धरानमा कोरोना परीक्षण शुल्क २२ सय

0
286

कात्तिक ६,२०७७ : सर्वोच्च अदालतले पिसिआर परीक्षण शुल्क निशुल्क गर भनिरहेको समयमा र सरकारले तोकेको पिसिआर परीक्षण न्युनतम शुल्क २ हजार भएपनि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पिसिआर परीक्षण शुल्क २ हजार २ सय लिने भएको छ।

आर्थिक रुपले विपन्न अशक्त र असहाय नागरिक, एकल महिला अनि अपाङ्गता, ज्येष्ठ नागरिकहरुलाई लक्षण देखिएमा सिफारिस र परिचय पत्रको आधारमा निशुल्क परीक्षण गरिने समेत प्रतिष्ठानको विज्ञप्तिमा उल्लेख गरिएको छ।

SHARE