Friday, June 5, 2026

विज्ञान प्रविधिले देशलाई समाजवादतिर लैजान्छः प्रचण्ड

0
फाइल फोटो

असोज १,२०७९ काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विज्ञान प्रविधिले देशलाई समाजवादतिर लैजाने बताउनु भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विज्ञान प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्नु पर्ने बताउनु भयो ।

उहाँले विज्ञान प्रविधिलाई जसले राम्रोसँग आत्मसाथ गर्न सकेका राष्ट्र विकसित भएको बताउनु हुँदै विज्ञान प्रविधिलाई आत्मसाथ नगर्ने राष्ट्रको विकास हुन नसक्ने उहाँको दाबी रहेको थियो । उहाँले बोल्दै भन्नुभयो, ‘विज्ञान प्रविधिले समाजवादतिर लैजान्छ । यसलाई आत्मसाथ गर्नु मुख्य विषय हो ।’

उहाँले क्रान्तिको, परिवर्तनको, स्वतन्त्रताको, मानव जातीको उन्मुक्तिको अभियान सुरु भएको पनि बताउनु भयो । उहाँले अहिलेको संविधानले पनि विज्ञान प्रविधिलाई समाजवादको उदेश्यमा अघि बढाउने गरी आत्मसाथ गरेको बताउनुभयो ।

उहाँले दक्षिण एसियामा धर्मशास्त्रले सन्तोष लिन सिकाउने र भौतिकवादी विज्ञानले असन्तुष्ट हुनु भएको यो किन कसरी भयो भनेर खोजी हुने बताउनु भयो ।

अनाथ आश्रमका बालबालिकालाई समाजसेवी पुडासैनीद्धारा वार्षिक एक लाख सहयोग

0

असोज १ गते, भक्तपुर :काठमाडौँको कागेश्वरी मनोहरा निवासी समाजसेवी नवराज पुडासैनीले तुलसादेवी हरिहर फाउन्डेसनद्वारा सञ्चालित तुलसालय अनाथ आश्रमका बालबालिकाका लागि वर्षेनी रु. एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

उहाँले यस आश्रममा आश्रित बालबालिकाको शिक्षाका लागि सहयोग कार्यक्रम अन्तर्गत कम्तीमा चार जना बालबालिकाको शिक्षादीक्षामा सहयोग पुगोस् भनेर सो सहयोगको घोषणा गर्नुभएको हो । समाजसेवी पुडासैनीले हाल भक्तपुरको चाँगुनारायणमा अवस्थित तुलसालयमा आयोजित एक कार्यक्रममा तुलसालय सञ्चालक संस्था तुलसादेवी हरिहर फाउन्डेसनका अध्यक्ष सरु सुवेदीलाई रु एक लाखको चेक प्रदान गर्नुभयो ।

उहाँले अनाथ एवं अपाङ्गता भएका बालबालिकाका साथै ज्येष्ठ नागरिक र सबै उमेर समुहका मानसिक रोग भएकाको उद्धार र लालनपालन गरिरहेको तुलसालयलाई यसअघि पनि विभिन्न लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग गर्दै आउनुभएको छ । उक्त आश्रमलाई आफूले अब हरेक वर्ष रु एक लाख आर्थिक सहयोग गर्ने घोषणा पनि सोही कार्यक्रममा गर्नुभयो ।

तुलसालय आश्रमले विगतदेखि असहाय र अनाथहरुका लागि गरिरहेको समाजसेवाको कार्यका लागि आफूले पनि मानवीय सेवाभावका साथ थोरै भए पनि सहयोग पुगोस् भनेर यो सहयोग गरेको पुडासैनीले बताउनुभयो । उक्त आश्रमले अनाथ एवं असहाय बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा मानसिक रोग भएकालाई चाँगुनारायण र ललितपुर महानगरपालिका– २५ स्थित नखुडोलमा अलग अलग राखेर लालनपालन एवं शिक्षादीक्षा प्रदान गर्दै आएको छ ।हाल सो आश्रममा रहेका २६ बालबालिका विद्यालय जाने गरेका छन् भने विभिन्न उमेर समूहका ४४ जना उद्धारपछि आश्रममा आश्रित रहेका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उद्धार गरिएकामध्ये केहीलाई पुनःस्थापना गरिएको छ ।अध्यक्ष सुवेदीले उहाँले आश्रममा रहेका बालबालिकालाई राम्रो शिक्षादीक्षा दिन तथा मानसिक रोग भएकालाई उपचार सेवा समेतका लागि आर्थिक अभाव रहेका बेला आएको सो सहयोग र प्रतिबद्धताका लागि समाजसेवी पुडासैनीलाई धन्यवाद दिनुभयो ।

सडकमा अलपत्र अवस्थामा भेटिएका अनाथ एवं असहाय बालबालिका तथा विभिन्न उमेर समूहका नागरिकलाई प्रहरीले आश्रममा ल्याइदिने तर नेपाल सरकार तथा स्थानीय सरकारले आफ्नो दायित्व बहन गरी यस्ता आश्रमलाई कुनै आर्थिक सहयोग नगरेको र आश्रममा आश्रितको लालनपालनमै गाह्रो हुँदै गएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

सो आश्रममा सातौँ छोरीका रुपमा जन्म लिएर पाँच मिनेटमा नै आमा गुमाउन पुगेकी हुम्लाकी आठ महिनाकी स्तुतिदेखि चिकित्सकका रुपमा २८ वर्षसम्म नेपाल सरकारको सेवा गरेका ६४ वर्षीय डा. भगवानभक्त श्रेष्ठ तथा ७४ वर्षका बाआमासम्म आश्रित छन् ।

मुसिकोटमा खानेपानीको कार्यालयमै तालाबन्दी

0

सूर्य सुनार असोज ०१ गुल्मी :गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा खोलापानी, धरपानी, मैदान लिफटिङ्ग खानेपानी उपभोक्ता समितिको कार्यालयमा बडागाउँका स्थानीयहरुले तालाबन्दी गरेका छन् ।

खोलापानी, धरपानी, मैदान लिफटिङ्ग खानेपानी योजना सुरु गर्दा साविकको बडागाउँ गाविस वडा न.३ र ४ का उपभोक्ता समावेश गर्ने भनी १०७ घरधुरी बाट दुई हजारका दरले कूल २ लाख १४ हजार एकमुष्ठ रकम पूर्व कार्यसमितिलाई बुझाएको र पछि उक्त योजनामा ४ का स्थानीयहरु समावेश नभएको खोलापानी, धरपानी, मैदान लिफटिङ्ग खानेपानी उपभोक्ता समितिका सचिब राम बहादुर थापाले जानकारी दिए ।

पूर्व कार्य समिति हुँदा उनीहरुले दिएको रकम नयाँ समितिलाई जानकारी नदिएको हुँदा रकम भुक्तानी गर्न नसकिएको थापाले बताए । बडागाउँका केही स्थानीयहरुले आफूले दिएको रकम कसरी भुक्तानी गर्नुपर्छ भन्ने कुराको थाहा नभएको भन्दै एक्कासी तालाबन्दी गर्नु भनेको दादागिरी शैलीमा उनीहरु प्रस्तुत भएको आरोप लगाए ।

धेरै लामो संघर्षबाट लिफटिङ्ग खानेपानी लिन सफल भएको भन्दै, “मैदानका स्थानीय कमजोर छन् । जस्तो व्यवहार देखाए पनि हुन्छ, भनेर उनीहरुले कार्यालयमा आएर तालाबन्दी गरेको सचिब थापाको भनाई छ ।

उता मुसिकोट ४ का स्थानीय शंकर सिहं ठकुरीलाई तालाबन्दी गर्नुको कारण के हो भनेर सोध्दा, “२०७२ सालमा खोलापानी, धरमपानी र मैदान लिफटिङ्ग खानेपानीमा समावेश हुने भनेपछि वडागाउँका १०७ घरधुरीले २ हजारको दरले २ लाख १४ हजार दिएको र पछि उनीहरुले नै पानी नपुग्ने भयो भनेर छुट्याइएको बताए । “त्यस पछि पानी पनि नखाने रकम कसरी दिने भर्ने भएपछि” पटक पटक उनीहरु संग रकम भुक्तानीको लागि ध्यानाकर्षण गराए पनि सुनुवाई नभएपछि तालाबन्दी गर्न बाध्य भएको ठकुरीले बताए ।

वडागाउँका १०७ घरधुरीको रकम भुक्तानी नगरी अपमान गरेको भन्दै ५ दिन भित्र रकम भुक्तानी नगरे पुन चरणवद्धरुपमा अगाडी बढ्ने शंकर सिहं ठकुरीले बताए । उक्त लिफटिङ्गको खानेपानी नपुग्ने भएपछि अहिले उनीहरुले लोलाङदी योजना बाट खानेपानी खाइरहेका छन् ।

पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुग्यो

0
फाइल फोटो

असोज १,२०७९काठमाडौं : अछामको तीनवटा पालिकामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ।
कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।

उनका अनुसार कमलबजार ८ मा एकै परिवारका ५ जनाको शव निकालिएको छ भने कमलबजार ६ ठाँटीकाँधमा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ। ठाँटीकाँधमा यसअघि निकालिएको ४ जनाको गरी ७ जनाको मृत्यु भएको छ।

यस्तै, तुर्माखाँद ५ मा दुई घर पुरिँदा ४ जनाको शव फेला परेको छ अन्य ५ जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै ढकारी गाउँपालिका ६ मा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता रहेका रिजालले बताए।

तीनै पालिकामा गरी ६ जना अझै बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन्। मृतकहरुको सनाखत कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए। उनका अनुसार बेपत्ताहरुको खोजी कार्य तीव्र पारिएको छ।

मुसिकोटमा ४५ हजार राशिको भलिबल प्रतियोगिता हुने

0

हुमाकान्त पोखरेल
असोज १,२०७९ गुल्मीः गुल्मीको मुसिकोट नगरपालिकामा ४५ हजार राशिको भलिबल प्रतियोगिता हुने भएको छ ।

नगरपालिकाको वडा नम्बर ५ आँपचौरस्थित सित्तलनगर समाजसेवी युवा क्लवले दसैँ एवम् तिहारको अवसरमा खेलको आयोजना गरेको हो । खेल आगामी असौज २० देखि २४ गतेसम्म आँपचौरको सिमपोखरा खेलमैदानमा संचालन हुनेछ । प्रतियोगितामा जिल्ला भित्र एवम् बाहिरका खेलाडी सहभागि हुन सक्नेछन् । खेलमा प्रथम हुनेलाई ४५ हजार र द्धितिय हुनेलाई ३० हजार प्रदान गरिने क्लवका सचिव सुरज खरेलले जानकारी दिए ।

प्रतियोगितामा सेमिफाइनल पुग्ने दुई समुहलाई नगद १०÷१० का दरले प्रदान गर्ने पनि क्लवले निर्णय गरेको छ । क्लवले संस्कृति जगेर्नाका लागि लोकनृत्य प्रतियोगिताको पनि आयोजना गरेको छ । एकल वा सामुहीक नृत्य प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश ः १५ हजार, १० हजार र पाँच हजार उपलब्ध गराइने सचिव खरेलले जानकारी दिए । भलिबल खेलमा प्रथम र द्धितिय हुनेलाई कप, मेडल र प्रमाण–पत्र एवम् लोकनृत्य प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई प्रमाण–पत्रको पनि व्यवस्था गरिएको क्लवका सचिव खरेलले जानकारी दिए ।

क्लवले प्रतियोगितामा विधागत पुरस्कार पनि राखेको छ । जसअन्तरगत उत्कृष्ट खेलाडीको लागि दुई हजार पाँच सय, उत्कृष्ट टिम कोचको लागि तीन हजार, अनुशासन समुहको लागि तीन हजार पाँच सय, उत्कृष्ट स्पाइकर, लिब्रो, ब्लकर र सेटरको लागि एक हजार पाँच सयका दरले उपलब्ध गराइने खरेलले बताए ।

कार्यक्रममा विभिन्न राष्ट्रिय एवम् स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने क्लवले जनाएको छ । वि.सं. २०६८ सालमा स्थापना भएको क्लवले सामाजिक क्षेत्रमा अन्य गतिविधि समेत गर्दै आइरहेको छ ।

नागरिकता प्रकरणको अद्योपान्त

0

धर्मेन्द्र कर्ण
नागरिकता विधेयकको गलपासो राजा वीरेन्द्रको घाँटीबाट फुकाउन सहयोग पु¥याउने संवैधानिक राजतन्त्रको पालाका प्रधानमन्त्री शेरबहादुर देउवा नै अहिले संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालका प्रधानमन्त्री हुन् । यो गलपासो अब राष्ट्रपति विद्यादेवी भण्डारीको घाँटीमा फस्ने भएको छ । अन्ध तथा उग्र राष्ट्रवादीहरूको लहैलहैमा संवैधानिक संसदीय राजतन्त्रका राजालाई नागरिकता विधेयक हस्ताक्षर गरी सदनलाई फर्काउनका साटो थन्काई राखिरहँदा त्यो विधेयक तत्कालीन राजा वीरेन्द्रको घाँटीमा गलपासो बनिसकेको थियो । त्यतिखेर पूर्वप्रधानमन्त्रीहरूको सल्लाह लिनेक्रममा गिरिजाप्रसाद कोइरालालाई राजा वीरेन्द्रले बोलाएका थिए । कोइराला राजासँगको भेट गर्न जानुअघि जानकारहरूसँग सल्लाह गरेका थिए । जन्मसिद्ध नागरिकतासम्बन्धी प्रावधानसहितको त्यो विधेयकलाई रोकेर मात्रै होइन सर्वोच्चको राय पनि बुझ्न पठाएका थिए । सर्वोच्चका न्यायाधीशहरूले न्यायिक मनको विवेक प्रयोग नगरी त्यो विधेयकको विपक्षमा राय दिएको थियो । संवैधानिक राजाको हैसियतमा वीरेन्द्रलाई त्यो विधेयक संसदमा पठाउनुपर्ने नै थियो ।

तर, पठाउन अघि उनले पूर्वप्रधानमन्त्रीहरूको सल्लाह लिने बेला भेट गर्न पुगेका कोइरालाले राजासँगको भेटमा विधेयक रोकेर गल्ती गरेको भने । सर्वोच्चको राय लिएर झन् थप गल्ती गरेको कुरा कोइरालाले राजालाई भनेका थिए । कोइरालाले भने, “विधेयक संसदमा गयो र संसदबाट फेरि जस्ताको त्यस्तै हुबहु फिर्ता भए के हुनेछ रु” संकटमा राजा फसेका थिए । त्यतिखेर पनि देउवा नै प्रधानमन्त्री थिए । राजाले देउवालाई बोलाएर सदनमा विधेयक फिर्ता लिने बोल्न भने र देउवाले पनि उनको गलपासो हटाइदिने गरी बोले र सदनले त्यो विधेयक फिर्ता लिएको थियो । राजाले राजनीतिक गतिविधिमा संलग्न हुँदा यो गलपासो उनको घाँटीमा फस्न गएको हो । संसदीय व्यवस्थामा राजा वा राष्ट्रप्रमुख गल्ती गर्दैन । सबै काम सरकारले गर्ने भएकोले सबैको जबाफदेही सरकारको हुन्छ । यो सैद्धान्तिक प्रस्थापना हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि राजा वीरेन्द्रको कथा दोहो¥याएर गलपासो आफ्नो घाँटीमा हालिसकेकी छिन् । फिर्ता पठाएको विधेयक फेरि दुवै सदनबाट पारित भई फेरि राष्ट्रपति विद्यादेवी भण्डारीको मेचमा पुगिसकेको छ । राष्ट्रपतिले जनता सार्वभौम हुन्छ भन्ने ठानेर प्रामाणीकरण गरी पठाउने सम्भावना जिउँदै छ । माथिको प्रसङ्ग उतिखेर देउवा क्याबिनेटमा मन्त्री रहेका जयप्रकाशप्रसाद गुप्ताले सार्वजनिक गरेका छन् । नभए माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कानुनी उपाय खोज्ने भनी दिएको अभिव्यक्तिले स्थिति भयावह हुने खतरा छ ।

त्यतिमात्र होइन राष्ट्रपति भण्डारी विरुद्ध महाभियोग लगाउनुपर्ने आवाज उठ्न सक्ने छ । यो विषयको बचाउमा पूर्वधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेले पनि ठीक ढङ्गबाट उभिन सक्ने अवस्था छैन । ओलीले नै दिएको अध्यादेशमा सही गर्ने उही राष्ट्रपतिले उही विषयवस्तुसहितको विधेयक फिर्ता पठाउने आँट गर्नु भनेको राजनीतिक गरेको स्पष्ट ठहर छ । प्रत्यक्षलाई प्रमाणको आवश्यकता हुँदैन । हुन त नागरिकता विधेयकको राजनीति अहिले जसरी निर्लज्ज तरिकाले गरिएको छ, यसरी कहिल्यै पनि गरिएको देखिएन ।

नागरिकको नेपाली अवधारणा नेपाली संविधानहरूबाट खोज्दा संविधानमा वंशज, जन्मसिद्ध, वैवाहिक अंगीकृतका प्रावधान सुरुदेखि नै रहेको पाइन्छ । सुरुमा वंशज र जन्मसिद्धबीचको खासै अन्तर जनतामा र प्रशासकमा बुझाइएको पाइँदैन । छोरा जन्मसिद्ध बाबु वंशज भएका नागरिकता परिवारहरू यो मुलुकमा नभएका होइनन् । विस्तारै नागरिकताको कडाइ गरिँदै लगिएको हो । त्यसैले राजनीति नागरिकताको विषयमा विशेषगरी ०३६ सालपछि भएको पाइन्छ । मतदाता नामावलीका लागि नागरिकता आवश्यक नहुँदा निर्दल र बहुदलबीच भएको जनमत संग्रहका बेला तत्कालीन प्रधानमन्त्री सूर्य बहादुर थापाले निर्दललाई जिताउन पारिका व्यक्तिहरूलाई मतदाता नामावलीमा समावेश गर्न लगाए । निर्दल जित्यो बहुदल हा¥यो । तर, मतदाता नामावलीमा समावेश भएकाहरू निक्र्यौल गर्न गाह्रो भयो । जन्मसिद्ध नागरिकता दिन जिल्ला प्रशासन कार्यालयबाट कठिन बनाइयो । पछि त्यसलाई ०३८सालतिर अध्यादेशबाट खारेज गरियो । जन्मसिद्ध अध्यादेशबाट नागरिकता खारेज भएपछि । नेताहरूको भनसुन र सिफारिसमा र पैसा तिरेर नागरिकता लिनेहरूले लिए । विस्तारै नागरिकताको आवश्यकता सामाजिक जीवनका सबै क्षेत्रमा जसरी अपरिहार्य बनाइयो त्यसरी नै यो समस्या बल्झिँदै गयो । ०४६ सालको आन्दोलनबाट संसदीय प्रजातन्त्रवादी सरकारले समाधानको प्रयास गर्दा वीरेन्द्रको गलपासो प्रकरणपछि कतिपय प्रयास नभएको होइन तर सफलता मिलेन् ।

नेकपा माओवादीको जनयुद्धको बृहत शान्ति सम्झौताबाट बैठान हुने बेला राजधानीका भित्तामा “गर्वले भनौँ मधेशी हौँ विदेशी होइन धर्ती पुत्र हौँ’ तराई मधेशमा बोलिने विभिन्न भाषाहरूमा यो नारा लेखिएपछि र अन्तरिम संविधानमा जन्मसिद्ध नागरिकताको प्रावधान राखेर एक हदसम्म खोजिएको समाधानले माओवादीलाई देशभर लोकप्रिय बनाउन थप सहयोग गरेको थियो । तर, त्यतिखेर अन्ध तथा उग्र राष्ट्रवादीहरूको स्वर मधुरो थियो । भनसुनका आधारमा नागरिकता दिलाउन खोज्ने अन्ध तथा उग्र राष्ट्रवादीहरूको कमाइ खाने भाँडो समाप्त भयो । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन बनाइएको अन्तरिम संविधानमा एकहदसम्म समाधान गर्न खोजिएको प्रयासबाट उनीहरूको भाँडो समाप्त हुने भएपछि उनीहरू माओवादीको विरोध गर्ने नै भए । बहुदललाई हराउन ०३६सालको गल्ती सुधार गर्न हर्क गुरूङको प्रयोग गरी नागरिकताको राजनीति सुरु भएको थियो ।

गुरुङ प्रतिवेदनले मधेशमा ल्याएको तरङ्ग

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा अध्यक्ष रहेको राष्ट्रिय जनसंख्या आयोगले २०३९ पुसमा हर्क गुरुङको संयोजकत्वमा बसाइँसराइसम्बन्धी अध्ययन गर्न एक कार्य दल गठन गरेको थियो । त्यसले साउन २०४० मा प्रतिवेदनले नेपाली राजनीतिलाई तरङ्गित बनायो र नागरिकतालाई नेपाली राजनीतिको एक मुद्दा स्थापित गर्न लगायो । गुरुङको सो प्रतिवेदनले तराई–मधेश क्षेत्रमा ठूलो संख्यामा भारतीय आप्रवासीको बसोवास रहेको र उनीहरूले नेपाली नागरिकतासमेत प्राप्त गरेको दाबी गरेको थियो । नेपालजस्तो सानो र सीमित साधन भएको मुलुकले विदेशी नागरिकको आप्रवासनमा नियन्त्रण गर्न सिफारिस प्रतिवेदनले गरेको थियो ।

सरसर्ती हेरिरहँदा यो प्रतिवेदनले बोलेको ठिकै थियो तर यस अन्तर्गत गरिएको राजनीति भनेको भारतीयहरूसँग अनुहार र लवज मिल्ने सबैलाई भारतीय भनिसकेकोमा तराई क्षेत्रमा तीखो प्रतिक्रिया उत्पन्न भयो । २०३८ सालको निर्वाचनमा सप्तरीबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित सांसद गजेन्द्रनारायण सिंहको नेतृत्वमा राजधानीमा मधेशीहरू सक्रिय भए । पञ्चायतकालमा राजधानीमा रहेर गतिविधि गर्न नेपाल सद्भावना परिषद् गठन गरियो । २०४६मा संसदीय प्रजातन्त्रको पुनर्बहालीपछि नेपाल सद्भावना परिषद्लाई नेपाल सद्भावना पार्टी बनाइयो ।नेपाल सद्भावना पार्टीले २०४८ सालपछिका सबै निर्वाचनमा प्रतिस्पर्धा ग¥यो ।
नागरिकता माग गर्नेलाई भारतीयलाई नागरिकता दिने माग भनी गैरराष्ट्रिय भनियो । नेपाल बाहिरका पहाडे अनुहार भएका बर्मेली, सिक्कमेली, कुमाउँ गढवालीलाई नागरिकता लिन असहज नहुनु तर गैर पहाडे अनुहारलाई नगरिकता लिने व्यावहारिक समस्यालाई सदभाना पार्टीले विभेद भएको भनी राजनीति ग¥यो । नेपाल सद्भावना पार्टीले मधेशमा नागरिकता वितरण गर्न २०३६ सालको जनमतसंग्रहको मतदाता नामावलीलाई आधार बनाउनुपर्ने माग गरेपछि राजनीति झन् चर्कियो ।
भारत विरोधी भावनालाई यससँग थप चर्काइनुमा सिक्किमको भारतमा विलय पनि आगोमा घिउ थपिदिएको थियो । साथै फिजीमा भारतबाट भेडा च्याङ्ग्राझै लगिएका उत्तरभारतीय श्रमिकहरूको विरासतबाट समृद्ध परिवार महेन्द्र चौधरी त्यहाँको प्रधानमन्त्री भएको घटनाले यहाँका पहाडे सत्ताधारीलाई भारतीय विरोधी भावना फैलाउन सहज भएको मात्र हो । यथार्थ भने त्यसो होइन । तर, अंग्रेजहरूले आफ्ना उपनिवेशहरूमा कृषिको काम गर्न दासको रूपमा लगिएका परिवार जब फिजी मुक्त भयो त्यो सँगै दास परिवार पनि मुक्त भयो र प्रकारान्तरले विकास गरी प्रधानमन्त्रीको रूपमा महेन्द्र चौधरी पुगेको कुरो राजनीतिक दलका नेताहरूले भन्न, पढ्न र बुझ्न नचाहेको मात्र हो । नेपालको सन्दर्भ भने भिन्न छ । तर, पहाडे मधेशीबीचको तनाव अझ पनि बाँकी रहेको छ । नेपाल बहुजातीय ,बहुधार्मिक, बहुसांस्कृतिक जनसमुदायहरूको देश हो भन्ने बुझाइले मात्र नयाँ नेपाल, आधुनिक नेपाल, समृद्ध नेपाल बन्ने हो । यसमा कन्जुस्याइँले राजनीतिक अड्को रहिरहन्छ ।
आंशिक समाधान
यो नागरिकता विधेयक संसदमा पारित गरिँदा प्रश्नहरूको जबाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले अहिले यो विधेयकबाट आंशिक समाधान गर्न खोजिएको छ । एमाले नेता ओली सरकारले प्रधानमन्त्री सपथ लिएलगत्तै यो विधेयकलाई पारित गर्न लगाउनुपर्ने थियो । आफ्ना चण्डमुण्डहरूलाई प्रयोग गरी अल्झाउने काम मात्र गरिएको देखिएको सन्दर्भबारे सदनमा मन्त्री खाँणले अहिलेलाई यसमा सहमति गरौँ । पछि के सुधार गर्नुपर्ने हो त्यस अनुसार गर्न हामी सहमत नै छौँ भनेका थिए ।
यो समाधन आंशिक हो । संविधानको निरन्तरमा हो । छोरा र छोरीको समान हक अधिकारका आधारमा बन्नु पर्ने प्रावधान परेको छैन् । संघीय लोकतान्त्रिक नेपाल खोज्नेहरूले खोजेको होइन् । यो विषयलाई एमालेले बुझ्नु र बुझाउनको साटो निर्लज्ज पाराले चर्काउन थालेको देख्दा हेर्नेलाई लाज भएजस्तो भएको छ ।
२०४६ पछि कांग्रेस–एमालेको नागरिकता राजनीति आयोग–समिति गठनको प्रतिस्पर्धा चल्यो । ०५१ सालमा एमालेको अल्पमतको सरकारले सांसद धनपति उपाध्यायको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरेको थियो ।
धनपति उपाध्यायको नेतृत्वमा गठित उच्चस्तरीय नागरिकता आयोगको प्रतिवेदनले ३४ लाख बालिग व्यक्ति नागरिकताविहीन रहेको जनाएको थियो । यो प्रतिवेदनले मधेशमा एमालेले आफ्नो प्रभाव विस्तार गरे पनि समस्या अल्झाएर राख्यो ।जसरी अहिले संविधान संशोधनको नाममा राजनीति गरी औचित्य र आवश्यकता आधारमा संशोधन हुने थेगो ल्यायो । उहिले एमाले पछि शेरबहादुर देउवा नेतृत्वको सरकारले मधेशमा प्रभाव विस्तार गर्ने एमालेको योजना चाल पाएपछि यसमा ढिलाइ ग¥यो ।
देउवाले पनि तत्कालीन कांग्रेस सांसद महन्थ ठाकुरको नेतृत्वमा २५ मंसिर २०५२ मा ठाकुर समिति गठन गरे । सो समितिमा कांग्रेस सांसद जयप्रकाश गुप्ताका अलावा शेरबहादुर देउवा सरकारमा सामेल राप्रपाका मिर्जा दिलसाद बेग र सद्भावना पार्टीका अनिस अन्सारी सदस्य राखिए । यसैबीच शेरबहादुर देउवा नेतृत्वको सरकार पनि ढलेर राप्रपा नेता लोकेन्द्रबहादुर चन्द नेतृत्वमा एमालेसहितको सरकार बनेको थियो । चन्द सरकारमा गृहमन्त्री रहेका एमाले नेता वामदेव गौतमले जितेन्द्र देवको अध्यक्षतामा गृह मन्त्रालयले एक सदस्यीय नागरिकता अनुगमन तथा कार्य मूल्यांकन समिति गठन गरेको सो समितिले समाधान गर्नु भन्दा पनि राजनीतिक लाभ प्राप्त गर्ने उद्देश्यले कार्य विधि भन्दा पर गएर नागरिकता वितरण गर्न लगायो ।

त्यस विरूद्ध मुद्दा दायर भइ देवको नेतृत्वमा बाँडिएका ३४ हजार ९० जनाको नागरिकता रद्द गरिएपछि समस्याको सही समाधानका लागि ०५६ को निर्वाचनपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सरकारले प्रतिनिधिसभामा नागरिकता विधेयक पेस ग¥यो । विधेयक प्रतिनिधिसभाबाट त पास भयो तर उपल्लो सदन राष्ट्रियसभाबाट एमालेले पास हुन दिएन ।तर, त्यतिखेर राजा वीरेन्द्रले सर्वोच्च अदालतको राय लिने निर्णय गरे । कोइरालापछि फेरि देउवा प्रधानमन्त्री हुँदा विधेयकलाई नारायणहिटीबाट सिंहदरबारमै ल्याइएको प्रसङ्ग माथि भनिएको छ । राजाको घाँटीको गलपासो देउवाले कसरी निकाले भनेर । राष्ट्रपति भण्डारीले राजनीति गरेको देउवाले स्पष्ट बुझेका छन् । देउवाले राजालाई जस्तै भण्डारीका लागि गलपासो झिकिदिने व्यवहार पनि सहज प्रदर्शन गर्छन भन्नेमा विश्वास गर्न गाह्रो छ । राष्ट्रपतिको पदमा रहेर ओली नेतृत्वको एमालेको हितका लागि जेजे भण्डारीले गरेकी छिन् त्यो पदीय मर्यादाको लागि अशोभनीय हो । भण्डारीले विधेयकलाई पहिलो पटक पुगेको बेला तत्कालै प्रामाणीकरण गरी पठाएको भए तीमध्ये कतिपय मतदाता हुन पाउने अवस्था विद्यमान थियो । अब गरे उनीहरूको त्यो अधिकार पाउने सम्भावना छैन् । उनीहरू मतदाता हुन नपाउन भन्ने कुत्सित र मानवअधिकार विरोधी काम भण्डारीले गरेकी छिन । उनले देशलाई विभाजनको संघारमा पु¥याउने काम गरेकी छिन् । यथार्थको बोध गर्ने हुन कि गलपासो भिरेर राजनीति गर्न राजीनामा दिएर आउने छिन् त्यो भने हेर्न बाँकी छ ।
समयबद्ध साप्ताहिकबाट

पहिरोमा पुरिएका १२ जनाको शव भेटियो, ११ बेपत्ता

0
फाइल फोटो

असोज १,२०७९ : अछामको तीन स्थानीय तहमा पहिरो जाँदा १२ जनाको मृत्यु भएको छ।

कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १२ जनाको शव निकालिएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिए।

उनका अनुसार कमलबजार– ८ मा पाँच जनाको शव निकालिएको छ भने कमलबजार ६ मा चार जनाको शव फेला परेको छ।

यस्तै तुर्माखाँद ५ मा दुइ घर पुरिएका छन्। त्यहाँ दुई शव फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै ढकारी गाउँपालिका ६ मा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको रासेनीले बताए।

उनका अनुसार तीनै पालिकामा पहिरोमा पुरिएर अझै ११ जना बेपत्ता भएका छन्। तुरमाखाँदमा ७, कमलबजारमा ३ र ढकारीमा एकजना बेपत्ता छन्।

पहिरोमा परेर ११ जना घाइते भएका छन्। उनीहरुको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि पठाईने तयारी गरिएको प्रजिअ मरासेनीले जानकारी दिए।

लगानी कर्ताको खोजीमा अर्जुन सरोवर

0

दिवाकर पोख्रेल
असोज १,२०७९ दाङ : दाङको अर्जूृन खोलामा ड्याम बाँधेर सरोवरको रुपमा विकास गर्ने योजना जति चर्चा भएपनि कामको शूरुवात हुन सकेको छैन । लमही नगरपालिका र यस क्षेत्रका अगुवा नागरिकहरु पहलमा उक्त क्षेत्रमा अर्जून क्षेत्रको रुपमा विकास गर्नेगरी परारम्भिक स्थलगत अध्ययन पनि भएको छ । यसका साथै सिंचाई मन्त्रालय, बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबाट स्थलगत अध्यन भएपनि यसको शूरुवात हुन सकेको छैन । लगानी गर्ने लगानी कर्ताको खोजीमा रहेको अर्जूनसरोवरको योजना सफल भएपछि यस क्षेत्रका जनताको दैनिकी नै परविर्तन हुने आस गरिएको छ ।

अर्जून सरोवरलाई बहुउद्देश्यिक योजना अन्तरगर्त काम गर्न सकिने यसबाट लमही नगरपालिका वडा नम्बर चारवटा वडा लाभावन्तित हुने काम कामको शूरुवात गरिएको लमही नगरपालिका नागरिक अगुवा बसन्तराज शर्माले जानकारी दिनुभयो । उहाँकै पहलमा अर्जून खोलामा ड्याम बाँधेर पानी साविकको सतबरिया क्षेत्रमा सिंचाई गर्न उद्देश्य राखिएको छ ।

अर्जून सरोबरबाट एक मेगाहर्ज सम्मको विद्युत् निकाल्ने सकिने प्रारारम्भिक सम्भाव्यता अध्ययनबाट पाइएको छ । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र संचालक समितिका सदस्य इन्जिनियर डिल्लिराम भट्टले अर्जूृन खोलाको पानी थुन्दा पानीको सतह माथि सम्म पुग्ने भएकोले उक्त स्थानमा विद्युत निकाल्न सकिने बताउनुभयो । अहिले हिउँदको समयमा पानीको मात्रा कम भएपनि बाँध बाँधेर पानी थुन्दा त्यस क्षेत्रमा पानीको मुहान संरक्षणको काम पनि हुने भएकाले केहि समयमै पानीको मात्रा बढ्ने विश्वास छ ।

नागरिक अगुवा बसन्तराज शर्माले उक्त क्षेत्रमा सरोबारको रुपमा विकास गरेर पर्यटकिय,सिंचाई र मन्दिर निर्माण गरी धार्मिक क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“ यस क्षेत्रको आर्थिक,पर्यटकि,सिंचाई र धार्मिक क्षेत्रको विकास गर्न अर्जुन सरोवर महत्वपूर्ण छ, यसको लागि स्थानीय, प्रदेश र संघीय सरकारसंग समन्वयमा काम हुन्छ ।”

स्थानीय सरकारले पनि अर्जून सरोवरमा चाँसो देखाएको छ । लमही नगरपालिकाले अर्जून सरोवर निर्माणको सम्भाव्यता अध्ययन गरेर गूरुयोजनाको काम समेत गरेको छ । लमही नगरपालिकाले सतवरिया क्षेत्रमा सिंचाई गर्ने उद्देश्य राखेर ड्याम निर्माण गर्ने डिपीआर निर्माण गरेको लमही नगरपालिका इन्जिनियर सौगात वलीले जानकारी दिनुभयो । यस्तै लमही क्षेत्रमा बोरिङबाट निकालिएको पानीमा चुनाको मात्रा रहेकाले लमहीवासीलाई मुहानको पानी वितरण योजना समेत अर्जुन सरोवरबाट गर्ने उद्देश्य राखिएको छ ।

अर्जूनखोलामा ड्याम बाँध्दा त्यस आसपासका २६ घरपरिवार प्रभावित हुने भएकाले त्यहाँको बस्ती अग्लो स्थानमा स्थान्तरण गरी अर्जूृृन सरोबारबाटै लाभ लिनेगरी अर्जूृन होमस्टे संचालन गर्ने सहयोग गर्ने उद्देश्य समेत राखिएको छ । यि सबै काम गर्नको लागि आवश्यक बजेटको लागि तीनतहकै सरकारलाई आग्रह गरेर बहुवर्षिय योजनामा राखेर काम गर्ने पहल भइरहेको छ ।

प्रतिगामी चलखेल तीब्र

0

देशलाई अस्थिरता र प्रतिगामी बाटोमा लैजाने उद्देश्य अझै जारी छ । चुनाव नै अनिश्चित बनाउने गरी राष्ट्रपति विद्यादेवी भण्डारीलाई उचाल्ने तत्वहरू सक्रिय छन् । संसदले दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयकलाई राष्ट्रपतिले पुनः अस्वीकार गर्ने र त्यहीँबाट अहिलेको व्यवस्थाकै ’कोर्स करेक्सन’ हुने प्रचारवाजी राजावादी र प्रतिगामीबृत्तबाट भएको छ, जसमध्ये कतिलाई विज्ञको रूपमा पटकपटक भेटेर राष्ट्रपतिले समेत भलाकुसारी गर्ने गरेकी छिन ।

राष्ट्रपतिका सल्लाहकारहरू कुनै पनि हालतमा नागरिकता विधेयक प्रामाणीकरण हुँदैन भनेर राजावादी आकांक्षालाई नै पुट दिइरहेका छन् । एमालेका नेताहरू समेत यसैमा हो मा हो मिलाइरहेका छन् । केही लाख नागरिकताविहीन जन्मसिद्ध नेपालीलाई नागरिकता दिने मूल उद्देश्य राखेको यो विधेयकलाई बिहे गरेर आउने विदेशी चेली वा कयौं भारतीयलाई तत्काल नागरिकता दिन खोजिएको अर्थमा मात्र बुझिएको छ । जबकि त्यस सन्दर्भका कतिपय जटिलताहरू नियमावली बनाएर सम्बोधन गरिने प्रतिवद्धता सरकारले जाहेर गरिसकेको छ ।

संविधान र सर्वोच्च अदालतको ब्याख्याले समेत पाँच बर्ष कार्यकाल रहेको संसद आगामी चुनावको उम्मेदवारी मनोनयन प्रक्रियासँगै असोज ३ गतेबाट नै अन्त्य हुने निश्चित छ । संविधानको मर्म अनुसार संसदको कार्यकाल सम्बन्धी विधेयक सरकारले फिर्ता लिइसकेको छ । तर, कार्यकाल अगाडि नै संसद समाप्त पार्ने जोडजुलुममा पनि सबै अनुदारहरूको स्वर मिल्नु संयोग मात्र होइन । संसद सकिदै गर्दा राष्ट्रपतिले नागरिकता विधेयकको नाममा गैरसंवैधानिक रूपमा सक्रियता देखाउने र सारा राजावादी तथा ओली एमालेको आस्थापुञ्ज बनेका महाअभियोगी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पनि पद बहाल गर्ने नमीठो परिस्थिति तयार गर्न खोजिदैंछ ।

कयौं भारतीय स्वार्थको नजरअन्दाजी, एमसीसी, एसपीपी, इन्डोप्यासिफिक रणनीति अन्तर्गत अमेरिका–नेपाल सैन्य सम्बन्ध र आदानप्रदान जस्ता विषयले यो सरकारका गतिविधिमाथि पनि प्रशस्त प्रश्नहरू छन् । उत्पादक एवं चलायमान विकेन्द्रित आर्थिक गतिविधि, सेवा, वितरण र विकास सुस्ततामा प्रशस्त प्रश्नहरू छन् । गठबन्धनभित्रको आन्तरिक र सचेत वाहिरी दवावले त्यसमा धेरथोर सुधार भएको पनि होला । तर, यो गठवन्धनको मूल जग लोकतन्त्रको स्थिरता हो । कुनै पनि बाह्य वा आन्तरिक अलोकतान्त्रिक र स्वार्थी हस्तक्षेपलाई अस्वीकार गर्दै स्थिरताको सचेत आधारभूमि तयार पार्नु यो सरकारको आजको एउटै प्राथमिकता हो ।

त्यसका लागि प्रतिगामी षड्यन्त्र वा उद्देश्यप्रति सचेत भएर संघ र प्रदेशको चुनावमा केन्द्रीत हुने र त्यसबाट स्थिर राजनीतिक परिणाम ल्याउने मूल कर्ममा गठबन्धन दलहरू दत्तचित्त हुनुपर्छ । गणतन्त्र, नेपालले पनि किन स्थिरता र सुशासन कायम गर्न सकेन भन्ने प्रश्न परिवर्तनको लडाईं लड्ने सबैलाई चिमोट्ने प्रश्न हो । तर, यो गठवन्धनलाई यो एक समय चाहिँ सीमित सुविधा छ । त्यो के भने यो सरकार आउनु अगाडि तीनबर्ष सरकार नेतृत्व गर्ने ओलीको प्रतिगामी महत्वकांक्षा, ओलीको झन विदेशपरस्त नीति, ओलीको कुशासन अनि सरकार र प्रतिपक्षमा हुँदा एउटै विषयमा दोहोरो मापदण्ड देखाउने–अपत्यारिलो विचार धरातल । यो गठबन्धन पनि ओली प्रवृत्ति झैं हुने हो भने अर्को समय कसैसँग पनि आशा रहने छैन ।

किनभने यो गठबन्धनमा लोकतन्त्रका लागि आजीवन लड्ने मात्र छैनन्, गणतान्त्रिक परिवर्तनका लागि टाउकोको मूल्य तोकिएका समेत छन् । कम्युनिष्ट र वामपन्थी आन्दोलनलाई जनताको जराबाट अनुभूत गर्ने विचारक–संगठकहरू छन् । पहिचान र संघीयताका लागि कठोर संघर्ष गर्नेहरू छन् । संविधानको स्वरुप अनुसार यो विल्कुलै प्राकृतिक र वैचारिक आधारभूमिसहितको गठबन्धन हो । देशको राजनीतिक स्थिरतामा केपी ओलीले घात गरिसकेपछि फेरि अर्को स्थिरता निर्माण गर्नु वाम–लोकतान्त्रिकहरूकै कर्तब्य हो । त्यस कर्तब्यमा गुटगत स्वार्थका लागि कहिलेकाही कांग्रेसको शेखर कोइराला पक्ष, विदेशी मोहका कारण कहिलेकाही शेरबहादुर देउवा पक्ष विचलित हुन खोजे पनि स्थानीय निर्वाचनको सफल सम्पन्नता र संघ र प्रदेश चुनावको निश्चितता जस्ता सन्दर्भले यो लोकतान्त्रिक स्थिरताकै परिलक्षित छ ।

छँदाखाँदाको दुईतिहाई समर्थनको सरकार चलाउन नसकेर दुईदुई पटक संसद भङ्ग गर्ने, पार्टी फुटाउने, स्वयं पूर्व एमाले समेत फुटाउने केपी ओलीले सरकार गठवन्धन र चुनावी तालमेललाई अप्राकृतिक भन्नु आफैंमा मजाक हो । एमाले र माओवादी केन्द्रको गठवन्धन र एकतालाई प्राकृतिक मान्ने हो भने त्यसले ओली नेतृत्वमा, वामपन्थी विचारको जगमा, के के संस्थागत स्थिरता दियो अनि आजको कांग्रेस ओली एमाले भन्दा कुन अर्थमा भिन्न छ र आजको सरकार ओली सरकार भन्दा कुन अर्थमा भिन्न छ रु त्यो उत्तर खोज्नुपर्ने हुन्छ । कांग्रेस ओली प्रवृत्ति भन्दा धेरै लोकतान्त्रिक भएर नै ऊसँग सहकार्य निर्माण भएको हो । यो सरकार ओली सरकार भन्दा बढी पारदर्शी भएकैले गठबन्धन अगाडि बढेको हो । यो सबै समाजवादउन्मुख संविधानलाई परिलक्ष्यमा पु¥याउने हेतु हो । समाजवाद संक्रमणका चरणमा आउने वर्ग संघर्षहरू त छँदै छन् । हरेक सन्दर्भलाई तत्कालीन शक्ति सन्तुलनले निरुपण गर्नेछ ।तर, यस बाटोमा ओली एमाले भने आजैदेखि एजेन्डाविहीन र प्रतिक्रियाको राजनीतिमा सीमित भएको छ । सरकारमा, प्रतिपक्षमा, राष्ट्रिय स्वाधीनताको कसीमा, सबैतिर परिक्षित भइसकेको एमालेका विकास नारा अन्तर्यमा भ्रष्टाचार उद्देश्य लुकेको औपचारिक र गुलियो नारा मात्रै हो भन्ने पनि सावित भइसकेको छ ।

ओलीलाई त यो संघीय गणतान्त्रिक परिवर्तनको जश लिने नैतिकता पनि छैन । गणतन्त्रका लागि ज्यान समर्पित गरेर लड्नेलाई बदख्वाईं गरेर राजालाई सजिलो पार्ने उनको विगत धेरै पुरानो भइसकेको छैन । अहिले पनि पार्टीका उनका कयौं एसम्यानहरू संघीयता खारेजी र हिन्दु राष्ट्रको वकालत गरिरन्छन् । आफ्नो आन्दोलनविरोधी छवि र प्रतिगामी दुस्साहसलाई बल दिने गरी अहिले ओली देशका सबै पुरातन, राजावादी र स्वतन्त्र नामका कन्जरभेटिभहरूलाई आफ्नो महागठबन्धनमा सामेल गर्दैछन् । एकातिर नागरिकता विधेयकले भारतलाई फाइदा पुग्छ भन्ने ओली अर्कोतिर भारतलाई खुशी पार्न भारतीय बिश्वासको मानिएको पार्टी लोसपासँग गठवन्धन गर्दैछन् ।

ओलीले लगेका विधेयक वा अध्यादेश प्रमाणीकरण गर्न कलमको बिर्को खोलेर बस्ने राष्ट्रपतिलाई नागरिकता विधेयकमा पार्टी स्वार्थको पिरलो थपिएको छ । यो स्वीकृत गरेर उनी लोसपासँगको एमाले गठवन्धनलाई अरु मजबुत बनाइदिन पनि सक्छिन् । अस्वीकृत गरेर प्रतिगामीलाई खेल्ने छुट दिन पनि सक्छिन् । राष्ट्र अस्थिरता र प्रतिगमनमा गए जाओस्, आफ्नो भूमिकाले एमालेलाई चाहिँ सो¥याक परोस्, राष्ट्रपतिको पछिल्लो चिन्तन यस्तै देखिन्छ ।
समयबध्द साप्ताहिकबाट

विदेशमै हराएको सपना

0

विदेश उड्नुअघि उनले ठुलाठुला सपना बुनेकी थिइन् । ‘टन्न पैसा कमाउने, घर बनाउने, सानो भाइलाई पढाउने, सुखि जिवन कटाउने….. । यस्तैयस्तै सपना बुन्दै उनी गत असार ८ गते कुबेतको लागि काठमाडौ अन्तराष्ट्रिय बिमानस्थबाट प्रस्थान गरिन् । मन फुरुङ्ग थियो । चङ्गाजस्तै । जहाजमा चढ्दा र उड्दा त उनले देख्ने सपना झनै बढ्न थाल्यो । पैसा कमाउने उदेश्य पुरा हुनै थालेजस्तो भयो । उनी निकै खुसि थिइन् । यही खुसिका सपनाहरु बुन्दै उनी दुबईसम्म पुगिन् । तर उनको खुसि धेरै समय टिकेन । सपना, सपनामै सिमित रह्यो । इच्छ्या, चाहाना मनको एउटा कुनामा पोको पारेर राखेकी उनी पैसा कमाउने कुरा त के, कसरी त्यहाँबाट उम्कने भन्ने पो सोच्न थालिन् । उनी अर्थात इस्मा गाउँपालिकाकी सपना नेपाली (नाम परिवर्तन) । ………………

सपना काठमाडौ गएको समयमा ओखलढुङ्गा घर भएकी सविना राइसँग चिनजान भयो । चिनजानपछि करिब अढाई महिना बसाइको क्रममा सविनाले सपनालाई विदेश लगिदिने कुरा सुनाइन् । जाँदा सपनाको तर्फबाट एक रुपैँया पनि खर्च नलाग्ने, लाग्ने सबै खर्च आफुले नै राखिदिने, पासपोर्ट खर्च पनि दिने, कपडा, ब्रुस सम्मका सबै खर्च आफुले व्यहोरिदिएर पठाउने भएपछि सपना मख्ख पर्दै विदेश अर्थात दुबई हुँदै कुबेत जाने कुरामा सहमत भएकी थिइन् । साथै सविनाले सजिलो काममा राम्रो आम्दानी हुने पनि सुनाएकी थिइन् ।

दुबई पुग्दाबित्तिकै सपनालाई लिनको लागि रोजि राई आइपुगिन् । रोजि सविनाकी आफ्नै दिदी हुन् । अर्थात सविना माध्यम बनेर सपनालाई दिदीसँग दुबई पठाइन् । रोजीले घरमा काम गर्नुपर्छ भन्थिन् । सपना दुबई हुँदै कामको लागि कुबेत जानुपर्ने थियो । तर उमेर नपुगेकोले उनको कुबेत यात्रा स्थगित भएको सुनाइयो ।

दुबईको आजमान भन्ने ठाउँमा पुगेपछि उनलाई एउटा गैरकानुनी घरमा थुनेर राखे । अर्को दिन काम गर्न भन्दै अर्को अफिसमा सारिदिए । अर्को अफिसमा ग्राहकले उनीमाथि नराम्रो (यौनजन्य) व्यवहार गर्न थाले । जुन व्यवहार सपनालाई मन परेन । सपनाले ग्राहकको प्रस्ताव अस्विकार गरेपछि त्यहाँ उनलाई रुचाउन छोडे । ग्राहकको लागि शो हुन गएकी सपनाको ग्राहकबाटै कम्प्लेन आउन थालेपछि पुन ः रोजीकहाँ नै फर्किइन् । त्यसपछि उनी भ¥याङबाट खसेजस्तै भइन् । उनलाई आफु बेचिएको बल्ल थाहा भयो । अर्थात उनलाई नेपालबाट बेचेर दुबई पु¥याएका रहेछन् । उमेर नपुगेकोले कुबेत पु¥याउन सकेनछन् । ………………

इराक जाने प्रस्ताव

रोजीलाई जसरी पनि सपनालाई टुंगो लगाउनुपर्ने थियो । त्यसले उनले सपनालाई इराक जाने प्रताव गरिन र सपना पनि त्यसमा सहमत भइन् । लगत्तै उनले नेपालबाट मेडिकल फेल भएर पनि रोजीले दुबई हुँदै इराक पठाएकी एकजना महिलासँग सम्पर्क गर्न खोजिन । तर ति महिला सम्पर्कबिहीन भएपछि भने सपनाले मनमा अनेक शङ्का उब्जाउन थालिन र इराक नजाने निर्णय गरिन् ।

रोजी राईको घरमा बिहान–बेलुका खान दिन्थे । त्यहाँ उनीजस्तै झापा, मोरङ, सिक्किम, लगायतका ५५ जना बस्थे । सबैजना बन्धक थिए । जसमध्ये उनीसहित तीनजनालाई सुत्न पनि दिने थिएनन् । उनीहरुले बिहानै उठेर चर्पी सफा गर्ने, घरको सरसफाई लगायतका काम गनुपथ्र्यो । घरमा कुरा गर्नुपरे रोजीको पिएकै अगाडी कुरा गर्नुपथ्र्यो । फोनमा रुन र दुखका कुरा गर्न मनाही थियो । उसले काम नसिकेको भन्दै जहिल्लै गाली गथ्र्यो । घरमा राखेको पिएले सपनाहरुमाथि नराम्रो व्यवहार गरेपछि सपनाले आफु नेपाल फर्कन चाहेको बताइन् । तर रोजी राईले अढाई लाख तिरेर जान भनेपछि सपनाले इराक बाहेकका देशमा पठाउन भनिन्, रोजिले सकिनन् । दुबईमा बाहिर मार्केटिङमा काम पाइएपनि पासपोर्ट रोजीसँगै भएकोले काम गर्न सम्भव भएन । ………………….

जब मदनसँग सम्पर्क भयो

उनीले आफ्नी आमासँग आफ्नो अवस्थाबारे जानकारी गराएपछि आमाले पूर्व श्रम मन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालसँग कुरा गरिन् । खनालले सपनालाई फेसबुकमार्फत सम्पर्क गरे । लगत्तै खनालले जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित अन्य निकायसँग सम्पर्क गरे । केही दिनको मिहीनेतपश्चात सपनालाई तीजको दिन अर्थात भदौ १४ गते नेपाल फर्काइयो । भर्खर एसईई पास गरेकी सपनाको कानुन बिषय पढ्ने रहर छ । तर पैसा छैन । सपना पढ्न चाहान्छिन्, तर विद्यालय पैसा चाहान्छ । त्यसैले उनले पढ्न सकेकी छैनन् । घरमा पढ्ने वातावरण छैन । बाहिर गएर पढ्दा लाग्ने खर्च उनीसँग छैन । कसैले सहयोग गरेमा उनी पढ्ने तयारीमा छिन् ।…………..

समाजमा कसरी फेस गर्ने ?

आफु एकपटक बेचिएकोले समाजले नराम्रो दृष्टिकोणले हेर्न भएकोले सपनाको सपना विदशमै हराएको छ । भन्छिन्, ‘समाजमा कसरी फेस गर्ने ?’ उनले विदेशमा नेपाली महिलाहरु बेचिन्छन् भन्ने पढेकी÷सुनकी थिइन् । तर अहिले आफै त्यही समस्यामा परिन् । उनी आफुमाथि देह व्यापार भएको सम्झन्छिन् । ‘मलाई नेपालबाट बेच्न सफल भएपनि दलालहरु दुबईबाट बेच्न सफल भएनन् ।’ सपना भन्छिन्, ‘दुबईबाट छ हजार डलरमा इराक वा कुबेतमा नेपाली चेलीहरु बेचिदा रहेछन् ।’ सपना त केवल एउटा प्रतिनिधिमुलक पात्र मात्रै हुन् । अझैपनि थुप्रै युवती एवम् महिलाहरु यस्तै समस्यामा परिरहेका छन् । त्यसैले सरकार, यस बिषयमा समयमै केही सोच्ने कि ?

(पीडितको गोपनीयतालाई कायम गर्दै वास्तविक नाम, पुरा ठेगाना र फोटो सार्वजनिक गरिएको छैन ।)

लेखक पोखरेल प्रेस सेन्टर गुल्मीका सचिव एवम् पत्रकार महासंघ, गुल्मीका कार्यसमति सदस्य हुन् । उनी विगत छ बर्षदेखि पत्रकारितामा क्रियाशिल छन् ।