Thursday, June 4, 2026

कक्षा ११ को पढाई असार १ गतेदेखि

0

जेठ ७,२०८३ काठमाडौँ : कक्षा ११ को पठन पाठन असार १ गतेदेखि सुरु हुने भएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एसईईको नतिजा प्रकाशित भइसकेकाले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि सुरु हुने जनाएको छ ।

मन्त्रालयको निर्णयअनुसार सबै शिक्षा विकास समिति समन्वय इकाईलाई कक्षा सञ्चालनका लागि पत्राचार समेत गरिसकिएको छ।

रोजगारीका नाममा लाखौँ ठगी गर्ने चारजना पक्राउ

0

जेठ ७,२०८३ काठमाडौँ : वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा गोरखाको बारपाक सुलिकोट स्थायी घर भई हाल काठमाडौँ–२६ बस्ने ३० वर्षीय दिपेश गुरुङ र २४ वर्षीय सौगात गुरुङ रहेका छन् । उनीहरूले टर्की पठाइदिने भन्दै ८ जना पीडितहरूबाट कुल ८६ लाख २२ हजार ५७० रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ । उनीहरूलाई जेठ ५ गते काठमाडौँको सामाखुसी क्षेत्रबाट पक्राउ गरिएको हो ।

त्यसैगरी, साइप्रस पठाइदिने भन्दै एकजना पीडितबाट ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा पाँचथर फिदिमका ४८ वर्षीय सूर्य प्रकाश खेजुम पक्राउ परेका छन् । उनलाई ललितपुरको गोदावरीबाट नियन्त्रणमा लिइएको हो ।

लिथुआनिया पठाइदिने भन्दै १ लाख ९३ हजार रुपैयाँ ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोक भुम्लुकी ३३ वर्षीया शान्ति श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई जेठ ६ गते काठमाडौँको ज्ञानेश्वरबाट पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

पश्चिमी वायुको प्रभावले वर्षाको सम्भावना

0
फाइल फोटो

जेठ७,२०८३ काठमाडौँ : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार केही जिल्लामा भारी वर्षा समेत भएको थियो । बिहीबार दिउँसो कोशीलगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।

साथै मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको तराई भू–भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार कोशीलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा, मधेश प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका साथै बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एकदुई स्थानहरूमा मध्यमसम्म वर्षारहिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने मधेशलगायत बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा, मधेश प्रदेशको एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । गोरखापत्रबाट

एकैदिन १७ जना पक्राउ

0

जेठ ६,२०८३ काठमाडौ : लागुऔषधसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरीका अनुसार झापाबाट चार, सिराहा र कैलालीबाट तीन र तीन, मकवानपुर र ललितपुरबाट दुई र दुई तथा उदयपुर, कपिलवस्तु र पर्साबाट एक र एक जना पक्राउ परेका छन् ।

लागुऔषध ब्युरोको टोलीले उनीहरूका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सको सिफारिसमा मात्रै खरिद गर्न पाइने ट्रामाडोल र स्पास्मो बरामद गरेको हो ।

तीन हजार बढीले घट्यो सुनको मूल्य

0

जेठ ६,२०८३ काठमाडौँ : नेपालमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला तीन हजार ३०० ले घटेको हो ।

अघिल्लो दिन प्रतितोला दुई लाख ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुन बुधबारका लागि भने प्रतितोला दुई लाख ९२ हजारमा कारोबार हुनेगरी निर्धारण गरिएको छ ।

सुनको मूल्यमा वृद्धि

0

जेठ ४,२०८३ काठमाडौँ : नेपाली बजारमा पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला रु ८०० ले वृद्धि भएको छ ।

आइतबार प्रतितोला दुई लाख ९४ हजारमा कारोबार भएको छापावाला सुन सोमबारका लागि भने प्रतितोला दुई लाख ९४ हजार ८०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

माटोको ढिस्कोमा पुरिएर रानाको ज्यान गयो

0

जेठ ४,२०८३ कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका एक महिलाको माटोको ढिस्कोमा पुरिएर ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका–४ इटाहा क्षेत्रमा घर लिपपोतका लागि माटो खन्ने क्रममा शुक्लाफाँटा नगरपालिका–१२ तिलकी निवासी करिब ४० वर्षीया हरदुलिया रानाको घटनास्थलमै ज्यान गएको हो ।

माटोको ढिस्कोभित्र पुरिएकी अर्की करिब ५५ वर्षीया सुन्दरीया रानालाई स्थानीयले घाइते अवस्थामा उद्धार गरेका छन् । उनको दाहिने खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाइएको छ ।

कोशी,गण्डकी र बाग्मतीमा हल्का पानीको संभावना

0

जेठ ४,२०८३ काठमाडौँ : नेपालमा पिश्तमी तथा स्थानीय बायुको प्रभाव देखा पर्न थालेको छ । सोही अनुसार

कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

१६० जनाले राहदानी बनाउँदा नौ लाख बढी राजस्व संकलन

0
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

जेठ ४,२०८३ गुल्मीः गुल्मीमा एक हप्ताको समय अवधिमा १६० जनाले राहदानी बनाउँदा नौ लाख बढी राजस्व संकलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत सोमबारदेखि शुक्रबारसम्म १६० जनाले राहदानी बनाएको र नौ लाख १७ हजार पाँच सय रुपियाँ राजस्व संकलन भएको हो । सोही समय अवधिमा जिल्ला प्रशासन कार्यालयबाट २३८ जनाले नयाँ नागरिकता बनाउँदा १५१ जनाले प्रतिलिपि लिएका छन् भने एक जनाले वैवाहित अंगिकृत र एक जनाले गैर आवसीय नागरिकता लिएका छन् ।

उक्त अवधिमा पाँच जनाको नावालक परिचय पत्र, राहदानीको आवेदन संकलन १६०, राहदानी वितरण २३७, राष्ट्रिय परिचयपत्रको आवेदन संकलन ४८३, राष्ट्रिय परिचयपत्र वितरण १८६, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित १०० र छ वटा संस्था नविकरण भएको छ ।

एक हप्ताको समय अवधिमा राहदानीबाट नौ लाख १७ हजार पाँच सय, संस्था दर्ता तथा नविकरण, हातहतियारबाट छ हजार र राष्ट्रिय परिचयपत्रबाट तीन हजार पाँच सय गरी कुल नौ लाख २७ हजार रुपियाँ राजस्व संकलन भएको हो ।

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

0

जेठ ४,२०८३ गुल्मी : गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको सत्यवती गाउँपालिका १ को अस्लेवास्थित कालीगण्डकी करिडोरमा रुद्रवेणीदेखि चेहेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७ नम्वरको मोटरसाइकल दुर्घटना दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार ४५ वर्षीय गिरमान सिंह राना र चालक कालीगण्डकी गाउँपालिका–३ भुस्तुङका ३४ वर्षीय लक्ष्मण थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते दुबै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र रिडिले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।