बुटवलमा स्कुटर जलाउने गुल्मीका क्षेत्री सहित चारजना पक्राउ

0
539

असोज २९,२०७७ रुपन्देही : प्रदेश राजधानीको विषयलाई लिएर बुटवलमा भएको विरोध प्रदर्शनका क्रममा सरकारी स्कुटर जलाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयले आज सूचना निकालेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ प २४७० नम्बरको स्कुटर जलाएको अभियोगमा उनीहरुलाई मुद्दा चलाएको जानकारी गराएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार बुटवल उपमहानगरपालिका(११ बुद्धनगरका २५ वर्षीय भेषराज पोख्रेल, देवीनगर बस्‍ने ३५ वर्षीय रोशन थापा, तिलोत्तमा नगरपालिका(२ बस्‍ने २८ वर्षीय सन्दीप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका(८ घर भई बुटवल बस्‍ने ३० वर्षीय सुरज क्षेत्री पक्राउ परेका हुन्।
उनीहरुले गत असोज १६ गते बुटवल(११ देवीनगरको होराइजन चोकमा सरकारी स्कुटर जलाएका थिए

SHARE