
कात्तिक ४,२०७७ काठमाडौं : सङक्रमित कर्मचारीलाई विदा दिने विषयमा छलफल अगाडि बढाइएको छ । कर्मचारीलाई विदा दिनु पर्ने प्रस्ताव दुई ,तीन दिन भित्र मन्त्रिपरिषद्मा लाने तयारी भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रसेवक सेवा प्रवाह गर्ने शिलशिलामा कोरोना संक्रमण पुष्टि भए, छुट्टै विदा दिने विषयमा छलफल अगाडि बढाएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी अहिले कोरोना संक्रमण देखिएका कर्मचारीलाई छुट्टै विदा दिने हाल कानुनी व्यवस्था नरहेकाले विदा दिनुपर्छ भनेर मन्त्रिपरिषदमा दुईतीन दिनमै प्रस्ताव लैजान तयारी गरेको जानकारी दिए ।











