ज्वाँईलाई छोरा भनि नागरिकता बनाएको आरोपमा दुईजना पक्राउ

0
257

असोज २१,२०७७ सल्यान :ज्वाँईलाई छोरा भनेर नागरिकता बनाएको आरोपमा सल्यान प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ बस्ने ४६ बर्षीय मुस्ताज मियाँ र बबई गाउँपालिका वडा नम्बर ७ दाङ घर भई हाल सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ बस्दै आएका वर्ष २३ का समीर मियाँ भन्ने ईमाम बक्स मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

इँमाम बक्स मियाँ नाताले मुस्ताजका ज्वाँई हुन् तर छोरा बनेर नागरिकता लिएका थिए । इमामको घर दाङ हो । उनका बुवा विसमुल्ला मियाँ हुन् ।

SHARE