नेपालमा २८ सय ५६ संक्रमित थप

0
448

कात्तिक ९,२०७७ काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २८ सय ५६ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ। त्यस्तै हाल सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक जानकारीअनुसार आज देशभर ३३ सय ३६ सय संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै संक्रमित मुक्त हुनेहरूको कुल संख्या एक लाख ११ हजार ६७० छ।

SHARE