नेपालमा आज तीन हजार ९३ जनामा संक्रमण

0
351

कात्तिक ४,२०७७ काठमाडौं : नेपालमा आज तीन हजार ९३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा यसबारे जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५० पुगेको जानकारी दिए।

SHARE