
असोज २३, २०७७ रुपन्देही : लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उनलाई कोरोना पाजेटिभ देखिएको प्रदेश सभा सचिवालयले पुष्टि गरेको छ।
बिहीबारदेखि ज्वरो आएर स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान द्रुत स्वाब परीक्षणमार्फत उनको पिसिआर जाँचिएको थियो। कोरोना पुष्टि भएपछि उनी सरकारी निवासको आइसोलेसनमा बसेका छन्। स्वास्थ्यमा थप समस्या देखिए मात्रै अस्पताल जाने बताइएको छ।






