२८ औं दिनमा अनशसन तोड्दै केसी

0
288

असोज २५, २०७७ काठमाडौं : स्वास्थ्य शिक्षा सुधारको माग राख्दै १९औं पटक आमरण अनशन बसेका डाक्टर गोविन्द केसीले आज अनशन तोड्ने भएका छन्।

हिजो आफ्नो मागमा सरकाले सहमति जनाएपछि उनले २८‍औं दिनमा अनशन तोड्न लागेका हुन्। उनले आज बिहान साढे ९ बजे पत्रकार सम्मेलन गरेर अनशन तोड्ने केसी पक्षको तर्फबाट वार्ता टोलीका संयोजक डाक्टर जीवन क्षेत्रीले जानकारी दिए।

अनसनको २७ औँ दिनमा सरकार र डा। केसीबीच आठ बुँदे सहमति सरकारी वार्ता टोली र केसीबीच हिजो राति ८ बुँदे सहमतिमा हस्ताक्षर भएको छ।
दुई पक्षबीच भएको सहमति पत्र लिएर शिक्षा सचिव गोपिनाथ मैनाली डा केसीलाई भेट्न महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका थिए।

SHARE