असोज २१,२०७७ काठमाडौं : गृहमन्त्री राम बहादुर थापा बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदीलाई कोरोना संक्रमण भएको छ । सुवेदीले आफूलाई कोरोनाा पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
सुवेदीले आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउँदै आफ्नो निकटमा रहेका सबैलाई सुरक्षित रहन आग्रह पनि गरेका छन्