नेकपाको सचिवालय बैठक शनिबार बोलाउने तयारी

0
295
फाइल तस्बिर

कात्तिक १४,२०७७ काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०भित्रको विवाद फेरि उत्कर्षमा पुग्न थालेसँगै भोलि सचिवालय बैठक बोलाउने तयारी गरिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै परामर्श गरेपछि महासचिव विष्णु पौडेलले शनिबार सचिवालय बैठक बोलाउने तयारी गरेका हुन् ।

प्रचण्डले अहिले देखिएका विवाद बैठकबाट समाधान गर्नुपर्ने बताएका छन् भने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली पहिले अध्यक्षद्वयबीच छलफल हुनुपर्ने पक्षमा छन् । तर, विवाद थप बढ्न थाल्ने अवस्था आएपछि बैठकमार्फत निकास खोज्न ओली सहमत भएका छन् । बैठक बोलाउन सहमत भए पनि ओलीले मितिमा सहमति जनाउन बाँकी छ ।

महासचिव पौडेलले ओलीसँग थप परामर्श गरेर भोलिको कुनै समय बैठक बोलाउने एक सचिवालय सदस्यले नागरिकखबरलाई जानकारी दिए । मन्त्रिपरिषद् हेरफेर र बिस्तार, राजदूत नियुक्ति, कर्णाली प्रकरण र पछिल्लो समय रअ प्रमुखसँग प्रधानमन्त्रीको भेटवार्ताका विषयमा विवाद बढेको छ

SHARE