Saturday, June 6, 2026

कांग्रेसले ८० सिट र माओवादीले ६० सिट पाउँनेगरी सहमति हुन्छ : प्रचण्ड

0

भदौ २१,२०७९ काठमाडौँ :नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँटफाँट टुंगो लगाउने गरी अन्तिम छलफल भइरहेको बताएका छन् ।

प्रचण्डले कांग्रेसले ८० सिट र माओवादीले ६० सिट पाउँने दावी गरेका छन्।धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भोलि शीर्ष तहका नेताहरु बसेर सिट टुंगो लगाउने तयारी भइरहेको जानकारी दिएका छन् । प्रचण्डले कांग्रेसले ८० सिट वरिपरिको संख्यामा सहमतिमा आउने विश्वास व्यक्त गरेका छन् ।

उनले कांग्रेस सयबाट ८० मा आउने सम्भावना बढ्दो रहेको पनि बताए ।माओवादी केन्द्रले पनि ६० सिटमा दाबी गरेको भन्दै उनले त्यसकै वरिपरि सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् । प्रचण्डले भने, ‘हामीले भनेको त ६० हो, ६० बाट केही तलमाथि होला, तर त्यसकै वरिपरि हुन्छ भन्ने विश्वास छ,’ ।

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका पनि आ–आफ्ना दाबी रहेको भन्दै उनले २५ सिटको वरिपरि उनीहरुकोस्थिति भएकाले त्यसैलाई आधार बनाएर सवै पार्टीका प्रतिनिधिहरु बसेर क्षेत्र र प्रदेशसम्म हेरेर टुंग्याउने प्रयासमा रहेको बताए ।

प्रदेश र संघको निर्वाचनमा समाज केन्द्रित भएको बताउँदै उनले भने, ‘गठबन्धन कायम भएरै जान्छ त्यसको अन्तिम तयारी चलिरहेको छ । प्रचण्डले गठबन्धनमा रहेका दलहरुका दावी आआफ्नै भएपनि सहमतिको विकल्प नभएको बताएका छन् ।

माओवादी केन्द्र गुल्मीले ग¥यो, समानुपातिकतर्फका उम्मेदवार सिफारिस

0

हुमाकान्त पोखरेल
भदौ २१,२०७९ गुल्मी : नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति गुल्मीले समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरेको छ ।

सदरमुकाम तम्घासमा पार्टीको सोमबार बसेको जिल्ला समन्वय समितिको बैठकले प्रतिनिधिसभा एवम् प्रदेशसभामा समानुपातिकतर्फका उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । बैठकले प्रतिनिधिसभातर्फ पाँच जनाको नाम सिफारिस गरेको छ ।

जसमा खस÷आर्यबाट धुर्कोट गाउँपालिका –४ जैसिथोक निवासी टंक प्रसाद पोखरेल एवम् आदिवासी÷जनजातीबाट मुसिकोट नगरपालिका –७ निवासी रुपकलाल श्रेष्ठ रहेका छन् । महिलातर्फ चन्द्रकोट गाउँपालिका –२ निवासी सिर्जना तरामु, रेसुङ्गा नगरपालिका –११ निवासी गीता थापा र रेसुङ्गा नगरपालिका –९ निवासी रेनु कार्की पार्टीको सिफारिसमा परेका छन् ।

प्रदेशसभातर्फ खस÷आर्य, महिला, दलित र आदिवासी÷जनजाती गरी कुल १४ जनाको नाम सिफारिस गरिएको छ । खस÷आर्यतर्फ धुर्कोट गाउँपालिका –६ रजस्थल निवासी निम बहादुर पाण्डे, कालिगण्डकी गाउँपालिका –६ निवासी लिलबहादुर केसी, छत्रकोट गाउँपालिका –४ निवासी लोकनाथ पाण्डे, मालिका गाउँपालिका –४ निवासी प्रेमप्रकाश भट्टराई र मदाने गाउँपालिका –३ निवासी बेगम बहादुर चन्द रहेका छन् ।

महिलातर्फ चन्द्रकोट गाउँपालिका –३ निवासी लीला थापा बराल, चन्द्रकोट गाउँपालिका –२ निवासी सुमित्रा क्षेत्री, मुसिकोट नगरपालिका –५ निवासी हुमकला खरेल, गुल्मीदरबार गाउँपालिका –१ निवासी सीता सर्तुङ्गी र सत्यवती गाउँपालिका –२ निवासी टोपला थापा रहेका छन् । दलिततर्फ सत्यवती गाउँपालिका –६ निवासी यम बहादुर सार्की, रुरुक्षेत्र गाउँपालिका –१ निवासी रामलाल विक र धुर्कोट गाउँपालिका –४ निवासी रामु परियार रहेको पार्र्टीका प्रदेश कमिटी सदस्य एवम् धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

त्यस्तै आदिवासी÷जनजातीतर्फ रेसुङ्गा नगरपालिका –१ निवासी खड्गप्रसाद श्रेष्ठ सिफारिसमा परेको पोखरेलले बताए । माओवादीले प्रत्यक्षतर्फका उम्मेदवार भने सिफारिस गरेको छैन । ढिलोमा २३ वा २४ गतेसम्मका संघ र प्रदेशमा प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गर्ने योजना रहेको पोखरेलले बताए ।

माओवादीलाई चौतर्फी घेराबन्दी छ : महरा

0

भदौ २०,२०७९ रोल्पा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का उपाध्यक्ष कृष्णबहादुर महराले हाल पनि माओवादी आन्दोलन र माओवादी नेतृत्वलाई देशी विदेशीहरुको घेराबन्दी भएको बताउँदै त्यसको विरुद्धमा सबै माओवादी आन्दोलनका शक्तिहरुलाई केन्द्रीत गर्दै अगाडि बढ्नु पर्ने बताएका छन् ।

माओवादी केन्द्र रोल्पाले आयोजना गरेको प्रदेश निर्वाचन स्तरीय नेता कार्यकर्ताहरुलाई प्रशिक्षण गर्दै महराले यस्तो बताएका हुन् । उपाध्यक्ष महराले माओवादी केन्द्रकै एजेण्डा र नेतृत्वमा देश अगाडि बढेको बताउँदै प्रतिक्रान्तिकारी टप्का संग लडेर भए पनि ऐजेण्डालाई स्थापित गर्नका लागि आगामी निर्वाचनमा माओवादी केन्द्रलाई विजय बनाउनका लागि अनिवार्य लाग्नुपर्नेमा जोड दिए ।

उपाध्यक्ष कृष्णबहादुर महराले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई गठबन्धनलाई विजय बनाएमा मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सँस्थागत गर्नुपर्ने बताए । उपाध्यक्षले महाराले नेकपा माओवादी केन्द्र को केन्द्रीय महाधिवेशनले पारित गरेको समाजवादी क्रान्तिलाई पुरा गर्नका लागि हरेक माओवादी केन्द्रका नेता कार्यकर्ता लाग्नका लागि निर्देशन दिए।

कार्यक्रममा स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारले रोल्पा जिल्लालाई पहिलो प्राथमिकतामा दिई बजेट प्रदान गरेको बताए । उनले रोल्पा जिल्लाको आवश्यकता र जनताको आबश्यकता धेरै भएकाले गर्दा सोचेजस्तो विकास हुन नसकेको बताए ।
स्थायी समिति सदस्य केसीले रोल्पा जिल्लाबाट फेरी पनि लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्न सक्ने उमेद्वार छनौट गर्नका लागि रोल्पा सम्वेदनशील बन्नु पर्ने बताए ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशसभा सदस्यमा उमेद्वार हुँदा रोल्पाली जनताको शीर झुुक्ने गरी काम नगर्ने प्रविबद्धता व्यक्त गरेकोमा अब पुरा गरेको स्मरण गर्दै फेरी पनि देश र जनताको सेवा गर्ने व्यक्त गरे।

लुम्बिनी प्रदेश सरकारको नेतृत्व आफैले गरेको बेला लुम्बिनी प्रदेशको नामाकरण, राजधानी स्थापना, लुम्बिनी प्रादेशिक अस्पताल निर्माण, लुम्बिनी प्राविधिक टेक्निकल विश्वविद्यालय खजुरामा स्थापना, रामपुर जिनाबाङ पाटीहाल्नासम्मको सडक निर्माणका गौरवको योजनालाई शुरुवात गरेको बताए ।

रोल्पा जिल्लाको विकास र समृद्धि गर्नका लागि आगामी दिनमा पनि माओवादी केन्द्रकै उमेद्वारलाई विजयी बनाउनको मंसिर ४ को निर्वाचनमा होमिन आग्रह गरे ।
यस्तै कार्यक्रममा नेकपा ९माओवादी केन्द्र० स्थायी समिति सदस्य जयपुरी घर्तीमगरले रोल्पा जिल्लाको विकास मात्रै भन्दा पनि समग्र देशको विकासका लागि सोच्नु पर्ने बताए । उनले शिक्षा तथा स्वास्थ्य समितिको सभापति हुँदा ८ वटा ऐन निर्माण गरेको बताउँदै आगामी दिनमा पनि देशकै सेवा गर्ने बताए ।

नेता जयपुरी घर्तीमगरले नेपाली जनताको शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तनका गर्नका लागि नै लागेको बताउँदै फेरी पनि आफूले जनताको सेवामै काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

राजनीतिक प्रशिक्षण तथा बैठकलाई सम्वोधन गर्दै स्थायी समिति सदस्य जोखबहादुर महराले राजनीतिक कार्यदिशाको आधारमा सबै ठोस हुने भएकोले गर्दा राजनीतिक कार्य दिशा सही भएकाले क्रान्ति सफल भएको बताउँदै आगामी दिनमा पनि माओवादी केन्द्रको कार्य दिशालाई पुरा गर्ने गरी अगाडि बढ्नका लागि निर्देशन दिए।

बैठकमा सहभागी कार्यकतालाई समाजवादी क्रान्तिको यात्रा पुरा गर्नका निरन्तर क्रान्तिको मैदानमा होमिनु पर्ने चुनौतीलाई सबैको एकताको मात्रै सामना गर्न सकिने बताए। स्थायी समिति सदस्य महराले विकास र समृद्धिका लागि राज्यसत्ताको आमूल परिवर्तन गर्नका लागि कार्यकारी राष्ट्रपतिको ऐजेण्डालाई जनताको बीचमा लगेर जानु पर्ने बताए ।

बैठकमा पोलिट व्यूरो सदस्य दिपेन्द्र कुमार पुनमगरले रोल्पा जिल्लामा विकास समृद्धिको यात्रामा प्रमुख भूमिका खेलेको बताउँदै आगामी दिनमा पनि माओवादी केन्द्रकै नेतृत्वहरुलाई विजयी बनाउनको लागि कार्यकर्ताहरुलाई निर्देशन दिए ।

रोल्पा जिल्लाका इन्चार्ज पुनमगरले जनयुद्धमा रोल्पालीले गरेको त्याग र तपस्या बलिदानले मात्रै रोल्पा बनेको बताउँदै फेरी नयाँ गतिका साथ अगाडि बढ्नु पर्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य सीता अचार्य, बैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्र थापा घर्ती, माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटिका उपाध्यक्ष विरबहादुर खत्री लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का रोल्पाका संयोजक गुणेन्द्र घर्तीमगरको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सचिव पूर्ण केसीले गरेका थिए ।

दुई वर्षभित्रै सबै घरमा पर्याप्त विद्युत् उपलब्ध हुन्छ : ऊर्जामन्त्री भुसाल

0

भदौ २०,०७९ रुपन्देही : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललेदुई वर्षभित्रै सबै घरमा पर्याप्त विद्युत् उपलब्ध हुने बताएकी छिन।अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत् पुगेको भन्दै उनले अब दुई वर्षभित्रै सबै घरमा चाहिएजति विद्युत् उपलब्ध गराउने गरी सरकारले तिब्र रुपमा काम गरिरहेको बताएकि छिन ।

रुपन्देहीको मैनहियामासोमबारबुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन उद्घाटन गर्दै भुसालले सबैले विद्युतीय उपकरण प्रयोग गर्नुपर्ने भन्दैयातायात, सिँचाइलगायतका क्षेत्रमा पनि अव विद्युतीय साधनको प्रयोग गर्न जरुरी रहेका बताइन।सरकारलेप्रयोग गरेर बढी भएको बिजुली भारत र बङ्गलादेशमा बिक्री गरिने योजना बनाएको छ भने अहिले भारतमा बिजुली निर्यात समेत भैरहेको छ।

उनले विद्युतीय सवारीका लागि सरकारले नै चार्जिङ स्टेशन बनाउने भन्दैबिजुली सवारी किन् अनुरोध गरेकी छिन् । नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइन निर्माण सम्पन्न गरेको छ ।सरकारलेसिँचाइका लागि प्रयोग हुने विद्युत् महशुलमा ७५ प्रतिशत कटौती गरेको भन्दै भुसालले किसानलाई यसलेराहत पुगेको बताइन।

बिजुलीको प्रयोगले मात्रै पनि उत्पादनमा ठूलो योगदान पुग्ने उनको धारणा थियो। प्रसारण लाइनको निर्माणसँगै करिब दुईसय मेगावाट विद्युत् प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ भनेसबस्टेसनमा ४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर र ३३(११ केभी, १६ एमभिए पावर ट्रान्सफर्मर छन् ।

माओवादी पोलिटब्यूरो सदस्य अछामी एमालेमा प्रवेश गर्ने

0

भदौ २०,२०७९काठमाडौं : नेकपा (माओवादी केन्द्र)का भर्खरै पोलिटब्यूरो सदस्यमा बढुवा भएका मोरङ इन्चार्ज गोपीबहादुर अछामी (सार्की)ले एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् ।

एमाले स्रोतले दिएको जानकारी अनुसार अछामी नेकपा विभाजनसँगै एमालेमै रहन चाहेका थिए । यद्यपि उनी राष्ट्रियसभा सदस्य रहेको कारण पद गुम्ने डरले माओवादीमै रहेका थिए । हाल एमालेको केन्द्रीय सदस्य तथा मोरङको क्षेत्र नम्बर ४ बाट एमालेले सिफारिस गरेको एक्लो उम्मेद्वार विनोद ढकाललाई भोट माग्दै सामाजिक सञ्जाल फेसबुकमा अछामीले पोष्ट गरेपछि उनी एमालेमा प्रवेश गर्न लागेको चर्चा चुलिएको छ । फेसबुकमा उनले पछाडिपट्टी सूर्य चुनाव चिन्ह रहेको विनोद ढकालको फोटो पोष्ट गर्दै राम्रो मान्छेले चुनाव जित्नुपर्ने उल्लेख गरेका छन् ।

माओवादी केन्द्रले केन्द्रमा एमालेलाई हराउन गठबन्धनको कसरत गरिरहेका बेला अछामीले पोष्ट गरेको यो स्टाटसले जिल्लामा तरंग पैदा गरेको छ । ‘पार्टी फरक भए पनि तपाईको सफलतामा म कहिल्यै बेखुस हुने छैन, हार्दिक बधाई छ कमरेड,’ आइतबार ढकालको तस्बिर पोष्ट गर्दै अछामीले भनेका छन् ।

उनले अर्को पोष्ट गर्दै लेखेका छन्, ‘नेकपा एमाले मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा उम्मेद्वारमा सर्वसम्मत सिफारिस हुनुभएकोमा मित्र विनोद ढकालज्यूलाई हार्दिक बधाई तथा विजयको लागि शुभकामना ।’ त्यति मात्रै होइन उनले आफ्नै पोष्टमा कमेन्ट गर्दै ‘असल मानिसले खराब गर्दैनन्, असल मानिसहरुलाई अगाडि बढाउनु हामी सबैको कर्तव्य हुनजान्छ ।’

केही दिन अघि उनले दुई वृद्ध–वृद्धा श्रीमान श्रीमतीको स्केच र ढकालसँग आफ्नो स्केच जोडेर फोटो पोष्ट गरेका थिए । उनले त्यसबेला पनि लेखेका थिए, ‘विगत सम्झदा दोस्ती दुईभाईको ।’

उनले एमालेको प्रचार गरेको ढकालको क्षेत्र मोरङ ४ मा यसअघि माओवादी केन्द्रका अमनलाल मोदीले निर्वाचन जितेका थिए । यस पटक पनि सत्ता गठबन्धन हुँदा सो क्षेत्र माओवादी केन्द्रले नै पाउने चर्चा छ । उक्त क्षेत्रबाट माओवादी नेता मोदी एकल रुपमा सर्वसम्मत उम्मेद्वार सिफारिस भइसकेका छन् । अछामीले मोदीलाई भने शुभकामना दिएका छैनन् । आफ्नै पार्टीबाट सिफारिस भएका मोदीलाई शुभकामना र बधाई नदिनु तथा एमालेका उम्मेद्वार ढकाललाई बधाई दिनुले उनी एमालेकरण हुन लागेको माओवादी स्रोत बताउँछ ।

उनी नेकपा हुँदा मोरङमा एमाले नेता ढकालसँगको सम्बन्ध प्रगाढ बनाएका थिए । ढकालसँगकै संगतले उनले पार्टी छोड्न लागेको कतिपयको विश्लेषण छ । उनी ढकालले विराटनगरका मारवाडी समुदायबाट उठेको चन्दाको हिस्सेदारी समेत रहेको माओवादी वृत्तमा चर्चा छ ।

माओवादी केन्द्रबाट अछामी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ८ बाट विजयी भएका थिए भने ७० सालमा भने पराजित भएका थिए । नेकपा छँदा ढकालकै सिफारिस र जोडबलमा राष्ट्रियसभा सदस्यका उम्मेद्वार बनेका अछामीले निर्वाचन जितेका थिए । उनी हाल राष्ट्रियसभामा नेकपा माओवादी केन्द्र संसदीय दलका सचेतक रहेका छन् ।

गुल्मीमा १२३ जनामा डेङगु संक्रमण पुष्टि

0

गीताकुमारी बस्याल
भदौ २०,२०७९ गुल्मीः गुल्मी जिल्लामा डेङगुका बिरामीहरु दैनिक रुपमा बढ्दो क्रममा रहेका छन्।

जिल्लाको सत्यवती गाउँपालिकामा एक सय जना,छत्रकोट गाउँपालिकामा पाँच जना,रेसुङगा नगरपालिकामा छ जना, मुसिकोट नगरपालिकामा एक ,इश्मामा तीन, मालिकामा एक,गुल्मीदरबारमा एक,मदानेमा एक , कालीगण्डकीमा एक र प्राइभेट क्लिनिकहरुमा परीक्षण गर्दा ४ जना गरी एक सय २३ जनामा संक्रमण देखा परेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिए ।

पछिल्लो समयमा गुल्मीमा पनि डेङगु रोग गाउँगाउँमा फैलिएकाले सचेत रहन र परीक्षण गर्नका लागि स्थानीय तहका स्वास्थ्य शाखाहरुसंग समन्वय गरिएको उनले बताए ।

रोग परीक्षणका लागि आवश्यक पर्ने कीट पालिकाका स्वास्थ्य शाखाहरुलाई पठाइएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक बोमबहादुर अर्यालले जानकारी दिए ।
जिल्लामा परीक्षणका लागि गुल्मी अस्पताल र आफूहरुसंग प्रर्याप्त मात्रामा कीट रहेको अर्याललले दाबी गरे ।

यता गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले यो रोग लामखुट्टेको टोकाइबाट लाग्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको उल्लेख गरे ।

साँझमा सुत्दा झुल लगाएर सुत्ने ,शरीर छोपिने गरी कपडाहरु लगाउने , घर वरपर पानी जम्ने खाल्डाखुल्डीहरु नराख्ने र उच्च ज्वरो संगै स्वास्थ्यमा समस्या देखा परेमा नजिकको स्वास्थ्य संस्थाहरुमा गई स्वास्थ्य परीक्षण गराउन सुझाब दिए ।

गुल्मीमा एमालेमै फर्किए समाजवादीका जिल्ला अध्यक्ष र इन्चार्ज

0

हुमाकान्त पोखरेल
भदौ २०,२०७९ गुल्मीः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता एमालेमै फर्किएका छन् ।

सोमबार एमाले पार्टी कार्यालयमा एकता घोषणा कार्यक्रमको आयोजना गरी समाजवादीका जिल्ला इन्चार्ज गणेश खनाल, अध्यक्ष नरेश भण्डारी, युवा संघका नेता हिमाल श्रेष्ट लगायतका नेताहरु एमालेमै फर्किएका हुन् ।

आफुहरु जुन लक्ष्य लिएर समाजवादी पार्टीमा लागेको हो, त्यसअनुसार काम हुन नसक्दा एमालेमै फर्किएको जिल्ला अध्यक्ष नरेश कुमार भण्डारीले बताए । ‘स्थानीय तहको निर्वाचनमा आफ्नै मित्रहरुलाई पराजित गर्नमा हामीहरुले ठुलो भूमिका खेल्यौ ।’ भक्कानिदैँ भण्डारीले भने, ‘त्यो हाम्रो तर्फबाट गरिएको भुल थियो, अहिले त्यसलाई सच्चाएका छौ ।’ जिल्ला इन्चार्ज गणेश खनालले आफुहरु कम्युनिष्ट भएर काँग्रेससँग सहकार्य गरेर समाजवाद नआउने भएकोले समाजवादी छोडेको बताए ।

कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले गुल्मी जिल्लाबाट एकताको संदेश दिएको उल्लेख गरे । साथै अब पार्टीमा काम गर्ने शिलशिलामा पनि कहिल्लै भेदभाव नगर्ने समेत प्रतिवद्धता व्यक्त गरे । त्यस्तै उप–महासचिव प्रदिप ज्ञवालीले समाजवादीका नेताहरुले सही समयमा सही निर्णय गरेको बताए ।

पछिल्लो समय गठबन्धनको सरकारले जनपक्षीय काम नगरेकोले समाजवाद निर्माणका लागि एमालेमा आउनु राष्ट्र निर्माणको महत्वपूर्ण बिषय भएको ज्ञवालीको भनाई छ ।

यता एकीकृत समाजवादी गुल्मीले भने नेता भण्डारी र खनाललाई पदको दुरुपयोग गरेको आरोप लगाएको छ । समाजवादीका जिल्ला सह–इन्चार्ज गणेश विश्वकर्मा, उपाध्यक्षद्धय चन्द्र सुनार र राममल्ल ठकुरीद्धारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा पार्टी हितविपरित काम गरेकोले निज भण्डारी र खनाललाई पार्टीको सा

निर्वाचनको लागि उम्मेदवार छनोट गर्दै गुल्मीका राजनीतिक दल

0

हुमाकान्त पोखरेल
भदौ २०,२०७९ गुल्मी : आगामी मंसिर –४ गते हुने प्रदेश र प्रतिनिधिभाको निर्वाचनको लागि दलहरु उम्मेदवार सिफारिसमा जुटेका छन् ।

एमाले, काँग्रेस एवम् माओवादी उम्मेदवार सिफारिसको अन्तिम तयारीमा जुटेका हुन् । जिल्लाबाट दुईजना केन्द्र र चारजना प्रदेश सासंदमा निर्वाचित हुनेछन् । जसका लागि काँग्रेसले सबै क्षेत्रका सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ । एमालेले क्षेत्र नम्बर २ र २ अन्तरगतका प्रदेशको मात्र सिफारिस गरेको छ भने माओवादी केन्द्रले २२ गतेसम्म सिफारिस गर्ने तयारी गरेको छ ।

नेकपा एमालेले प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा प्रदिप ज्ञवाली र क्षेत्र नम्बर २ मा गोकर्ण विष्ट, राजेन्द्र अर्याल र शेषकान्त गौतमको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर २ ‘क’ मा गणेश श्रीपाली, डिल्लिराज भुसाल, सोमनाथ सापकोटा, सीता भण्डारी र प्रकाश काफ्लेको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ ‘ख’ मा दिनेश पन्थी, जमुना पन्थी, सन्तोष लम्साल, खिमानन्द भण्डारी, लोक बहादुर खत्री र नारायण पोखरेलको नाम सिफारिस गरिएको एमाले गुल्मीका सचिव गणेश श्रीपालीले जानकारी दिए । क्षेत्र नम्बर १ को प्रदेश सासंदको उम्मेदवारका लागि सोमबार बैठक राखिएको र बैठकले नै अन्तिम सिफारिस गर्ने श्रीपालीले बताए ।

नेपाली काँग्रेसल प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को लागि चन्द्र भण्डारी, योगराज कँडेल र पारिश्वर ढकालको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर २ बाट चन्द्र बहादुर केसी, डाक्टर दामोदर भुसाल र त्रैलोक्य प्रताप सेनको नाम सिफासिर गरिएको काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जानकारी दिए । त्यस्तै क्षेत्र नम्बर १ ‘क’ बाट पृथ बहादुर फौजा, सन्तोष गौतम, अमृत ज्ञवाली र तुल्सीराम पाण्डेको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर १ ‘ख’ बाट श्रीप्रसाद भलामी, धनेन्द्र कार्की र मुक्ती कडेँललाई सिफारिस गरिएको पन्थीले बताए । क्षेत्र नम्बर २ ‘क’ मा भुवन प्रसाद श्रेष्ठ, माधव खरेल, चन्द्र बहादुर महत र लोकप्रसाद खरेलको नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नम्बर २ ‘ख’ को लागि शिव बहादुर केसी, काँशी बहादुर बोहोरा र शिव बहादुर केसीको नाम सिफारिस गरिएको पन्थीले बताए ।

नेकपा माओवादी केन्द्रले सोमबार पार्टीको जिल्ला कमिटीको बैठकबाट समानुपातिकतर्फको उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ । अहिलेसम्म पार्टी कमिटीको निर्वाचन क्षेत्र नम्बर २ ‘क’ को बैठकले खुम बहादुर थापालाई प्रदेश सासंदको रुपमा उम्मेदवार बनाउन सिफारिस गरेको छ । पार्टीको लुम्बिनी प्रदेश सम्पर्क समिति काठमाडौले भने गुल्मी जिल्लाको लागि उम्मेदवार सिफारिस गरेको छ ।

समितिले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा तुल्सीराम भण्डारी र २ मा भिमकान्त भण्डारीको नाम सिफारि गरेको छ । क्षेत्र नम्बर १ ‘क’ को लागि रामप्रसाद भण्डारी र ‘ख’ को लागि ध्रुव बराल एवम समानुपातिकतर्फ शान्ता भण्डारी र नुर भण्डारीको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ ‘क’ को लागि शिव खड्का एवम् ‘ख’ को लागि अशोक खड्काको नाम सिफारि गरिएको छ । समानुपातिकतर्फ ऋतु केसी र हरी भण्डारीको नाम सिफारिस गरिएको छ ।

माओवादी केन्द्रले ढिलोमा २२ गतेसम्म प्रत्यक्षतर्फ उम्मेदवारको नाम सिफारिस गर्ने पार्टीका जिल्ला समन्वय समिति संयोजक बुद्धि जिसीले जानकारी दिए । अहिलेसम्म प्रत्यक्ष निर्वाचनका लागि लिलामणी पौड्याल, सुदर्शन बराल, भिमकान्त भण्डारी र बुद्धि जिसी चर्चामा छन् । यद्यपी आधिकारिक सिफारिस गर्न भने बाँकी नै छ ।

चन्द्रकोटमा दुग्धजन्य पदार्थमा एकरुपता ल्याउन अन्र्तक्रिया,बिचौलियाको अन्त्य हुने दाबी

0

महेश बोहरा भदौ १९,२०७९ गुल्मी: गुल्मीको चन्द्रकोट गाउँपालिकाले त्रिपक्षीय छलफल तथा अन्र्तक्रिया कार्यक्रम आइतबार सम्पन्न गरेको छ । चन्द्रकोट गाउँपालिका पुश शाखाको आयोजनामा दुग्ध उत्पादक कृषक, समुह तथा दुग्ध व्यवसायीहरुसंग छलफल गरिएको हो ।

दुग्धजन्य पदार्थको बजार मुल्यमा एकरुपता ल्याई कृषक तथा व्यवसायीहरुको समस्या समाधानका लागी छलफल केन्द्रित भएको थियो । दुग्ध उत्पादक कृषक, समुह तथा दुग्ध व्यवसायीहरुको साझा सम्झदारीबाट नै दिगोपन निमार्ण गर्न सकिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

चन्द्रकोट गाउँपालिमा उत्पादित दुग्धजन्य पदार्थको मुल्य एकरुपता कायम राख्दै उचित मुल्य र स्वस्थ दुुग्ध पदार्थ वितरण गर्ने लक्ष्य राखिएको छ । चन्द्रकोट गाउँपालिकामा दुग्धजन्य पदार्थ उत्पादन गर्ने कृषक, समुह तथा ब्यवसायीहरुको हकहितका लागी दुग्ध उत्पादक कृषक समुह गठन भएको छ ।

सोही कार्यक्रममा हरिबहादुर कार्कीको अध्यक्षतामा ११ सदस्य कार्यसमित गठन भएको हो । यसले दुग्ध उत्पादनमा लागेका कृषक र बजार व्यवस्थापकको समस्या समाधान गर्नका निम्ति महत्वपूर्ण निकास निकाल्ने विश्वास लिएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले बताउनुभयो ।

साथै उहाँले कृषकका लागी उत्पादनमा आधारित अनुदान दिनका लागी पनि मापदण्ड तयार हुने अपेक्षा राख्नुभएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष युवराज केसी, उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसाल लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाका सूचना अधिकृत शिवप्रसाद ज्ञवालीले गर्नुभएको थियो ।

गुल्मीमा सडक बालबालिकाको व्यवस्थापन

0

सूर्य सुनार
भदौ १९,२०७९ गुल्मी:गुल्मीमा सडक बालबालिका पहिचान अभियान २०७९ शुरु गरी व्यवस्थापन गरिएको छ । आइतबार जिल्लाभित्रका अभिभावक विहीन सडक बालबालिकाको पहिचान गरी उचित व्यवस्थापन गरिएको छ । पहिचानका लागि कार्यदल नै गठन गरी सडक बालबालिकाहरूको पहिचान गर्नका लागि जिल्लामा जिल्ला शिक्षा समन्वय एकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनी संयोजक रहेको पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो ।

जसको सदस्यहरूमा जिल्ला समन्वय समिति गुल्मीबाट विष्णु भुसाल, रेसुंगा नगरपालिकाबाट कल्पना पाण्डे‚ नेपाल पत्रकार महहासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्याल, जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नरेश गिरी, जिल्ला प्रहरी कार्यालय गुल्मीबाट माधव खरेल कार्यदलमा रहेका थिए ।

बालबालिका पहिचान कार्यदलले झन्डै ५० दिनमा आएर महेन्द्र नमुना माध्यामिक विद्यालयमा उनीहरुलाई व्यवस्थापन गरेको हो । पहिचान समितिले १८ जना बालबालिकाहरुलाई विद्यालयको महेन्द्र मिनी होस्टेलमा व्यवस्थापन गरेको हो । उनीहरुलाई बिहान ६ बजे देखी वेलुका ६ बजे सम्म विद्यालयमै शिक्षकहरुले पढाउने, व्यवहारिक ज्ञान सिकाउने, खेलकुदका क्रियाकलापमा सहभागि बनाउने गरी उनीहरुको व्यवस्थापन गर्ने कार्यदलका संयोजक लोकनाथ मरासिनीले बताए । उनीहरुको व्यवस्थापन र सिकाइमा गर्न २ जना शिक्षक खटाउने मरासिनीले बताए ।

जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्रीले सडक बालबालिकाको संरक्षणमा स्थानीय सरकारले सहयोग गरेको दाबी गरे । जिल्लाका सरोकावाला निकायले मात्र हेरेर नहुने भन्दै पहिला अभिभावक जो सचेत हुन जरुरी भएको उनले बताए । साथै यो अभियानलाई सफल संगै बालबालिको भविष्य राम्रो बनाउन अभिभावकले ख्याल गर्नुपर्ने जिल्ला समन्वय प्रमुख खत्रीको भनाई छ । महेन्द्र माध्यामिक विद्यालयको मिनी होस्टेलमा १८ जना बालबालिका बाहेक अन्य बालबालिकाहरुलाई यहाँ राख्न नसकिने बताए । यदी अन्य पालिकाबाट तम्घासमा सडक बालबालिका आए सम्बन्धित पालिकासंग समन्वय गरी उनीहरुको व्यवस्थापन गरिने खत्रीले बताए ।

रेसङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले सडक बालबालिकाहरुको व्यवस्थापन र संरक्षणमा रेसुङ्गा नगरपालिकाले चासो दिइएर काम गरेको बताए । सडक बालबालिकाहरुको व्यवस्थापन गर्न पाउदा खुशी व्यक्त गरे । यो अभियानमा रहेर काम गर्ने जिल्लाका सरोकारवाला निकायलाई पन्थीले धन्यवाद दिए । रेसङ्गा नगरपालिकाले आगमी दिनमा समेत यस्ता बालबालिकाको क्षेत्रमा काम गर्ने बताए । सडक बालबालिकाको समस्या सबैको साझा समस्या भएको हुँदा सबै पक्षले यो अभियानलाई सफल पार्न सहयोग गर्नुपर्ने नगरप्रमुख पन्थीले उल्लेख गरे ।

यो अभियानले जिल्ला बाहिर पनि राम्रो सन्देश प्रवाह गरेको बताए । सडक बालबालिकाहरुलाई अध्ययन भन्दा पनि पहिला उनीहरुको आनीवानीमा परिवर्तन ल्याउन सके अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुवँर, महेन्द्र नमुना माध्यामिक विद्यालयका व्यवस्थाप समितिका अध्यक्ष शालिक पन्थी, महेन्द्र माध्यामिक विद्यालयका प्रअ कृष्णा मरासिनी, रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवाली, जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, जिल्ला अस्पताल गुल्मीका मेसु.डाक्टर उत्तम पच्या, नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्याल, उपाध्यक्ष रेशम कुवँर, लगायत जिल्लाका सक्रिय राजनितिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थित रहेको थियो ।