
कार्तिक १,२०७७ चितवन : चितवनको खैरहनी नगरपालिका(१२ का वडा सदस्य बद्रीबहादुर पाण्डे र सोही नगरपालिका(६ की ६८ वर्षीया महिलाको कोरोना संक्रमणपश्चात निधन भएको छ।
पाण्डेको भरतपुर अस्पतालमा र अर्की महिलाको चितवन मेडिकल कलेजमा निधन भएको हो।
४१ वर्षीय पाण्डेमा दुई दिनअघि संक्रमण पुष्टि भएको थियो। गत स्थानीय निर्वाचनमा पाण्डे नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनी विजयी भएका हुन्।












