सर्वोच्चका इजलास बन्द

0
461

असोज १८, २०७७
काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

अदालतका न्यायाधीश र अधिकृत र कर्मचारीमा कोरोना देखिएको र उनीहरु आइसोलेसनमा रहेको सर्वोच्च अदालतले विज्ञप्ती निकालेर जानकारी दिएको छ।

स्रोतका अनुसार एक जना न्यायाधीशसहित परिवार नै संक्रमित छन् र दुई जना न्यायाधीशलाई लक्षण देखिएको र अन्य कर्मचारी र सुरक्षाकर्मीलाई पनि संक्रमण देखिएको छ।

अदालतमा कति जनालाई सक्रमण देखियो भन्ने जानकारी दिएको छैन्। कोरोना देखिएपछि सर्वोच्चका सबै इजलास बन्द गरिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले बताए। ढकालका अनुसार एउटा इजलास बाहेक आज तोकिएका सबै इजलास बन्द गरिएको छ।

SHARE