय अवधि दुई दिन थप गरिएको संघका अध्यक्ष नवराज भुसालले जानकारी दिए ।

 

सबैको आग्रह र मागको आधारमा महोत्सवको समय अवधि थप गरिएको अध्यक्ष भुसालको भनाई छ ।

थपिएको समय अवधि अनुसार महोत्सव कात्तिक २७ गतेसम्म चल्ने छ ।

जाजरकोट र रुकुमका भूकम्पपीडितलाई नरैनापुरबाट सहयोग सामग्री पठाइयो

0

कात्तिक २३,२०८० बाके :बाँकेको नरैनापुर गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई २ लाख २५ हजार बराबरको सहायता सामग्री पठाएको छ ।

कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले प्रभावित क्षेत्रहरुमा बाँकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल मार्फत सहायता सामाग्री पठाएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए ।

नरैनापुर गाँउपालिकाका प्रेस विज्ञ आलम खानका अनुसार प्रमुख प्रशासकिय अधिकृत खराल सहित वडा नं ४ का अध्यक्ष मनोज शर्मा र वडा नं। ५ का अध्यक्ष कृष्णचन्द मौर्यले प्रमुख जिल्ला अधिकारी पोख्रेललाई सहायता सामग्री सहितको पत्र हस्तान्त्रण गरेको बताए । उनका अनुसार चामल, दाल, नून, आयोडिन लगायतका सामग्री रहेको छन् ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले भुकम्पबाट ज्यान गुमाएका प्रति हार्दिक श्रद्धान्जली अर्पण गरि मृतकका परिवारमा समबेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरे ।

गाउँपालिकाले घाइतेहरुको स्वास्थ्योपचार, उद्धार, तथा राहतका लागि जुट्न आग्रह गर्दै गाउँपालिकाबाट समेत सो कार्यका लागि सामाग्री पठाइएको र एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रमुख प्रशासकीय अधिकृत खरालले जानकारी दिए ।

साथै सोही बिनाशाकारी भूकम्पमा परि नलाड नगरपालिकाका उप प्रमुख सरिता सिंह लगायत दिवंगत भएका सबै मृतप्रति पालिकाले श्रद्धाञ्जली अर्पण गरेको छ । यस्तै गाउँपालिका अध्यक्ष शाहले यस्ता विपत्तीहरु जतिबेला पनि आउन सक्ने भन्दै सचेत रहन सबै जिल्लाबासीलाई आग्रह गरे ।  शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

त्रिभुवन आर्मीले लियो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि

0

कात्तिक २३,२०८० बाँके :बाँकेको कोहलपुर नगरपालिका २ तेह्र विगाह बिघामा सञ्चालन भएको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधिका त्रिभुवन आर्मीले लिएको छ ।

आज भएको फाइनल खेलमा त्रिभुवन आर्मीले चर्च व्वाईजलाई २—०) ले गोेल गर्दै त्रिभुवन आर्मीले उपाधि हात पारेको हो । त्रिभुवन आर्मीले प्रथम पुरस्कार ८ लाख नगद र चर्च व्वाईजले ४ लाख नगद रुपैया उपलब्ध गराइएको थियो ।
त्रिभुवन आर्मीका खेलाडीले खेल सुरु भएको ३२औं मिनेटमा सराज श्रेष्ठले गोल गरेका थिए भने दोस्रो हापको ७६औं मिनेटमा मान बहादुर आले मगरले गोल गरेका थिए ।

त्रिभुवन आर्मीका खेलाडी मान बहादुर आले मगरलाई म्यानअफ द म्याज घोषणा गरेका थिए भने उनले नगद पाँच हजार रुपैया उपलब्ध गराइएको थियो । त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौ (४—१) र चर्च व्वाईज यूनाईटेडले गोर्खा व्वाईज (३—०) ले विजयी भई फाइनलमा पुगेको थियो ।

आर्मीकै उत्कृष्ट डिफिरेन्रमा यधा शाही, उत्कृष्ट मिड फिल्ड विशाल बस्नेत, उत्कृष्ट प्रशिक्षक आदर्श बहादुर मल्ल, उत्कष्ट स्वच्छ टिम गोर्खा व्वाईज, रेसिङ्ग साहारा क्लबका खेलाडी सन्देश न्यौपानेलाई जनही १० हजार सहित सम्मान गरिएको थियो । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा आर्मीका टंक बस्नेतलाई नगद ५० हजार रुपैया उपलब्ध गराइएको थियो ।
कोहलपुर रेसिङ्ग साहारा क्लबका कप्तान हरि कठायतले फुटबल खेलबाट सन्यास लिएका छन् । आयोजकले उनलाई टिभिएरको एक सय २५ सिसिको स्कुटर उपलब्ध गराएको खेल संयोजक रामबहादुर मल्लले जानकारी दिए ।
समापन कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर गोल्डकपलाई संस्थागत बनाउन केन्द्रिदेखि स्थानिय सरकार लाग्ने बताएका थिए ।

‘कोहलपुर नगरपालिकाले पहिलो गोल्डकपमा १० लाख उपलब्ध गराएको थियो,’ उनले भने, ‘दोस्रो गोल्डकपमा २० लाख रुपैया उपलब्ध गराइएको छ ।’ अझै थप व्यवस्थित गर्दै संस्थागत विकास गर्ने पक्षमा नगरपालिका रहेको नगर प्रमुख आचार्यले बताए ।


रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले प्रतियोगिता अवधिभर यहाँहरुले गर्नुभएको सहयोगीमनहरुलाई धन्यवाद दिँदै आगामी दिनमा अझै व्यवस्थित रुपमा सञ्चालन गर्न बाँके बासीलाई अनुरोध गरे ।

समापन कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता पोषण केसी, नेपाली काँग्रेसका बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेपाली सेनाका पूर्व उपरथी तथा नेपालगञ्ज मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा. सुनिल कुमार सिंह, नोवेल ईमी स्कुलका सञ्चालक तथा कोहलपुर बृहत खानेपानी संस्थाका उपाध्यक्ष विर बहादुर विष्ट, नेपाल वित्तिय संस्था कर्मचारी संघ तथा नेपाल राष्ट्र बैंकका प्रथम उपाध्यक्ष विष्णु के.सी., शिवशक्ति माविका प्राधानाध्यापक बद्रिनाथ सापकोटा, समाजसेवी चिन्तामणी धिताल, डल्फिन फिड प्रालिका सञ्चालक तिर्थ थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।