झापामा पुच्छर र दाह्रा नभएको मृत हात्ती फेला

0
492

कात्तिक १४,२०७७ झापाः बुद्धशान्ति गाउँपालिका–५ को पाँचपोखरी सामुदायिक वनमा दारा र पुच्छर नभएको अवस्थामा मृत हात्ती फेला परेको छ। हात्तीको ढाडमा गोलीको खत भेटिएको हुँदा तस्करले मारेको हुन सक्ने अनुमान गर्न सकिन्छ।

हात्ती मर्नुको कारण अन्य चोट हो वा सिकारीका कारण भन्नेबारे भने अनुसन्धान भइरहेको रेन्जर कुल प्रसाद भट्टराईले जानकारी दिएका छन्।

जंगलमा बाख्रा चराउने क्रममा स्थानीय बासु पौडेलले मरेको हात्ती देखेपछि स्थानीयलाई खबर गरेका थिए। लगत्तै डिभिजन वन कार्यालयका भट्टराईको टोली घटनास्थल पुगेको थियो।

हात्तीको शरीरमा प्रशस्तै घाउ चोट छन्। हात्ती आँखा नदेख्ने भएकाले आम मानिसले प्रहार गरेका ढुङ्गामुढा लागेका हुनसक्ने अनुमान गरिएको छ।

करिब एक महिनाअघि हात्ती गह्नाएको अवस्थामा जंगलमा भेटेपछि असोज २२ गते चितवनबाट आएको टोलीले उपचार गरेको थियो। उपचारपछि सामान्य अवस्थामा फर्किने आशा गर्दै १०–११ दिन हात्तीको निगरानी गरिए पनि हात्ती मृत भेटिएको हो।

योसँगै झापामा पछिल्लो २ वर्षमा ३ वटा हात्ती मरिसकेका जिल्ला वन कार्यलय प्रमुख विष्णु घिमिरेले बताए।

SHARE