Friday, June 5, 2026

सुनको मूल्य हालसम्मकै उच्च

0

भदौ १२,२०८१काठमाडौँ :सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बुधबारका सुन प्रतितोला एक लाख ५३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि भदौ ५ गते एक लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ । अघिल्लो दिनको तुलनामा बुधबार तोलामा आठ सय रुपैयाँले सुन महँगिएको हो ।

अघिल्लो दिन प्रतितोला एक लाख ५२ हजार तीन सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा पाँच रुपियाँ बढेको छ ।

अघिल्लो दिन १८५० रुपैयाँरहेको चाँदी आज एक हजार ८५५ कायम भएको छ ।

आज दुई प्रदेशमा भारी वर्षाको सम्भावना

0

भदौ १२,२०८१काठमाडौं : लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका पहाडी भूभागमा बुधबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, राति कोशीप्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

माओवादी अध्यक्ष प्रचण्डले आज संसदमा संबोधन गर्ने

0
फाइल फोटो

भदौ ११,२०८१ काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज संसद्‌मा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत ररहनुभएका प्रचण्डले दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेताका रूपमा सम्बोधन गर्ने संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो।

उहाँले पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्ने माओवादीले जनाएको छ। आफूसँगको सत्ता सहकार्य एकाएक भंग गर्दै नेकपा एमालेले नेपाली कांग्रेससँग मिलेर सरकार बनाएपछि उहाँ रुष्ट हुनुहुन्छ।
उहाँले सार्वजनिक कार्यक्रमहरूमा दुई ठूला दलको गठबन्धन सरकारलाई भ्रष्टहरूको सरकार भनी आलोचना गरिरहनुभएको छ ।

तनहुँ दुर्घटनाका सबैको शव परीक्षण चितवनमा

0

भदौ ८,२०८१दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका(२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति चितवन पठाइएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।

दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो। उनीहरूको उपचार त्रिभुवन शिक्षण अस्पतालमा भइरहेको रायले बताए। मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ।

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक शिव थापाको नेतृत्वमा दश जना र जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीको नेतृत्वमा ५१ जना, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन गण कुरिनटारबाट प्रहरी नायब उपरीक्षक विजय हमालको नेतृत्वमा ३५, नेपाली सेनाको कालिभञ्जन गण ९इ० बाट सेनाको टोली उद्धारमा जुटेको थियो।

शनिबार र आइतबार भारी वर्षाको सम्भावना न्यून

0

भदौ ८,२०८१काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली छ। बागमती प्रदेशका केही स्थान, मधेश प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हल्का वर्षा भइरहेको छ।

शनिबार र आइतबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भए पनि अन्य भूभागको मौसम सामान्यतया सफा नै रहनेछ। दुई दिन देशमा भारी वर्षाको सम्भावना पनि न्यून देखिन्छ।

सोमबारदेखि भने पुनः भारी वर्षा शुरु हुने सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए। उनका अनुसार गएराति पनि कतै ठूलो वर्षा मापन भएको छैन।

मोटरसाइकल दुर्घटनामा पूर्ववडाध्यक्ष यादवको मृत्यु

0

भदौ८,२०८१सर्लाही :मोटरसाइकल दुर्घटनामा कविलासी नगरपालिका( ४, हेमपुरका पूर्ववडाध्यक्ष ४३ वर्षीय अरविन्दकुमार यादवको मृत्यु भएको छ।

बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चोकमा शुक्रबार राति भएको दुर्घटनामा पूर्ववडाध्यक्ष यादवको ज्यान गएको प्रहरीले जनाएको छ।

कविलासी नगरपालिकाको पिपरीयाबाट बरहथवातर्फ गइरहेको प्रदेश २(०३(०२० प ३२४५ नम्बरको मोटरसाइकल गएराति ९ः३० बजे एक साइकलमा ठोक्किएको र घटनास्थलमै उनको मृत्यु भएको सर्लाही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंहले जानकारी दिए।

पूर्ववडाध्यक्ष यादवले चलाएको मोटरसाइकले एउटा साइकल ठक्कर दिएको प्रहरी उपरीक्षक सिंहले बताए। ‘साइकल, चप्पल र मोबाइलको खोल घटनास्थलमै रहेको तर साइकल चालक फरार छन्’, उनले भने, ‘पूर्ववडाध्यक्षको घटनास्थलममै मृत्यु भएपछि उनी डराएर फरार भएको हुनसक्छ।’

यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ।

नेकपा एमाले जिल्ला कमिटीका सदस्य यादव २०७४ को निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका थिए।

रेसुङगा विमानस्थलबाट उडान पुनः सुरु

0
रेसुङगा विमानस्थलबाट उडान भर्दैगरेको जहाज । तस्विरः तिलाचन पाण्डे

तिलाचन पाण्डे
भदौ ८ ,२०८१ गुल्मीः झण्डै दुई महिनापछि रेसुङगा विमानस्थलबाट पुनः उडान सुचारु भएको छ । गत असार १४ गतेदेखि खराब मौसमका कारण रेसुङगा विमानस्थलबाट उडान हुन नसकेको नेपाल एयरलाइन्स रेसुङगा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।

मौसम सफा रहेमा प्रत्येक हप्ताको शुक्रबार नियमित उडान हुने थापाले बताउनुभयो । भदौ ७ गते शुक्रबार काठमाडौँबाट –१२ जना यात्रु लिएर उडान भरेको विमानले रेसुङ्गाबाट खाली गएको थापाले बताउनुभयो । लामो समयसम्म नियमित उडान नभएका कारण र यात्रुहरू पनि विमान आउने नआउनेमा अन्योल भएका कारण यहाँबाट यात्रु नभएको उहाँको भनाइ छ ।

पहिले हप्ताको एक दिन शुक्रबार मात्र उडान भर्दै आएको जहाजले यात्रुको अत्यधिक चाप बढेपछि साप्ताहिक तीन उडानको अनुमति पाएको थियो । वर्षायाम सुरु भएपछि पछिल्लो समय हप्ताको एक दिन शुक्रबार मात्र उडान गर्नेगरी कार्यतालिका रहेको थापाले बताउनुभयो ।

काठमाडौँबाट बिहान ६ बजेर ३० मिनेट र रेसुङ्गाबाट काठमाडौँका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने कार्य तालिका रहेको उहाँले बताउनुभयो । हवाई यात्रामा गुल्मी जोडिएसँगै फ्रान्स र स्पेनबाट पनि पर्यटकहरु घुम्नका लागि गुल्मी आएको रेसुङगा नगरपालिका गुल्मीले जनाएको छ ।

हाल गुल्मीबाट काठमाडौँका लागि सात हजार तीनसय र काठमाडौँबाट गुल्मीका लागि सात हजार पाँचसय रुपियाँ भाडा कायम गरेको स्टेसन प्रमुख थापाले बताउनुभयो । जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ किलोमिटर कच्चीबाटो पछि विमानस्थल पुग्न सकिन्छ । विमानस्थलबाट गत वर्षको वैशाख २९ गतेबाट व्यावसायिक उडान सुरु गरिएको थियो । गोरखापत्रबाट

गुल्मीमा जङगली च्याउ खाएर एकै घरका ८ जना बिरामी

0

अनिल खत्री
साउन२८,२०८१ गुल्मी ः गुल्मीमा जङगली च्याउ खाएर एकै घरका ८ जना बिरामी परेका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ निवासी ६५ वर्षका टोम बहादुर थापा, ६२ वर्षकी दिल कुमारी श्रीस, ३८ वर्षका लक्ष्मण थापा, २९ वर्षका बिकास थापा, १० वर्षकी दिपदिका थापा, १२ वर्षकी बिनिसा थापा, ४२ वर्षका सृजना काउछा र ३९ वर्षकी गिता थापा बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताउनुभयो ।

जिल्लाको रेसुङ्गा सामुदायिक बनबाट ल्याएको डल्ले च्याउ जस्तो देखिने जङगली च्याउ खादा बिरामी परेका थिए । उहाँहरुको जिल्ला अस्पताल तम्घास गुल्मीमा सामान्य उपचार पश्चात थप उपचारको लागी लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पा लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बिरामी परेका ८ जनाको अवस्था सुधार हुँदै गएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु

0

तिलाचन पाण्डे
साउन २२,२०८१ गुल्मी : गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर १ बिसौनाका बिष्णु बिक र हुकुम बिकको घरमाथिबाट लेदोसहितको पहिरोले घर पुरिँदा अन्दाजी ४६ वर्षीय गोरे बिक,६७ वर्षीय हुकुम बिक, ६६ वर्षीय मसुरी बिक र साढे दुइ वर्षकी रियन्सी बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केशीले जानकारी दिए ।

पहिरोले पुरिँदा दुइ जना घाइते भएका छन् । घाइते हुनेहरुमा ३१ वर्षीय विष्णु र निजकी श्रीमती वर्ष २३ की मुना बिक रहेका छन् । उनीहरुको शरीरका विभिन्न स्थानहरुमा चोट लागेको केशीले बताए ।

घटनाको बारेमा बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

रेसुङामा दर्शनार्थीको स्वास्थ्य परिक्षण

0

टोपलाल अर्याल
गुल्मी, २१ साउन :फोर्टिन स्टार युवा क्लवको आयोजना तथा गुल्मी मोडल अस्पतालको सहजीकरणमा गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रेसुंगामा एकदिने निःशुल्क प्राथमिक सेवा संचालन गरिएको छ । खेलकुद बिकास र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय क्लबले साउने औंसी मेलाको अवसरमा रेसुंगामा आउने दर्शनार्थीको निःशुल्क प्राथमिक स्वास्थ्य परिक्षण गरेको हो ।

विभिन्न स्थानबाट आएका एक सय बढि दर्शनार्थीले सेवा लिएको छन् । उनीहरुको ब्लड प्रेसर, ग्याष्टिक, सामान्य चोट लागेका बिरामीलाई सेवा प्रदान गरिएको क्लबका अध्यक्ष नारायण आचार्यले जानकारी दिए । धार्मिक क्षेत्र रेसुंगामा एक महिने साउने मेला चलिरहेको छ ।

होरिबोधनी एकादशी र साउने औंसीको दिन रेसुंगामा श्रदालु भक्तजनको घुइँचो लाग्ने गर्दछ । मन्दिरको दर्शन तथा पोखरीमा स्नान गर्न आउने भक्तजनको स्वास्थ्यमा एक्कासी आउने समस्यालाई प्राथमिक उपचारको माध्यमबाट सेवा दिने उदेश्यले निःशुल्क स्वास्थ्य सेवा संचालन गरिएको क्लब अध्यक्ष आचार्यले बताए ।

क्लवले प्रत्येक बर्ष बार्षिक उत्सबको अवसरमा जिल्लास्तरीय माबिका छात्रहरुबिच फुटवल प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लबको आफ्नै राम्रो आर्थिक श्रोत छैन । तर, क्लवले नागरिकलाई सचेतना फैलाउन ट्राफिक जनचेतना सम्बन्धि होडिङ बोर्ड राख्ने, नेपाली कला संकृतिको संरक्षण र प्रर्वद्धन गर्न सांकृतिक कार्यक्रम संचालन गर्दै आएको छ ।